बिरगंज, पर्सा, २० कार्तिक
काठमाडौं । प्रेम सम्बन्धका क्रममा खिचिएका निजी तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरी महिलाको चरित्रहत्या गरेको आरोपमा नेपाल प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको साइबर ब्युरोले छुट्टाछुट्टै घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार इलामको माई नगरपालिका–१ स्थायी घर भएका २९ वर्षीय विकल्प राईले एक महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका निजी तस्बिर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राममार्फत सार्वजनिक गरेको आरोप छ।
पीडित महिलाले दिएको उजुरीका आधारमा साइबर ब्युरोले प्राविधिक अनुसन्धान तथा विश्लेषण गरी राईलाई कात्तिक १९ गते काठमाडौंको ठमेलस्थित पर्यटक मार्गबाट पक्राउ गरेको जनाएको छ।
त्यस्तै, सामाजिक सञ्जाल एक्स (पूर्वट्विटर) मार्फत अश्लील भिडियो तथा तस्बिर सार्वजनिक गरिदिने धम्की दिएको आरोपमा अर्का व्यक्ति पनि पक्राउ परेका छन्।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–५ स्थायी घर भएका ३० वर्षीय सुजन पाण्डेलाई प्रहरीले कात्तिक १९ गते काठमाडौंको तारकेश्वर क्षेत्रबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार पाण्डेले आफूसँग पीडित महिलाका अश्लील तस्बिर तथा भिडियो रहेको भन्दै सार्वजनिक गरिदिने धम्की दिने गरेका थिए।
साइबर ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको छ।
अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट विकल्प राईलाई पाँच दिन र सुजन पाण्डेलाई चार दिनको म्याद थप अनुमति लिइएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जानकारी दिएको छ।
स्रोत : Rato pati
बिरगंज, पर्सा, २० कार्तिक
मकवानपुर। चितवनको राप्ती नगरपालिका–५ स्थित सिपडाँडामा बोलेरो जीप दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार अपराह्न करिब ४ः३० बजे भण्डाराबाट थाकलटारतर्फ जाँदै गरेको बा.प्र.०१–०३५ च २८८६ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटनामा परेको हो।
सिपडाँडास्थित भित्री सडकखण्डबाट जीप करिब ५० मिटर तल खोल्सामा खसेको प्रहरीले जनाएको छ। दुर्घटनाका समयमा जीपमा सवार २५ जना घाइते भएका थिए।
प्रहरीका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। उनीहरूको अवस्था मध्यम रहेको बताइएको छ। घाइतेहरूको नाम र ठेगाना भने खुल्न बाँकी छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
बिरगंज, पर्सा, १८ कार्तिक
सशस्त्र प्रहरी बलले बाराको सीमा क्षेत्रमा सञ्चालन गरेको निगरानी तथा चेकजाँचका क्रममा १३ लाख ८४ हजार ६१० रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ।
सीमा क्षेत्रमा हुने चोरी–तस्करी तथा भन्सार छली नियन्त्रण गर्ने उद्देश्यले गरिएको कारबाहीका क्रममा कपडा, किराना सामग्री, मकैको बीउलगायतका सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण हेडक्वार्टर बाराअन्तर्गतका विभिन्न इकाइले सीमा क्षेत्रमा गरेको निगरानी तथा चेकजाँचका क्रममा ती सामान फेला पारेका हुन्। कारबाहीका क्रममा तस्करीमा प्रयोग गरिएको मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १२ गण बाराका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विक्रममणि अधिकारीका अनुसार बरामद गरिएका सम्पूर्ण सामानको मूल्य १३ लाख ८४ हजार ६१० रुपैयाँ रहेको छ।
उनका अनुसार बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार, चोरी–तस्करी तथा भन्सार छली नियन्त्रण गर्न सशस्त्र प्रहरीले नियमित गस्ती, निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।
सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि सुरक्षा निकायले निगरानी बढाएसँगै तस्करी नियन्त्रण अभियानलाई थप तीव्रता दिइएको छ।
बिरगंज, पर्सा, १८ कार्तिक
विराटनगर । रोजगारीको प्रलोभन देखाएर दुई युवतीलाई बन्धक बनाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा मोरङ जिल्ला अदालतमा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दायर भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय मोरङले घटनामा संलग्न रहेको आरोप लागेका परवेज महमदविरुद्ध मुद्दा दायर गरेको हो । घटनामा संलग्न अर्का आरोपित रामविलास महतो भने फरार रहेको जनाइएको छ ।
अभियोगपत्रअनुसार बेरोजगार रहेका दुई युवतीलाई होटलमा राम्रो कमाइ हुने काम दिलाइदिने प्रलोभन देखाएर विराटनगर ल्याइएको थियो । त्यसपछि उनीहरूलाई विराटनगर महानगरपालिका–१३ स्थित मलाया रोड नजिकैको एक सुनसान घरमा लगेर बन्धक बनाइएको आरोप छ ।
आरोपितहरूले होटल सञ्चालन गर्ने बहानामा घर भाडामा लिएको र त्यहाँका कोठाहरूमा युवतीहरूलाई राखेर बाहिरबाट आउने पुरुषसँग जबर्जस्ती यौनसम्पर्क गर्न बाध्य बनाउने गरेको अभियोगपत्रमा उल्लेख छ ।
युवतीहरूले अस्वीकार गर्दा मानसिक तथा शारीरिक दबाब दिने र डरत्रास देखाएर जबर्जस्ती गर्ने गरिएको आरोप छ । उनीहरूसँग यौनसम्पर्क गरेबापत पुरुषहरूबाट रकम असुल्ने तर युवतीहरूलाई भने कुनै पैसा नदिने गरेको अभियोगपत्रमा जनाइएको छ ।
पीडित युवतीहरूले असह्य भएपछि जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले घटनास्थलमा पुगेर दुवै युवतीलाई उद्धार गरेको थियो । प्रहरीका अनुसार घटनास्थलबाट एक आरोपित परवेज महमदलाई पक्राउ गरिएको थियो भने अर्का आरोपित रामविलास महतो फरार भएका थिए ।
अनुसन्धानका क्रममा पक्राउ परेका आरोपितले प्रहरीसमक्ष घटनामा आफ्नो संलग्नता स्वीकार गरेको विवरणसमेत अभियोगपत्रमा उल्लेख गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता वसन्त काफ्लेले अदालतमा दायर गरेको अभियोगपत्रमा मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार कारबाहीको माग गरिएको छ ।
सरकारी पक्षले आरोपितहरूलाई १० देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना गर्न माग गरेको छ । साथै पीडित युवतीहरूलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र फरार आरोपित रामविलास महतोविरुद्ध पक्राउ पुर्जी जारी गर्न पनि माग गरिएको छ ।
घटनासम्बन्धी केही प्रमाण परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, सामाखुसी काठमाडौं पठाइएको जनाइएको छ ।
बिरगंज, पर्सा,१७ कार्तिक
पर्साको वीरगन्जबाट २७.७० तोला चाँदीका विभिन्न सामानसहित बाराका दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको करैयामाई गाउँपालिका–८ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ नगवामा बस्दै आएका करिब ३६ वर्षीय रामप्रकाश सराफ र बाराकै गढीमाई गाउँपालिका–५ घर भई हाल वीरगन्ज महानगरपालिका–१६ मा बस्दै आएका करिब ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगन्ज महानगरपालिका–२५ स्थित सिर्सिया चेकपोस्टमा भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूको साथबाट चाँदीका विभिन्न सामान बरामद भएको हो।
मंगलबार बिहान बीआर ०५ बीके ४४१७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा २७.७० तोला चाँदीका सामान फेला परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय छप्कैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले मोटरसाइकलमा सवार दुवै जनालाई चाँदीका सामानसहित नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
