KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
प्रेम सम्बन्धका गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ

प्रेम सम्बन्धका गोप्य तस्बिर तथा भिडियो सार्वजनिक गरेको आरोपमा दुई जना पक्राउ

बिरगंज, पर्सा, २० कार्तिक 

Advertisement

काठमाडौं । प्रेम सम्बन्धका क्रममा खिचिएका निजी तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

Advertisement

 

Ad

नेपाल प्रहरीको साइबर ब्युरोले छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।

Advertisement

 

Advertisement

प्रहरीका अनुसार इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राईले एक महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका निजी तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरेको आरोप छ।

 

पीडित महिलाले दिएको उजुरीका आधारमा साइबर ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरी राईलाई कात्तिक १९ गते काठमाडौंको ठमेलस्थित पर्यटक मार्गबाट पक्राउ गरेको जनाएको छ।

 

त्यस्तै, सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मार्फत अश्लील भिडियो तथा तस्बिर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा अर्का व्यक्ति पनि पक्राउ परेका छन्।

 

सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डेलाई प्रहरीले कात्तिक १९ गते काठमाडौंको तारकेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।

 

प्रहरीका अनुसार पाण्डेले आफूसँग पीडित महिलाका अश्लील तस्बिर तथा भिडियो रहेको भन्दै सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए।

 

साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ।

 

अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट विकल्प राईलाई पाँच दिन र सुजन पाण्डेलाई चार दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।

 

घटनाबारे थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जानकारी दिएको छ।

 

स्रोत  : Rato pati 

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation