११ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको छ । शुक्रबार बिहानबाट उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो ।
यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर व्यवसायी र सर्वसाधारणलाई सचेत गराएको थियो । शुक्रबारबाट नगर प्रहरी र नेपाल प्रहरी सहितको टोलीले बजार क्षेत्रको फुटपाथमा राखिएका सामग्री हटाउने अभियान सुरु गरेको हो ।
महानगरपालिकाले पसलको सटर बाहिर कुनै पनि व्यापारिक सामग्री नराख्न आग्रह गरेको छ । सडकपेटीमा निर्माण सामग्री थुपार्न, मोटरसाइकल ग्यारेजका सामान राख्न र मापदण्डविपरीत कवाडी व्यवसाय सञ्चालन गर्न पनि निषेध गरिएको छ ।
काठमाडौं– उद्योगी व्यवसायीमाथि धरपकड भएको भन्दै निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संगठनले विरोध जनाएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले शुक्रबार संयुक्त विज्ञप्ति प्रकाशन गर्दै विरोध जनाएका हुन् ।
नयाँ सरकार गठनपछि मुलुकमा स्थिरता कायम भई लगानीको वातावरण बन्ने अपेक्षा गरिएको समयमा उद्यमी व्यवसायीमाथि भई रहेको धरपकड र थुनछेकबाट निजी क्षेत्र निरुत्साहित भएको विज्ञप्तिमा उल्लेख छ ।
‘अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत योगदान पुर्याइरहेको निजी क्षेत्र त्रसित हुनुपर्ने अवस्था सिर्जना हुँदा यसले अर्थतन्त्र, रोजगारी, राजश्व एवं पूर्वाधार निर्माणमा समेत गम्भीर असर पर्ने तर्फ नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ’, संयुक्त विज्ञप्तिमा भनिएको छ ।
नियामकीय निकायका प्रतिवेदनका आधारमा मात्रै पनि उद्योगी व्यवसायीलाई पक्राउ गरिएको सन्दर्भमा आर्थिक कसुरका सम्बन्धमा पहिले सुन्ने अनि कसुर प्रमाणित भएपछिमात्र थुन्ने दृष्टिकोण र व्यवहार गर्न सरकारलाई निजी क्षेत्रले आग्रह गरेको छ ।
‘उद्यमी व्यवसायीहरुले अनुसन्धानलाई सघाउन आफू पूर्ण तयार रहेको र प्रहरीले बोलाएको समयमा उपस्थित हुने जानकारी गराउँदा गराउँदै पनि आर्थिक कसुरकै अभियोजनमा पक्राउ गरिनुले समग्र निजी क्षेत्रलाई चिन्तित एवं दुःखी बनाएको छ, उद्यमी व्यवसायीलाई यसरी धरपकड हुँदा व्यक्तिमात्र नभइ लाखौं रोजगारी, आपूर्ति श्रृखला, बैंकिग क्षेत्र र सम्पूर्ण प्रणालीमै गम्भीर धक्का पुग्न गै अर्थतन्त्र गम्भीर संकटमा पर्ने तर्फ हामी पुनः ध्यानाकर्षण गराउँदछौ’, विज्ञप्तिमा उल्लेख छ ।
पछिल्लो समयमा नीति तथा कानुन निर्माणमा निजी क्षेत्रलाई समेत सामेल गराउन थालेको विषयलाई आफूहरूले सकारात्मक रुपमा नै लिएको र निजी क्षेत्रको सुरक्षा र प्रवर्द्धनका लागि निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति तयार पार्ने गरी मन्त्रीपरिषद्ले पारित गरिसकेको समयमा भई रहेको धरपकडले निजी क्षेत्रलाई थप ससंकित बनाएको भन्दै निजी क्षेत्रले विरोध जनाएका छन् ।
तर, कसुर प्रमाणित भए दोषी व्यक्ति कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा निजी क्षेत्रको कुनै विमति नरहेको पनि जनाइएको छ । ‘नेपालको संविधानले दिएको सम्मानपूर्वक बाँच्न पाउने अधिकार, कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको स्मरण गराउँदै, समग्र निजी क्षेत्र यसबारे सरकारलाई गम्भीर हुन आग्रह गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।
११ वैशाख,काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखरा आइपुगेका छन्। उनलाई विमानस्थलमा उनका समर्थकहरूले बाजागाजासहित भेला भएर भव्य स्वागत गरेका छन्।
स्वागतका क्रममा समर्थकहरूले “राजा आउ, देश बचाउ” लगायतका नारा लगाउँदै गणतन्त्र विरोधी प्रदर्शनसमेत गरेका थिए। लोकतन्त्र दिवसकै दिन पूर्वराजा शाह पोखरा भ्रमणमा निस्किएका हुन्। उनी पोखराको नवनिर्मित सोल्टी होटलमा बस्ने कार्यक्रम रहेको छ।
