KATHMANDU WEATHER
Horizontal Scroll Menu

आदर्श कोतवालमा बिलका भरमा लाखौंको घोटाला, ३८ लाखको मसलन्द खरिदमा व्यापक अनियमितता


चैत १२, बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा आर्थिक वर्ष २०८०÷८१ मा मसलन्द तथा कार्यालय सामग्री खरिदमा अनियमितता भएको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षक कार्यालयको प्रतिवेदनका आधारमा करिब ३८ लाख रुपैयाँ बराबरको खरिद प्रक्रियामा नियमविपरीत काम भएको देखिएको हो ।
प्रतिवेदनअनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियार र लेखा प्रमुख पप्पु कुमार चौधरी सहितकाले विभिन्न आपूर्तिकर्तासँग मिलेमतो गरी ३८ लाख ३० हजार १९५ रुपैयाँ खर्च देखाएका छन् । तर सो खर्च प्रक्रियामा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ को व्यापक उल्लंघन गरिएको पाइएको छ ।
सार्वजनिक खरिद ऐनको दफा ५ अनुसार एक लाख रुपैयाँभन्दा बढीको खरिदमा लागत अनुमान अनिवार्य हुन्छ भने दफा ८(२) ले प्रतिस्पर्धा सीमित हुने गरी खरिदलाई टुक्र्याउन निषेध गरेको छ । तर गाउँपालिकाले एउटै प्रकृतिका सामग्रीलाई विभिन्न मितिमा टुक्र्याएर फरक–फरक आपूर्तिकर्ताबाट खरिद गरेको देखिएको छ ।
यस्तै, सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५(१) अनुसार २० लाख रुपैयाँसम्मको खरिदमा शिलबन्दी दरभाउपत्र र सोभन्दा माथि बोलपत्र प्रक्रिया अपनाउनुपर्ने व्यवस्था छ । तर गाउँपालिकाले उक्त प्रावधानलाई बेवास्ता गर्दै सिधै दररेट माग गरी खरिद गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।
बिल मात्रै, सामान छैन ?
स्थानीय स्रोतका अनुसार १४ वटा गोश्वारा भौचरमार्फत गरिएको भुक्तानीमध्ये अधिकांश खरिदमा वास्तविक सामग्री आपूर्ति नभई बिलका आधारमा मात्रै रकम भुक्तानी गरिएको देखाएको छ । पुष महिनादेखि जेठ ५ गतेसम्मको अवधिमा भएको खरिदमा एउटै आपूर्तिकर्तासँग पटक–पटक कारोबार देखाएको छ ।
न्यु भवानी अफसेट प्रेस, रौनक ट्रेडर्स, आँचल सप्लायर्स, विद्या ट्रेडर्स लगायतका आपूर्तिकर्ताबाट गरिएको खरिदमा समेत पुरानै साँठगाँठ दोहोरिएको स्थानीयको आरोप छ । यसअघि पनि विभिन्न स्थानीय तहमा कार्यरत रहँदा यस्तै शैली अपनाइएको भन्दै अधिकृत रौनियारमाथि प्रश्न उठ्दै आएको छ ।
स्थानीयको मागः छानबिन र कारबाही
घटनापछि स्थानीय बासिन्दा तथा सरोकारवालाले यस प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्बन्धित निकायलाई अनुसन्धान अगाडि बढाउन आग्रह गरेका छन् ।
यस विषयमा प्रतिक्रिया लिन खोज्दा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारको मोबाइल फोन बन्द रहेको पाइएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनले देखाएको तथ्यका आधारमा आदर्श कोतवाल गाउँपालिकामा मसलन्द खरिदका नाममा ठूलो आर्थिक अनियमितता भएको पाईएको छ ।

धारिलो हतियार प्रहार गरी पुरुषमाथि सांघातिक हमला

रौतहट — जिल्लाको माधव नारायण नगरपालिका–६, माधोपुरका ४५ वर्षीय बिजुली चौधरीमाथि आइतबार राति करिब ८:४० बजे ज्यानै मार्ने उद्देश्यले सांघातिक हमला भएको छ।

घर बाहिर बसिरहेका बेला पछाडिबाट आएका तीन जनाको समूहले चौधरीमाथि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको स्थानीय स्रोतले जनाएको छ। आक्रमणबाट उनको टाउकोमा गहिरो चोट लागेको छ।

गम्भीर घाइते भएका चौधरीलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल, गौरमा भर्ना गरिएको छ। हाल उनको अवस्था चिन्ताजनक रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

पीडित पक्षका अनुसार माधोपुर घर भई हाल परोहा नगरपालिका–३ मा बस्दै आएका चन्द्रिका यादव, उनका छोरा विश्वजीत यादवसहित तीन जनाले आक्रमण गरेको आरोप लगाइएको छ। स्थानीय समाजसेवीले पनि घटनामा उनीहरूको संलग्नता रहेको बताएका छन्।

घटनाबारे प्रहरीलाई जानकारी गराइएको छ भने आरोपितहरूको खोजी कार्य भइरहेको जनाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेको जनाएको छ।

जीराभवानीमा बुहारीको कुटपिटबाट सासूको मृत्यु

पर्सागढी, ९ चैत । पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा बुहारीको कुटपिटबाट वृद्ध सासूको मृत्यु भएको छ ।

