छोरी पिटेर बुहारी तर्साउन खोजेको हो भने सरकारको नियत घातक’
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउप्रति आपत्ति जनाएका छन्।
सोमबार संघीय संसद् भवन, सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बिना कारण विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने क्रम जारी राखे सरकारले त्यसको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका हुन्।
जबरालाई पक्राउ गरिएको घटनाबारे टिप्पणी गर्दै प्रचण्डले ‘छोरी पिटेर बुहारी तर्साउन खोजेको’ जस्तो नियत सरकारको हो भने त्यो सरकारकै लागि घातक हुने बताए। उनले यस्ता घटना दोहोरिन नदिन सरकारलाई आग्रहसमेत गरे।
सरकारले जबराको पक्राउका लागि सुरक्षा थ्रेटलाई कारण देखाएकोप्रति पनि प्रचण्डले प्रश्न उठाए। सुरक्षा जोखिम वास्तविक थियो भने पक्राउ गर्नुको सट्टा उनको घरमै सुरक्षाकर्मी थप्न सकिने उनको तर्क थियो। उनले सुरक्षा थ्रेटको कारण देखाइनु सामान्य मानिसले समेत बुझ्ने खालको बहानाजस्तो देखिएको टिप्पणी गरे।
प्रचण्डले विशिष्ट व्यक्तिहरूलाई पक्राउ गर्ने विषयमा सरकारले संयमता अपनाउनुपर्ने बताउँदै यस्ता गतिविधिले थप समस्या निम्त्याउन सक्ने संकेत गरे।
यसैबीच, संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहले दिएको सम्बोधनबारे पनि प्रचण्डले प्रतिक्रिया दिएका छन्। उनले प्रधानमन्त्रीले अहिलेको अवस्थामा बोल्नुपर्ने विषयमै बोलेको भन्दै त्यसलाई स्वाभाविक भएको बताए।
प्रधानमन्त्रीको सम्बोधनलाई लिएर अनावश्यक रूपमा बढाइचढाइ गर्न आवश्यक नरहेको उल्लेख गर्दै प्रचण्डले बालेनको ठाउँमा अरू कोही प्रधानमन्त्री भएको भए पनि त्यही विषयमा बोल्ने धारणा व्यक्त गरे।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






