KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा प्रादेशिक  अस्पताल कलैयामा  फलफूल वितरण

मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा प्रादेशिक अस्पताल कलैयामा फलफूल वितरण

बारा, असार १३

जननेता स्वर्गीय मदन भण्डारीको ७५औँ जन्मजयन्तीको अवसरमा मदन भण्डारी फाउन्डेशन जिल्ला कमिटी बारा द्वारा कलैयास्थित प्रादेशिक अस्पताल कलैयाका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ।

 

Call Us for Ads

फाउन्डेशनले सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरेको कार्यक्रममा फाउन्डेशनका मधेस प्रदेश अध्यक्ष राजमहमद रायले प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनले अस्पतालमा उपचाररत बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै फलफूल वितरण गरेका थिए।

कार्यक्रममा मधेस प्रदेश कोषाध्यक्ष अशोक कुमार तिवारी सहित फाउन्डेशनका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।

 

साथै, प्रादेशिक अस्पताल कलैयाका विभिन्न शाखामा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रमका सहभागीहरूले स्वर्गीय मदन भण्डारीले अघि सारेका जनमुखी विचार र सामाजिक सेवाको भावनालाई आत्मसात् गर्दै जन्मजयन्तीलाई औपचारिक समारोहभन्दा सेवा र मानवीय कार्यमार्फत मनाउनु अर्थपूर्ण भएको बताएका थिए।

 

फलफूल वितरण कार्यक्रमबाट अस्पतालमा उपचाररत बिरामीहरू लाभान्वित भएका थिए। फाउन्डेशनले आगामी दिनमा पनि सामाजिक सेवा, स्वास्थ्य, शिक्षा तथा जनहितका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation