KATHMANDU WEATHER
Horizontal Scroll Menu

अठराहा सुगौलीमा रिमा यादवको घरदैलोमा भब्य स्वागत;यादवको पक्षमा समर्थन बढदै

वीरगञ्ज महानगरपालिका–२६ मा आज नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा कुमारी यादवको सघन घरदैलो कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ। चुनावी माहोल तातिरहेका बेला उम्मेदवार यादव टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा जुटिन्।

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार बिचारी यादव, प्रदेश कमिटी सदस्य रमिला खातुन, क्षेत्र नं. २ का अध्यक्ष मनोज कुशवाहा लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। टोलीले स्थानीय बासिन्दासँग भेटघाट गर्दै विकास, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार निर्माणका विषयमा आफ्नो स्पष्ट योजना प्रस्तुत गरेको थियो।

उम्मेदवार रिमा यादवले पर्सा–२ लाई आर्थिक, सामाजिक र पूर्वाधारका हिसाबले नमुना क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गरिन्। उनले युवालाई रोजगारी सिर्जना, किसानलाई आधुनिक कृषि प्रविधिमा जोड, महिलाको सशक्तीकरण तथा नगर क्षेत्रमा सडक, ढल र सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताइन्।

नेताहरूले मतदातालाई आगामी निर्वाचनमा सूर्य छापमा मतदान गरी एमाले उम्मेदवारलाई विजयी बनाउन आग्रह गरेका थिए। स्थानीय बासिन्दाले पनि विकास र सुशासनको अपेक्षा राख्दै सकारात्मक प्रतिक्रिया दिएका थिए।

वडा नं. २६ मा सम्पन्न उक्त कार्यक्रमसँगै एमालेको चुनावी अभियान थप सक्रिय बनेको छ। नेता–कार्यकर्ताले आगामी दिनमा पनि घरदैलो र जनभेटघाटलाई तीव्रता दिने बताएका छन्।

रौतहटको कर्फ्यू हटाइयो

जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यू आदेश हटाएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान १०:०० बजेदेखि लागू हुने गरी कर्फ्यू हटाइएको हो ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालद्वारा जारी सूचनामा यसअघि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम गौर नगरपालिकाको तोकिएको क्षेत्रमा जारी कफ्र्यु आदेश जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार हटाइएको उल्लेख गरिएको छ।

गत ७ गते दुई समुदायबीच झडप भएपछि रौतहट तनावग्रस्त बनेको थियो । प्रशासनले पछिल्लो सुरक्षा मूल्यांकनपछि अवस्था सामान्य बन्दै गएको निष्कर्ष निकाल्दै कर्फ्यू हटाइएको जनाएको छ ।

वीरगञ्जको श्रीपुरमा दुई समुदायबीच झडप, केही घाइते

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुरमा दुई समुदायबीच झडप भएको छ।

स्थानीय बासिन्दाका अनुसार आइतबार साँझ बाटो हुँदै गइरहेका एक समुदायका दुई जनालाई मस्जिद अगाडि बसेका अर्को समुदायका व्यक्तिहरूले रोकेपछि विवाद सुरु भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद केहीबेरमै झडपमा परिणत भएको जनाइएको छ।

झडपका क्रममा दुई जनाको टाउको फुटेको छ भने केही अन्य व्यक्तिहरूलाई सामान्य चोटपटक लागेको बताइएको छ। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायब निरीक्षक हरीबहादुर बस्नेतको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रहरीको सक्रियतामा अवस्था नियन्त्रणमा लिने प्रयास गरिएको छ।

उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई समेत व्यापक रूपमा परिचालन गरिएको प्रहरीले जनाएको छ। हाल स्थिति नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

गोरखाका ५ स्थानीय तहलाई प्रेमकुमार खत्रीको सहयोग: ६ एम्बुलेन्ससहित स्वास्थ्य सामग्री हस्तान्तरण

गोरखा — नेपाली कांग्रेसका नेता तथा पर्यटन व्यवसायी प्रेमकुमार खत्रीले गोरखाका ५ वटा स्थानीय तहलाई ६ वटा एम्बुलेन्ससहित विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका छन्।
आज गोरखा नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत खत्रीले उक्त एम्बुलेन्स र स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। खत्रीले खरिद गरी उपलब्ध गराएका एम्बुलेन्सको साँचो तथा स्वास्थ्य सामग्री नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले सम्बन्धित स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरूलाई हस्तान्तरण गरेका थिए।
गोरखा स्थायी घर भएका खत्रीले ‘सम्भव नेपाल’ मार्फत गोरखा नगरपालिकालाई २ वटा एम्बुलेन्स, शहिद लखन गाउँपालिकालाई १, भीमसेन थापा गाउँपालिकालाई १, गण्डकी गाउँपालिकालाई १ र धार्चे गाउँपालिकालाई १ वटा एम्बुलेन्स उपलब्ध गराएका हुन्।

यसका साथै खत्रीले ६ थान अक्सिजन सिलिन्डर, ६ सय थान एन्टिजेन किट, १ हजार २ सय थान VTM, ८ सय लिटर सेनिटाइजर, ५६ हजार सर्जिकल मास्क, १ सय थान अक्सिमिटर र PPE सेटलगायतका अत्यावश्यक स्वास्थ्य सामग्री पनि सहयोग गरेका छन्।
शहिद लखन गाउँपालिका–७ का वडाध्यक्ष शरण श्रेष्ठका अनुसार खत्रीले यसअघि पनि गोरखाका लागि करिब ४० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरिसकेका छन्।
स्थानीय तहका जनप्रतिनिधिहरूले खत्रीको सहयोगले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा प्रवाहलाई थप सहज बनाउने विश्वास व्यक्त गरेका छन्।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३