मिठाईमा प्रयोग भएका कच्चा पदार्थ, तेल वा घिउ, उपभोग्य मिति र मूल्य खुलाउनुपर्ने
बिरगंज, पर्सा, ३० असोज
मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले बिक्रीका लागि राखेका मिठाईमा प्रयोग भएका मुख्य कच्चा पदार्थ, तेल वा घिउको प्रकार, उपभोग गर्न सकिने मिति र मूल्य अनिवार्य रूपमा खुलाउनुपर्ने भएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपभोक्ताको स्वास्थ्य सुरक्षा तथा हित संरक्षणका लागि यस्तो व्यवस्था गर्न मिठाई व्यवसायीलाई निर्देशन दिएको हो। विभागले शुक्रबार जारी गरेको सूचनामार्फत उक्त विवरण उपभोक्ताले स्पष्ट देख्ने गरी मिठाई राख्ने सोकेस वा काउन्टरमा राख्न आग्रह गरेको छ।
विभागका अनुसार मिठाईमा प्रयोग गरिएको मुख्य कच्चा पदार्थको मिश्रण, प्रयोग भएको तेल वा घिउको प्रकार, मिठाई उपभोग गर्न सकिने अन्तिम मिति र प्रतिकिलो मूल्य स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
यो व्यवस्था होटल, मिठाई पसल, मिठाई भण्डारलगायत मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने सबै व्यवसायीका लागि लागू हुनेछ। विवरण स्पष्ट रूपमा राख्दा उपभोक्ताले मिठाई खरिद गर्नुअघि त्यसमा प्रयोग भएका सामग्री, उपभोग्य मिति र मूल्यबारे जानकारी प्राप्त गर्न सक्ने विभागको अपेक्षा छ।
विभागले निर्देशन पालना नगर्ने व्यवसायीमाथि खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही गरिने जनाएको छ।
यसैबीच, विभागले मिठाई व्यवसायीसहित खाद्य व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई आफ्नो व्यवसायको खाद्य स्वच्छताको अवस्था स्तरीकरण गराई ‘खाद्य स्वच्छता लोगो’ लिएर व्यवसाय सञ्चालन गर्नसमेत आग्रह गरेको छ।
उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय खाद्य पदार्थ उपलब्ध गराउन र खाद्य व्यवसायमा स्वच्छता कायम गर्न विभागले व्यवसायीलाई तोकिएका मापदण्ड तथा निर्देशन पालना गर्न अनुरोध गरेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






