काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो पटक बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्याडकन २०२६ सफलतापूर्वक सम्पन्न भएको छ।
नेपालमा आयोजना गरिएको यस प्रकृतिको यो पहिलो क्षेत्रीय स्तरको ठूलो सम्मेलन हो । नेपालसहित बिमस्टेक राष्ट्रका ४०० भन्दा बढी रेडियोलोजी विज्ञ, चिकित्सक तथा सरोकारवालाहरूको सहभागिता रहेको यस सम्मेलनले क्षेत्रीयस्तरमा रेडियोलोजीको विकास र सहकार्यका लागि नयाँ ढोका खोलेको छ । सम्मेलनमा सहभागीहरूले रेडियोलोजी क्षेत्रमा भित्रिएका नवीन प्रविधि, चुनौती र अवसरका बारेमा घनीभूत छलफल गरेका थिए ।
https://www.khabarhub.com/wp-content/uploads/2026/04/800X100px-6-768x96.jpg 768w" alt="" width="800" height="100" fetchpriority="high" decoding="async" />
सम्मेलनमा विभिन्न देशका ख्यातिप्राप्त वक्ताहरूले आफ्ना कार्यपत्र प्रस्तुत गर्दै नवीनतम ज्ञान र अनुभव साटासाट गरेका थिए। कार्यक्रमले सीमापार रेडियोलोजी सेवामा उत्कृष्टता, नवप्रवर्तन र आपसी समन्वयलाई सुदृढ बनाउने लक्ष्य राखेको आयोजक नेपाल रेडिलोजिस्ट एसोसिएसनका महासचिव डा. सरोज राज केसीले जानकारी दिए ।
कार्यक्रमलाई विभिन्न रेडियोलोजीसँग सहयोगी संस्थाहरूले समेत प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराएका थिए । सम्मेलनको औपचारिक उदघाटन पूर्व राष्ट्रपति डा. रामवरण यादवले गरेका थिए ।
बिम्स्टेक सहकार्य अन्तर्गत डा. तेजेन्द्र कार्कीलाई बिम्स्टेक रेडियोलोजी स्थायी समितिको पहिलो अध्यक्षमा सर्वसहमतिले निर्बाचित गरिएको छ । सम्मेलनको अन्त्यमा ‘काठमाडौँ घोषणापत्र’ जारी गर्दै सदस्य राष्ट्रहरूबीच सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
साथै, आगामी आयोजक राष्ट्र भारतलाई बिम्स्टेक झण्डा हस्तान्तरण गरिएको छ। यी देशहरू बङ्गालको खाडी क्षेत्रीय सहयोगलाई सुदृढ बनाउने उद्देश्यले गठन गरिएको बिम्स्टेक संगठनका सदस्य राष्ट्रहरू हुन्, जसले व्यापार, प्रविधि, ऊर्जा, स्वास्थ्य तथा क्षेत्रीय विकास जस्ता विविध क्षेत्रमा सहकार्य गर्दै आएका छन् ।
रेडियोलोजीको सन्दर्भमा बिम्स्टेक राष्ट्रका प्रतिनिधिहरूले चिकित्सा इमेजिङ, डायग्नोस्टिक प्रविधि, अनुसन्धान र क्लिनिकल अभ्यासमा क्षेत्रीय सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । उनीहरूले आधुनिक रेडियोलोजिकल प्रविधिको उपयोग, दक्षता अभिवृद्धि, र ज्ञान तथा अनुभवको प्रभावकारी आदान–प्रदानमार्फत रोग निदान सेवाको गुणस्तर सुधार गर्न संयुक्त रूपमा अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार ११ : ४७ बजे
भक्तपुर– भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राका अवसरमा आज बिहान भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ ।
प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमालेटोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज विधिपूर्वक पूजा गरी उठाइएको हो । बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन आगामी वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ ।
कुमालेटोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई भेलुखेल लगेर साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ । यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ । यो लिङ्गो भने आगामी वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ ।
