म्यादी प्रहरीको पोसाक खरिद अनियमिततामाथि संसदीय उपसमितिको छानबिन अघि बढ्यो
बिरगंज, पर्सा, २१ असोज
काठमाडौं । म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको अनियमितताबारे संघीय संसद्को सार्वजनिक लेखा समितिअन्तर्गत गठित उपसमितिले छानबिन प्रक्रिया अघि बढाएको छ।
उपसमितिको पहिलो बैठकले छानबिनको कार्यविधि तय गर्दै नेपाल प्रहरी, सशस्त्र प्रहरी, सुरक्षा संयन्त्र तथा गृह प्रशासनसँग सम्बन्धित कागजातको प्रारम्भिक अध्ययन गरेको छ।
अब खरिद प्रक्रियासँग प्रत्यक्ष जोडिएका व्यक्ति तथा सम्बन्धित निकायका प्रतिनिधिलाई बोलाएर सोधपुछ गर्ने तयारी गरिएको उपसमिति सदस्य खगेन्द्र सुनारले जानकारी दिए।
सुनारका अनुसार छानबिनका क्रममा खरिद प्रक्रिया, बजेट विनियोजन, बोलपत्र आह्वान, ठेक्का सम्झौता, पोसाकको गुणस्तर, मूल्य निर्धारण तथा आपूर्ति व्यवस्थापनलगायत विषयलाई मुख्य आधार बनाइनेछ।
उपसमितिले अध्ययनका क्रममा अनियमितता भएको पुष्टि हुने आधार तथा प्रमाण भेटिए थप अनुसन्धानका लागि सम्बन्धित निकायलाई सिफारिस गर्ने जनाएको छ।
उजुरीलाई मात्रै आधार बनाएर निष्कर्ष ननिकालिने
नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले संसदीय समिति भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिमा स्पष्ट रहेको बताएका छन्।
उनले कुनै उजुरी वा आरोपलाई मात्रै अन्तिम निष्कर्षका रूपमा नलिइने भन्दै तथ्य, प्रमाण र कानुनी प्रक्रियाका आधारमा निष्पक्ष अध्ययन गरिने बताए।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले पनि म्यादी प्रहरीको पोसाक खरिदसम्बन्धी उजुरीमाथि राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गरिने बताइन्।
उनका अनुसार उपसमितिको उद्देश्य कसैलाई दोषी ठहर गर्नु नभई उपलब्ध कागजात तथा प्रमाणका आधारमा निष्पक्ष प्रतिवेदन तयार गर्नु र आवश्यक सिफारिस गर्नु हो।
आरोपबारे सुनारको खण्डन
यसैबीच, उपसमिति सदस्य खगेन्द्र सुनारले आफूविरुद्ध लगाइएका विभिन्न आरोपको खण्डन गरेका छन्। उनले प्रहरी नेतृत्व र आफूविरुद्ध अभियान चलाइएको भन्दै आक्रोशसमेत व्यक्त गरेका छन्।
सुनारले आफूविरुद्ध संसद्मा औपचारिक उजुरी परे त्यसको छानबिन सामना गर्न आफू तयार रहेको बताए।
उनले म्यादी प्रहरीको पोसाक खरिदमा भएको भनिएको आर्थिक अनियमितताको वास्तविकता तथ्य र प्रमाणका आधारमा बाहिर ल्याउने दाबीसमेत गरेका छन्।
उपसमितिले अब सम्बन्धित निकायका अधिकारी तथा खरिद प्रक्रियामा संलग्न व्यक्तिहरूसँग छलफल र सोधपुछ गर्दै आवश्यक कागजात तथा प्रमाण संकलन गर्ने तयारी गरेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३






