रसुवा- रसुवा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँ नगदसहित एक जनालाई हुण्डी कारोबारको आशंकामा पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गोसाइँकुण्ड गाउँपालिका–६ धुन्चे बजारमा नियमित सवारी तथा यात्रु चेकजाँचका क्रममा उक्त रकम बरामद गरिएको हो।
शनिबार अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरी टोलीले काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४८७० नम्बरको सुमो गाडी रोकी जाँच गर्दा गाडीमा सवार गोसाइँकुण्ड गाउँपालिका–३ निवासी ३५ वर्षीय मिङमार छिरिङ गुरुङको साथबाट ठूलो परिमाणमा नगद फेला पारेको थियो।
प्रहरीका अनुसार गुरुङले बोकेको झोलाभित्र एक हजार दरका १ हजार ८७५ थान, पाँच सय दरका २१३ थान तथा एक सय दरका ६० थान नोट बरामद भएको छ। बरामद नगदको कुल मूल्य १९ लाख ५२ हजार १०० रुपैयाँ रहेको बताइएको छ।
प्रहरीले बरामद रकमको वैध स्रोत पुष्टि हुन नसकेको र हुण्डी कारोबारमा प्रयोग भएको हुन सक्ने आशंकामा गुरुङलाई नगदसहित नियन्त्रणमा लिएको जनाएको छ।
घटनाबारे थप अनुसन्धानका लागि रसुवा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।
बीरगंज, २४ जेठ । जिल्ला प्रहरी कार्यालय, पर्सा ले विशेष सूचनाको आधारमा आज बिहान करिब ०७:०० बजेको समयमा कर्तव्य ज्यान मुद्दा का एक जना फरार प्रतिवादीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।पर्सा
प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेत का अनुसार २५ वर्ष पहिले अर्थात् मिति २०५८ साल फागुन २६ गते बिहान करिब ०८:०० बजेको समयमा पर्सा जिल्लाको साविक धोरे वडा नं. ०८ हाल परिवर्तित पकाहा मैनपुर गाउँपालिका वडा नं. ०१ बस्ने वर्ष २६ की रावडी भन्ने रीना देवीलाई घरायसी वाद-विवादका कारण घाँटी थिची कर्तव्य गरी मारी वारदात पश्चात् प्रतिवाद हाल सम्म फरार रहेको थियो ।
फरार प्रतिवादीलाई त्यहाँ बाट खटिएको प्रहरी टोलीले पर्सा जिल्ला कै साविक गा.वि.स. धोरे वडा नं. ०८ हाल पकाहामैनपुर गाउँपालिका वडा नं. ०१ बस्ने वर्ष ५० को काशी महतो चाई भन्ने काशी प्रसाद चौहानलाई आफ्नै घर ठेगानामा लुकिछिपि बस्दै आएको स्थान बाट आईतबार पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दामा पर्सा जिल्ला अदालत बाट तीन दिनको म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको छ ।
काठमाडौं । सरकारले हाल लागू रहेको हप्ताको दुई दिने सार्वजनिक बिदा व्यवस्था हटाउने तयारी गरेको छ। गृहमन्त्रालय स्रोतका अनुसार दुई दिने बिदा अपेक्षाअनुसार प्रभावकारी नभएको निष्कर्षसहित यसलाई पुनरावलोकन गर्ने तयारी गरिएको हो।
स्रोतका अनुसार अब बस्ने मन्त्रिपरिषद् बैठकले औपचारिक निर्णय गरेपछि शनिबार र आइतबार दिइँदै आएको दुई दिने बिदा व्यवस्था अन्त्य हुन सक्नेछ।
प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले गत चैत २२ गते पेट्रोलियम पदार्थको खपत घटाउने उद्देश्यसहित हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णय लागू भएपछि सरकारी कार्यालय, विद्यालय तथा विभिन्न सार्वजनिक निकायमा शनिबार र आइतबार बिदा दिइँदै आएको छ।
तर, कार्यान्वयनको केही महिनामै दुई दिने बिदा अपेक्षाअनुसार प्रभावकारी नभएको तथा व्यवहारिक कठिनाइ सिर्जना गरेको भन्दै विभिन्न क्षेत्रबाट आलोचना हुँदै आएको थियो। सेवा प्रवाह, प्रशासनिक कामकाज तथा आर्थिक गतिविधिमा समेत असर परेको गुनासोहरू सार्वजनिक भएका थिए।
