२९ चैत्र, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निर्माणाधीन प्रदेश रङ्गशालाको काम छिटो टुङ्ग्याउन निर्देशन दिएका छन् ।
प्रदेश खेलकुद विकास परिषद्को बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले रङ्गशालाको काम टुग्याएर दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न निर्देशन दिएका हुन्
रङ्गशाला निर्माणका लागि बजेट समेत विनियोजन भैसकेको बताउँदै मुख्यमन्त्री कँडेलले बाँकी काममा ढिला गर्न नहुने बताए । रङ्गशाला निर्माणको बाँकी काम सम्पन्न गरेर हस्तान्तरण गर्ने वातावरण मिलाउन निर्माण व्यवसायी तथा सरोकारवाला पक्षलाई सक्रिय हुन उनले आग्रह समेत गरे । ‘अब कुनै पनि कारण देखाएर काम रोक्ने अवस्था रहनु हुँदैन । सबै पक्ष मिलेर छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ,’ मुख्यमन्त्री कँडेलले भने ।
उनले निर्माण व्यवसायीलाई कार्य तालिका अनुसार काम अघि बढाउन र बाँकी रहेका कामहरू निश्चित समय सीमाभित्र पूरा गर्ने काममा लगाउन निर्देशन दिए । निर्माण कार्यको प्रभावकारी अनुगमन र समन्वय आवश्यक रहेको उल्लेख गर्दै उनले जिम्मेवार निकायहरूलाई आफ्नो भूमिकामा गम्भीर हुन समेत सचेत गराए ।
रङ्गशाला सम्पन्न भएसँगै कर्णाली प्रदेशमा खेलकुद गतिविधि विस्तार हुने र नयाँ अवसर सिर्जना हुने विश्वास पनि उनले व्यक्त गरे । मुख्यमन्त्री कँडेलले खेलकुद क्षेत्रको समग्र विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताए ।
उनले खेलाडीहरूको क्षमता अभिवृद्धि, नियमित प्रशिक्षणको व्यवस्था, आवश्यक पूर्वाधार निर्माण तथा प्रतियोगिताहरूको निरन्तर आयोजनामा ध्यान दिनुपर्नेमा जोड समेत दिए ।
मुख्यमन्त्री कँडेलले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लाई लक्षित गर्दै आवश्यक तयारीमा जुट्न समेत निर्देशन दिएका छन् । प्रतियोगिता सफलतापूर्वक आयोजना गर्न पूर्वाधार, खेलमैदान, आवास तथा व्यवस्थापनका पक्षहरू समयमै सुनिश्चित गर्नुपर्ने उनले बताए ।
कर्णालीका विभिन्न जिल्लामा आवश्यक खेल पूर्वाधार निर्माण गर्न स्पष्ट योजना, लागत अनुमान र बजेटसहित संघीय सरकारसमक्ष प्रस्ताव पेस गर्न उनले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
हाल बजेट तयारीको चरणमा रहेको उल्लेख गर्दै खेलकुद क्षेत्रका योजनाहरू योजना बैंठमा समावेश गर्न समेत मुख्यमन्त्री कँडेलले आग्रह गरे । चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताउँदै उनले उपलब्ध स्रोतको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।
उनले कुनै पनि कार्यक्रम परिषद् बैठकबाट अनुमोदन गरेर मात्र कार्यान्वयनमा लैजानुपर्ने स्पष्ट पारे । कुन खेल कहाँ सञ्चालन गर्ने भन्ने विषय यसै वर्ष र आगामी वर्षका लागि स्पष्ट रूपमा निर्धारण गरी सोहीअनुसार बजेट व्यवस्थापन गर्नुपर्ने उनको भनाइ थियो ।
वीरगंज (ईलाका प्रहरी कार्यालय नागवाका घुमुवाले सो क्षेत्रमा आतंक नै मच्चाएको स्थानियहरुले गुनासो गरेका छन्।
ईलाका प्रहरी कार्यालय नागवाले शान्ति सुरक्षाको लागि प्रहरी सहायक हवल्दार धर्मेन्द्र साहलाई घुमुवाको रुपमा परिचालन गरे पनि साहले सर्वसाधारण स्थानियहरुलाई विभिन्न बहानामा आतंकित पार्ने काम गरेको गुनासो बढ्न थालेको छ ।