मध्यपुरथिमि–८ बोडेस्थित महालक्ष्मी मन्दिरअगाडि पनि आज बिहान लिङ्गो उठाइएको छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा जनप्रतिनिधिहरु समेतको सहभागितामा स्थानीयले महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएका हुन् ।
तान्त्रिक विधि पूरा गरी बिहान स्थानीयले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवत् रूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिए ।
“महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ”, उनले भने। यहाँ आज नै कुमारीको रथ लहीटोलमा पुर्याइन्छ भने राति करिब ९ः०० बजे नीलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि जिब्रो छेड्ने २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छेड्ने परम्परा छ ।
आज व्रत सुरु भएपछि श्रेष्ठले केही खान नहुने, महिलासँग बोल्न, छुन नहुने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नहुने परम्परा छ ।
मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दूर जात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्य रूपमा मनाउने गरेका छन् ।
प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार १२ : ४४ बजे
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।
ओलीको सचिवालयका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरूले ओलीको पित्तथैलीको स्टोनको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
उनको उपचारमा संलग्न चिकित्सकहरूले यसअघि नै शल्यक्रियाको मिति तोकेका थिए । पूर्वतयारी अनुसार नै ओलीको सफलतापूर्वक शल्यक्रिया भएको हो ।
ओलीको पित्तथैलीमा २२ एमएमको ढुंगा थियो । चैत १४ पूर्वप्रधानमन्त्री ओलीलाई गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको थियो ।
स्वास्थ्य अवस्थाको कारण देखाउदै ओली त्यही दिन बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।ओलीको गिरफ्तारीलगत्तै ओलीकी पत्नी राधिका गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्च अदालतले २३ चैत बेलुका पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकमाथिको अनुसन्धान २६ चैत बिहीबारभित्र टुंग्याउन आदेश दिएको थियो। २४ गते थुनामुक्त भए पनि शल्यक्रिया गर्नु पर्ने भएकोले उनलाई अस्पतालमै राखिएको थियो ।
प्रकाशित मिति : ३० चैत्र २०८२, सोमबार १२ : १८ बजे
- नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ।
- सोमबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला ४ सय रुपैयाँ घटेको छ।
- चाँदीको भाउ पनि सोमबार प्रतितोला ७५ रुपैयाँ घटेर ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ।
३० चैत, काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ ५ हजार ३ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदी पनि घटेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ७५ रुपैयाँ घटेको हो । हिजो प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ९०० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियो ।
- अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानलाई सैन्य मद्दत गरे ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका छन्।
- ट्रम्पले नेटोप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यकतामा सङ्गठन अमेरिकाको साथमा नरहेको बताए।
- इरानविरुद्ध अमेरिकी नाकाबन्दी घोषणा भएपछि एसियाली सेयर बजारमा गिरावट आएको छ।
