व्यवसायी दिपक भट्टको सेयर कारोबार गरेको ब्रोकर भृकुटी स्टक ब्रोकिङ कम्पनीको अनुमतिपत्र नेपाल धितोपत्र बोर्डले निलम्बन गरेको छ।
ब्रोकर नम्बर ५५ रहेको भृकुटी स्टक ब्रोकिङ कम्पनीमार्फत् भट्टले सेयर खरिद गरेका थिए।
भट्टले सेयर कारोबारका लागि आफ्नो सिद्धार्थ बैंकको खाता प्रयोग नगरी अन्यत्रबाट सेयर कारोबारको भुक्तानी भएको पाइएको थियो।
भट्टले खरिद गरेको सेयर भुक्तानीका लागि हिमालयन रि इन्स्योरेन्सबाट दुई अर्ब ७३ करोड, यसैको सहायक कम्पनी हिमालयन सेक्युरिटिज बैंकरबाट २२ करोड १९ लाख रूपैयाँ, नेपाल माइक्रो इन्स्योरेन्सको १६ करोड १७ लाख रूपैयाँ प्रयोग भएको थियो।
नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको ३७ करोड र एचएलआइ लार्ज क्याप फण्डको २५ करोड १४ लाख सहित कुल तीन अर्ब ८१ करोड रूपैयाँ भुक्तानी भएको हो।
यो ब्रोकर कम्पनीले ग्राहकहरूको सेयर खरिद–बिक्री तथा धितो बापतको रकम अन्य ग्राहकको कारोबार मिलाउन प्रयोग गरेको, आवश्यक कानुनी व्यवस्था पालना नगरेको तथा अग्रिम कम्तीमा २५ प्रतिशत रकम नलिई सेयर खरिद सुविधा दिएको पाइएको थियो।
कम्पनीले खरिदकर्ताबाट रकम नलिई सेयर हितग्राही खातामा जम्मा गरिदिने र बिक्रीकर्तालाई समयमै रकम नदिने जस्ता कार्य गरेको पनि बोर्डले उल्लेख गरेको छ।
चैत १२ गतेसम्म कम्पनीले लगानीकर्तालाई दिनुपर्ने दायित्व रकम करिब ५ अर्ब ११ करोड रूपैयाँभन्दा बढी रहेको देखिएको छ।
यस्ता गतिविधिले सेयर मूल्यमा असर पार्ने र पुँजी बजारमा नकारात्मक प्रभाव पर्ने भन्दै बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार कम्पनीको अनुमतिपत्र तत्काल निलम्बन गरेको हो।बोर्डले निलम्बन अवधिमा कम्पनीलाई कानुनी व्यवस्था अनुसार लगानीकर्ताको बक्यौता रकम फर्छ्यौट गर्न निर्देशन दिएको छ।
साथै, उक्त कम्पनीमार्फत कारोबार गरिरहेका लगानीकर्तालाई आवश्यक परे अन्य दलालमार्फत कारोबार गर्न सक्ने व्यवस्था मिलाइने पनि जनाइएको छ।
व्यवसायी दिपक भट्ट सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई १० दिन हिरासतमा राख्न अनुमति दिएको छ।
उनले गैरकानुनी रूपमा आर्जन गरेको रकमको स्रोत लुकाउने, छल्ने, स्वरूप बदलेर सम्पत्ति शुद्धीकरण गरेको आरोप छ।
बिरगंज । मधेश प्रदेश नेत्रहीन क्रिकेट संघको आयोजनामा दृष्टि सम्बन्धी अपांगता भएका खेलाडीहरूका लागि सञ्चालन गरिएको ५ दिने क्रिकेट प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। राउन्ड टेबल नेपाल (BFRT 8) को सहयोगमा बिरगंज–५ स्थित मुनलाइट स्कुलमा आयोजित उक्त कार्यक्रममा देशका १२ जिल्लाबाट २४ जना खेलाडीहरूको सहभागिता रहेको थियो।
लायन्स क्लब अफ बिरगंज सेसमीकी अध्यक्ष पिया सिंहले दृष्टिविहीन खेलाडीहरूको आत्मबल र मेहनतबाट सबैले प्रेरणा लिनुपर्ने बताइन्।
प्रशिक्षण अवधिमा सहभागी खेलाडीहरूलाई दुई टिम सगरमाथा र कञ्चनजंघामा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। फाइनल खेलमा सगरमाथा टिमले १० ओभरमा १५० रन बनाउँदै कञ्चनजंघा टिमलाई १२ रनले पराजित गरेको थियो। खेलमा मिथलेश पण्डित ‘म्यान अफ द म्याच’ घोषित भएका थिए।
