KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
दसैँ–तिहार लक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज २३ देखि

दसैँ–तिहार लक्षित सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ असोज २३ देखि

पर्सा, २० असोज । दसैँ तथा तिहारजस्ता ठूला चाडपर्वलाई लक्षित गर्दै लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुला गरिने भएको छ।

Advertisement

यातायात व्यवस्था विभागमा मंगलबार व्यवसायी तथा सरोकारवाला निकायबीच भएको संयुक्त बैठकले चाडपर्वका बेला यात्रुको सहज आवतजावतका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।

Advertisement

बैठकले फूलपातीदेखि पूर्णिमासम्म लामो तथा मध्यम दूरीका सार्वजनिक सवारीसाधन र रिजर्भ गाडीलाई देशभर सञ्चालन गर्न रुट परमिट खुला गर्ने निर्णयसमेत गरेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए।

Ad

चाडपर्वका समयमा सडकमा सवारीसाधनको चाप बढ्ने भएकाले फलफूल, तरकारी, औषधि, खाद्यान्न तथा खसीबोकालगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई प्राथमिकता दिइने भएको छ।

Advertisement

यात्रुलाई ठगी तथा कालोबजारीबाट जोगाउन र सार्वजनिक यातायातको भाडादरमा पारदर्शिता कायम गर्न प्रमुख नाका तथा बसपार्कमा सहायता कक्ष स्थापना गरिने भएको छ।

Advertisement

यसैबीच, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले चाडपर्वको समयमा सार्वजनिक यातायातको भाडा नबढ्ने बताएका छन्। उनले पूर्वनिर्धारित भाडादरमै यात्रुलाई सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

वर्षा तथा प्राकृतिक प्रकोपका कारण विभिन्न स्थानमा सडक बिग्रिएको अवस्थामा चालकलाई जोखिम मोलेर सवारीसाधन सञ्चालन नगर्नसमेत आग्रह गरिएको छ। यात्रुको सुरक्षालाई प्राथमिकतामा राख्दै सडकको अवस्था हेरेर मात्र सवारी सञ्चालन गर्न सम्बन्धित पक्षलाई आग्रह गरिएको विभागले जनाएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation