KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा, अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा, अमित शाहसँग द्विपक्षीय भेटवार्ता गर्ने

बिरगंज, पर्सा, २६ असोज 

Advertisement

गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणमा निस्किएका छन्। उनी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) अन्तर्गत आयोजना हुने गृहमन्त्रीस्तरीय बैठकमा सहभागी हुन आज भारत प्रस्थान गरेका हुन्।

Advertisement

 

Ad

गृहमन्त्री बनेपछि गुरुङको यो पहिलो विदेश भ्रमण हो। नयाँ दिल्लीमा असोज २७ गते आयोजना हुने उक्त बैठक भारतीय गृहमन्त्री अमित शाहको पहलमा हुन लागेको हो।

Advertisement

 

Advertisement

बैठकमा नेपाल र भारतसहित बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री तथा सम्बन्धित उच्च अधिकारी सहभागी हुनेछन्। बैठकमा गृहमन्त्री गुरुङसहित भारतका अमित शाह, बंगलादेशका सलाहुद्दिन अहमद, भुटानका लुङ्तेन दोर्जी, म्यानमारका लेफ्टिनेन्ट जनरल न्युन्ट विन स्वे, श्रीलंकाका विजिथा हेराथ र थाइल्यान्डका अनुतिन चानविराकुल सहभागी हुने कार्यक्रम छ।

 

भ्रमणका क्रममा गृहमन्त्री गुरुङले भारतीय समकक्षी अमित शाहसँग द्विपक्षीय भेटवार्तासमेत गर्नेछन्। यद्यपि, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य उच्चस्तरीय राजनीतिक भेटघाटको कार्यक्रम भने तय नभएको गृहमन्त्री गुरुङको सचिवालयले जनाएको छ।

 

गृहमन्त्री गुरुङ असोज २८ गते स्वदेश फर्किने कार्यतालिका रहेको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation