११ वैशाख, काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा बस्दै आएका सुकुमवासीहरुले आफू बसेको घर खाली गर्न थालेका छन् । सरकारले बस्तीका संरचना भत्काउने तयारी गरेपछि उनीहरुले आज बिहानबाट सामान सारिरहेका छन् ।
प्रहरीले विहीबार बेलुकी बस्ती छाड्न माइकिङ गरेको थियो । यसअघि बुधबार गृहमन्त्री पदबाट सुदन गुरुङले राजीनामा दिएलगत्तै प्रधानमन्त्री बालेन शाहले सुरक्षा निकायका प्रमुखलाई बोलाएर सुकुमवासी बस्ती खाली गराउन निर्देशन दिएका थिए ।
प्रधानमन्त्रीको उक्त निर्देशनअनुसार बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडैलले जिल्ला सुरक्षा समितिको बैठकमार्फत् सुकुमवासी बस्ती खाली गराउने निर्णय गराएका थिए । उक्त बैठकमा काठमाडौं महानगरकी कार्यवाहक मेयर सुनिता डंगोललगायत सुरक्षा अधिकारीहरू सहभागी थिए ।
जिल्ला सुरक्षा समितिको बैठकको निर्णयअनुसार नै प्रहरीले बिहीबार साँझ थापाथलीलगायत काठमाडौंका ४ वटा सुकुमवासी बस्तीमा माइकिङ गरेको थियो । प्रशासनले पहिलोचरणमा काठमाडौं उपत्यकाको थापाथलीसहित ४ वटा सुकुमवासी बस्तीमा डोजर चलाउने जनाएको छ ।
सरकारले डोजर चलाउने सूचना पाएपछि कतिपयले आफैं बोकेर र कतिपयले गाडीमा लोड गरेर सामान सारिरहेका छन् । कतिपयले भने सरकारको निर्णय अवज्ञा गर्ने योजना अनुसार बस्ती खाली नगर्न आग्रह गरिरहेका छन् ।
११ वैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न आज निर्वाचन हुँदैछ । लामो समयदेखि दलको नेता चयन गर्ने विषयमा पार्टीभित्र आन्तरिक छलफल चलिरहे पनि सहमति जुट्न नसकेपछि अन्ततः कांग्रेस निर्वाचन प्रक्रियामा अघि बढेको हो ।
दलको नेता चयन प्रक्रियालाई व्यवस्थित गर्न गठित निर्वाचन समितिले अन्तिम समयमा कार्यतालिकामा हेरफेर गरेको छ । समितिका अनुसार, आज दिउँसो ३ बजे उम्मेदवारी दर्ताको समय तोकिएको छ भने ४:३० बजेसम्म उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । दर्ता प्रक्रिया र नाम फिर्ताको समय सकिएपछि साँझ ५ बजेदेखि मतदान सुरु हुनेछ ।
प्रतिनिधिसभामा ३८ सांसद रहेको नेपाली कांग्रेसका लागि दलको नेता चयन अहिलेको मुख्य चासोको विषय बनेको छ । पार्टीभित्रबाट धेरै नेताहरूले नेतृत्वका लागि दाबी गरेपछि सर्वसम्मतिको प्रयास पटक-पटक गरिएको थियो। यद्यपि, आकांक्षीहरूको व्यवस्थापन हुन नसक्दा निर्वाचन नै अन्तिम विकल्पका रूपमा अगाडि आएको छ ।
सांसद बासना थापाका अनुसार, “सकेसम्म पार्टीभित्र विवाद नहोस् भनेर हामी सर्वसम्मतिको प्रयासमा थियौँ, तर धेरैको आकांक्षा देखिएकाले प्रजातान्त्रिक अभ्यासअनुसार नै अघि बढ्नुपर्ने अवस्था आएको छ।”
दलको नेताका लागि पार्टीका वरिष्ठ तथा प्रभावशाली नेताहरूको नाम चर्चामा छ । विशेष गरी अर्जुननरसिंह केसी, भीष्मराज आङदेम्बे, मोहन आचार्य, निश्कल राई र बासना थापाले संसदीय दलको नेताका लागि आफ्नो दाबी प्रस्तुत गरेका छन् । यी नामहरूमध्ये कसले बाजी मार्ला भन्ने विषयले पार्टीभित्र र बाहिर निकै उत्सुकता पैदा गरेको छ ।
