वीरगन्ज, २१ भदौ । वीरगन्ज महानगरपालिका–१४ गण्डकस्थित क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाएको आरोपमा सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष र इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षकसहित ८ जना प्रहरी नियन्त्रणमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार २०८३ भदौ २० गते राति करिब १०ः३० बजे गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि मा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्राप्त भएपछि प्रहरी टोली परिचालन गरिएको थियो।
सूचनाका आधारमा क्यासिनो पुगेको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा चार जना तथा नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा चार जना कर्मचारीलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले क्यासिनो परिसरबाट सखुवाप्रसौनी गाउँपालिकाको ना.१ झ १६८७ नम्बरको सरकारी स्कोर्पियो समेत नियन्त्रणमा लिएको छ।
सरकारी काम तथा जनताको सेवाका लागि प्रयोग हुनुपर्ने सवारीसाधन क्यासिनो परिसरमा भेटिएपछि यसको प्रयोगसम्बन्धी विषयसमेत अनुसन्धानको दायरामा आएको प्रहरीले जनाएको छ।
जुवा खेलिरहेको आरोपमा अध्यक्ष र प्रहरी निरीक्षक
प्रहरीका अनुसार क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा परेका चार जनामध्ये दुई जना सरकारी जिम्मेवारीमा रहेका व्यक्ति छन्।
नियन्त्रणमा पर्नेमा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव र स्याङ्जाको हरिनास गाउँपालिका–७ का ३६ वर्षीय प्रदीप पौडेल रहेका छन्।
यादव सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष हुन् भने पौडेल इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक हुन्।
त्यस्तै, वीरगन्ज महानगरपालिका–११ का ३२ वर्षीय ओमप्रकाश बैठा र ३० वर्षीय चन्दन सहनी पनि जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा परेको प्रहरीले जनाएको छ।
स्थानीय तहको नेतृत्व गरिरहेका गाउँपालिका अध्यक्ष र प्रहरी संगठनमै जिम्मेवार पदमा रहेका प्रहरी निरीक्षक एउटै क्यासिनोमा जुवा खेलिरहेको आरोपमा नियन्त्रणमा परेपछि घटनाले थप चर्चा पाएको छ।
नेपालीलाई क्यासिनो प्रवेश गराएको आरोपमा चार कर्मचारी
प्रहरीले नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा क्यासिनोका चार कर्मचारीलाई समेत नियन्त्रणमा लिएको छ।
नियन्त्रणमा पर्नेमा वीरगन्ज महानगरपालिका–१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगन्ज महानगरपालिका–२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरीको पिपरा गाउँपालिका–५ घर भई हाल उक्त क्यासिनोमा कार्यरत ४९ वर्षीय जयदेव साह र वीरगन्ज महानगरपालिका–१२ का ५० वर्षीय प्रदेशी साह रहेका छन्।
प्रहरीका अनुसार उनीहरूमाथि नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा अनुसन्धान भइरहेको छ।
सरकारी गाडी क्यासिनो परिसरमा पुगेपछि अर्को प्रश्न
यस घटनामा सखुवाप्रसौनी गाउँपालिकाको सरकारी स्कोर्पियोसमेत क्यासिनो परिसरबाट नियन्त्रणमा परेपछि सरकारी सवारीसाधनको प्रयोगलाई लिएर पनि प्रश्न उठेको छ।
