KATHMANDU WEATHER
Horizontal Scroll Menu

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

२३ वैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो ५०, आलु रातो प्रतिकिलो २८ र आलु रातो (भारतीय) प्रतिकिलो २४ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ४२ रहेको छ ।

 

 

 

यसैगरी, गाजर (लोकल) प्रतिकिलो ६०, गाजर (तराई) प्रतिकिलो ३५, बन्दा (लोकल) प्रतिकिलो ४०, बन्दा (नरिवल) प्रतिकिलो ४०, काउली स्थानीय प्रतिकिलो ७०, काउली ज्यापू प्रतिकिलो ८०, सेतो मूला (लोकल) प्रतिकिलो २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो २०, भन्टा लाम्चो प्रतिकिलो ५५ र भन्टा डल्लो प्रतिकिलो ७० कायम भएको छ ।

त्यसैगरी, बोडी (तने) प्रतिकिलो ११०, मकै बोडी प्रतिकिलो ९०, मटरकोसा प्रतिकिलो ६०, घिउ सिमी (लोकल) प्रतिकिलो ८५, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १००, घिउ सिमी (राजमा) प्रतिकिलो १००, भटमास कोसा प्रतिकिलो १७०, तीते करेला प्रतिकिलो ४०, लौका प्रतिकिलो ५० रुपैयाँ रहेको छ ।

 

 

 

परवर (लोकल) प्रतिकिलो ८०, परवर (तराई) प्रतिकिलो ७०, चिचिन्डो प्रतिकिलो ३०, घिरौँला प्रतिकिलो ६०, फर्सी पाकेको प्रतिकिलो ६०, हरियो फर्सी (लाम्चो) प्रतिकिलो ५०, हरियो फर्सी (डल्लो) प्रतिकिलो ५०, सखरखण्ड प्रतिकिलो ७५, भिन्डी प्रतिकिलो ८०, पिँडालु प्रतिकिलो ५० र स्कुस प्रतिकिलो ५५ कायम गरिएको छ ।

रायोसाग प्रतिकिलो १००, पालुङ्गो प्रतिकेजी १००, चमसुर प्रतिकिलो १००, तोरीसाग प्रतिकिलो ३०, मेथीको साग प्रतिकिलो १००, हरियो प्याज प्रतिकिलो १५०, तरुल प्रतिकिलो ९०, च्याउ (कन्य) प्रतिकिलो २४०, च्याउ (डल्ले) प्रतिकिलो ४००, राजा च्याउ प्रतिकेजी ३२० र सिताके च्याउ प्रतिकेजी १,००० निर्धारण गरिएको छ ।

कुरिलो प्रतिकिलो ५००, निगुरो प्रतिकिलो १००, ब्रोकाउली प्रतिकिलो १००, चुकुन्दर प्रतिकिलो ७०, सजीवन प्रतिकिलो १३०, कोइरालो प्रतिकिलो ३००, रातो बन्दा प्रतिकिलो ६०, जिरीको साग प्रतिकिलो १००, पार्सले प्रतिकिलो ३००, सेलरी प्रतिकिलो १३०, सौफको साग प्रतिकेजी १००, पुदिना प्रतिकिलो ११०, गान्टेमुला प्रतिकिलो ५०, इमली प्रतिकिलो १८०, तामा प्रतिकिलो १५०, तोफु प्रतिकिलो १५० र गुन्द्रुक प्रतिकिलो ३०० तोकिएको छ ।

स्याउ (झोले) प्रतिकिलो २५०, स्याउ (फुजी) प्रतिकिलो ३००, कागती प्रतिकेजी ३८०, अनार प्रतिकिलो ४५०, अङ्गुर (हरियो) प्रतिकिलो ३००, अङ्गुर (कालो) प्रतिकिलो ४५०, तरबुजा हरियो प्रतिकिलो ४५, भुइँकटहर प्रतिगोटा २५०, काँक्रो (लोकल) प्रतिकिलो ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो ५०, काँक्रो (लोकलक्रस) प्रतिकिलो ८०,खकटहर प्रतिकिलो ७०, नासपाती (चाइनिज) प्रतिकिलो २५०, मेवा (नेपाली) प्रतिकिलो ८०, मेवा (भारतीय) प्रतिकिलो ९० र एभोकाडो प्रतिकिलो ८०० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकिलो १००, सुकेको खुर्सानी प्रतिकिलो ४५०, खुर्सानी हरियो प्रतिकिलो ८०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ७०, माछे खुर्सानी प्रतिकिलो ६०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी ६००, भेडेखुर्सानी प्रतिकिलो ७०, हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ रहेको छ ।

