KATHMANDU WEATHER
Horizontal Scroll Menu

“स्कलरसिपको प्रलोभन, अस्वीकार गर्दा धम्की” : कर्मचारीद्वारा छात्रामाथि दबाब प्रकरणमा पक्राउ

वीरगञ्ज, पर्सा — विश्वविद्यालयभित्रै एक कर्मचारीद्वारा छात्रामाथि यौन सम्बन्धका लागि दबाब, प्रलोभन र धम्की दिइएको गम्भीर घटना सार्वजनिक भएपछि शैक्षिक क्षेत्र स्तब्ध बनेको छ। घटनामा संलग्न कर्मचारी राजु गद्दीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

‘सहयोग’ बाट सुरु, दुर्व्यवहारमा परिणत

पीडित छात्रा (नाम परिवर्तन: रुबिना) का अनुसार स्वागत कार्यक्रमकै दिन गद्दीले सहयोग गर्ने भन्दै उनलाई मोटरसाइकलमा कार्यक्रमस्थलसम्म पुर्‍याएका थिए। सोही क्रममा व्यक्तिगत जानकारी लिँदै मोबाइल नम्बर लिएका थिए।

त्यसपछि सुरु भएको सम्पर्क क्रमशः फोन र ह्वाट्सएपमार्फत अश्लील सन्देश र अनैतिक प्रस्तावमा बदलिएको पीडितको भनाइ छ।

अस्वीकारपछि धम्कीको श्रृंखला

छात्राले प्रस्ताव अस्वीकार गरी नम्बर ब्लक गरेपछि गद्दीले आफ्नो पदको दुरुपयोग गर्दै दबाब दिन थाले।

उजुरीअनुसार उनले भनेका थिए—

“नमान्यौ भने परीक्षामा मार्क्स घटाइदिन्छु, मान्यौ भने स्कलरसिप मिलाइदिन्छु।”

लगातारको मानसिक तनाव र भविष्य बिगार्ने धम्कीपछि पीडितले सम्बन्धित निकायमा उजुरी दिएकी थिइन्।

फरार हुँदै लुके, अन्ततः प्रहरी नियन्त्रणमा

उजुरी परेपछि गद्दी फरार भएका थिए। मोबाइल बन्द गरेर लुकेर बसेका उनलाई खोजी गर्दै जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

थप घटना जोडिन सक्ने आशंका

स्रोतका अनुसार उनीबाट अन्य छात्राहरू पनि पीडित हुन सक्ने आशंका गरिएको छ। यता, उनलाई जोगाउन केही व्यक्तिहरू सक्रिय रहेको चर्चा समेत चलिरहेको छ।

कडा कारबाहीको माग

यस घटनापछि शैक्षिक संस्थाभित्र हुने यस्ता दुव्र्यवहार रोक्न कडा निगरानी र कडा कानुनी कारबाहीको माग चुलिएको छ।

विद्यार्थीहरूका अनुसार विश्वविद्यालयजस्तो संवेदनशील स्थानमा सुरक्षा र सम्मान सुनिश्चित गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ।

जेनजी आन्दोलन प्रकरणमा काठमाडौँका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं,१७ चैत । जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा संलग्नता आरोपमा काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल लाई प्रहरीले पक्राउ गरेको छ।

 

प्रहरीका अनुसार उनलाई काठमाडौंको सुविधानगर क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। जेनजी आन्दोलनका क्रममा भएको घटनाबारे छानबिन गर्न गठन गरिएको उच्चस्तरीय जाँचबुझ आयोगले रिजाललाई दोषी ठहर गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो।

 

भदौ २३ र २४ गते काठमाडौँको बानेश्वर क्षेत्रमा भएको प्रदर्शनका क्रममा गोली चलाउँदा किशोरहरूको ज्यान गएको घटनामा रिजालमाथि आदेश दिएको आरोप लाग्दै आएको छ। सो समयमा उनी काठमाडौँका प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए।

 

तर, गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष दिएको बयानमा रिजालले आफूले घातक हतियार प्रयोग गर्न आदेश नदिएको दाबी गरेका छन्।

 

यस प्रकरणमा मन्त्रिपरिषद्ले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेसँगै केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक समेत यसअघि नै पक्राउ परिसकेका छन्।

जिल्ला प्रशासन पर्सामा सांसदद्वयको अनुगमन, सेवा प्रवाह चुस्त बनाउन निर्देशन

वीरगञ्ज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सांसद हरी पन्त र क्षेत्र नं. २ का संघीय सांसद सुशील कुमार कानुले जिल्ला प्रशासन कार्यालय पर्साको संयुक्त रूपमा अनुगमन गरेका छन्।

 

अनुगमनका क्रममा उनीहरूले कार्यालयमा पुगेका सेवाग्राहीसँग प्रत्यक्ष रुपमा गुनासा तथा सुझाव सुनेका थिए।

