२७ वैशाख, सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका आरोही घिमिरे आज बिहान करिब ४ः०० बजेतिर अचानक बिरामी परेका थिए ।
उनलाई तत्काल बेस क्याम्पतर्फ फर्काउने क्रममा बाटोमै निधन भएको हो ।
ट्रेक नेपाल कम्पनीमार्फत आरोहणमा सहभागी घिमिरेको शव हेलिकोप्टरमार्फत लुक्ला हेलिप्याड ल्याइएको र परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
यसअघि पनि सगरमाथाको चुचुरो चुमिसकेका घिमिरे पछिल्लो समय आरोही ‘गाइड’को रूपमा समेत कार्यरत थिए ।
२७ वैशाख, जनकपुरधाम । धनुषाको ढल्केबरमा सुकुमवासीहरूले प्रदर्शन गरेका छन् । सुकुमवासीहरूले राष्ट्रिय भूमिका अधिकार मञ्च जिल्ला कार्यसमिति धनुषाको नेतृत्वमा ढल्केबरमा प्रदर्शन गरेका हुन् ।
उठिवास बन्द गर, भूमि र आवासको अधिकार सुनिश्चित गर, जीवन र जीविकाको अधिकार लगायतको नारा लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका उनीहरु ढल्केबरको पार्कमा कोणसभा गरेका छन् ।
कोणसभामा भूमि अधिकार मञ्चका केन्द्रीय सदस्य इच्छाराम परियारले सुकुम्बासीको घरमा डोजर नलगाउन आग्रह गरे । बसिरहेको जग्गाकै लालपुर्जा वितरण गर्न उनको माग छ ।
‘सुकुमवासी व्यवस्थापनको लागि सरकारले लिएको नीति सह्रानीय छ । तर सुकुमवासीको घरमा डोजर लगाउनुभन्दा पहिले व्यवस्थापन गर्नुपर्यो बसेकै जग्गाको लालपुर्जा उपलब्ध गराउन सरकारलाई हाम्रो आग्रह छ’ उनले भने ।
मिथिला नगरपालिका ३ दिनाभद्री सुकुम्बासी टोलका गोबिन्द सदाले वस्तीका डोजर नचलाउन र लालपुर्जा उपलब्ध गराउन आग्रह गरे ।
पर्सा २७ वैशाख
सीमा सुरक्षा गुल्म भिकम्पुर बाट खटिने सशस्त्र प्रहरी अहिले आफ्नो छेत्र जगरनाथपुर गाउँपालिका कोे वडा नं २ मा पर्ने इनर्वा नाका (जानकी टोल) मा थप बढी निगरानी र सुरक्षा चेकजाँचलाई बलियो पारेको छ।
भर्खरै सकिएको पश्चिम बङ्गालमा शान्तिपूर्ण सफल भएको चुनावपछि त्यहाँ बसोबास गर्ने गैर बङ्गाली तथा रोहिङ्य हरू अहिले धमाधम पश्चिमी बङ्गाल बाट भाग्ने गरेका छन्।
यसै सन्दर्भमा पश्चिम बङ्गालमा रहेका गैर बङ्गाली रोहिङ्ग्य हरु छिमेकि मुलक भारतकाे अनेकौँ नेपाल सँग जोडिएको नाका भएर नेपाल भित्रिन सक्ने हुनाले अहिले भारतसँग जोडिएको सबै नाका हरूमा विशेष निगरानी र परिचय खुल्ने गरी कागजपत्र हरुकोे चेकिङ बढाइएको बुझिएको छ।
गैर बङ्गाली (रोहिंग्य) हरुलाई नेपाल प्रवेश रोकमा यस चेकजाँचले ठूलो सफलता सङ्गै भारतिय नम्बरकोे सवारीसाधन हरुलाई पनि रोकेर भन्सार तथा सुबिधा पास पनि चेकजाँच हुने र भन्सार तथा सुबिधा पास नभएका हरुलाई वीरगञ्ज मूख्य बाटोबाट भन्सार गराएर जानु पर्ने सशस्त्र प्रहरीले सवारी धनीलाई जानकारी गराउँछन्।
२७ वैशाख, काठमाडौं । पोखरामा ग्याङ फाइट भएको छ । ग्याङ फाइट गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पोखराको बाँझपाटन बस्ने २७ वर्षीय सुजन आले मगर, सोही ठाउँ बस्ने २३ वर्षीय राजेश परियार, गोरखा घर भई पोखरा बस्ने ३० वर्षीय दीपेश भनिने दिलेराम गुरुङ, नुवाकोट घर भई पोखरा बस्ने १८ वर्षीय सुजन तामाङ, नुवाकोट घर भई पोखरा बस्ने २५ वर्षीय राजकुमार तामाङ र पोखराकै २० वर्षीया लिजा पुन छन् ।
उनीहरूले २२ वैशाख राति साढे ९ बजेतिर पोखराको बाग्लुङ बसपार्कमा ग्याङ फाइट गरेको प्रहरीले बताएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले खोजी गरेर उनीहरूलाई पक्राउ गरेको हो ।
झै–झगडाको मुख्य कारण लागुऔषध रहेको कास्कीका डीएसपी हरि बस्नेतले बताए ।
२७ वैशाख, चितवन । चीन सरकारको सहयोगमा निर्मित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन् ।
अस्पताल प्रशासनले यही वैशाख १६ गते एक सूचना जारी गर्दै उनीहरुलाई तत्काल आवास छोड्न निर्देशन दिएको थियो ।
आपत्कालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्नु अस्पतालको दायित्व एवं प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिइएको हो ।
अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायकस्तर, अधिकृतस्तर र चिकित्सकहरुका लागि छुट्टाछुटै आवासको व्यवस्था छ ।
सहायकस्तरका कर्मचारीका लागि १० वटा घर जहाँ ६० परिवार बस्न मिल्छ । अधिकृतस्तरका कर्मचारीका लागि ६ वटा घर १० वटामा एकल र अन्य १० वटा भवनमा दुई परिवार बस्नमिल्ने गरी आवास बनाइएका छन् ।
यसैगरी, चार परिवार बस्न मिल्ने छ वटा घरमा दुई वटामा चिनियाँ र चार वटामा यहाँका अधिकृत स्तरका कर्मचारी चिकित्सक बस्दै आएका छन् ।
चिनिया सहयोगमा निर्मित दुई भवनमा १८ परिवार छन् । सहायकस्तरका कर्मचारीका निम्ति बनाइएको ३६ वटा कोठामा १८ परिवारले आश्रय लिएका छन् ।
हालसम्म कसैले पनि आवास खाली नगरेका उनले जानकारी दिइन् । अस्पतालबाट २५ किलोमिटरको परिधिमा निजी आवास भएका कर्मचारीलाई आवास सुविधा नदिने नियम सम्झाँउँदै कोठा खाली गर्न सूचना जारी गरेको थियो । रासस
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