हरियो धनियाँ प्रतिकिलो ८०, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २००, लसुन सुकेको (नेपाली) प्रतिकिलो १००, ताजा माछा (रहु) प्रतिकिलो ३४०, ताजा माछा (बचुवा) प्रतिकिलो ३१० र ताजा माछा (छडी) प्रतिकिलो ३०० निर्धारण गरिएको छ ।

प्रहरी स्कुलमा विद्यार्थी र शिक्षकलाई विपद्बाट बच्ने उपायबारे प्रशिक्षण

२३ वैशाख, काठमाडौं । नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले शैक्षिक सत्रको शुरुवातमा विद्यार्थी र शिक्षकलाई विपद्बाट बच्ने उपायबारे प्रशिक्षण दिएको छ । आफ्नो विद्यालयमा अध्यरत विद्यार्थी, कार्यरत शिक्षक कर्मचारीहरुलाई विपद्का  घटनाबाट हुन सक्ने क्षती न्युनिकरणको सम्बन्धमा प्रशिक्षण प्रदान गरेको हो ।

आकस्मिक रुपमा हुन सक्ने विपदीय घटना जस्तै भुकम्प, आगलागी, चट्यांङ, हावाहुरी आउँदा के कसरी सुरक्षित हुने भनेर नमुना अभ्यास गरेर प्रशिक्षण दिएको हो ।

 

 

 

अभ्यासको क्रममा भुकम्प आएको एउटा काल्पनिक घटना सृजना गरी अध्ययरत विद्यार्थीहरुलाई कक्षा कोठामा हुँदा के कसरी सुरक्षीत हुने, कक्षामा भएका शिक्षकहरुले के कस्तो भुमिका हुने भनेर सिकाइएको छ ।

सुरक्षित हुने स्थान कसरी छनौट गर्ने,  सुरक्षित स्थान सम्म कसरी जाने, कुन कक्षाको विद्यार्थी कहाँ जम्मा हुने लगायतका बिषयमा शिक्षक, विद्यार्थी एवम कार्यरत कर्मचारीहरुलाई अभ्यास गराइएको हो ।

 

 

 

अभ्यासको क्रममा घाईते विद्यार्थीको उपचार, खोजतलास, अन्य निकायसंग समन्वय जस्ता बिषयमा समेत अभ्यस्त बनाइएको थियो ।

नेपाल प्रहरीको विपद व्यवस्थापनसंग सम्बन्धीत कार्यालयका दक्ष प्रशिक्षक, स्वास्थ्यकर्मी, विद्यायमा कार्यरत सुरक्षाकर्मी समेतको सहयोगमा विपदीय घटनाको सम्बन्धमा पुर्व तयारीको अभ्यास गरीएको हो ।

नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनले शैक्षिक सत्रको शुरुवात भएकै दिन ‘घर जस्तै सेवा परिवार जस्तै हेरचाह’ भन्ने मुल नाराका साथ विद्यार्थीहरुको स्वास्थ्य जाँचको कार्यक्रम सञ्चालन समेत गरेको छ ।

कांग्रेस संसदीय दलको बैठक बस्दै

२३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दैछ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बुधबारका लागि दलको बैठक बोलाएका छन् ।

बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने छ ।

 

 

 

कांग्रेस सांसद गीता गुरूङले बैठकमा सरकारको सिफारिसमा जारी भएका अध्यादेश र सुकुमवासीको विषयमा छलफल हुने जानकारी दिइन् ।

कांग्रेसको प्रशिक्षण प्रतिष्ठानमा परमाणु वैज्ञानिकदेखि क्रिकेटरसम्म

२३ वैशाख, काठाडौं । नेपाली कांग्रेसले विभिन्न विषयविज्ञहरू समेटेर केन्द्रीय नीति अनुसन्धान, तथा प्रशिक्षण प्रतिष्ठान विस्तार गरेको छ ।

उपसभापति विश्वप्रकाश शर्माले ३९ जनालाई प्रशिक्षण प्रतिष्ठानमा नियुक्त गर्दा विभिन्न विषयविज्ञहरू पनि परेका छन् ।

 

 

 

प्रतिष्ठानका प्रमुख शर्माले विपद् व्यवस्थापन विज्ञदेखि चलचित्रका निर्देशकसम्मलाई सदस्य नियुक्त गरेका छन् ।

उनले विपद् व्यवस्थापन विज्ञ मनबहादुर थापालाई प्रशिक्षण प्रतिष्ठानको सदस्य बनाएका छन् ।

 

 

 

थापा कृषी अर्थशास्त्रमा फिलिपिन्सबाट स्नातकोत्तर एवं प्राकृतिक श्रोत व्यवस्थापनमा अमेरिका न्युयोर्कको कर्णेल युनिभर्सिटीबाट पोस्ट ग्रेजुएट हुन् ।

