काठमाडौँ- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मी तथा उनीहरूका परिवारलाई राहत तथा सहायता उपलब्ध गराउन सम्बन्धित सुरक्षा निकाय र सरकारले विभिन्न निर्णय गरेका छन्।
उक्त बाढीमा परेर नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १४ गरी कुल ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
सशस्त्र प्रहरी बल, नेपालले बाढीमा ज्यान गुमाउने आफ्ना कर्मचारीका आश्रित परिवारलाई सरकारी मापदण्ड तथा संगठनका राष्ट्रसेवकहरूको तर्फबाट गरी तत्काल २५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।
यसका साथै मृतक कर्मचारीका परिवारको कल्याण कोषको ऋण मिनाहा गर्ने, सन्तानलाई नेपाल एपीएफ स्कुलमा कक्षा १० सम्म पूर्ण शैक्षिक शुल्क छुट दिने, आश्रित परिवारका एक सदस्यलाई सीपमूलक तालिम दिने र उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय भएको छ।
बाढीबाट ज्यान जोगाउन सफल ५ जना कर्मचारीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिइनेछ।
सशस्त्र प्रहरीले बाढीमा ज्यान गुमाउने बहालवाला कर्मचारीका परिवारका सदस्य तथा बाढी प्रभावित भई मृत्यु भएका वा घरबारविहीन भएका अवकाशप्राप्त कर्मचारीलाई १ लाख र घाइते भएको खण्डमा ५० हजार रुपैयाँसम्म आर्थिक सहयोग प्रदान गर्ने भएको छ।
साथै, विपद्को यस अवस्थामा सशस्त्र प्रहरीका कर्मचारीहरूको ३ देखि १५ दिनसम्मको तलब योगदान गरी ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १५ करोड ५० लाख रुपैयाँ जम्मा गरिने भएको छ।
यसैगरी नेपाल प्रहरीले पनि बाढीमा ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई नियमावली बमोजिम प्राप्त हुने सेवा–सुविधाका अतिरिक्त राहत स्वरूप थप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।
दिवंगत प्रहरी कर्मचारीले कल्याण कोषबाट लिएको विशेष सापटी ऋण मिनाहा गरिनेछ भने परिवारका इच्छुक एक सदस्यलाई सीपमूलक तालिम तथा रोजगारीका लागि पहल गरिने र सन्तानलाई नेपाल प्रहरी स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था मिलाइने भएको छ।
यता सरकारले पनि प्रभावित क्षेत्रमा अग्रपंक्तिमा खटिएका टोलीलाई प्रोत्साहन स्वरूप विशेष सुविधाको व्यवस्था गरेको छ। भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता, खाजा खर्च, घाइते भएमा निःशुल्क उपचार र उद्धारकै क्रममा मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ।
विपद् प्रतिकार्यमा अग्रपंक्तिमा रहेर काम गरिरहेको नेपाली सेनाले भने राहत तथा सहायताका विषयमा औपचारिक निर्णय गर्न बाँकी रहेको छ।
१९ भदौ,वीरगञ्ज । मानव बेचबिखन तथा ओसारपसारको आरोपमा पर्सा प्रहरीले एक जनालाई १९ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४ का अयुब मियाँ अन्सारी रहेका छन्। उनलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी पुरानो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार अन्सारीमाथि वीरगञ्ज महानगरपालिका–श्रीपुरकी ‘क’ नाम गरेकी महिलालाई भारत हुँदै कतार पुर्याई त्यहाँबाट साउदी अरबमा बेच्न सहयोग गरेको आरोप छ।
प्रहरीका अनुसार २०६३ साल चैत १५ गते रोजगारीका लागि ती महिलालाई भारत हुँदै कतार पुर्याइएको थियो। कतार पुगेपछि उनलाई २–३ दिन आफूसँग राखेर अब्दुल कादिर भन्ने कादिर अन्सारीले ९० हजार रुपैयाँमा साउदी अरबमा बिक्री गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो।
जाहेरीका आधारमा घटनाको अनुसन्धान अघि बढाउने क्रममा अयुब मियाँ अन्सारीको समेत संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको डीएसपी मल्लले जानकारी दिए।
प्रहरीले अन्सारीलाई मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा हिरासतमा राखेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सर्लाही , भदौ १८ –
धनकौल गाउँपालिका–३ हरकठवाबाट चार दिनदेखि बेपत्ता १० वर्षीया बालिका चाँदकुमारी यादव मृत फेला परेकी छन्।
स्थानीय रामविनय यादवकी छोरी चाँदकुमारी गत आइतबारदेखि बेपत्ता थिइन्। बुधबार साँझ धनकौल गाउँपालिका–४ स्थित मनुष्मारा खोलामा उनको शव फेला परेको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए।
प्रहरीका अनुसार बालिकाको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको प्रारम्भिक आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पोखरा,१९भदाैं: कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीबाट भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन्।
शुक्रबार बिहान करिब ४:५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०५ बी बी ६७५९ नम्बर को कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ।
घटनाको खबर पाएलगत्तै वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल नंबर २४ हेडक्वाटर कालिका गण कास्कीबाट १३ जनाको टोली उद्धारका लागि परिचालन भएको थियो।
उद्धारका क्रममा कारमा सवार भारतको बिहार राज्यकाे रक्साैल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
त्यसैगरी, बिहान ५:५५ बजे फेवातालको पानीभित्रबाट अचेत अवस्थामा दुई जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। चिकित्सकले बिहान ६:२१ बजे ती दुवै जनालाई मृत घोषणा गरेका हुन्।
मृत्यु हुनेमा भारतको बिहार राज्यकाे रक्साैल घर भएका २६ वर्षीय नवदीप कुमार यादव र करिब ४०–४५ वर्षीय एक पुरुष रहेका छन्। दोस्रो मृतकको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
क्रेनको सहयोगमा बिहान ६:२० बजे कारलाई फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वीरगन्ज,१८ भदौं : भोटेकोशी र त्रिशुली नदिको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत तथा उद्धारका लागि तेली कल्याण समाज पर्साले १ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएकोे छ ।
बिहीबार वीरगन्जमा तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुब साहको अध्यक्षतामा बसेको बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो ।
प्राकृतिक विपद्का बेला पीडित तथा प्रभावित नागरिकलाई सहयोग गर्नु सबैको सामाजिक दायित्व भएको भन्दै अध्यक्ष साहले राहत तथा उद्धार कार्यमा तेली जातिको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
बैठकमा तेली कल्याण समाजका नगर अध्यक्ष पन्नालाल साह तेली, जिल्ला सचिव वीरेन्द्र साह, गणेशप्रसाद साह, पारस साह, प्रदीप साह, श्रीलाल साह, ताराचन्द साह, मोहन साह, राजकुमार साह, उमेश साह, बाँके बिहारी साह, उपेन्द्र साह व्यास, कासी साहजी लगायतको उपस्थिति रहेको थियो ।
- पर्साले नेपाली कांग्रेसका नेता सहाबुद्दिन २५ हजार धरौटीमा रिहा
- वीरगंजमा अव्यवस्थित तार हटाउने अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चोकसम्म पहिलो चरण
- दिव्य ज्योति अस्पतालको पत्रकार सम्मेलन : गाँजा बरामद भएको गाडी अस्पतालको नभएको दाबी
- पूर्व सांसद किरण साहका बुवा हजारी साह आफ्नै घरमा झुन्डिएको मृत फेला
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