सरकारले अब पुरानै व्यवस्था अनुसार सातामा एक दिन मात्र सार्वजनिक बिदा कायम गर्ने तयारी गरेको बताइएको छ। यद्यपि अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकबाट हुने जनाइएको छ।
समाचार स्रोत -chandrasuryawani.com
पर्सा २४ जेठ
जिल्ला प्रहरी कार्यालय पर्सामा अहिले प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेका छन । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र ढुवानी गर्ने ब्यक्ति माथि कारवाही चलाउन थाले पछि पर्साबाट तस्करी धेरै हद सम्म नियन्त्रणमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांक अनुसार असोज ७ गते देखि जेठको २४ गते सम्म ४३ करोड ९८बलाख ६७ हजार ४ सय ५० रुपैया बराबरको भन्सार छली तथा चोरी निकासीका समान भन्सार पठाईएको छ । प्रहरी उपरीक्षक पाठक असोज ७ गते देखि जेठको २४ गते सम्म प्रहरीले अवैध ओसारपसारमा संलग्न भएको ४९ वटा सवारी साधन र कारोबारमा संलग्न ४ जनालाई नियन्त्रणमा लिई सम्बन्धित निकायमा कारवाहीको लागि पठाएको छ ।
मानिस र कारोबारमा संलग्न साधन नै धमाधम कारवाहीको लागि पठाउन थालेपछि तस्करहरुको अहिले जिल्लाबाट भागाभाग नै भएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक सुदिप राज पाठक आफै सादा पोशाकमा बिभिन्न स्थानमा पुग्ने गरेका छन् । यसले यस अघि जिल्लाको विभिन्न क्षेत्रहरुबाट हुदै आएको चोरी निकासी ठप्प प्राय रहेको छ ।पाठकको कडा प्रहारले तस्करहरुको मनोबल खस्किएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको नेतृत्व गरिरहेका एसपी पाठकले लागुऔषध नियन्त्रण अभियान अन्तर्गत कडा कदम चाली गाँजा ७९९ किलो ४० ग्राम , चरेश २६९ किलो ४०० ग्राम, ब्राउन सुगर ४१ ग्राम ६८९मिलीग्रा, फेनारगन ३५० एम्पुल, डाईजेपाम ३५० एम्पुल, न्युनोर्फिन ३५० एम्पुल, कोरेक्स १ बोतल, ट्रामाडोल क्यापसोल १,३६,७१० पिस, नाईट्रोजेपामप २३० ट्याब्लेट सहित ५९ जनालाई पक्राउ गरेका छन्। उनीले ४३ जना कारोबारीको विरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी प्रहरीले ६२ लाख ६१ हजार ४७० रुपैयाँ सहित हुण्डी कारोवारमा संलग्न रहेका ९ वटा मुद्दा दर्ता गरि १३ जनालाई श्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिई थप कार्यबाही गरेको छ। ज्यान सम्बन्धी कसूरको घटना र अनुसन्धानमा यस अवधिमा ज्यान सम्बन्धी एक दुःखद घटना पनि प्रतिवेदनमा समेटिएको छ ।
२०८२/६/१४ गतेको दिन जिल्ला बारा परवानीपुर गाउपालिका वडा नम्बर ९ घर भई हाल वीरगन्ज महानगरपालिका वडा नम्बर १० बस्ने गोल्डेन भन्ने शिवम शाह कानुले गहवा माईको मेला हेर्न जान्छु भनि घर बाट निस्कि गएकोमा मेलामा गई केटाहरु संग वादविवाद तथा हातपात गरेको र विगतका दिनहरुमा उक्त समूहहरु बिच एक आपसमा झै-झगडा वाद-विवाद हुने गरेको सोही रिसईवी लिई मृतक गोल्डेन भन्ने शिवम शाहलाई एकलौ मौका छोपी विपक्षी समूहका ( दरेन्दे खुणखार समूह)केटाहरुले हात मुक्का,बाँसको भाठ्ठाले समेत प्रहार गरेका थिए।
कर्तव्य कसुर गरि मारेको भनी हाल सम्म खुल्न आएको घटनामा संलग्न ७ जनालाई भारतको मोतिहारी जिल्ला थाना बल्थर स्थितिमा लुकिछिपी बस्दै आएको सूचना अनुसार भारतीय प्रहरी संग समन्वय गरि पक्राउ गरि उनीहरुलाई पक्राउ गरी कर्तव्य ज्यान सम्बन्धि कसूरमा मुद्दा चलाई पुर्पक्षको लागि कारागार पठाइएको जानकारी समेत प्राप्त भएको छ।