ना.१ झ १६८७ नम्बरको सरकारी गाडी क्यासिनो परिसरमा कुन प्रयोजनका लागि पुगेको थियो? त्यसको प्रयोग कसले र कुन अवस्थामा गरेको थियो भन्ने विषय प्रहरीले अनुसन्धान गर्ने जनाएको छ।
यद्यपि सरकारी गाडी क्यासिनो परिसरमा भेटिएको मात्र आधारमा यसको दुरुपयोग भएको निष्कर्ष निकाल्न नमिल्ने भएकाले अनुसन्धानबाट यसको वास्तविक प्रयोजन खुल्नेछ।
कानुनी प्रक्रियाबाटै दोष निर्धारण हुने
नेपालमा क्यासिनोमा नेपाली नागरिकको प्रवेश तथा जुवा खेल्ने विषयमा कानुनी व्यवस्था रहेकाले नेपाली नागरिक क्यासिनोमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीले कारबाही अघि बढाएको जनाएको छ।
घटनामा गाउँपालिका अध्यक्ष र प्रहरी निरीक्षकसमेत नियन्त्रणमा परेपछि सरकारी जिम्मेवारीमा रहेका व्यक्तिको आचरण र सार्वजनिक पदको मर्यादाबारे समेत प्रश्न उठेको छ।
तर प्रहरी नियन्त्रणमा परेको अवस्थाकै आधारमा अध्यक्ष यादव, प्रहरी निरीक्षक पौडेल वा अन्य व्यक्तिहरू दोषी ठहर भइसकेका भने होइनन्। उनीहरूमाथि लागेको आरोप अनुसन्धानबाट पुष्टि हुनुपर्नेछ र प्रमाण तथा कानुनी प्रक्रियाका आधारमा मात्रै कसुर निर्धारण हुनेछ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
अब अनुसन्धानले क्यासिनोमा नेपाली नागरिकलाई कसरी प्रवेश गराइएको थियो, जुवा खेलाउने कार्यमा कर्मचारीको भूमिका के थियो, नियन्त्रणमा परेका चार जनाको वास्तविक संलग्नता के थियो तथा सरकारी सवारीसाधन क्यासिनो परिसरमा किन पुगेको थियो भन्ने विषय स्पष्ट पार्नेछ।
वीरगंज २१ भदौ ।
बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी प्रशासनकै मिलोमतोमा खुल्लेयाम रुपमा तस्करी भईरहेको समाचार प्राप्त भएको छ । हाल देशमा बाढी पहिरोको प्रकोपले देशको सम्पूर्ण सुरक्षा प्रमुख तथा सरकार उद्धार र राहतमा ध्यान दिएको हुँदा सोही मौकाको फाईदा उठाउदै ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहले आफ्नो दुनो सोझ्याउदै तस्करी कार्यलाई बढावा दिएको समाचार स्रोतले जनाएको छ ।
ईलाका सिम्रौनगढका प्रमुख प्रहरी निरीक्षक साहले अवैध रकमको लोभमा प्रहरी संगठनलाई बदनाम गराउदै खुल्लेयाम तस्करीको लाईन दिएको समाचार स्रोतले जनाएको छ । प्रहरी निरीक्षक साहको प्रत्यक्ष निर्देशनमा रातीको समयमा तस्करहरुलाई तस्करीको लाईन दिएको र सो वापत अवैध रकम ईप्रकामै तस्करका नाईकेहरुलाई बोलाई आफै बुझ्ने गरेको ती स्रोतको दाबी रहेको छ ।
बारा जिल्लाको अन्य सिमावर्ती क्षेत्रहरु भन्दा सिम्रौनगढ नाका तस्करहरुको लागि सुरक्षित रहेको भन्दै तस्करहरु केही बढी महिनवारी बुझाएर भए पनि सोही नाकालाई प्रयोग गर्ने गरेको तस्करहरुको भनाई रहेको छ ।
बिगतका समयमा प्रहरी हवलदार सुजित राउतलाई घुमुवा खटाई अबैध कारोबारीहरुबाट रकम असुली गराई राखेको समाचारहरु विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशन भए पछि राउतलाई हटाई हाल प्रहरी निरीक्षक साहले आफै तस्करहरु सँग मरमोलाई गरी आफ्नो र मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) ओम प्रसाद अधिकारीको नाममा समेत रकम असुली गरिराखेको समाचार स्रोतले जनाएको छ ।
