वीरगंज पर्सा, जेठ २५ गते – नेपाल पत्रकार महासंघ पर्सा शाखाले सरकारी विज्ञापनबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने परिपत्र खारेज गर्न माग गर्दै संकलित हस्ताक्षर सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको छ।
महासंघ पर्साका सचिव विजय चौहानको नेतृत्वमा गएको टोलीले सरकारी विज्ञापनसम्बन्धी नीति पुनरावलोकन गर्नुपर्ने मागसहित संकलन गरिएको हस्ताक्षर जिल्ला प्रशासन कार्यालय पर्सामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको हो।
महासंघले माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन जारी रहने जनाएको छ। हस्ताक्षर बुझाउने कार्यक्रममा सञ्चारकर्मीहरूको उल्लेख्य रुपमा सहभागिता रहेको थियो।
काठमाडौं । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेश काफ्लेले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
विशेष ब्युरोबाट काज सरुवा भई उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खटाइएका एसएसपी काफ्लेले आइतबार कार्यालय पुगेर औपचारिक रूपमा आफ्नो जिम्मेवारी ग्रहण गरेका हुन्।
ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा उपत्यकाको बढ्दो सवारी चापलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने जिम्मेवारीसहित उनले कार्यालयको नेतृत्व सम्हालेका छन्।
नेपाल प्रहरी मुख्यालयको निर्णयअनुसार विशेष ब्युरोमा कार्यरत रहेका एसएसपी काफ्लेलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको हो।
एसएसपी काफ्ले अनुभवी प्रहरी अधिकृतका रूपमा परिचित छन्। उनको नेतृत्वमा उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी, प्रविधिमैत्री र नागरिकमैत्री बन्ने अपेक्षा गरिएको छ।
वीरगञ्ज -नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को केन्द्रीय सदस्यमा निर्वाचित विश्वनाथ खनाललाई वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बधाई तथा सम्मान व्यक्त गर्नुभएको छ।
महानगर प्रमुख सिंहले आफ्नै कार्यकक्षमा खनाललाई खादा ओढाई सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो।
ढुवानी तथा यातायात क्षेत्रमा लामो समयदेखि सक्रिय खनाल महासंघको ६०औँ वार्षिक साधारणसभा अन्तर्गत सम्पन्न निर्वाचनमार्फत केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
उनको निर्वाचनसँगै ढुवानी व्यवसायीहरूको इतिहासमै पहिलो पटक उक्त क्षेत्रबाट महासंघमा प्रतिनिधित्व सुनिश्चित भएको छ।
खनाल ढुवानी व्यवसायी महासंघ–नेपालका निवर्तमान अध्यक्ष समेत हुन्।
उनले ढुवानी तथा यातायात क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र निजी क्षेत्रको हितका लागि लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।
खनालको नेतृत्व र अनुभवले ढुवानी व्यवसायसँग सम्बन्धित मुद्दाहरूको समाधान, निजी क्षेत्रको सशक्तीकरण तथा उद्योग–व्यापारमैत्री नीतिगत सुधारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
पर्सा जिल्लाको तस्करी नियन्त्रण गर्न एसपी देखी क्राइम टोली समेत अहोरात्र खटेर सिमा नाकाबाट हुने तस्करी जस्तो अपराधीक गतिविधि नियन्त्रण गर्न पटक पटक निर्देशन दिएपनि आफ्नो मनपरि ढंगले केही चौकी इन्चार्ज लुकिछिपी तस्करीको लाइन खुलाउन जुटेका छन्।
पर्सा जिल्लाका एसपी पाठकले आज सम्म ९ महिनाको मेहनत र सफलताको श्रेय आफ्नै यूनिट का ईन्चार्ज सिपाही हवलदार लाई दिने गरेपनि केहियस्ता चौकी इन्चार्ज एसपी पाठकको चरित्रमाथि षडयन्त्र पूर्वक धबा लगाउने काम गर्ने गरेका छन्।