 

जीराभवानी गाउँपालिका वडा न –१ पिपरा टोल बस्ने स्व. सुरेश श्रीवास्तवको श्रीमती वर्ष ५५ को सायदा श्रीवास्तवको आफनै बुहारीको कुटाइबाट सोमवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकका बुहारी वर्ष २६ कि पिंकी देबी र उनका मामाको छोरी वर्ष १६ का गायत्री कुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले जानकारी दिनुभयो ।

 

मृतक सायदा र उनका बुहारी पिंकीबीच लामो समयदेखि वादविवाद र झैझगडा हुँदै आएको स्थानीयले बताएका छन ।

 

मृतक सायदाको शवलाइ पोस्टमार्टमको लागि वीरगंजको नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

रौतहटमा १७ वर्षीय किशोर मृत फेला, छिमेकीले हत्या गरी ‘शव’ लुकाएर राखेको आरोप

रौतहट । रौतहटमा १७ वर्षीय एक किशोरको हत्या गरिएको छ । राजपुर नगरपालिका-२ घर भई हाल गुजरा नगरपालिका-८ देवीपुर जोगौलिया टोलमा बस्दै आएका मोहम्मद एकरामुल हक मृत अवस्थामा फेला परेका हुन्।

 

मृतकका बुबा शेख जमिल अख्तरले छोरालाई घरबाट बोलाएर लगिएको र योजनाबद्ध रूपमा यही चैत ४ गते राति हत्या गरिएको आरोप लगाए । उनले छिमेकीले नै छोराको हत्या गरी शव आफ्नै घरमा लुकाएर राखेको गम्भीर आरोप लगाएका छन्।

 

‘मेरो छोरालाई घरबाटै बोलाएर लगियो र हत्या गरियो, त्यसपछि शव लुकाउन छिमेकीकै घरमा राखिएको थियो,’ उनले बताए।

 

घटना भएको पाँच दिन बितिसक्दा पनि हत्यामा संलग्न भनिएका आरोपीहरू पक्राउ नपरेको भन्दै पीडित परिवार आक्रोशित बनेको छ। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन्।

 

स्थानीय बासिन्दाहरूले पनि निष्पक्ष अनुसन्धानमार्फत पीडित परिवारलाई न्याय दिलाउन माग गरेका छन्। यसैबीच प्रहरीले भने घटनाको अनुसन्धान जारी रहेको जनाएको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी रुपा लावुङ्गले घटनाको सबै पक्षबाट अनुसन्धान भइरहेको र दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याइने बताए। उनले पोष्टमार्टम रिपोर्ट नआउँदासम्म विस्तृत जानकारी दिन नसकिने पनि स्पष्ट पारे।

 

हालसम्म आरोपी पक्राउ नपर्दा पीडित परिवार थप पीडामा परेको छ। यस घटनाले स्थानीय समुदायमा सुरक्षा र न्यायप्रति गम्भीर प्रश्न खडा गरेको छ।

सभापति थापाको राजीनामा अस्वीकृत, अबको बाटो के ?

राजीनामा स्वीकार गर्दा पार्टीभित्र अनावश्यक अस्थिरता र अन्योल आउने केन्द्रीय कार्यसमिति बैठकको निष्कर्ष, देउवा पक्षले पनि बैठक बोलाएर निर्वाचनको समीक्षा गर्ने 

 

काठमाडौँ — कांग्रेस केन्द्रीय कार्यसमितिले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचनमा पार्टी र आफैंले समेत हार बेहोरेपछि थापाले नैतिक जिम्मेवार लिँदै बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए ।

 

शर्माले प्रस्तुत गरेको राजीनामा आइतबारको बैठकले सर्वसम्मतिबाट अस्वीकृत गर्ने निर्णय लिएको हो । दुई दिनमा बोल्ने पार्टी पदाधिकारी तथा सदस्यसहित १ सय २ जनाले नै सभापति थापाको राजीनामा अस्वीकृत हुनुपर्ने मत राखेका थिए ।

 

थापाले राजीनामापत्रमा पार्टीभित्र सुरु भएको परिवर्तनले कार्यकर्तामा उत्साह जगाए पनि आम मतदातासम्म ‘बदलिएको कांग्रेस’ को सन्देश प्रभावकारी रूपमा पुर्‍याउन पर्याप्त समय प्राप्त हुन नसकेको उल्लेख गरेका थिए । नैतिकताको आधारमा आफूले राजीनामा दिए पनि पार्टी सुधार र पुनर्निर्माणको यात्राबाट अलग नभएको उनले बताएका थिए । केन्द्रीय कार्यसमितिले राजीनामा अस्वीकृत गर्ने निर्णय लिएसँगै थापा पार्टी सभापतिकै भूमिकामा फर्किएका छन् ।

 

बैठकले सभापतिको राजीनामा अस्वीकार गर्नुका सात वटा आधारसमेत टेकेको छ । निर्वाचन हार्नुमा सभापतिभन्दा पनि संरचनागत समस्या तथा नियन्त्रणबाहिरका परिस्थितिहरू रहेको जनाएको छ । वर्तमान जटिल राजनीतिक अवस्थामा सभापति थापाको नेतृत्व अझै आवश्यक भएको निष्कर्ष कांग्रेसको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३