पर्सा प्रहरीको अन्य पहलकदमी र सामुदायिक कार्यक्रम अन्तर्गत प्रहरीले यस अवधिमा प्रहरी कार्यालयमा विद्यार्थी, प्रहरी कर्मचारी, थुनुवाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर तथा मोटिभेसनल क्लास जस्ता कार्यक्रम सञ्चालन गरेको छ । कार्यालयमा जनमैत्री वातावरण कायम गर्न पहल भइरहेको छ र सामुदायिक प्रहरीको माध्यमबाट सामाजिक सद्भाव कायम गराउने प्रयास जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।
लागू औषधसहित विभिन्न मदिराजन्य नियन्त्रण विरुद्धको अभियानमा पनि प्रहरीले थप सक्रियता देखाएको छ ।एसपी पाठकले ९ महिनाको अवधिमा पर्साको ग्रामीण भेगमा ७ बिघा र १५ कठ्ठा जग्गामा लगाएको लागूऔषध गाँजा फडानी गरि ४ लाख ३२ हजार ६ सय बोट नष्ट गरेको जानकारी समेत गराएको छ।
प्रहरीले फैसला कार्यान्वयनलाई तीव्रता दिँदै कुल ७५५ जना प्रतिवादी पक्राउ परेका छन पक्राउ परेका प्रतिवादीहरुबाट सजाय कोे दिन अनुसार १५२ वर्ष ८ महिना २१दिनको कैद सजाय असुल गरिएको साथै जरिवाना बापत ७ करोड ६६ लाख ९६ हजार ७६० रुपैयाँ असुली गर्न पर्सा प्रहरी सफल भएका छन।
यसैगरी वन जंगल फडानी गरी काठ तस्किरीमा संलग्नलाई वन डिभिजन कार्यालयको समन्वयमा पक्राउ गरिएको छ । उनीहरुको साथबाट बरामद भएको ४३२ क्युफिट काठसहित नियन्त्रणमा लिइएका चालक, ट्रयाक्टर र साइकलसमेत वन डिभिजन कार्यालयमा बुझाइएको छ जानकारी प्राप्त भएको छ।
साथै पर्सा प्रहरीले मानव बेचबिखनमा ३ वटा मुद्दा दर्ता गरि ५ जनालाई कानुनी कार्यबाही गरि पुर्पक्षका लागि अदालतबाट कारागार कार्यालय वीरगन्जमा पठाएको छ। यसैगरी ३९ जना महिला तथा बालबालिकालाई उद्धार गरि सकुशल ल्याएको पर्सा प्रहरीले सार्वजनिक गरेको छ।
एसपी पाठक पर्साको कार्यभार सम्हालेको दिन देखि केही छुटफुट सामान्य घटना बाहेक शान्ति सुरक्षा कायम रहेकोले पर्साबासीमा निकै चर्चित एसपीको रुपमा रहेक छन्। पर्साका प्रहरी प्रमुख पाठकले पर्सामा कार्यभार सम्हालेको दिनदेखि अपराध अनुसन्धान शाखाको सँयुक्त टोली सक्रियतामा तस्करीमा कडाई गरि तस्करीको सामान धमाधम पक्राउ गरी वीरगन्ज भन्सार कार्यालयमा बुझाउने गरेका छन् ।
त्यसैगरी एसपी पाठकले हरेक महिनामा प्रहरी अधकृितसँग मासिक बैठक गरी पर्सा जिल्लाको विभिन्न नाकामा रहेका प्रहरी चौकी र ईलाका प्रहरी प्रमुखहरुलाई तसकरी नियन्त्रणमा कडाई गर्न निर्देशन दिदै चोरी डकैती शान्ति सुरक्षाको राम्रो काम गर्न लागु औषध ओसार पसार कार्य नियन्त्रण गर्न कडा निर्देशन दिएका छन।
जिल्लामा शान्ति सुरक्षाको अनुभुति दिलाउनका प्रहरी उपरीक्षक पाठकले प्रहरी अधिकृतहरुलाई निर्देशन दिने गरेको र प्रहरी ऐन विपरित कार्य गरेका प्रहरीहरुलाई छानबिन समिति गठन गरि कारवाही गरिने ठाडो निर्देशन समेत दिएको बताए ।
काठमाडौँ, जेठ २४ गते – आज साताको पहिलो दिन आइतवार सुनको मूल्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ हजार दुई सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन प्रतितोला ३ लाख नौ हजार रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ८ हजार २ सय रुपैयाँले घटेर ३लाख ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३ सय ३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
- रास्वपा भित्रको विवाद उत्कर्षमा, जिल्ला अधिवेशन स्थगित गर्न माग
- वीरगन्ज युथ कमिटीले आयोजना गरेको निःशुल्क शिविरबाट ३ सय ५० जना लाभान्वित
- बिवाइडी कार जाँचपास प्रकरण: रसुवागढीका भन्सार प्रमुख भट्टराईसहित नौ कर्मचारी जिम्मेवारीमुक्त
- चेकिङको नाममा खुला असुली ! तेलकुवा ट्राफिक पोष्टमाथि गम्भीर आरोप भिडियाे ले प्रमाणित गर्दैै
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३