 

सेवाग्राहीहरूले सेवा लिनका क्रममा भोग्नुपरेका समस्या, ढिलासुस्ती तथा अन्य असुविधाबारे जानकारी गराएका थिए।

 

सांसदद्वयले सेवाग्राहीबाट आएका गुनासालाई गम्भीरतापूर्वक लिन कार्यालयका कर्मचारी तथा सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन्।

 

उनीहरूले सेवा प्रवाहलाई छिटो, सहज र पारदर्शी बनाउन विशेष ध्यान दिन आग्रह गरे।

 

सांसद पन्त र कानुले सरकारी कार्यालयहरू जनताको सेवा गर्ने ठाउँ भएकाले सेवाग्राहीले कुनै पनि प्रकारको झन्झट वा अनावश्यक ढिलाइ भोग्न नपरोस् भन्नेमा जोड दिएका थिए।

 

अनुगमनका क्रममा कार्यालय प्रमुखसँग छलफल गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक कदम चाल्न पनि निर्देशन दिइएको बताइएको छ।

सबैया जंगलमा अवैध काठ तस्करी प्रयास असफल, काठ र मोटरसाइकल नियन्त्रणमा

वीरगंज/ १७ चैत

 

 

 

सबैया साझेदारी वन उपभोक्ता समूहको गस्ती टोली सब सबैया सब डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले अवैध काठ तस्करी नियन्त्रण गर्ने क्रममा जंगल भित्र बाट काठसहित दुई मोटरसाइकल बरामद गरेको छ।

 

हिजो साँझ नियमित गस्तीका क्रममा जंगल क्षेत्रमा शंकास्पद गतिविधि देखिएपछि टोलीले जाँच गर्दा १४.३२ क्यु फिट परिमाणको ३ थान सालको काठ फेला पारेको हो।

 

उक्त काठ ओसारपसारमा प्रयोग गरिएका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको जनाइएको छ।बरामद गरिएका सवारी साधनमा ना.१८प १३३७ नम्बर को होन्डा साइन र प्रदेश २-०३-००४प ६८६३ नम्बरको हिरो ग्ल्यामर रहेका छन्। गस्ती टोलीलाई देखेपछि संलग्न व्यक्तिहरू काठ र मोटरसाइकल छाडेर भाग्न सफल भएका छन्।

 

बरामद गरिएको काठ तथा मोटरसाइकललाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि सम्बन्धित सबैया सब डिभिजन वन कार्यालयमा बुझाइएको छ।

 

कानुनी प्रावधान अनुसार कारबाही वन ऐन २०७६ अनुसार वन क्षेत्रबाट अवैध रूपमा काठ कटान, संकलन, ओसारपसार तथा बिक्री वितरण गर्नु दण्डनीय अपराध हो। यस्तो कसुरमा संलग्न व्यक्तिलाई जरिवाना, कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ।

 

वन कार्यालयले घटनामा संलग्न फरार व्यक्तिहरूको खोजी कार्य भईरहेको सबैया साझेदारी वन उपभोक्ता समुहका उपाध्यक्ष असलम आलमले बताएका छन्।

 

वन संरक्षणमा कडाइ सबैया साझेदारी वन उपभोक्ता समूह र सबैया सब डिभिजन वन कार्यालयले वन संरक्षण तथा अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्तीलाई थप प्रभावकारी बनाउँदै जाने जनाएको छ। सो गस्ती टोलीमा सबैया सब डिभिजन वन कार्यालय रेन्जर भोपाल रोकाया, रेन्जर कबिता दास, वन रक्षक विरेन्द्र यादव,ताराचन प्रसाद,हरिन्द्र ठाकुर, दिपेश हमाल,राजबाबु साह को संयुक्त गस्ती टोलीले मोटरसाइकल र काठ नियन्त्रणमा लिएको छ।साथै, स्थानीय बासिन्दालाई पनि वन संरक्षणमा सहकार्य गर्न उपाध्यक्ष आलमले आग्रह समेत गरेका छन्।

रवि लामिछाने र प्रभु साहबीच भेटवार्ता

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र आम जनता पार्टीका अध्यक्ष प्रभु साहबीच भेटवार्ता भएको छ।

 

लामिछानेको बूढानीलकण्ठस्थित निवासमा मंगलबार लामिछाने र साहबीच भेटवार्ता भएको हो।

 

भेटका क्रममा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने बताएका उनको सचिवालयले जनाएको छ।

 

ुदेश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरी पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो,ु सचिवालयले भनेको छ।

 

भेटका क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेलाई औपचारिक रूपमा बधाई दिएका थिए।

 

यसअघि लामिछाने र राष्ट्रिय सभाका सदस्य महन्थ ठाकुरबीच आज बिहान भेटवार्ता भएको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३