घुमुवा राउतले आर्थिक अपराध गरी कार्यालयको नाम बदनाम गराएको भन्दै उनलाई हटाएको भनिए पनि वास्तविक्ता फरक रहेको बताईन्छ । प्रहरी निरीक्षक साहले भने अनुसारको रकम घुमुवाले दिन नसकेको तथा तस्करी वापतको अवैध रकममा घोटाला गरेको आरोपमा राउतलाई हटाईएको समाचार स्रोतको दाबी रहेको छ ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढ मातहत पर्ने काचोर्वा, बसवरीया, पथलवाघाट, बेलदारी, सतुवाही, पिपरपाती लगायतका नाकाहरुबाट तस्करी गर्ने तस्करहरुलाई प्रहरी निरीक्षक साहले कार्यालयमै बोलाई “डिआईजीसाबको भाग यति र मेरो भाग यति जम्मा गर्नु, जम्मा गर्नेलाई राती ११ बजे देखि बिहान ४ बजे भित्रमा नाका कटाई सक्नु पर्ने शर्त सहित लाईन दिने गरेको” कपडाको काम गर्ने एक तस्करले नाम नछाप्ने शर्तमा यस अनलाईनलाई बताए ।
शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही कर्मचारीहरु चोरी तस्करीलाई बढावा दिन थालेपछि चोरी तस्करी तथा आपराधिक गतिविधि बढनु स्वाभाविक भएको स्थानियहरुले बताएका छन् । आर्थिक प्रलोभनमा परि ईलाका प्रहरी कार्यालय सिम्रौनगढ प्रहरी निरीक्षक साहले चोरी तस्करी नियन्त्रण गर्नुको साटो तस्कर समूहका मुख्य नाईकेहरु संग मेलमिलाप गरेपछि तस्करी बढेको समाचार स्रोतले जनाएको छ ।
सो नाकाहरुबाट सर्वसाधारणले आफ्नो घरायसी प्रयोगजनका लागि ल्याउने सामग्रीहरुलाई रोकी चेकजाँच गर्ने बहानामा दुःख दिईरहेको भए पनि तस्करहरु सँग महिनवारी लिई निर्वाध रुपमा तस्करी गर्न छुट दिएको स्थानियहरुले आरोप लगाएका छन् । सो क्षेत्रमा काम गर्ने दर्जनौ तस्करहरु संग मासिक प्रति तस्कर १० हजार देखि ५० हजार गरी ७ देखि १० लाख सम्म प्रहरी निरीक्षक साहले बुझने गरेको तथा डिआईजी अधिकारीको भागमा मासिक ४ देखि ६ लाख सम्म असुली गरी तस्करीको साम्राज्य फैलाउने कार्यमा प्रहरी निरीक्षक साह तल्लिन रहेको ती स्रोतको भनाई रहेको छ ।
सो नाका भएर भारतबाट अरविन्दले हार्डवेयर, रजनीगन्धा र कस्मेटिकको तस्करी गरे वापत ५० हजार, शत्रुधन र सन्दिपले चल्लाको तस्करी गरे वापत ६० हजार, भोला, मास्टर, सन्दीप, राकेश र अरबिन्दले कपडाको तस्करी गरे वापत १ लाख ९० हजार प्रहरी निरीक्षक साहलाई बुझाई तस्करीको लाईन लिएको समाचार स्रोतको दाबी रहेको छ । नेपालबाट रक्सी, कबाड लगायतका सामग्रीहरु प्रहरी प्रशासनको मिलोमतोमा भारततर्फ निर्वाध रुपमा तस्करी भईरहेको समाचार स्रोतले जनाएको छ । यतिमात्र होईन, देशभरी नै लागु औषध विरुद्ध अभियान चलिरहेको भए पनि सिम्रौनगढ नाकाबाट लागु औषधको कुख्यात तस्कर राजेशले प्रहरी निरीक्षक साह सँग साठगाठ गरी लागुऔषध गाँजाको तस्करी निर्वाध रुपमा गरिरहेको समाचार स्रोतले जनाएको छ ।
बारम्बार प्रहरी निरीक्षक साहले प्रहरी संगठनको निति निर्देशनलाई धोती लगाएको भन्दै समाचार र तस्करीको भिडियोहरु सार्वजनिक भए पनि उनले आफु पूर्व आईजिपी सर्वेन्द्र खनालको मान्छे हुँ, उनी अहिले अवकाशमा गए पनि प्रहरी संगठनमा उनको पकड राम्रो छ, हालको आईजिपी सँग पनि उनको राम्रो सम्बन्ध रहेकोले जति समाचार लेखे पनि मलाई फरक पर्दैन भनि घुर्की लगाउने गरेको समाचार स्रोतको भनाई रहेको छ ।
