नवनियुक्त आईजीपी डा. मनोज केसीलाई आजै दर्ज्यानी चिह्न प्रदान गरिँदै
बिरगंज, पर्सा, १८ कार्तिक
काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई आज बुधबार साँझ दर्ज्यानी चिह्न प्रदान गरिने भएको छ ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेका अनुसार आईजीपी केसीलाई साँझ करिब ५ः३० बजे गृह मन्त्रालयमा आयोजित विशेष समारोहबीच दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम तय भएको छ ।
समारोहमा गृहसचिव केदारनाथ शर्माले आईजीपी केसीलाई दर्ज्यानी चिह्न (फुली) लगाइदिनेछन् ।
मन्त्रिपरिषद्को निर्णयअनुसार दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाउँदै विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेपछि डा. केसी नयाँ प्रहरी प्रमुख नियुक्त भएका हुन् ।
नेपाल प्रहरीको ३४औँ महानिरीक्षकका रूपमा नियुक्त भएका डा. केसीले आगामी १७ महिनासम्म प्रहरी संगठनको नेतृत्व गर्नेछन् ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