कांग्रेसको यो निर्वाचनलाई पार्टीको आगामी राजनीतिक दिशा र संसदीय भूमिकालाई थप सुदृढ बनाउने कडीका रूपमा हेरिएको छ । आज साँझसम्म हुने मतदानबाट कांग्रेसले नयाँ संसदीय दलको नेता पाउनेछ, जसले सदनमा पार्टीको धारणा र भूमिकालाई थप सशक्त बनाउनुपर्ने जिम्मेवारी पाउनेछ ।
११ वैशाख, काठमाडौँ । श्रम संस्कृति पार्टीले सुकुमवासी बस्तीहरू भत्काउने सरकारी कदमको कडा शब्दमा निन्दा गरेको छ । पार्टीका अध्यक्ष हर्क साम्पाङले एक विज्ञप्ति जारी गर्दै संविधान र लोकतान्त्रिक मूल्य-मान्यताको धज्जी उडाउँदै गरिब जनतालाई उठिबास लगाउने काम तत्काल रोक्न सरकारलाई चेतावनी दिएका छन् ।
पछिल्लो समय देशका विभिन्न स्थानमा सरकारले सुकुमवासी बस्तीहरूमाथि गरेको हस्तक्षेपले नागरिकको मौलिक हकमाथि प्रहार भएको साम्पाङको दाबी छ। विज्ञप्तिमा उनले संविधानको धारा ३७ को उपधारा १ ले सुनिश्चित गरेको ‘आवासको हक’को सरकारले ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् ।
अध्यक्ष साम्पाङले बस्ती भत्काउने शैलीलाई ‘राज्य आतंक’को संज्ञा दिएका छन् । जनताको घर भत्काउनु, उनीहरूलाई बेघर बनाउनु, बल प्रयोग गर्दै लछारपछार गर्नु, गालीगलौज र लाठी–बन्दुकको बलमा तर्साउनुले सरकारको नियतमाथि प्रश्न उठाएको उनको भनाइ छ ।
“संविधानको धारा १६ को उपधारा १ ले सम्मानपूर्वक बाँच्न पाउने हकको ग्यारेन्टी गरेको छ,” विज्ञप्तिमा उल्लेख छ, “तर सरकारले लाठी र बुटको प्रयोग गरेर नागरिकमाथि दमन गर्नुले उसको निरंकुश चरित्रलाई छर्लङ्ग पारेको छ।” यस्ता घटनाले लोकतन्त्रको आधारभूत मूल्य-मान्यतालाई नै लत्याएको साम्पाङको टिप्पणी छ ।
श्रम संस्कृति पार्टीले विस्थापन हुनुअघि सरकारले अपनाउनुपर्ने संवैधानिक दायित्वका बारेमा सचेत गराएको छ । अध्यक्ष साम्पाङले कुनै पनि बहानामा जनतालाई सडकमा ल्याउनुअघि उचित क्षतिपूर्ति र दीर्घकालीन पुनर्वासको व्यवस्था गर्न सरकारलाई सुझाव दिएका छन् ।
“गरिब जनताका बासस्थान भत्काउनुअघि सरकारले उनीहरूको उचित व्यवस्थापन र पुनर्वासको सुनिश्चितता गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “यस्तो कानुनी र मानवीय प्रक्रिया पूरा नगरी गरिएको बलमिच्याइँ लोकतान्त्रिक सरकारका लागि शोभनीय छैन।”
आफ्नो पार्टीले नागरिकको बासस्थानको हकका लागि सदैव आवाज उठाउने र सरकारको यस्तो अलोकतान्त्रिक कार्यको प्रतिवाद गरिरहने साम्पाङले स्पष्ट पारेका छन् । सरकारले तत्काल यस्ता गतिविधि रोकेर संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान खोज्नुपर्नेमा पार्टीले जोड दिएको छ ।
११ वैशाख, काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक गजेन्द्र ठाकुरलाई अर्थ मन्त्रालयमा फिर्ता बोलाइएको छ।