उनीसँग टर्की, जिम्बाबे, श्रीलंका, मालद्विप्स र भारतलगायतका देशमा विपद् व्यवस्थापनमा काम गरेको अनुभव छ ।

यस्तै परमाणु वैज्ञानिक डा. यादव पण्डित पनि कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको सदस्यमा मनोनीत भएका छन् ।

उनी अमेरिकाको टेनिसीमा वाप्टिस स्वास्थ विज्ञान विश्वविद्यालयमा परमाणु वैज्ञानिकका रुपमा कार्यरत छन् ।

पण्डित उपसभापति शर्मा नेपाल विद्यार्थी संघ (नेविसंघ) को सभापति हुँदा महामन्त्री थिए ।

नेपाली चलचित्रका निर्देशक मीन भामलाई पनि कांग्रेसले प्रशिक्षण प्रतिष्ठानको सदस्य बनाएका छन् ।

उनले निर्देशन र निर्माण गरेका चलचित्र ‘कालो पोथी’ र ‘साम्बला’ ओस्कारमा पुगेका थिए ।

यस्तै कवि श्रवण मुकारुङ, मानवअधिकार अभियन्ता मोहना अन्सारी, नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान विनोद दास पनि प्रतिष्ठानमा सदस्य मनोनीत भएका छन् ।

प्रतिष्ठानमा डोलराज भुसाल र डा. कृष्णप्रसाद पौडेल दोहोरिएका छन् । उनीहरू निवर्तमान उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको प्रतिष्ठानमा सदस्य थिए ।

यी हुन प्रतिष्ठानका सदस्यहरू

१. मधु आचार्य — काभ्रेपलाञ्चोक

२. डा. गोपाल दहित थारू — बर्दिया

३. अञ्जु झा — रौतहट

४. उमेश श्रेष्ठ — ललितपुर

५. प्रा.डा. गोविन्दराज पोखरेल — प्यूठान

६. मीन भाम — मुगु

७. डा. अञ्जनीकुमार झा — महोत्तरी

८. डा. यादव पण्डित — प्रवास

९. बद्री सिग्देल — वर्दिया

१०. गोपालप्रसाद पोखरेल — सुनसरी

११. श्रवण मुकारुङ — भोजपुर

१२. मोहना अन्सारी — बाँके

१३. महेन्द्रप्रसाद यादव — सप्तरी

१४. श्रीप्रसाद भलामी मगर — गुल्मी

१५. विनोद दास — बारा

१६. ई. दिपेश विष्ट — काठमाडौं

१७. डा. कृष्णप्रसाद पौडेल — कास्की

१८. प्रकाश लामिछाने — सुर्खेत

१९. सूर्यमाराज राई — मोरङ

२०. मनबहादुर थापा — चितवन

२१. विमला राई — खोटाङ

२२. राकेश सिंह — पर्सा

२३. नरेन्द्र पासवान — रौतहट

२४. दक्ष पौडेल — काठमाडौं

२५. कञ्चन झा — पर्सा

२६. सुमित शर्मा ‘समीर’ — धनुषा

२७. खगेन्द्र आचार्य — काठमाडौं

२८. डा. डी.बी. सुनार — अछाम

२९. रोशनी गिरी — काठमाडौं

३०. जनक चटौत — डडेल्धुरा

३१. डोलराज भुसाल — स्याङ्जा

३२. अमृत ज्ञवाली — गुल्मी

३३. एलिजा ढकाल — तनहुँ

३४. प्रकृति भट्टराई — काठमाडौं

३५. कैलाश के.सी. — सोलुखुम्बु

३६. स्वीकृति पौडेल — काठमाडौं

३७. उमंग लोहनी — चितवन

३८. गोकुल लिम्बू — ताप्लेजुङ

३९. प्रमेश खनाल — काठमाडौं

भारतीय नम्बरको एम्बुलेन्ससहित १४८ किलो गाँजा बरामद

२३ वैशाख, विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा लोड गरिएको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ । एम्बुलेन्समा सवार दुई जना पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार बराहक्षेत्र नगरपालिका-२ पुल्ठेगौंडाबाट मंगलबार बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्सभित्र प्लास्टिकका बोरामा राखिएको अवस्थामा १४८ किलो गाँजा फेला परेको हो ।

 

 

 

जिल्ला प्रहरी कार्यालय सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार एम्बुलेन्स चालक भारतको बिहार राज्य सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव र एम्बुलेन्समै सवार वीरपुरका २१ वर्षीय मोहमद सदाम पक्राउ परेका छन् ।

एम्बुलेन्सको प्रयोग गरेर भारत कटाउन खोजिएको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३