काठमाण्डौ बुलेटिन,न्युज डेस्क
ईलाका प्रहरी कार्यालय सिमरा का डिएसपी दिलीप क्षेत्रीले आफ्नाे क्षेत्रमा हुने अनेकौ अपराधीक गतिविधि, तस्करीको सामान समाउनुको ठाउँमा मोटो रकम बुझ्ने, सिमरा क्षेत्रमा रहेको ट्रान्सपोर्ट हरु लगाएत वीरगञ्जका ट्रान्सपोर्ट हरु , सिमरा तथा आसपासका क्षेत्रमा विभिन्न व्यवसायी, सवारी चालक र सर्वसाधारणबाट अनियमित रूपमा रकम असुली गर्न आफ्नो विश्वास पात्र रहेका घुमुवा लाई परिचलान गरी आर्थीक मोटो रकमको नजराना उठाउँदै आएको आरोप लागेको छ।
त्यस्तै गरी सिमरा–पथलैया सडक खण्डमा चल्ने विभिन्न ट्रान्सपोर्टका मालवाहक गाडी चेकजाँचको बहानामा अवैध तरिकाले रकम असुली गरिरहेको आरोप लागेको हो । स्थानीय व्यापारी तथा केही प्रत्यक्षदर्शीहरूले प्रहरीको नाम प्रयोग गर्दै सडक चेकिङका क्रममा बिना कारण सवारी साधन रोकेर रकम माग गर्ने, कागजात भए पनि विभिन्न बहानामा जरिवाना जस्तै गरी पैसा असुल्ने गरेको दाबी गरेका छन्। विशेष गरी रातको समयमा राजमार्ग क्षेत्रमा बढी गतिविधि हुने गरेको आरोप पनि स्थानीय स्तरमा उठेको छ।
बारा, पर्सा लगायतका सिमानाकाबाट हुने तस्करी लगायतका अवैध मालसामानहरु सिमरा–पथलैया सडकखण्ड हुँदै विभिन्न ट्रन्सपोर्टको माध्यमबाट काठमाडौं, हेटौंडा, पोखरा लगायत अनेकौ ठाउमा जाने मालवाहक गाडीलाई चेकजाँच गर्दै अवैध आर्थीक रकम संकलन गर्न प्रहरी यादवलाई घुमुवाको रुपमा परिचालन गरिएको प्रहरी तथा व्यापारिक स्रोतको दाबी छ ।
घुमुवा हवल्दार अनुरुद यादव केही बर्ष पहिला वडा प्रहरी कार्यालय बिर्ता पर्सामा कार्यरत हुँदा त्यहाँ पनि घुमुवा कोे रूपमा परिचालन भएका थिए विषयमा पनि स्रोतकोे दाबी रहेको छ। त्यो भन्दा पहिला प्रहरी चौकी सिर्सिया पर्सामा समेत बसेका ब्यक्ति हुन्। श्रोतको अनुसार यी घुमुवा पर्साको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीमा पनि घुमुवाकोे रूपमा परिचालन भएका व्यक्ति हुन् यादव।
केहीदिन पहिला पनि सिमराका प्रहरी निरीक्षक र उनका घुमुवा विवाद कोे समाचार उजागर भएको थियो। तर त्यस समाचार किन र कसले कसरी लेखन लगाएको थियो र त्यो बेला घुमुवा यादव र डिएसपी क्षेत्रीको नाम उल्लेख न हुनु यो पनि शंकाको बिषय हो भन्ने कुरा सिमरा का ब्यापारी र अन्य जनमानसमा कुरा चल्दै आएको एक व्यापारीले नाम उल्लेख नगर्ने शर्तमा जानकारी गराएका छन्।
स्रोतको दाबी अनुसार इलाका प्रहरी कार्यालय सिमरामा घुमुवा बस्ने अधिकांश पटेर्वा सुगौलीमा घुमुवा वा त्यहाँ डिउटी गरेकै ब्यक्ति नै हुने गरेको छ। काठको तस्करी, बालुवा गिटी कोे उत्खनन्, भारत बाट नेपाल भित्रिने अनेकौ सामान इनरुवा नाका कोे छेउमा पर्ने सुवर्णपुरकोे नाका बाट बाट तस्करी भै जीतपुर सम्म आउने वस्तु र तस्करहरुसंग राम्राे साटघाट भएका व्यक्ति लाई नै सिमराका ईन्चार्ज हरूले घुमुवा मा रोज्ने गरेका छन्।
यस बिषय प्रती जिल्ला प्रहरी कार्यालय बारा र तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरी हेक्वा १२ नं गण र सम्बन्धित निकायको निस्पक्छ कदम छानबिन गर्न आवश्यक रहेको बुझिन्छ।
पर्सा । ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्त अधिकारीको नेतृत्वमा सञ्चालन गरिएको संयुक्त वन संरक्षण अभियानअन्तर्गत करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरिएको छ।
वन संरक्षण तथा अवैध कटानी नियन्त्रणका लागि गरिएको उक्त अभियानमा सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, कविता दास, वन कर्मचारी लक्ष्मी साह कानु, अरविन्द कुमार, प्रहरी चौकी बढनियारका इन्चार्ज असई धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम, सदस्य श्रवण प्रसाद साह तथा सशस्त्र प्रहरी बल नेपाल का सई नारायण अधिकारीसहितको टोलीको सहभागिता रहेको थियो।
संयुक्त टोलीले वन क्षेत्रमा हुने अवैध कटानी, चोरी निकासी तथा तस्करी नियन्त्रण गर्न निगरानी कडा पारिएको जनाएको छ। वन ऐनअनुसार वन विनाश तथा अवैध काठ कारोबारमा संलग्नमाथि कडा कानुनी कारबाही हुने व्यवस्था रहेको छ।
सरोकारवालाहरूले वन संरक्षण प्राकृतिक सम्पदा जोगाउने महत्वपूर्ण अभियान भएकाले स्थानीय समुदाय र सुरक्षा निकायबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
२८ जेठ,वीरगञ्ज । युवा नेता अकलेश साहको विशेष पहलमा पर्साको पकहामैनपुर गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, श्यामपुर भेलाहामा नयाँ विद्यालय भवन निर्माण कार्य सुरु भएको छ।
