KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
३ हजारको सामान किन्दा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार

३ हजारको सामान किन्दा नुवाकोटकी सन्तमायालाई १० लाखको बम्पर उपहार

बिरगंज, पर्सा, १ कार्तिक 

Advertisement

काठमाडौं । दसैँका लागि ३ हजार रुपैयाँको सामान खरिद गरेर बिल लिएकी नुवाकोटकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्। आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत असोज महिनाको दोस्रो पाक्षिकको बम्पर उपहार तामाङलाई परेको हो।

Advertisement

 

Ad

तामाङले दसैँका अवसरमा नुवाकोटस्थित एस.एस. फेन्सी हाउसबाट ३ हजार रुपैयाँको सामान खरिद गरेकी थिइन्। उनले प्राप्त गरेको बिलको कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथा प्रणालीबाट छनोट भएपछि उनी १० लाख रुपैयाँको बम्पर उपहार विजेता बनेकी हुन्।

Advertisement

 

Advertisement

काठमाडौंको विशाल बजारमा आयोजित प्रत्यक्ष कार्यक्रममा कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीको बटन थिचेर बम्पर तथा दैनिक विजेताको घोषणा गरेका थिए।

 

विजेता घोषणा भएलगत्तै कलाकारद्वयले कार्यक्रमस्थलबाटै तामाङलाई फोन गरेर उनले १० लाख रुपैयाँ जितेको जानकारी दिएका थिए। सुरुमा उनले कसैले जिस्क्याएको ठाने पनि यो नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी पाएपछि उनी पुरस्कार जितेकोमा विश्वस्त भएकी थिइन्।

 

बिल लिने बानी विकास गराउने उद्देश्य

 

आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालका अनुसार उपभोक्तामा सामान खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गराउने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन गरिएको हो।

 

विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्म उपहार छनोट प्रक्रियामा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार सहभागी भएका थिए। तीमध्ये २ लाख ७५ हजार ८८४ कारोबारका बिल प्रविष्ट गरिएका थिए भने क्युआर भुक्तानीमार्फत ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबार स्वतः दर्ता भएका थिए।

 

१६ जनाले पनि जिते एक–एक लाख रुपैयाँ

 

बम्पर उपहारसँगै उक्त अवधिका प्रत्येक दिन एक जनाका दरले १६ जना दैनिक विजेता पनि छनोट भएका छन्। उनीहरूले कर कट्टीपछि जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।

 

विभागले सन्तमाया तामाङसहित सबै विजेतालाई दसैँ बिदा सकिएपछि आगामी कात्तिक १५ गतेभित्र आफूले खरिद गरेको सक्कल बिलसहित नजिकैको आन्तरिक राजस्व कार्यालयमा उपस्थित भएर पुरस्कार दाबी गर्न आग्रह गरेको छ।

 

सामान खरिद गर्दा बिल लिने बानीले आर्थिक पारदर्शिता कायम गर्न र कर प्रणालीलाई व्यवस्थित बनाउन सहयोग पुग्छ। यसका साथै, करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत उपभोक्ताले आकर्षक पुरस्कार जित्ने अवसरसमेत प्राप्त गर्न सक्छन्।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation