दमक । झापाको दमक–८ निवासी २१ वर्षीया रमा तिवारी हत्या प्रकरणको सफल अनुसन्धान गरी अभियुक्तलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेतसहित पाँच जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सोमबार आयोजित एक कार्यक्रममा अनुसन्धानमा खटिएको टोलीलाई नगदसहित सम्मान तथा पुरस्कृत गरेकी हुन्।
पुरस्कृत हुनेहरूमा इलाका प्रहरी कार्यालय दमकका प्रमुख डीएसपी हरिबहादुर बस्नेत, प्रहरी निरीक्षक विपन विक, प्रहरी हवल्दार ज्ञानबहादुर बस्नेत, प्रहरी सहायक हवल्दार विरेन्द्र तामाङ र प्रहरी जवान सविन मगर रहेका छन्।
रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक राकेशकुमार पण्डितलाई प्रहरीले पक्राउ गरी कानुनी प्रक्रियामा ल्याएको थियो। घटनापछि सक्रिय रूपमा अनुसन्धानमा जुटेको प्रहरी टोलीले लगातार नौ दिनसम्म गहन अनुसन्धान सञ्चालन गर्दै अभियुक्तसम्म पुग्न सफलता हासिल गरेको थियो।
कार्यक्रममा एसपी खड्काले अनुसन्धान टोलीले आफ्नो जिम्मेवारीप्रति उच्च व्यावसायिकता, समर्पण र प्रतिबद्धता देखाएको उल्लेख गर्दै जटिल प्रकृतिको अपराधलाई छोटो समयमै निष्कर्षमा पुर्याउन सफल भएको बताइन्। उनले यस्ता उपलब्धिले संगठनको मनोबल बढाउनुका साथै समाजमा प्रहरीप्रतिको विश्वास र सुरक्षाको प्रत्याभूति थप मजबुत हुने विश्वास व्यक्त गरिन्।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन र सम्मान गर्ने परम्पराले भावी दिनमा समेत अनुसन्धान तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।
काभ्रेपलाञ्चोक– सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२:३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ ।
रोशी खोलामा पानीको बहाव उच्च भएसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।
उनले बिपी राजमार्ग हुँदै जाने सवारीलाई जिल्लास्थित धुलिखेलमा र सिन्धुलीको सुरक्षा समितिसँग सहकार्य गरी खुर्कोट र नेपालथोकमा रोकिएको छ ।
बेमौसमी वर्षाले दिनानुदिन बिपी राजमार्ग अवरुद्ध हुन थालेपछि रातको समयमा गराउँदै आएको अनिश्नितकालीन बन्द पुनः लम्बिएको छ । सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीले सबैलाई अपिल गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजेशमान सिंह सहित सात जनाविरुद्ध गैरकानूनी रूपमा नागरिकता बनाएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
Dav Add
आयोगले सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गर्दै मेयर सिंह भ्रष्टाचार मुद्दा लागेसँगै स्वतः निलम्बनमा परेको जनाएको छ । यसअघि पनि मेयर सिंहविरुद्ध पर्सा जिल्ला अदालत मा लिखत किर्तेसम्बन्धी चार वटा मुद्दा दायर भइसकेका छन् । पछिल्लो भ्रष्टाचार मुद्दाले उनको राजनीतिक र प्रशासनिक भूमिकामाथि थप दबाब सिर्जना गरेको छ ।
अख्तियारका अनुसार मेयर सिंहले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० निवासी रीता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नी छोरीका रूपमा देखाई झुटो विवरण पेश गरेर नेपाली नागरिकता बनाइदिएका थिए । यस कार्यमा स्थानीय जनप्रतिनिधि, वडा कर्मचारी तथा प्रशासनिक अधिकारीहरूसँग मिलेमतो गरिएको आयोगको दाबी छ ।
अनुसन्धानबाट २०७१ साल कात्तिक २० गते वीरगञ्ज महानगरपालिका वडा नं. ३ कार्यालयमा रुविना श्रेष्ठको नाममा झुटो विवरण राखेर जन्मदर्ता प्रमाणपत्र तयार गरिएको खुलेको छ । सोही जन्मदर्ताको आधारमा वडा कार्यालयबाट नागरिकताको सिफारिस गरी २०७५ साल साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता जारी गरिएको आयोगले जनाएको छ ।
अख्तियारले मेयर सिंह र बालिकाकी आमा रीता भट्टराईलाई मुख्य योजनाकार तथा सहयोगीका रूपमा प्रतिवादी बनाएको छ । आयोगका अनुसार उनीहरूले भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुरजन्य कार्यमा प्रत्यक्ष संलग्न भई गैरकानूनी लाभ लिएको पुष्टि भएको छ ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन वडा सचिव भिखारी राय तथा तत्कालीन वडा सदस्य एवं कार्यवाहक वडा अध्यक्ष तैफुल अख्तर ठकुराईमाथि जानीजानी गलत सरकारी कागजात तयार पारेको आरोप लगाइएको छ । उनीहरूले झुटो विवरणका आधारमा जन्मदर्ता तथा नागरिकता सिफारिस तयार गरी सरकारी अभिलेख दुरुपयोग गरेको आयोगको निष्कर्ष छ ।
नागरिकता जारी प्रक्रियामा संलग्न रहेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षडकुमार पोखरेललाई पनि प्रतिवादी बनाइएको छ । उनले आवश्यक छानबिन नगरी गलत विवरणका आधारमा नागरिकता जारी प्रक्रियालाई सहयोग पुर्याएको आरोप लगाइएको छ ।
घटनाको सत्यतथ्य छानबिन गर्न त्यसबेला गृह मन्त्रालय ले गठन गरेको समितिमाथि पनि अख्तियारले प्रश्न उठाएको छ । समितिका संयोजक तत्कालीन उपसचिव पुस्कर राना र सदस्य तत्कालीन शाखा अधिकृत परशुराम पोखरेलले वास्तविक तथ्य ढाकछोप गर्ने उद्देश्यले गलत प्रतिवेदन तयार गरेको आयोगको दाबी छ ।
आयोगका अनुसार उनीहरूले ‘जिल्ला प्रशासन कार्यालय र वडा कार्यालयबाट सम्बन्धित कागजात नष्ट भइसकेको’ भनी प्रतिवेदनमा उल्लेख गरेर घटनाको गम्भीरतालाई कम गर्न खोजेका थिए । अनुसन्धान प्रभावित पार्ने उद्देश्यले सरकारी प्रतिवेदनमै बदनियतपूर्ण विवरण समावेश गरिएको भन्दै उनीहरूविरुद्ध पनि भ्रष्टाचार निवारण ऐनअन्तर्गत मुद्दा दायर गरिएको हो ।
यो प्रकरण सार्वजनिक भएपछि वीरगञ्ज महानगरपालिका तथा स्थानीय राजनीतिक वृत्तमा व्यापक चर्चा सुरु भएको छ । मेयर सिंहमाथि लागेको आरोपले महानगरको प्रशासनिक विश्वसनीयता र राजनीतिक नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको स्थानीयवासीको भनाइ छ ।
उक्त नागरिकता प्रकरणको प्रारम्भिक खुलासा ‘सिधाकुरा’ नामक सञ्चारमाध्यमले गरेको थियो । त्यसपछि विषय सार्वजनिक बहसमा आएपछि अख्तियारले विस्तृत अनुसन्धान अघि बढाएको बताइएको छ ।
अख्तियारका प्रवक्ता सुरेश न्यौपाने ले प्रतिवादीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कैद, जरिवाना तथा मुख्य कसुरदारसरह सजायको मागदाबी गरिएको जानकारी दिएका छन् ।
मेयर सिंहले अर्काको छोरीलाई नक्कली कागजात बनाई नागरिकता बनाइदिएको विषयको पर्दाफास सिधाकुरामा कार्यरत पत्रकार जियालाल साहले गरेका थिए । साेहि समाचारका कारणा साह अहिलेपनी ४/४ वटा मुद्दा खेपिरहेका छन् ।
साभार -birgunjcity.com
पोखरा, जेठ २५— कास्कीमा बौद्धिक अपाङ्गता भएका व्यक्तिलाई बस नरोकी अघि बढेको घटनामा सम्बन्धित सार्वजनिक सवारीसाधनलाई कारबाही गरिएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–३२ लेखनाथ क्षेत्रमा एक बौद्धिक अपाङ्गता भएका व्यक्तिले सार्वजनिक बस रोक्न खोज्दा चालकले सवारी नरोकी अघि बढेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियोमा अपाङ्गता भएका व्यक्तिले सम्बन्धित निकायको ध्यानाकर्षण गराउन आग्रह गरेका थिए।
घटनाप्रति जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर चासो व्यक्त गर्दै सम्बन्धित सवारीसाधनको खोजी तथा आवश्यक कारबाहीका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई निर्देशन दिएको थियो।
अनुसन्धानका क्रममा ग २ ख २२५५ नम्बरको सार्वजनिक बस पहिचान गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ट्राफिक प्रहरीले बसमाथि आवश्यक कानुनी कारबाही तथा जरिवाना गरेको छ।
साथै, सम्बन्धित सवारी चालक तथा व्यवसायीलाई भविष्यमा फरक क्षमता भएका व्यक्ति, बौद्धिक अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक तथा अन्य विशेष आवश्यकता भएका यात्रुप्रति संवेदनशील र जिम्मेवार बन्न निर्देशन दिइएको छ।
प्रहरीका अनुसार चालक पक्षले आगामी दिनमा यस्ता यात्रुलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता जनाएपछि सम्झाइबुझाइ गरी सवारीसाधन छाडिएको छ।
प्रहरीले सार्वजनिक यातायात सेवामा सबै नागरिकको समान पहुँच र सम्मान सुनिश्चित गर्न यातायात व्यवसायी तथा चालकलाई मानव संवेदनशीलता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ।
राजन कुमार बानिया,वीरगंज २५ जेठ । पर्साको पोखरिया नगरपालिका–४ सतवरियास्थित श्री नेपाल राष्ट्रिय कन्या माध्यमिक विद्यालयका २१० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
पोखरिया बजरंग युवा समाजको आयोजनामा सोमबार सम्पन्न कार्यक्रममा बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई कापी, कलम, पेन्सिल, कटर तथा मेट्ने सामग्री प्रदान गरिएको हो। विद्यार्थीहरूको शैक्षिक स्तर अभिवृद्धि गर्नुका साथै अध्ययनप्रति थप उत्साह जगाउने उद्देश्यले सामग्री वितरण गरिएको आयोजकले जनाएको छ।
वितरण गरिएका सामग्री युवा नेता तथा समाजसेवी पवन गुप्ताको आर्थिक सहयोगमा उपलब्ध गराइएको थियो। कार्यक्रममा प्रमुख अतिथि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलले शिक्षामा गरिएको लगानीले समाजको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमले विद्यार्थीहरूलाई अध्ययनप्रति प्रेरित गर्ने विश्वास व्यक्त गर्दै अन्य संघसंस्था तथा समाजसेवीलाई पनि यस्ता अभियानमा सहभागी हुन आग्रह गरे।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष लक्ष्मण साह कनुले स्थानीय तहले शिक्षा क्षेत्रको गुणस्तर सुधारका लागि विभिन्न योजना सञ्चालन गरिरहेको उल्लेख गर्दै सामाजिक संस्थाहरूसँगको सहकार्यले सकारात्मक परिणाम दिने बताए। उनले पोखरिया बजरंग युवा समाजले सञ्चालन गरेको कार्यक्रमलाई प्रशंसनीय कार्यको संज्ञा दिए।
विद्यालयका प्रधानाध्यापक शंकर प्रसाद रौनियारले आर्थिक रूपमा कमजोर तथा विपन्न परिवारका विद्यार्थीहरूका लागि यस्ता सामग्री अत्यन्त उपयोगी हुने बताउँदै सहयोगदाता र आयोजक संस्थाप्रति आभार व्यक्त गरे।
कार्यक्रममा समाजका कोषाध्यक्ष रमेश महतो, मनिष रौनियार, सुजन सहनीलगायत पदाधिकारी, अभिभावक, शिक्षक तथा स्थानीय बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू उत्साहित देखिएका थिए। उनीहरूले आवश्यक शैक्षिक सामग्री प्राप्त भएपछि नियमित अध्ययनमा थप सहजता हुने प्रतिक्रिया दिएका छन्।
पोखरिया बजरंग युवा समाजले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक चेतनामूलक क्षेत्रमा यस्ता सेवामूलक र रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
- सरकारी बिज्ञापन नीतिविरुद्ध महासंघ पर्साद्वारा हस्ताक्षर प्रधानमन्त्री कार्यालयमा पठाइयो
- एसएसपी सुरेश काफ्लेले सम्हाले उपत्यका ट्राफिक प्रहरी कार्यालयको नेतृत्व
- विश्वनाथ खनालको सफलतामा मेयर सिंहको बधाई, महानगरमा सम्मान कार्यक्रम
- एसपीकोे निर्देशन विपरीत ईन्चार्जले दिए अलौकोे कोनिया नाका बाट बिनयलाई हार्डवेयरकोे लाइन
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३