अहिले अलौ नाकामा स्थानियले गरिखाने गरी ५ किलो देखि १० किलो चिनी मैदा आलु प्याज ल्याउने गरेको जो कोइ ले पनि प्रष्ट अलौ नाकामा गएर देख्न सकिनेछ।
अलौ नाकाबाट चार जनाकोे खैनी सुर्ती तस्करी गर्ने पनि स्रोतले जनाएको छ । भारत मा पर्ने खैनी सुर्ती एक हजार भारतिय रकमको खरीद गरी अलौ नाकाकोे माध्यम र यी नाका बाट तस्करी गरी वीरगञ्ज र जीतपुर सम्म पुर्याउँदा किलोको पाँच हजार मूल्यमा खैनी सुर्ती बिक्री वितरण हुने गरेको छ।
तर स्थानीय कोे गरिखाने वस्तुको बीचमा मौका छोपी चौकी इन्चार्ज र सशस्त्र कोे मिलोमतोमा बारा र पर्साबाट काम गर्ने कुख्यात नाम कमाएका तस्कर बिनय जसले हार्डवेयरकोे नाम मा ट्रक , बस् कोे इन्जन , गियर बक्स, सापट, एक्सेल, लगायत अन्य थुप्रै सामान भारत बाट नेपाल भित्रियाउने गरेकोे र अलौ कोे कोनीया नाका रोजेका छन्। हिजो शनिबार कोे दिन बिचौलियाको माध्यमले बिनय चौकी इन्चार्ज सँग गएर भेटघाट गरेकोे चौकीको एक प्रहरीले नाम उल्लेख न गराउने सर्तमा जानकारी गराएका हुन्।
वर्षमा ६ महिना अलौ र खल्वा सिर्सियाकोे बाटो प्रयोग गर्ने गर्दछ भने ६ महिना बारा जिल्लाकोे अनेकौ नाका बाट आफ्नो तस्करी निरन्तर रूपमा चलाउने गरेका छन्। अहिले पर्सा जिल्लाको नाकामा थप कडाइ र यस्तो अपराधीक र तस्करी जस्तो क्रियाकलापमा संलग्न हुने लाई कार्वाही हुने एसपी पाठकको ठाडो निर्देशन रहेको छ।
यी तस्करहरुको पटकपटक समाचार प्रकाशन हुँदा पनि केही फरक पर्दैन। कहिले पर्सा जिल्लामा त कहिले बारा जिल्लामा तर यी विनयको तस्करी साम्राज्य दैनिकी चल्दै आएको छ।
सिराहा । मधेस प्रदेश स्थित जिल्ला प्रशासन कार्यालय सिराहाले परीक्षाका क्रममा जफत गरिएका करिब ५०० थान मोबाइल फोन र स्मार्ट घडी पानीमा डुबाएर नष्ट गरेपछि विद्यार्थीहरू आन्दोलित भएका छन। गत चैतमा सम्पन्न एसइई र वैशाखमा सम्पन्न कक्षा १२ को परीक्षाका क्रममा विभिन्न परीक्षा केन्द्रबाट बरामद गरिएका ती उपकरणहरूलाई प्रशासनले हालै काम नलाग्ने गरी नष्ट गरेको हो । जफत गरिएका सामग्रीहरूमा ७ थान आईफोन, ४८९ थान विभिन्न कम्पनीका एन्ड्रोइड फोन र ५ थान स्मार्ट घडी रहेका थिए, जसको अनुमानित बजार मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको बताइएको छ ।
प्रशासनको यो कदमलाई लिएर चौतर्फी आलोचना भइरहेका बेला संयुक्त विद्यार्थी संगठनले कडा विरोधको कार्यक्रम सार्वजनिक गरेको छ । संगठनले ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’ भन्ने मुख्य मागसहित आगामी जेठ २५ गते सोमबार दिउँसो १२ बजे जिल्ला प्रशासन कार्यालय सिराहामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको हो । विद्यार्थीको सम्पत्तिमाथि दमन गरिएको र विना कुनै कानुनी आधार करोडौँको सम्पत्ति नष्ट गरिएको भन्दै विद्यार्थी संगठनहरूले न्याय र उचित क्षतिपूर्तिको सुनिश्चितता नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
- रसुवामा १९ लाख ५२ हजार रुपैयाँसहित एक जना हुण्डी कारोबारी पक्राउ
- घटनाको २५ वर्ष पछि पक्राउ परे, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी-
- सरकारले हटाउँदैछ दुई दिने सार्वजनिक बिदा ? मन्त्रिपरिषदबाट निर्णय हुने तयारी
- पर्सामा एसपी पाठकको ९ महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३