३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले चीनलाई इरानको मद्दत नगर्न धम्की दिएका छन्। उनले आइतबार एक अन्तर्वार्तामा यदि चीनले इरानलाई सैन्य मद्दत गरेको पाइयो भने, त्यसमाथि ५० प्रतिशतसम्म भन्सार शुल्क लगाउने धम्की दिएका हुन् ।
ट्रम्पले बेलायत र अन्य केही देशहरूले होर्मुज स्ट्रेटमा बारुदी सुरुङ हटाउने नौसैनिक जहाजहरू पठाउने पनि बताए ।
ट्रम्पले नेटोप्रति असन्तुष्टि व्यक्त गर्दै आवश्यकताको समयमा सङ्गठन अमेरिकाको साथमा नरहेको बताएका छन्। ट्रम्पले अमेरिकाले नेटोमा भारी खर्च गर्ने तर अपेक्षाअनुसार समर्थन नपाएको बताए। उनले आफू नेटोदेखि निराश रहेको र यस विषयमा गम्भीर समीक्षा गरिने बताए।
यसअघि ट्रम्पले सही समय आएपछि आफ्नो देशले इरानविरुद्ध कारबाही गर्ने बताएका थिए। उनले यसका लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालको पोस्टमा अमेरिका ‘लक्ड एन्ड लोडेड’ अर्थात् पूर्ण रूपमा तयार रहेको बताएका छन्। सही समय आएपछि अमेरिकी सेनाले इरानमाथि कारबाही गर्न सक्ने उनले संकेत गरेका हुन् ।
यसअघि ट्रम्पले इरानलाई टोल तिर्ने जहाजहरूलाई पनि बाटोमै रोक्ने धम्की दिएका थिए । उता, यरानले भने होर्मुज स्ट्रेट पूर्ण रूपमा आफ्नो नियन्त्रणमा रहेको दाबी गर्दै त्यहाँबाट गुज्रिने जहाजहरूले रियालमा टोल तिर्नु अनिवार्य हुने बताएको छ।
युद्धविराम कायम छ, अमेरिका फेरि सुरु गर्न सक्छ युद्ध
ट्रम्पले इरानसँग युद्धविराम कायम रहेको बताएका छन्। उनले इरानविरुद्ध घोषणा गरिएको नौसैनिक नाकाबन्दी सोमबार बिहानदेखि लागू हुने जानकारी दिए। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार, इरानका बन्दरगाहहरूतर्फ आउने-जाने सबै जहाजहरूलाई रोकिनेछ।
ट्रम्पले इरान अझै पनि वार्ताको टेबलमा फर्किन सक्ने बताए । उनले इरान खराब स्थितिमा र दबाबमा रहेको दाबी गरे। ट्रम्पले भने, ‘यदि उनीहरू फर्किन्छन् भने ठीक छ, फर्किदैनन् भने पनि मलाई फरक पर्दैन।’
इरानसँगको वार्ता असफल भएपछि अमेरिकाले इरानमाथि फेरि सैन्य कारबाही सुरु गर्न सक्ने वाल स्ट्रिट जर्नलको रिपोर्टमा उल्लेख छ। रिपोर्टका अनुसार राष्ट्रपति ट्रम्प इरानमाथि पुनः हवाई आक्रमण गर्ने विकल्पमा विचार गरिरहेका छन्।
अमेरिकाले होर्मुज स्ट्रेटमा नौसैनिक नाकाबन्दीको घोषणा गरिसकेको छ र अब यसका साथै अन्य सैन्य विकल्पहरूमा पनि विचार भइरहेको बताएको छ। ह्वाइट हाउसले सबै विकल्प खुला रहेको र परिस्थितिको आधारमा अगाडिको निर्णय लिइने बताएको छ।
एसियाली सेयर बजारमा गिरावट
इरानविरुद्ध अमेरिकी नाकाबन्दीको घोषणाले एसियाली सेयर बजारमा गिरावट दर्ता गरिएको छ। जापानको निक्केई २२५ इन्डेक्स ०.८४ प्रतिशतले घट्यो भने टोपिक्स ०.४२ प्रतिशतले तल झर्यो। दक्षिण कोरियाको कोस्पी इन्डेक्स १.८३ प्रतिशतले ओरालो लाग्यो। लगानीकर्ताहरूमा नाकाबन्दीका कारण तेल आपूर्ति, विशेषगरी होर्मुज स्ट्रेटमार्फत हुने आपूर्ति प्रभावित हुन सक्ने भन्दै चिन्ता बढेको छ।
- नेपाली फुटबलका लागि बिर्सनलायक वर्ष
- वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम
- वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
- सम्पत्ति विवरण सार्वजनिक भएपछि हर्कको व्यंग्य: “जनतासँग लसुन छैन, नेतासँग सुन नै सुन”वीरगंज । हिजो प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि देशभर राजनीतिक बहस चर्किएको छ। सार्वजनिक विवरणमा नेताहरूको सम्पत्ति, बचत तथा लगानीसम्बन्धी विवर
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३

