KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
प्रहरीको पेसागत सफलताको पहिलो आधार नैतिकता र इमानदारिता : प्रधानमन्त्री शाह

प्रहरीको पेसागत सफलताको पहिलो आधार नैतिकता र इमानदारिता : प्रधानमन्त्री शाह

बिरगंज, पर्सा, २६ असोज 

Advertisement

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसामा सफल हुन नैतिकता, निष्ठा र इमानदारिता पहिलो सर्त भएको बताएका छन्। उनले प्रहरी सेवामा आबद्ध व्यक्तिहरूलाई पेसागत आचरण, अनुशासन र जिम्मेवारीप्रति प्रतिबद्ध रहन निर्देशन दिएका छन्।

Advertisement

 

Ad

राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित प्रहरी निरीक्षक आधारभूत तालिमको १–१८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले तालिममा सिकेका ज्ञान, सीप र अनुभवलाई व्यवहारमा उतार्न दीक्षित प्रहरी निरीक्षकहरूलाई आग्रह गरे।

Advertisement

 

Advertisement

उनले संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पालना गर्दै जिम्मेवारीप्रति जवाफदेही हुनुपर्नेमा जोड दिए। प्रहरी सेवामा रहँदा पेसागत मर्यादा कायम राख्नु र आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गर्नु आवश्यक रहेको उनको भनाइ थियो।

 

प्रधानमन्त्री शाहले देशमा शान्ति सुरक्षा कायम गर्ने, अपराध अनुसन्धान गर्ने तथा नागरिकका स्वतन्त्रता र अधिकारको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी नेपाल प्रहरीको काँधमा रहेको बताए। उक्त जिम्मेवारी निर्वाह गर्दा कुनै पनि अनुचित प्रभावमा नपरी निष्पक्ष रूपमा काम गर्न उनले प्रहरी अधिकारीहरूलाई निर्देशन दिए।

 

“यो महत्त्वपूर्ण जिम्मेवारी निभाउँदा कुनै पनि किसिमको अनुचित प्रभावमा नपरी भेदभाव नगरी आफ्नो कर्तव्यमा कटिबद्ध रहनुहोला,” उनले भने।

 

प्रधानमन्त्री शाहले प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन सूचना प्रविधिको सही प्रयोग गर्नुपर्नेमा समेत जोड दिए। प्रविधिको प्रयोगबाट काम छिटोछरितो र सहज हुनुका साथै समयमै अपराध अनुसन्धान गर्न तथा घटनालाई नियन्त्रणमा लिन सहयोग पुग्ने उनले बताए।

 

अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सदुपयोग आवश्यक रहेको उल्लेख गर्दै उनले यसका लागि प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणको महत्त्वपूर्ण भूमिका हुने बताए।

 

उनले सरकारले प्रभावकारी अनुसन्धानका लागि आवश्यक स्रोतसाधन उपलब्ध गराउन तथा प्रहरी सङ्गठनप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

 

समारोहमा प्रधानमन्त्री शाहले दीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई दिँदै उज्ज्वल भविष्य र सफलताको शुभकामना व्यक्त गरे। प्रहरी सेवामा आबद्ध हुन निरन्तर प्रेरणा र सहयोग प्रदान गर्ने परिवारजनप्रति पनि उनले आभार व्यक्त गरे।

 

समारोहमा ७९ जना प्रहरी निरीक्षक दीक्षित भएका थिए।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation