KATHMANDU WEATHER
Horizontal Scroll Menu

मुशहर्वा सशस्त्रका इन्स्पेक्टर बिदामा,सई आफनै मौजमा रकम बुझ्दै तस्करी खुलम खुल्ला

 

 

नेपाल सरकारको नीतिनियम अनुसार भर्खरै सफलता पूर्ण चुनाव भएको थियो। चुनावपछि हरेक दल का पदाधिकारी फेरिए नियम कानुन फेरियो नेपाल र नेपाली जनताको लागि सुनौलो भविष्य कोे नयाँ बाटो उत्पन्न भएको देखिन्छ। 

 

एकतिर नेपाल सरकार र अर्काे तिर हाम्रो नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आफ्नो कार्य शैली नीतिनियम परिवर्तन गरेतापनि सीमा नाकामा कुनै प्रकारको आदेशको पालना न भएको जस्तो बुझिएको छ। 

 

पटकपटक समाचार प्रकाशन हुनु साथ कारवाहीमा जहिले पनि सानो दर्जाकोे जुन सुकै प्रहरी विभाग बाट भएपनि सानो दर्जा भएकै सिपाही , हवलदार कारवाहीमा पर्ने गरेका छन् तर माथिल्लो तहको अधिकारीहरु माथि किन हुँदैन छानबिन। 

 

अहिले बारा जिल्लाकोे मुशहरवा नाका मा रहेको सशस्त्र प्रहरी सिमा बलका सशस्त्र प्रहरी निरीक्षक बिदामा हुनु भएको समाचार प्राप्त भएको छ। त्यस सीमा बलका इन्चार्ज अहिले सशस्त्र प्रहरी नायब निरीक्षक तुलसी गिरि रहेका छन्। 

 

सई गिरीले आफ्नो मनपर्दो पारामा तस्करहरुसँग साँठगाँठ राखी दिनरात मुशहर्वा नाका लाई तस्करीको मुख्य नाका र बाटो बनाएका छन्। सई गिरीको यस्तो मनपर्दो पारामा तस्करी गराएको देखेर डिउटीमा खटिएका सिपाही हवलदार पनि उनी सँग रुष्ट बनेका छन्। 

 

डिउटीमा खटिने सिपाही ,हवलदार ले विशेष सूचना दिँदै उनीहरूले भने हाम्रो जागिर धराप मा पर्ने बाटो तिर जाँदै छ। हामी के गरौँ हामी डिउटी गर्ने सिपाही, हवलदार हौ हाम्रो कुरा कोइ सुन्दैन। हामीलाई हाम्रो बिदामा गएका इन्स्पेक्टर कै कार्यशैली ठीक लाग्छ। 

 

दिनरात तस्करीमा ब्यस्त रहेका सई गिरी विदामा बसेका इन्सपेक्टर कोे मौका छोपी बिदा मितिको क्षेत्र भरिमा ऐनिहाउँ मोटो रकम कमाउ कोे अभियान चलाएका छन्। यस्ता इन्चार्जहरूले गर्दा बेकसुर डिउटीमा खटिने सिपाही हवलदार कारवाहीमा पर्ने गरेका छन। 

 

किन हुँदैन एकासी छानबिन र अनुसन्धान को समयमा आउने टोलीहरू डिउटी मात्र किन उठाउँछन् इन्चार्ज लाई उठाउनु पर्ने आवश्यक छ। तर यस्तो हाम्रो नेपालमा हुँदैन। केहीदिन पहिला पर्साको अलौ नाका कोे भिडियो सार्वजनिक भो त्यस विषयमा कारवाही पनि गरियो तर फस्यो डिउटीमा खटेका तीन जना सिपाही हवलदार प्रमुख ज्यु हरु माथि किन हुँदैन छानबिन। 

 

यस बिषयमा निष्पक्ष छानबिन गर्न र सम्बन्धित निकायको समेत ध्यान केन्द्रित हुन अति आवश्यक

रहेको बुझिन्छ। 

 

बाराका एकजना हत्या गरेको कसुरमा चितवन प्रहरीको नियन्त्रणमा

वीरगञ्ज, ०८ जेठ। बाराका एकजनालाई चितवन प्रहरीले हत्या गरेको कसुरमा पक्राउ गरेको छ। २०७६ साल चैत २३ गते खरैनी नगरपालिका वडा नं ९ मा रहेको नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउन्ड भित्र मजदुर बस्ने कोठा भित्र एकजनाको शव फेला परेको थियो।

 

फेला परेको शव बाराको साविक गाबिस फेटा वडा नं ४ हाल फेटा गाउँपालिका वडा नं ३ बस्ने ४६ वर्षिय सखिचन महराको रहेको थियो। लाश फेला परेपछि सुक्ष्म अनुसन्धान गर्दा उक्त घटना बाराको बतरा गाबिस वडा नं ६ हाल फेटा गाउँपालिका वडा नं ४ बस्ने त्यो बेलाका ३० वर्षिय पुनदेव भन्ने पञ्चदेव महराले कर्तव्य गरी ज्यान मारेको खुल्न आएको थियो।

 

पुनदेवले हत्या गरेको खुलेपछि चितवन जिल्ला अदालतबाट २०७६ चैत २५ गते पक्राउ अनुमति लिई प्रहरीले खोजतलास निरन्तर खोजतलास गरिरहेको थियो। घटनाको ७ वर्षपछि हत्या आरोपित पञ्चदेव महरालाई फेटा गाउँपालिका वडा नं १ त्रिवेणी र त्रिवेणी स्थितिको गाउँघरमा लुकीछिपी बसीरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र इलाका प्रहरी कार्यालय खरैनीबाट खटिएको संयुक्त टोलीले पुन्देव भन्ने पञ्चदेव महरालाई जेठ ५ गते पक्राउ गरेको हो।

 

लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ परेका महरालाई इलाका प्रहरी कार्यालय खरैनीको न्यायिक हिरासतमा राखि चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

तालिमकै क्रममा ७ सशस्त्र प्रहरी जवान बेहोस, ६ जनालाई स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै

कैलाली । कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपालको राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा तालिमरत ७ जना सशस्त्र प्रहरी जवान बेहोस भएका छन् । उनीहरू जवान आधारभूत तालिमका क्रममा अचानक बेहोस भएको बताइएको छ ।

 

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बेहोस भएका मध्ये ६ जनालाई नेपाली सेनाको स्काई ट्रकमार्फत थप उपचारका लागि काठमाडौं ल्याउन लागिएको छ ।

 

 

उनले रातोपाटीसँग कुरा गर्दै भने, “उताबाट स्काई ट्रक काठमाडौंका लागि उडिसकेको छ ।”

 

घटनामा एक जना जवानको अवस्था सामान्य रहेको सशस्त्र प्रहरीले जनाएको छ । अन्य जवानहरूको स्वास्थ्य अवस्था तथा बेहोस हुनुको कारणबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रहरी चौकी जानकीटोलाका ईन्चार्जा अर्जुन पंडितको संरक्षणमा तस्करी;दिन्हुँ लाखौंको राज्शव चुहावट;राजस्व कंगाल सई मालामाल

पर्साको ग्रामीण भेगमा पर्ने जानकिटोला,असवारी,पाण्डेपुर लगाएतको नाकाबाट लत्ताकपडा,भैसी र कुखुराको चल्लाको तस्करी व्यापक रुपमा भईरहेको गुनासो उठ्न थालेको छ।पर्साको जानकीटोला नाका यतिबेला तस्करहरूको लागि सुरक्षित मार्ग बन्दै गएको आरोप सार्वजनिक भएको छ।

 

स्थानीयवासी तथा सीमाक्षेत्रका व्यापारीहरूले नेपाल प्रहरी र सशस्त्र प्रहरीकै संरक्षणमा व्यापक रूपमा तस्करी तथा हुण्डी कारोबार सञ्चालन भइरहेको गुनासो स्थानीयहरुले गरेका छन्।स्थानीयका अनुसार भारतसँग जोडिएको उक्त नाकाबाट कपडा, हार्डवेयर सामग्री, कुखुराको चल्ला, भैसी, गाई, गोरु र कस्मेटिक सामानदेखि हुण्डीसम्मको अवैध कारोबार खुलेआम भइरहेको छ। तस्करीमा संलग्न समूहले बिहान, बेलुका, दिउँसो तथा रातिको समयमा समेत सहज रूपमा मालसामान नेपाल भित्र्याइरहेको आरोप छ।सीमावर्ती क्षेत्रका बासिन्दाहरूले ईलाका प्रहरी कार्यालय जानकीटोला र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म भिखमपुरको संरक्षणमै तस्करी मौलाएको दाबी गरेका छन्।

 

उनीहरूका अनुसार अवैध रूपमा भित्रिएको सामान डकैला बहुअर्वी , बढनिहार हुँदै जितपुर बजारसम्म निर्वाध रूपमा पुग्ने गरेको छ। प्रहरी चौकी जानकीटोलाको प्रमुख प्रहरी नायब निरीक्षक (सई)अर्जुन पंडित माथि समेत स्थानीयले गम्भीर आरोप लगाएका छन्। स्थानीय स्रोतका अनुसार उनी कार्यालयमा आएपछि तस्करी झन् बढेको दाबी गरिएको छ। स्रोतहरूले प्रहरी संगठनकै नाम प्रयोग गर्दै रकम असुली गरी तस्करीको “लाइन” दिइएको आरोपसमेत लगाएका छन्।

 

नाम नछाप्ने सर्तमा एक व्यापारीले रातिको समयमा तस्करीको सामान “स्कर्टिङ” गरेर पार गराउने कामसमेत हुने गरेको दाबी गरे। अर्का एक व्यक्तिका अनुसार सर्वसाधारणले सामान्य सामान ल्याउँदा समेत कडाइ हुने गरे पनि ठूलो परिमाणको तस्करी भने सहज रूपमा भइरहेको छ।स्थानीयले साना व्यापारी र सर्वसाधारणमाथि कडाइ गरिए पनि ठूला तस्करहरूसँग मिलेमतो गरी लाखौँ रुपैयाँ असुली गरेर अवैध कारोबार सञ्चालन गराइएको आरोप लगाएका छन्।

 

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरी चोरी तस्करीमा संलग्न हुन थालेपछि चोरी तस्करी बढनु पनि स्वाभाविक नै हो भन्दै स्थानियहरुले आक्रोश पोख्न थालेका छन् ।खुला सीमानाको फाइदा उठाउँदै सुरक्षाकर्मीहरूलाई मासिक नजराना वा सेटिङ मिलाएर अवैध मालसामान ओसारपसार गर्ने गरिएको स्थानीय बासिन्दाहरुले आरोप लगाएका छन्।

 

पर्सामा सबभन्दा बढि कुखुराको चल्ला र भैसी,गाई गोरुको तस्करी हुने नाका जानकीटोला नाका हो।जानकीटोला चौकीको संरक्षणमा अहिले अदालत भन्नेले रातभरी २० देखि २५ वटा सम्म साईकल र मोटरसाइकल प्रयोग गरि रातभरी भारतबाट नेपाल भित्राई कुखुरा फर्महरु सम्म पुर्‍याउने गरेको छ।

 यस विषयमा प्रतिक्रिया लिन प्रहरी चौकी जानकीटोलाका सई पंडितलाई चौकीको नम्बर ९८५५०९०७३३मा सम्पर्क गर्ने प्रयास गरिएको भए पनि फोन सम्पर्क हुन सकेन। घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न स्थानीयले माग गरेका छन्। साभार - aapan janakpur (आपन जनकपुर) फेसबुक पेज 

घरमा लुकाएर राखिएको तस्करीको साढे ३६ लाख बढीको भेपसहित ८ जना पक्राउ

वीरगञ्ज,७ जेठ : घरमा लुकाएर राखिएको विद्युतीय चुरोट (भेप)सहित ८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ की ४४ वर्षीया मम्माया तामाङ, ३५ वर्षीय राजकुमार तामाङ, ४७ वर्षीया छोमाया तामाङ, धादिङको गंगाजमुना गाउँपालिका –३ का २५ वर्षीय सहिन गुरुङ, बाजुरा बढिमालिकानगरपालिका–१० घर भई हाल काठमाडौं माछापोखरी बस्ने २५ वर्षीय सागर खत्री, नुवाकोटको तादी गाउँपालिका–४ का २७ वर्षीय सुवास तामाङ र ओखलढुङ्गाको भदौरे गाउँपालिका–६ का २६ वर्षीय नेत्र बहादुर थापा मगर रहेका छन्।

 

जिल्ला प्रहरी कार्यालय रसुवाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजु शाहका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ दाहलफेदीकी ४४ वर्षीय मम्माया तामाङको घरमा चेकजाँच गर्ने क्रममा कोठाभित्र लुकाएर राखिएको भेपसहित उनीहरूलाई पक्राउ गरिएको हो। घरको कोठामा लुकाएर राखिएको अवस्थामा प्लास्टिकको बोराभित्र ६ वटा कार्टुनमा ३६ लाख ७५ हजार रुपैयाँ बराबरको १ हजार २२५ थान भेप बरामद गरिएको हो।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३