KATHMANDU WEATHER
Horizontal Scroll Menu

पर्साको भिखमपुरबाट ठुलो मात्रामा कपडाको तस्करी

काठमाडौं, २७ चैत्र । पर्सा जिल्लाको ग्रामिण क्षेत्रमा रहेको भिखमपुरबाट ठुलो मात्रामा कपडाको तस्करी सन्चालनमा भैरहेको समाचार प्राप्त भएको छ।

 

पर्साको सदरमुकाम वीरगन्ज देखि करिब ४० किलोमिटर पश्चिममा रहेको नेपाल भारत सिमानामा पर्ने जानकिटोला हुदै भिखमपुरवाट ठुलो मात्रामा अवैध रूपमा भन्सार छलेर लाखौं रुपैयाँ मुल्य बराबरको कपडाको तस्करी भैरहेको सुचना प्राप्त भएको हो ।

 

पर्साको वीरगञ्ज आसपासमा प्रहरीले तस्करीमा कडाई गरेपछि तस्करहरुले ग्रामिण भेगमा रहेका सशस्त्र प्रहरीको गुल्म विओपीहरुलाई र ईलाका प्रहरी र प्रहरी चौकीका प्रहरीहरुलाई सेटिङ मिलाएर रातीको समयमा तस्करी गरी ठुलो मात्रामा लता कपडा भन्सार छलेर नेपाल भित्रयाउने गरेकाछन ।

 

स्रोतका अनुसार अहिले सो नाकाबाट करिव २ महिना देखि तस्करहरुले दैनिक २० देखि ३० वटा मोटरसाइकल मा भन्सार छलि गरेकाे लाखौं लाख रुपैयाँ मुल्य बराबरको कपडाहरु नेपाल भित्रिने गरेको दावी समेत श्रोतको रहेकाे छ।

 

सिमानाकामा ड्युटिमा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रहरीहरुले रकम लिएर तस्करहरुलाई सजिलै रुपमा सामान छाडने गर्छन् भने त्यसपछि जुन प्रहरी चौकीको ईलाका पर्दछ त्यस प्रहरी चौकीका घुमुवाहरुले मोटो रकमकोे असुली गर्ने पनि तथ्य बाहिर आएको छ।

 

यसता तस्करी र आपराधिक गतिविधि प्रती सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले विशेष ध्यान र आवश्यक कारवाही गर्न अति आवश्यक रहेको बुझिन्छ।

साभार - newsstoryNepal.com 

फेरि बढ्यो पेट्रोलियम इन्धनको मूल्य, अब कति?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा निगमलाई ठूलो घाटा भइरहेकाले नयाँ मूल्य समायोजन गरिएको जनाइएको छ ।

 

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ। अब पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६.५० देखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४.५० देखि २०७ रुपैयाँसम्म कायम गरिएको छ।

 

‘भन्सार महसुल र पूर्वाधार विकास कर समायोजन पश्चात् निगमलाई पाक्षिक रु.१० अर्ब २१ करोड ९१ लाख अझै घाटा हुने अवस्था छ। हालको अवस्थामा निगमलाई पेट्रोलमा प्रति लिटर रु.१६।६५, डिजेलमा प्रति लिटर रु.१०९।५० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.४१६।३७घाटा रहेको छ। निगमलाई पाक्षिक रुपमा कुल जम्मा रु.१० अर्ब २१ करोड ९१ लाख घाटा हुने देखिन्छ’ आयल निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

‘निगमलाई उपरोक्त अनुसारको घाटा निरन्तर भईरहेमा इण्डियन आयल कर्पोरेशनलाई दिने भुक्तानीमा समेत असर पर्न जाने र आपूर्ति व्यवस्थापनमा असहजता सिर्जना हुने भएकाले हाललाई लागत मूल्य अनुसार वृद्धि नगरी पेट्रोलमा प्रति लिटर रु.१७।०० डिजेल/मट्टितेलमा प्रति लिटर रु.२५।०० तथा एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ रु.६।०० ले वृद्धि गरिएको छ’ निगमले भनेको छ ।

 

अब १४.२ केजी ग्यासको मूल्य २०१० रुपैयाँ पुगेको छ। हवाई इन्धन (आन्तरिक) पनि प्रति लिटर ६ रुपैयाँले बढाइएको छ ।

 

मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने जनाएको छ। निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह

गरेको छ।

 

श्रम मन्त्रीबाट दीपककुमार साहलाई आजै हटाउने तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्।

‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले सेतोपाटीसँग भन्यो।

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित भएका थिए।

उनले लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनमा ‘पिएचडी स्कलर’, लण्डन स्कुल अफ इकोनोमिक्सबाट हेल्थ पोलिसी र प्लानिङ एण्ड फाइनान्सिङमा स्नातकोत्तर गरेका छन्।

