KATHMANDU WEATHER
KATHMANDU WEATHER
Mobile Navigation
Premium Horizontal Scroll Menu
पशुपतिनाथको मुख्य गर्भगृह क्षेत्रमा प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका र ओसीम पक्राउ

पशुपतिनाथको मुख्य गर्भगृह क्षेत्रमा प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका र ओसीम पक्राउ

पर्सा, २१ असोज 

Advertisement

काठमाडौं । पशुपतिनाथ मन्दिरको मुख्य गर्भगृह क्षेत्रमा प्रवेश गरेको आरोपमा इटहरीका प्रियंका परियार र ओसीम अन्सारी पक्राउ परेका छन्।

Advertisement

पशुपति क्षेत्र विकास कोषले दिएको जाहेरीका आधारमा प्रहरीले उनीहरूलाई इटहरीबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौंस्थित प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।

Ad

केही दिनअघि प्रियंका र ओसीम पशुपतिनाथ मन्दिर परिसरमा पुगेका बेला बनाएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उक्त विषय विवादमा आएको थियो। उक्त भिडिओमा ओसीमले मुस्लिम समुदायले प्रयोग गर्ने टोपी लगाएको देखिएपछि उनी गैरहिन्दू भएको भन्दै मन्दिर प्रवेश गरेको विषयमा सामाजिक सञ्जालमा विभिन्न प्रश्न उठेका थिए।

Advertisement

घटनाबारे सांसद खुस्बु ओलीले समेत सामाजिक सञ्जालमार्फत प्रश्न उठाएकी थिइन्। त्यसपछि पशुपति क्षेत्र विकास कोषले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिएको बताइएको छ।

Advertisement

प्रहरीले पक्राउ गर्नुअघि अन्सारी दम्पतीले सामाजिक सञ्जालमार्फत घटनाबारे स्पष्टीकरण दिएका थिए। उनीहरूले आफूहरू पशुपतिनाथ मन्दिरको मूल ढोकाबाट प्रवेश गरेको भए पनि भर्‍याङबाटै फर्काइएको दाबी गरेका छन्।

प्रियंकाले पशुपतिनाथलाई आफूले आस्थाको केन्द्र मान्दै आएको र आफ्ना श्रीमान् ओसीमलाई पनि मन्दिर देखाउनका लागि आफू सँगै गएको बताएकी छन्।

प्रियंका र ओसीम प्रेम विवाह गरेका दम्पती हुन् र उनीहरू इटहरीमा बस्दै आएका छन्। ओसीम व्यवसायमा संलग्न रहेको तथा उनी इटहरी–८ का स्थायी बासिन्दा रहेको बताइएको छ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। अनुसन्धानपछि मात्र घटनाको वास्तविक अवस्था र कानुनी प्रक्रियाबारे थप स्पष्ट हुने बताइएको छ।

Ad2

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

पत्रकार विवरण

रौतहट : 
रोशन कुमार साह
+977-9703493232

बारा र पर्सा : 
आर. के. भगत
+977-9712074681

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

Mobile Navigation