प्रहरी निरीक्षक साहले मधेश प्रदेशका डिआईजी अधिकारीको नाममा समेत अवैध रकम असुली गरिराखेकोले डिआईजीसाबको भाग पुग्ने गरेको छ कि छैन हामीलाई जानकारी नभएको हार्डवेयरको काम गर्ने एक तस्करले नाम उल्लेख नगर्ने शर्तमा यस अनलाईनलाई बताए । प्रहरी निरीक्षक साहले अवैध कार्यहरुलाई प्रशय दिईरहेको तथा आर्थिक लाभ लिनमा मस्त रहेको भए पनि यस तर्फ प्रहरी प्रधान कार्यालय तथा गृहमन्त्रालयको ध्यान नजानुले आम नागरिकहरु आश्चर्यमा परेका छन् । साभार: दैनिक वीरगंज डटकम
काठमाडौं । नुवाकोटको बेत्रावतीमा पुरिएको घरबाट उद्धार गरिएकी चन्डिका श्रेष्ठलाई बाढीले घरसहति बगाएको पाइएको छ ।उनको घरभन्दा ७० मिटर पछाडि चन्डिकाको घर थियो । तर उक्त बाढीले बगाएर ५० मिटर पर घर पुर्याएको थियो ।‘बाढीले बगाएर लगेको घरबाट उहाँको उद्धार भएको हो । मेरो घर घडीघरसँग जोडिएको छ । त्यही बगाएको घरबाट उहाँलाई प्रहरीले झिकेको हो ।’विदुर नगरपालिका १०– का वडा सदस्य मंगल तामाङका अनुसार, बगाएको घरमा मान्छेको आवाज आएपछि उद्धारको लागि खबर गरिएको थियो ।‘बगरमा मान्छेको आउजाउ भइरहेको थियो । बाटो खन्ने काम पनि सुरु भएको छ । त्यही बेला मान्छेको आवाज आएपछि उद्धारको लागि प्रहरीलाई खबर गरेको हो,’ उनले भने ।
चन्डिकाका श्रीमान् भने अझै सम्पर्कविहीन छन् । उनका देवरका अनुसार अहिले उद्धारपछि छाउनी अस्पतालमा ल्याइएको छ । बाढी आएको ११ दिनपछि चन्डिकाको उद्धार गरिएको हो ।यसअघि अपर त्रिशूली–१ बाट पनि आजै एक जना चिनियाँ नागरिकको उद्धार गरिएको छ ।त्यस्तै, हिजो त्रिशूली–३ ‘ए’ को सुरुङबाट २ जनाको उद्धार गरिएको थियो ।
आज बाढीले क्षति पुर्याएको घरबाट चण्डिका श्रेष्ठको जीवित उद्धार भएपछि अन्यत्र पनि यस्तो हुनसक्ने देखिएको छ ।बाढीका कारण रसुवा गढीदेखि धादिङको गलौंदी सम्मका घरहरूमा क्षति पुगेको छ । धेरै बस्तीका घरहरू पुरिएका छन् कति घरहरू बाढीले पल्टाएको छ ।यस्ता घरहरूमा पनि मानिसहरू च्यापिएका हुनसक्ने देखिएको छ । बाढी प्रभावित क्षेत्रहरूमा अहिले पनि खोज तथा उद्धारको कार्य भइरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।
वीरगञ्ज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा परिचालित प्रहरी टोलीले ११४ किलो २५ ग्राम गाँजा बरामद गरेको हो।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी धोरेबाट खटिएको संयुक्त प्रहरी टोलीले शुक्रबार राति पकहामैनपुर गाउँपालिका–धोरेस्थित सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
जाँचका क्रममा बा १८ च ३६५७ नम्बरको कारको पछाडिको डिक्कीमा प्लास्टिकले बेरिएका १२ वटा पोकामा राखिएको गाँजा फेला परेको थियो। गाँजासहित धादिङको बेनिघाट रोराङ गाउँपालिका निवासी २१ वर्षीय साजन चेपाङलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा विशेष सूचनालाई पछ्याउँदै परिचालित टोलीले सवारीसाधन रोकेर गरिएको सूक्ष्म जाँचका क्रममा गाँजा फेला पारेको हो। लागुऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउँदै आएको पोखरिया प्रहरीले पछिल्लो समय ग्रामीण तथा सीमावर्ती सडकखण्डमा निगरानी बढाएको जनाएको छ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लका अनुसार बरामद गाँजा, सवारीसाधन तथा पक्राउ परेका चेपाङलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ।
यसैबीच, सुरक्षा स्रोतले बरामद भएको सवारीसाधन भारतीय हुन सक्ने र त्यसमा नेपाली नम्बर प्लेट प्रयोग गरिएको हुन सक्ने आशंका व्यक्त गरेको छ। सवारीसाधनको वास्तविक पहिचान तथा नम्बर प्लेटसम्बन्धी विषयमा समेत प्रहरीले अनुसन्धान अघि बढाएको जनाइएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेकाले गाँजाको स्रोत, गन्तव्य तथा ओसारपसारमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । गत भदौ १० गते आएको विनाशकारी बाढीपछि त्रिशूलीस्थित जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई मजदुरलाई शुक्रबार ९ दिनपछि जीवितै उद्धार गरिएको छ।
उद्धार गरिएकामध्ये सप्तरीका ३० वर्षीय संजय साहले सुरुङभित्र रहँदा आफूले निरन्तर ‘हरे कृष्ण’ महामन्त्र जप्दै उद्धार हुने आशा गरिरहेको बताएका छन्। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत रहेका साहलाई करिब एक सातादेखि जारी उद्धार प्रयासपछि सुरुङबाट बाहिर निकालिएको हो।
सुरुङबाट सुरक्षित बाहिरिएलगत्तै सुरक्षाकर्मीलाई घटनाबारे जानकारी दिँदै साहले आफूले विगत नौ दिनदेखि सुरुङभित्र ‘हरे कृष्ण’ महामन्त्र जपिरहेको बताएका थिए। सुरक्षा स्रोतका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ र तत्काल कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको छैन। उद्धारपछि उनलाई काठमाडौँस्थित वीरेन्द्र सैनिक अस्पताल छाउनी लगिएको छ।
साह उक्त जलविद्युत् आयोजनामा फोरम्यानका रूपमा कार्यरत थिए। बाढी तथा दुर्घटनापछि अन्य कर्मचारी बाहिर निस्किए पनि आफू भने सबैको सुरक्षाको जिम्मेवारीका कारण नियन्त्रण कक्षमै बसेको उनले बताएका छन्।
‘म कन्ट्रोल रुममा काम गरिरहेको थिएँ। सबैको ज्यान बचाउनु मेरो जिम्मेवारी थियो। दुर्घटनापछि मैले सबैलाई भाग्न आग्रह गरेँ। तर, अरूहरू बाहिर निस्किँदासम्म मेरो लागि भने भाग्न निकै ढिला भइसकेको थियो,’ साहले उद्धारपछि सुरक्षाकर्मीलाई बताएका छन्।
उनका अनुसार सुरुङको अझ भित्री भाग तथा पावरहाउस आसपास अन्य व्यक्तिहरू पनि फसेको हुन सक्ने आशंका छ। सबैजना समयमै बाहिर निस्कन सफल भए–नभएको यकिन नभएकाले सुरुङभित्र थप खोजी आवश्यक रहेको उनले बताएका छन्।
साहको उद्धार संयोगवश भगवान् कृष्णको जन्मोत्सवका रूपमा मनाइने जन्माष्टमीकै दिन भएको हो। सुरुङभित्र रहँदा लगातार ‘हरे कृष्ण’ मन्त्र जपिरहेका साह जन्माष्टमीकै दिन जीवितै बाहिर निस्किएपछि घटनाले थप भावनात्मक अर्थसमेत पाएको छ।
साहसँगै उद्धार गरिएका अर्का मजदुर ४५ वर्षीय कबीर महर्जन हुन्। स्वास्थ्यमा जटिलता देखिएपछि महर्जनलाई थप उपचारका लागि एयरलिफ्ट गरी काठमाडौंको छाउनीस्थित नेपाली सेनाको अस्पताल लगिएको छ।
नेपाली सेनाको नेतृत्वमा सुरक्षाकर्मीहरूले विशेष उपकरणको प्रयोग गर्दै सुरुङभित्र खोज तथा उद्धार अभियान सञ्चालन गरिरहेका छन्। सुरुङमा अझै अन्य मजदुर फसेको हुन सक्ने आशंकाबीच खोज तथा उद्धार कार्य जारी रहेको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