ईलाका प्रहरी कार्यालय नागवाको घुमुवा सहायक हवल्दार साहले पर्साको सिमानाकामा पर्ने ईनार्वा गाँउ, वीरगन्ज भन्सार देखि बाराको छातवा, मुशहार्वा र बलिरामपुरका नाका भई तस्करीको सामान भित्राउने गरेको सानो देखि ठुलो व्यापारीलाई बिच बाटोमै रोकी खुलियाम चौकी ईन्चार्जको नाऊमा महिनवारी बुझने गरेको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताएका छन्।
ईलाका प्रहरी कार्यालय नागवा चौकीका ईन्चार्जा प्रहरी नायब निरीक्षक सुनिल झा हुन्।झाले आफ्नो बिश्वास पात्र सहायक हवल्दार साहलाई घुमुवाको रुपमा परिचालन गरि व्यापारी देखि रेल्वे रोड र बस पार्कमा रहेका ट्रान्सपोर्ट र तस्करीको सामान लाई भण्डारण गर्ने गोदामहरुमा पुगि विभिन्न किसिमको डर त्रास देखाई लाखौंको महिनवारी असुली गर्दे आएको नाम न छापने सर्त्मा एक पीड़ित ट्रासपोर्टर ले जानकारी गराएका छन ।
स्थानीय बासिन्दा अनुसार मुसहर्वा नाकाबाट दैनिक रूपमा विभिन्न प्रकारका सामानहरू अवैध रूपमा नेपाल भित्र्याइँदै छन्। किराना सामानदेखि कपडा, हार्डवेयर, काजु, मोटरपाट्र्स र चाइनिज स्याउ र रजनीगंधा सम्मको तस्करी भइरहेको बताइन्छ । यस कार्यमा संलग्न व्यक्तिहरूले संगठित समूह बनाएर काम गरिरहेको आरोप छ।
तस्करीमा संलग्न भनिएका व्यक्ति महिला देखि पुरुषहरूको समूहले कपडाको तस्करी व्यापक रूपमा गरिरहेको दाबी गरिएको छ। यी समूहहरूले अटो रिक्सा मोटरसाइकल र साइकलजस्ता सवारी साधन प्रयोग गरेर सामान ओसारपसार गर्ने र त्यसलाई पर्सा जिल्लाका बिरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा विभिन्न ठाउमा गोदाम भण्डारण गर्ने र ट्रांसपोर्ट सम्म पुर्याउने रणनीति अपनाएका छन् ।
स्थानीयहरू भन्छन्, “यो केवल तस्करी होइन, यो संगठित संरक्षणमा भइरहेको अपराध हो।”सीमावर्ती क्षेत्रमा तस्करी बढ्दै जाँदा राज्यको राजस्वमा ठुलो क्षति भइरहेको छ भने स्थानीय अर्थतन्त्रमा पनि नकारात्मक प्रभाव परेको देखिन्छ ।
शान्ति सुरक्षाका र सुचना संकलनको लागि प्रहरी सहायक हवल्दार साहलाई खटाईए पनि उनिलै पुरै संगठनको नामनै बदनाम हुने गरी कार्य गर्दै आएको स्थानीयहरुको भनाई छ।ईप्रका नगवाका प्रहरी नायब निरिक्षक झालाई जानकारी हुंदा पनि कुनै किसिमको कारवाही नगर्नुले उनी अछुतौ नरहेको प्रष्ट बुझन सकिन्छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठकले सिमानाकामा हुने तस्करी पुर्ण रुपमा बन्द गर्न निर्देशन दिदै तस्करीको रकम बुझेको पाएमा ठाऊको ठाऊ कार्यबाही गर्न निर्देशन दिदै आएपनि नागवा चौकीका ईन्चार्जा सई झाले उनको निर्देशन विपरीत तस्कर र ट्रान्सपोर्टबाट लाखौं रुपैयाँको महिनवारी असुल्दै आएका छन्।
यस बिषयमा बुझनको लागि ईलाका प्रहरी कार्यालय नागवा चौकीलाई फोन सम्पर्क गरी प्रतिक्रिया बुझदा प्रहरी नायब निरिक्षक झाले नगवा छेत्र को आशपाश रहेको कुनैपनी नाका बाट तस्करीको बस्तु चौकीको चेत्रमा भित्रिएको छैन जस्तो प्रतिक्रिया जानकारी गराए।जेनजी अन्दोलनपछि देशको प्रधानमन्त्री देखि गृहमन्त्री सम्म परिवर्तन भएपनि पर्सा जिल्ला स्थित रहेको ईलाका प्रहरी कार्यालय नागवामा केही परिवर्तन नभएको स्थानियहरुले बताउछ
