छठ पर्वमा जातीय विभेद नगर्न मन्त्रालयको आग्रह, छुट्टै घाट बनाए कारबाही हुने चेतावनी
बिरगंज, पर्सा, १९ कार्तिक
महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालयले छठ पर्वका अवसरमा जातीय विभेद तथा छुवाछुतजन्य गतिविधि नगर्न सबैमा आग्रह गरेको छ। मन्त्रालयले विशेषगरी दलित समुदायका लागि छुट्टै छठ घाट निर्माण गर्ने वा गर्न लगाउनेजस्ता विभेदकारी कार्य नगर्न सम्बन्धित पक्षलाई सचेत गराएको छ।
मन्त्रालयले विज्ञप्ति जारी गर्दै छठ पर्व सबै जातजाति, वर्ग र समुदायको साझा पर्व भएकाले यसको धार्मिक, सामाजिक तथा सांस्कृतिक महत्वलाई कायम राख्न सबैको समान सहभागिता सुनिश्चित गर्नुपर्ने जनाएको छ।
छठ पर्वले आपसी सद्भाव, मेलमिलाप, भाइचारा र राष्ट्रिय एकतालाई मजबुत बनाउने उल्लेख गर्दै मन्त्रालयले कुनै पनि समुदायलाई जातीय आधारमा अलग्याउने कार्य नगर्न आग्रह गरेको हो।
मन्त्रालयका अनुसार नेपालको संविधानको धारा १८ ले समानताको हक र धारा २४ ले छुवाछुत तथा भेदभावविरुद्धको हक सुनिश्चित गरेको छ। त्यस्तै, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन, २०६८ ले जातीय आधारमा गरिने विभेद तथा छुवाछुतलाई दण्डनीय अपराध मानेको छ।
सार्वजनिक स्थानमा प्रवेश निषेध गर्ने, जातीय आधारमा छुट्टाछुट्टै घाट निर्माण गर्ने वा कुनै समुदायलाई धार्मिक तथा सामाजिक गतिविधिबाट अलग्याउने कार्य संविधान र प्रचलित कानुनविपरीत हुने मन्त्रालयले स्पष्ट पारेको छ।
यस्ता विभेदकारी गतिविधि हुन नदिन स्थानीय तह, सुरक्षा निकाय, नागरिक समाज, सञ्चारकर्मी तथा आम नागरिकले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने मन्त्रालयको आग्रह छ।
मन्त्रालयले सबै जातजाति, वर्ग, क्षेत्र र समुदायको समान अधिकार, आत्मसम्मान तथा समावेशी सहभागितासहितको समतामूलक समाज निर्माण गर्न सरकार प्रतिबद्ध रहेको जनाएको छ।
यसैबीच, मन्त्रालयले छठ पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