मन्त्री साहले इन्स्टिच्युट अफ मेडिसिनबाट पब्लिक हेल्थमा स्नातकोत्तर तथा अप्टोमेट्रीमा स्नातकोत्तरका साथै नेपाल ल क्याम्पसबाट एलएलबी गरेका छन्। उनी नेपाल दृष्टि विशेषज्ञ संघका अध्यक्षसमेत हुन्।

साह मन्त्री बनेको आज १४ दिन पुगेको छ। उनलाई आजै मन्त्रीबाट हटाउने तयारी छ।

रेडक्रस सभापति उम्मेदवार शुल्क ५१ हजार

२६ चैत, काठमाडौं । परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटीको अध्यक्षका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारलाई ५१  हजार रुपैयाँ तोकिएको छ । संस्थाको निर्वाचन नियमावली संशोधन गरेर उम्मेदवार शुल्क बढाइएको हो ।

केन्द्रीय पदाधिकारीमा प्रतिस्पर्धा गर्नका लागि ३५ हजार रुपैयाँ तोकिएको छ भने केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ निर्धारण गरिएको छ ।विनोदकुमार शर्माको नेतृत्वमा रहेको तदर्थ समितिले विधान र निर्वाचन नियमावली संशोधन गरेको हो । संशोधित विधान अनुसार पाँच तहमा संस्थाको संरचना हुनेछ ।

केन्द्र, प्रदेश, जिल्ला, पालिका र उपशाखा हुने गरी संरचना हुने व्यवस्था गरिएको छ । केन्द्रीय समितिमा १९ सदस्यीय हुनेछ । १९ जनाको केन्द्रीय समितिमा पाँच जना पदाधिकारी हुने व्यवस्था गरिएको छ । केन्द्रीय समिति यसअघि ३३ सदस्यीय हुने व्यवस्था थियो ।केन्द्रीय महाधिवेशनको मिति तय गरी नसकेको रेडक्रस सोसाइटीले सबै तहमा उम्मेदवारका लागि लाग्ने शुल्क तय गरेर निर्वाचन नियमावली भने संशोधन गरेको छ ।

संस्थाका महामन्त्री मीनबहादुर मल्लका अनुसार असारको मध्यतिर केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको छ । प्रदेश सभापतिमा प्रतिस्पर्धा गर्ने उम्मेदवारका लागि २५ हजार, अन्य पदाधिकारीलाई २० हजार, प्रदेश समिति सदस्यको उम्मेदवारलाई ७ हजार तोकिएको छ ।

साथै जिल्ला सभापतिको उम्मेदवार हुनका लागि १५ हजार, अन्य पदाधिकारीलाई १० हजार र जिल्ला समिति सदस्यलाई ५ हजार रुपैयाँ तोकिएको छ । पालिका शाखाका निर्वाचित हुनका लागि उम्मेदवार बन्नेले सभापतिका लागि ५ हजार, अन्य पदाधिकारीलाई ४ हजार र सदस्यलाई ३ हजार तोकिएको छ ।

२०७७ सालदेखि रेडक्रस सोसाइटी तदर्थ समितिमा सञ्चालित छ ।

उपसभामुखमा रास्वपाले राप्रपालाई सहयोग गर्ने

उपसभामुख पदमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षी राप्रपालाई समर्थन गर्ने भएको छ।

रास्वपा सभापति रवि लामिछानेले राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीलाई फोन गरेर उपसभामुख पदमा राप्रपालाई सहयोग गर्ने बताएका छन्।

‘रास्वपा सभापतिजीले फोन गरेर उपसभामुख पदमा तपाईंहरू उम्मेदवारी दिनुस्, हाम्रो समर्थन रहन्छ भन्नुभएको छ,’ शाहीले सेतोपाटीसँग भने।

रास्वपा उपसभापति डोलप्रसाद अर्याल चैत २२ गते निर्विरोध सभामुख भएका थिए। एकै दलबाट सभामुख र उपसभामुख बनाउन मिल्दैन। त्यसैले उपसभामुख पदमा रास्वपाले राप्रपालाई समर्थन गर्न लागेको हो।

आज उपसभामुख पदका लागि मनोनयन हुँदैछ।राप्रपाबाट प्रतिनिधि सभामा ५ जना सांसद छन्।राप्रपाले सरस्वती लामालाई उपसभामुख उम्मेदवार बनाउने तयारी गरेको छ। उनी नेता बुद्धिमान तामाङकी श्रीमती हुन् भने समानुपातिक तर्फबाट सांसद भएकी थिइन्।

उपसभामुख पदमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिने तयारी गरेको छ। अरू प्रतिपक्षी दलहरूले श्रम संस्कृतिको उम्मेदवारलाई समर्थन गर्ने सम्भावना छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३