KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
सरकारले फिर्ता बोलायो एमाले केन्द्रीय कार्यालयमा खटिएका सशस्त्र प्रहरी

सरकारले फिर्ता बोलायो एमाले केन्द्रीय कार्यालयमा खटिएका सशस्त्र प्रहरी

बिरगंज, पर्सा, २६ असोज 

Advertisement

सरकारले नेकपा (एमाले) को केन्द्रीय कार्यालयको सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई फिर्ता बोलाएको छ। कार्यालयको सुरक्षामा खटिएका सबै सशस्त्र प्रहरी सोमबारदेखि फिर्ता भएका हुन्।

Advertisement

 

Ad

एमालेका प्रचार विभाग प्रमुख नीरज आचार्यका अनुसार पार्टीको केन्द्रीय कार्यालयमा सुरक्षाका लागि खटिएका सबै सुरक्षाकर्मी फिर्ता गएका छन्।

Advertisement

 

Advertisement

गृह मन्त्रालयले सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत विभिन्न व्यक्ति तथा स्थानको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न ४८ घण्टे निर्देशन दिएपछि सरकारले यस्तो कदम चालेको हो।

 

गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको निर्देशनपछि केन्द्रबाट मात्रै १९४ जना सुरक्षाकर्मी फिर्ता भइसकेका छन्। पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेताहरूको सुरक्षामा मापदण्डविपरीत खटिएका सुरक्षाकर्मीलाई समेत फिर्ता गर्ने क्रम जारी छ।

 

सुरक्षा कटौतीपछि एमाले अध्यक्ष ओलीको सुरक्षाको जिम्मेवारी पूर्वसैनिक, पूर्वप्रहरी संगठन तथा पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले लिने एमालेले जनाएको छ।

 

सरकारले पछिल्लो समय विशिष्ट व्यक्तिहरू (भीआईपी) को सुरक्षा व्यवस्थापनलाई व्यवस्थित बनाउन कार्यविधिविपरीत व्यक्तिगत सुरक्षाकर्मी तथा सहयोगी राखिएको भए फिर्ता गर्न निर्देशन दिएको थियो। सरकारले सुरक्षा मापदण्डअनुसार सुरक्षाकर्मी परिचालन गर्ने उद्देश्यले यस्तो कदम चालेको हो।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation