अपराध अनुसन्धानमा सूचना प्रविधिको सही सदुपयोग गर्न प्रधानमन्त्री बालेनको निर्देशन
बिरगंज, पर्सा, २६ असोज
काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय प्रहरी प्रतिष्ठान, महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवामा पेसागत सफलताका लागि नैतिकता, निष्ठा र इमानदारीलाई पहिलो मानकका रूपमा लिनुपर्ने बताएका हुन्।
उनले तालिमका क्रममा सिकेका ज्ञान, सीप र अनुभवलाई पूर्ण रूपमा आत्मसात् गरी कार्यक्षेत्रमा व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई निर्देशन दिए।
प्रधानमन्त्री शाहले पेसागत आचरण र अनुशासन कायम राख्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि तथा मापदण्डको सही पालना गर्नु र गराउनु प्रहरीको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गरे। उनले जिम्मेवारीप्रति जवाफदेही भएर काम गर्न पनि आग्रह गरे।
नेपाल प्रहरीले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका अधिकार र स्वतन्त्रताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा कर्तव्य पूरा गर्नुपर्ने बताए।
‘यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी, भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला,’ उनले भने।
उनले प्रहरी अधिकारीले आफ्नो व्यक्तिगत भूमिका र संस्थागत जिम्मेवारीको महत्त्व बुझेर नागरिकको भावना र अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले सूचना प्रविधिको प्रभावकारी प्रयोगबाट अपराधको समयमै अनुसन्धान गर्न र घटनालाई तत्काल नियन्त्रणमा लिन सहयोग पुग्ने धारणा व्यक्त गरे। अपराध अनुसन्धानलाई थप प्रभावकारी, वैज्ञानिक र प्रविधिमैत्री बनाउन आधुनिक प्रविधिको उचित प्रयोग आवश्यक रहेको उनको भनाइ थियो।
समारोहमा प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहका ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