सुरक्षा स्रोतका अनुसार शाह करिब दुई साता पोखरामा रहने योजना छ। यस अवधिमा उनले विभिन्न स्थानको अवलोकन तथा भेटघाट गर्ने कार्यक्रम तय गरिएको छ।
पूर्वराजा शाहको पोखरा भ्रमण व्यवस्थापन समितिका सदस्य अर्जुन खनालले यस पटकको भ्रमणलाई “अर्थपूर्ण” बताउँदै राजनीतिक सन्देश दिने उद्देश्यसमेत रहेको संकेत गरेका छन्।
यसअघि पनि शाह पोखरा भ्रमणमा आएका थिए, जसपछि फर्किने क्रममा काठमाडौं विमानस्थलमा उनका समर्थकहरूले ठूलो शक्ति प्रदर्शनसहित स्वागत गरेका थिए।
११ वैशाख,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया व्यवस्थित बनाउन केन्द्रीय तहमा विशेष समिति गठन गरेको छ।
पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यको संयोजकत्वमा सात सदस्यीय ‘उम्मेदवार छनोट रुपरेखा तथा क्यान्डिडेट क्लब सम्पादन समिति’ गठन गरिएको हो। समितिको सचिवमा केन्द्रीय सदस्य आरके ढुङ्गाना रहेका छन्।
समितिका अन्य सदस्यहरूमा समीक्षा बाँस्कोटा, केपी खनाल, कामिनी चौधरी, रामकृष्ण भट्टराई र रोहन कार्की रहेका छन्।
रास्वपाले स्थानीय तहका उम्मेदवार छनोटलाई पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउन यो समिति गठन गरिएको जनाएको छ। समितिले देशभरका विभिन्न तहमा छलफल गरेर सुझाव संकलन गर्ने कार्ययोजना पनि बनाएको छ।
निर्णयअनुसार वैशाख १४ गते वडा तहमा छलफल गरी सुझाव पालिकामा पठाइनेछ। त्यसपछि वैशाख १६ गते पालिका, १७ गते जिल्ला र १८ गते प्रदेश तहमा छलफल गरी क्रमशः माथिल्लो तहमा सुझाव पठाइनेछ।
पार्टीले यस प्रक्रियामार्फत स्थानीय तहका लागि सक्षम र योग्य उम्मेदवार चयन गर्ने लक्ष्य राखेको जनाएको छ।
११ वैशाख,काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न आज ठूलो परिमाणमा रकम खिच्ने भएको छ। बैंकले शुक्रवार एक खर्ब २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम उठाउने जनाएको छ।
राष्ट्र बैंकका अनुसार उक्त निक्षेप संकलन १९ दिनका लागि हुनेछ र आज दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सुरु गरिनेछ। बोल गर्न सकिने रकम कम्तीमा १० करोड रुपैयाँदेखि, पाँच करोडले भाग जाने गरी कुल आह्वान रकमसम्म हुनुपर्नेछ।
बोलकबोलमा बैंक तथा वित्तीय संस्थाले आफूले राख्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको चार अंकसम्म) उल्लेख गर्नुपर्नेछ। ब्याजदरका आधारमा सबैभन्दा कम दरलाई प्राथमिकता दिँदै रकम बाँडफाँट गरिनेछ। समान ब्याजदरमा बढी आवेदन परे ‘प्रो–रेट’ आधारमा वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।
यस उपकरणमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। बोल स्वीकार वा अस्वीकार गर्ने अधिकार राष्ट्र बैंकसँग रहनेछ।
संकलित निक्षेपको ब्याजसहित भुक्तानी मिति वैशाख ३० गते तोकिएको छ। निर्धारित दिन बैंकहरूले सम्बन्धित रकम र ब्याजसहित फिर्ता पाउनेछन्।
राष्ट्र बैंकले बोलकबोलमा सहभागी बैंकको खातामा पर्याप्त मौज्दात नभएमा त्यस्ता संस्थालाई कालोसूचीमा राखी आगामी बोलकबोलमा रोक लगाइने चेतावनी पनि दिएको छ।
- भवानीपुर का कुर्मी परिवारको विवाहमा कानु युथको सहयोग, २५ हजार बराबरको खाद्य सामग्री हस्तान्तरण
- निजी क्षेत्रको एकै स्वर : उद्योगी, व्यवसायीमाथि धरपकडले निरुत्साहित बनायो
- सर्लाहीमा फेरि ‘सील’ भए ११ अवैध स्वास्थ्य संस्था: वर्षदिन नबित्दै किन दोहोरिन्छ यस्तो बेथिति?
- इजरायल-लेबनान युद्धविराम तीन साता थपिएको ट्रम्पको घोषणा
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