कार्यक्रमबाट उत्कृष्ट १४ खेलाडी छनोट गरिएका छन्, जसले आगामी वैशाख ५ देखि ८ गतेसम्म चितवनमा हुने राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने छन्।
कार्यक्रमका अध्यक्ष रुपशिला जैसवालले दृष्टिविहीन खेलाडीहरूको क्षमता अभिवृद्धि गरी उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको बताइन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै संस्था तथा व्यक्तिप्रति आभार व्यक्त गरिन्।
वीरगंज, २६ चैत –
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू र आफ्नो परिवारलाई लक्षित गरी सम्पत्तिसम्बन्धी विषयमा झुटो र भ्रामक प्रचार भइरहेको बताएका छन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका सन्दर्भमा पक्राउ पुर्जी जारी भएको खबरपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै देउवाले कानुनअनुसार आफूले सम्पत्तिको विवरण सम्बन्धित निकायमा पेश गरिसकेको उल्लेख गरेका छन्।
उनले लोकतन्त्र, विधिको शासन र पारदर्शिताका लागि आफूले लामो समयदेखि संघर्ष गरेको स्मरण गराउँदै आफ्नो सार्वजनिक जीवन पारदर्शी रहेको दाबी गरेका छन्। साथै, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्था निर्माणमा पनि आफ्नो भूमिका रहेको बताएका छन्।
देउवाले फैलाइएका सूचनामा अतिरञ्जना भएको दाबी गर्दै यस्ता विवरणबाट भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।
काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन् ।
प्रहरीले उनलाई जिम्मा जमानीमा छाड्ने तयारी गरेको छ । सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो ।काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई छाड्ने प्रक्रिया अघि बढाइएको अनलाइनखबरलाई जानकारी दिए ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा प्रहरीले उनलाई चैत १४ गते गुण्डु निवासबाट पक्राउ गरेको थियो । जटिल स्वास्थ्य अवस्थाका कारण उनी त्रिवि शिक्षण अस्पतालमा बसेका थिए । त्यसलगत्तै ओलीकी पत्नी राधिका र लेखककी पत्नी यशोदाले आफ्ना पतिलाई गैरकानूनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएका थिए ।
सर्वोच्च अदालतले चैत २३ गते बेलुका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो ।
सर्वोच्चले बिहीबारसम्म पनि अनुसन्धान टुंगिन नसकेमा उनीहरुलाई शर्तसहित छाड्न आदेश दिएको थियो । सँगसँगै ओली र लेखकको हिरासतलाई कानूनसम्मत ठान्दै बन्दी प्रत्यक्षीकरणको आदेश जारी गर्न भने अस्विकार गरेको थियो ।
काठमाडौँ, २४ चैतः ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार
दुई जनाको मृत्यु भएको छ ।
ललितपुर महानगरपालिका–१४ थसीखेलस्थित सडकमा मधेस प्रदेश ०३–००१ ख ८०६८
नम्बरको ट्रकले एएए ३५४२ नम्बरको मोटरसाइकललाई आज दिउँसो ठक्कर दिँदा
मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुर महानगरपालिका–२ सानेपा बस्ने सुनसरी
घर भएका ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलमा सवार उहाँकै आमा ८५ वर्षीया
धनमाया गुरुङ रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको अल्का अस्पतालमा उपचारका क्रममा
मृत्यु भएको प्रहरी केन्द्रीय समाचार कक्ष नक्सालले जनाएको छ । ठक्कर दिने
ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