मधेश प्रदेश सरकारको शिक्षा मन्त्रालयबाट विनियोजित १६ लाख रुपैयाँ बजेटमार्फत भवन निर्माणको शिलान्यास गरिएको हो।
शिलान्यास कार्यक्रममा वडा नं. ४ का अध्यक्ष ढेडी प्रसाद यादव, विद्यालयका प्रधानाध्यापक उमेश यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपनारायण ठाकुर, अभिभावक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले नयाँ भवन निर्माणपछि विद्यालयको शैक्षिक वातावरण थप व्यवस्थित, सुरक्षित र विद्यार्थीमैत्री हुने विश्वास व्यक्त गरे। भवन अभावका कारण भोग्नुपरेका समस्याको अन्त्य भई विद्यार्थीहरूले सहज वातावरणमा अध्ययन गर्न पाउने तथा गुणस्तरीय शिक्षामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै युवा नेता साहले शिक्षा क्षेत्रको विकासलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी दिनमा पनि विद्यालय, युवा तथा समुदायको समग्र विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले शिक्षा क्षेत्रमा गरिएको लगानीले भविष्यका सक्षम नागरिक निर्माणमा महत्वपूर्ण योगदान पुग्ने बताए।
स्थानीयवासीहरूले प्रदेश सरकार र युवा नेता अकलेश साहप्रति आभार व्यक्त गर्दै निर्माण कार्य समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
१६ लाख रुपैयाँको लागतमा सुरु गरिएको यो भवन निर्माणलाई स्थानीय तहमा शिक्षा सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।
काठमाडौँ ।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट)को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट स्पष्टिरकण दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताउनु भयो ।
ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्वपूर्ण भुमिका मन्त्री खनालको विश्वास छ । उहाँले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनस्र्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी पनि दिनुभयो । उहाँले हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टाछुट्टै टोली परिचालन गरिएको बताउनु भयो । उहाँले क्रस बोर्डर अकुपेशनसहितका विभिन्न विषयमा नेपाल र भारत दुवैतिरका सयन्त्रहरुले काम गरिरहेको बताउनु भयो ।
सरकारी सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेदकारी र स्वेच्छाचारी निर्णयको विरोधमा पर्साका सञ्चारकर्मीहरूले जिल्ला प्रशासन कार्यालय पर्साअगाडि एक घण्टा धर्ना दिएका छन्। नेपाल पत्रकार महासंघको आह्वानमा बिहान ११ बजेदेखि १२ बजेसम्म भएको धर्नापछि सञ्चारकर्मीहरूले सरकारको हालको नीति प्रेस स्वतन्त्रताविरुद्ध रहेको आरोप लगाएका हुन्।
सञ्चारकर्मीहरूले सरकारी सूचना तथा विज्ञापन वितरणमा समान व्यवहार नभएको भन्दै तत्काल नीति सच्याउन सरकारसँग माग गरेका छन्। उनीहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संविधानद्वारा प्रत्याभूत मौलिक अधिकार भएकाले त्यसमा कुनै पनि प्रकारको हस्तक्षेप स्वीकार्य नहुने चेतावनीसमेत दिएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बञ्जाराले सरकारी सञ्चारमाध्यमलाई मात्र विज्ञापन दिने निर्णयविरुद्ध आन्दोलन जारी रहने बताए। उनले सरकार निर्णय सच्याउन तयार नभएसम्म संघर्ष निरन्तर रहने चेतावनी दिए।
त्यसैगरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले सरकार निरंकुशतातर्फ उन्मुख भएको आरोप लगाए। उनले २०६० सालमा तत्कालीन राजाले मिडियालाई पहिलो निशाना बनाएको स्मरण गर्दै अहिलेको सरकारले पनि त्यही प्रवृत्ति दोहोर्याउने प्रयास गरेको टिप्पणी गरे।
धर्नामा प्रेस सेन्टर नेपाल पर्सा, प्रेस चौतारी पर्सा, समाजवादी प्रेस संगठन मधेश तथा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सहभागीहरूले सूचना तथा विज्ञापन वितरणमा देखिएको विभेद अन्त्य गर्न, प्रेस स्वतन्त्रताको सम्मान गर्न र सञ्चारमाध्यमप्रति समान व्यवहार गर्न सरकारसँग माग गरेका छन्।
- रमा तिवारी हत्या प्रकरणको सफल अनुसन्धान गर्ने डीएसपी बस्नेतसहित ५ प्रहरी पुरस्कृत
- बहाव उच्च भएसँगै बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
- नागरिकता किर्ते प्रकरणमा वीरगञ्जका मेयर राजेशमान सिंह निलम्बित, गृह मन्त्रालयकाे छानविन समितिका संयाेजक उपसचिव पुस्कर राना सहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई नरोकी अघि बढेको बस कारबाहीमा
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३