२८ चैत, तेह्रथुम । चारैतिर टल्किएका हिमालहरू, आफ्नै छाया प्रतिबिम्बित गर्ने सुन्दर पोखरी, गुराँसे वनको काखमा सुस्तरी हावाको बेगसँगै छल्किंदै गरेको पोखरी । यी दृश्यले सबैको मन लोभ्याउँछन् । सानो र चिटिक्क परेको गुफा बजार र त्यसको नजिकै अवस्थित गुफापोखरी अहिले पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।
तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको सङ्गमस्थलमा रहेको यो पोखरीमा आन्तरिक तथा बाह्य पर्यटकहरू रमाउने गर्छन्। विशेष गरी गुराँस फुल्ने मौसममा यहाँ पर्यटकहरूको घुइँचो लाग्ने गर्छ । चाडपर्व मात्र होइन, वर्षभर नै यहाँ आगन्तुकहरूको कमी हुँदैन । जाडो सिजन सुरु भएसँगै हिउँ परेपछि हिउँ खेल्ने पर्यटकहरू सयौँको संख्यामा पोखरी र आसपासका क्षेत्रमा रमाइरहेका देखिन्छन्। ।
गुराँसको राजधानी मानिने तिनजुरे, मिल्के र जलजलेको काखमा रहेको यो पोखरी पूर्वको एक परिचित पर्यटकीय गन्तव्यका रूपमा चिनिन्छ । समुद्र सतहदेखि २,८०० मिटरको उचाइमा रहेको यो पोखरी अत्यन्तै मनमोहक देखिन्छ । पोखरीभन्दा केही पर रहेको मेन्छयायेम डाँडाको पछाडि गुफा भएको कारण यही नामबाट पोखरीको नाम ‘गुफापोखरी’ रहन गएको स्थानीय हिमा खनालले बताइन् ।
उनका अनुसार, विसौँ शताब्दीमा गुफामा बसेर पुजारीहरूले ध्यान गर्ने गर्थे र ती पुजारीहरू पोखरीमा आएर नुहाउने भएकाले यही पोखरीलाई ‘गुफापोखरी’ नामले चिनिन थाल्यो भन्ने किंवदन्ती छ । पोखरीको सुन्दरता र प्राकृतिक वातावरणसँगै प्रकृतिले बरदान दिएको ठाउँ जस्तै लागेको मोरङबाट घुम्न आएकी एल्जिना लावतीले बताइन् । ‘म पहिलो पटक आएको हुँ, यति सुन्दर पोखरी जहाँ हिमालको छायासँगै रमाउन पाउँदा एकदमै खुशी छु’, उनले भनिन् ।पोखरीको छेउमा मन्दिर पनि रहेको छ । आन्तरिक र बाह्य पर्यटकहरूको रोजाइमा पर्दै आएको यो स्थल चैत्र-वैशाख महिनामा गुराँस फुलेको मनमोहक दृश्यका कारण अझ आकर्षक बन्छ । सुक्रबार र शनिबार यहाँ आउने पर्यटकहरूको संख्या बढी हुने गरेको छ ।
तेह्रथुम–ताप्लेजुङ हुँदै गुफापोखरी पुग्दा बिचैमा पर्ने तिनजुरे–मिल्के–जलजले क्षेत्रमा नेपालमा पाइने ३२ मध्ये २८ प्रजातिका गुराँस फुल्ने घना जंगल देख्न सकिन्छ । मौसम खुलेको बेला गुफा बजारबाट मकालु, कञ्चनजङ्घा, ल्होत्से र सगरमाथा हिमाल समेत अवलोकन गर्न सकिन्छ ।
आन्तरिक तथा बाह्य पर्यटकलाई सहजता दिलाउन भने पहिलो सडक निर्माणसँगै पोखरी र गुफा दुवैलाई प्रवर्द्धन गर्न स्थानीय, प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने चैनपुर नगरपालिका–१ का स्थानीय सुहाङ लिम्बूको भनाइ छ ।
पोखरी आसपासको जंगलमा करिब ३० प्रकारका स्तनधारी जनावर, २७४ प्रकारका चरा, २५ प्रकारका किरा, ८ प्रकारका माछा, ६ प्रकारका सर्प–घस्रने जीव र ३ प्रकारका भ्यागुता पाइने तथ्याङ्क स्थानीयहरूले दिएका छन् ।
गुफापोखरीसँगै गुफा बजार नामक मानव बस्ती र नजिकै सुके बजार पनि रहेका छन्। गुफा बजारमा खान र बस्नका राम्रा सुविधा उपलब्ध छन्। यहाँ चौरी, भेडाको घिउ, छुर्पी, दुध–दही, मह जस्ता वस्तु पाइन्छन्। याङवेन, तङ्वा, सुकुटी र बंगुरको मासुका परिकारका लागि यो ठाउँ निकै प्रसिद्ध छ ।