बिचौलिया दीपक भट्टको ‘स्टार माइक्रो इन्स्योरेन्स’ मा पत्नीको नाममा शेयर भेटिएपछि विवादमा तानिएका ठाकुरलाई बिहीबार मन्त्रालय तानिएको हो।
हाल मन्त्रालयले उनलाई कुनै पनि जिम्मेवारी तोकेको छैन। यता, महानिर्देशक ठाकुरले भने उक्त लगानी बैंक ऋण र सञ्चय कोषको रकममार्फत कानुनी रूपमै गरिएको दाबी गर्दै आएका छन्।
नेपाल सरकारको नीति नियम अनुसार १०० रुपैयाँ भन्दा बढी कोे सामान भन्सार नगराई नेपाल भित्रिन न दिन् निर्देशन विपरीत अहिले पर्सा जिल्लाको मुख्य नाका वीरगन्ज भन्सार बाहेक सम्पूर्ण नाकामा तस्करी नियंत्रण गर्नुको साटो झन् बढी भएको बुझिएको छ।
दिनभरि सुनसान देखिने अवस्था नेपाल प्रहरी र ससस्त्र प्रहरी ले सृजना गरेतापनि तस्करी जस्तो अपराधिक क्रियाकलाप नियन्त्रण हुन सकेको छैन्। विशेष गरी पर्साको अलौ र सिर्सिया नाका बाट दैनिक रूपमा तस्करी मौलाउँदै गरेको जो कोइले यी नाकामा जाँदा पूर्ण रुपमा देखिने र बुझिने अबस्था छ।
घरायसी वस्तु हरु आम सर्वसाधारण जनताले ल्याउँदा नियम अनुसार १०० रुपैयाँको नियमको पाठ सिकाउने तर प्रहरी प्रशासन लाई मोटो रकमको नजराना बुझाएका तस्करलाई बिना कुनै चेकजाँच कोे डिउटी खर्च ली तस्करीको वस्तु छोड्ने गरेका छन्।
पर्सा वीरगञ्जको सिर्सिया चौकीको इलाका अनुसार छपकैया पुल कोे पश्चिम पट्टि देखि तिलावे पुल सम्मको छेत्र पर्ने गरेको छ। दिनेश सिंह यी सिर्सिया चौकीमा घुमवा बसेका व्यक्ति हुन्। उनले आफ्नो ६ देखि ७ महिना जतिको कार्यकालमा यी छेत्र लगाएत अन्य क्षेत्रबाट हुने तस्करीको मुख्य बाटो र यी नाकाहरूमा रहेका तस्करहरुसंग राम्रो सम्बन्ध रहेको श्रोतको दाबी रहेको छ।
स्थानिय व्यक्तिहरूका अनुसार दिन् त दिन् रातभरि मोटरसाइकल कोे चर्को आवाज र तस्करको लस्कर लाग्ने ले गर्दा रातिमा सुत्न समेत गार्हो भएको खालवा सिर्सिया का एक स्थानीयले जानकारी गराएका छन्। दिनेश सिंह अलौ र सिर्सिया नाकामा कहिले प्रहरीकाे वर्दी लगाएर जाने त कहिले सादा पोशाक मै आफनो (एफ जेड) मोटरसाइकल लिएर नाका मा पुग्ने गरेका छन्।
सिर्सिया चौकीमा घुमवा बसेका सिंह एकासी आफनो सरुवा गराई तुरुन्तै टाइगर टोलीमा बस्नु ले प्रमाणित गर्छ कि राम्राे पहुँच र राम्राे सम्बन्ध हुँदा बाटो तथा सेन्ट्रिको डिउटी गर्नु पर्दैन आफ्नो मनपर्दो ठाँउमा व्यवस्था मिलाउन सकिन्छ। यस विषयमा सम्बन्धित निकायले ध्यान दिन अति आवश्यक रहेको बुझिन्छ।
- स्वर्गद्वारी जाँदै गरेको भारतीय तीर्थयात्री सवार जिप दुर्घटनाः एक बालकको मृत्यु, २१ तीर्थयात्री घाइते
- साइबर अपराध बढ्दाे, सामाजिक सञ्जाल नेपालमा दर्ता नहुँदा अनुसन्धानमा ढिलाइ : आईजीपी कार्की
- संघीयता खारेज गरी दुई तहको राज्य संरचना बनाउन जनमोर्चाको प्रस्ताव
- सम्पत्ति विवरणमा डेपुटी गभर्नरको विलासी जीवन: काठमाडौँमा जग्गाको थुप्रो, करोडौँको बैंक मौज्दात
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