अधिकांश होटलमा स्थानीय परिकार – याकको मासु, भेडाको मासु, लोकल कुखुरा र हिमाली सिमीको दाल पाइन्छ । सरकारले नयाँ पर्यटकीय गन्तव्यका रूपमा घोषणा गरेको तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङको संगमस्थल तिनजुरे–मिल्के–जलजले क्षेत्रभित्र गुफा बजार र गुफापोखरी पनि समावेश छन् ।
काठमाडौं। इजरायल, अमेरिका र इरानबीच अप्रिल ८, २०२६ देखि लागू भएको युद्धविरामले मध्यपूर्वलाई सम्भावित ठूलो द्वन्द्वबाट केही समयका लागि राहत दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई हप्ताका लागि आक्रमण रोक्ने घोषणा गर्दै मुख्य उद्देश्य पूरा भएको बताएका छन्। इरानले पनि अन्तर्राष्ट्रिय जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’लाई सुरक्षित रूपमा पुनः सञ्चालन गर्ने सहमति जनाएको छ।
४० दिनसम्म चलेको तनावपछि आएको यो सहमतिलाई ट्रम्पले “दुई पक्षीय युद्धविराम” भन्दै दीर्घकालीन शान्तिको आधार बन्न सक्ने बताएका छन्। यता इरानले भने आफ्ना सर्तहरू स्वीकार गराउन सफल भएको दाबी गरेको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने लेबनानस्थित हिजबुल्लाहविरुद्धका कारबाही यस सम्झौतामा नपर्ने स्पष्ट पारेका छन्।
युद्धविरामले सर्वसाधारणलाई केही राहत दिएको भन्दै विश्व समुदायले स्वागत गरे पनि विज्ञहरूले यसलाई कमजोर र अस्थायी सम्झौता मानेका छन्। इरानको आणविक कार्यक्रम र क्षेत्रीय प्रतिस्पर्धा अझै समाधान नभएकाले दीर्घकालीन शान्तिमा अनिश्चितता रहेको उनीहरूको भनाइ छ।
यसैबीच पाकिस्तानले आफूलाई प्रमुख मध्यस्थकर्ता दाबी गर्दै कूटनीतिक सफलताको श्रेय लिन खोजेको थियो। सरकारी निकाय र सञ्चारमाध्यमहरूले पाकिस्तानलाई “विश्वसनीय शान्ति दूत”का रूपमा प्रस्तुत गरेका थिए।
तर केही समयमै सार्वजनिक भएको एउटा ‘ड्राफ्ट’ सन्देशले उक्त दाबीलाई विवादमा तानेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जालमा पोस्ट गरेको सन्देशको प्रारम्भिक मस्यौदा ‘Draft – Pakistan’s PM Message on X’ शीर्षकसहित लिक भएको थियो। उक्त मस्यौदाको भाषा अमेरिकी र इजरायली धारणा सँग मिल्दोजुल्दो देखिएको र त्यसलाई ह्वाइट हाउसले पहिले नै समीक्षा तथा अनुमोदन गरेको विवरण सार्वजनिक भएको छ।
यस घटनापछि पाकिस्तानको स्वतन्त्र मध्यस्थ भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। विश्लेषकहरूका अनुसार पाकिस्तानले स्वतन्त्र कूटनीतिक पहलभन्दा बढी ‘सन्देशवाहक’को भूमिका निर्वाह गरेको संकेत देखिएको छ।
सामाजिक सञ्जालमा यस विषयले व्यापक प्रतिक्रिया पाएको छ। आलोचकहरूले पाकिस्तानलाई स्वतन्त्र मध्यस्थ नभई अमेरिकी प्रभावमा रहेको मुलुकको रूपमा टिप्पणी गरेका छन्। केही समयअघि बनाइएको कूटनीतिक छवि भने यस घटनापछि कमजोर बनेको विश्लेषण गरिएको छ।
विज्ञहरू भन्छन्, अन्तर्राष्ट्रिय मञ्चमा प्रभाव देखाउने प्रयासमा गरिएको यस्तो हतारो कदमले उल्टै विश्वसनीयतामा असर पार्न सक्छ। पाकिस्तानले भने अझै पनि आफ्नो भूमिकालाई कूटनीतिक सफलता ठान्दै आएको छ।
यो घटनाले अन्तर्राष्ट्रिय कूटनीतिमा स्वतन्त्रता, प्रभाव र वास्तविक भूमिकाबारे गम्भीर बहसलाई पुनः उजागर गरेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
