रोशन कुमार शाह
रौतहट,साउन २१ — रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक महेन्द्र राजमार्गमा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घटनामा भने कुनै मानवीय क्षति भएको छैन।
प्रहरीका अनुसार बिहीबार बिहान करिब ५:३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको थियो। पल्टिएलगत्तै ट्याङ्करमा अचानक आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाको कमाण्डमा १० जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट प्रहरी निरीक्षक राजेन्द्र थापा मगरको कमाण्डमा ५ जना गरी १५ जना प्रहरी घटनास्थलमा खटिएका थिए।
चन्द्रपुर नगरपालिका र निजगढ बाराको दमकलको सहयोगमा बिहान करिब ६:५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुर्घटनामा ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि कुनै मानवीय क्षति नभएको र महेन्द्र राजमार्गमा सवारी आवागमन सामान्य अवस्थामा रहेको छ।
ट्याङ्कर चालक बारा जिल्लाको सिमरा उपमहानगरपालिका–११ निवासी अन्दाजी २५ वर्षीय समिर गुरुङ लाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट करिब १३ किलोमिटर पश्चिममा पर्छ।
काठमाडौं । इप्रका सिम्रौनगढ बाराको प्रमुख छन् प्रहरी निरीक्षक (इन्स्पेक्टर) किसुन्देव साह (केडी)। प्रहरी निरीक्षक साह झण्डै ९ महिनाअघि सिम्रौनगढ सरुवा भएका थिए।
तर, इन्स्पेक्टर साहले नाका खुकुलो छोड्दा सिम्रौनगढमा भारतीय तस्करहरू सक्रिय भएका छन्। सिम्रौनगढ, खजानी, कचोर्वा, बसवरियामा अहिले दुवै देशका तस्करहरू तस्करीमा सक्रिय छन्।
भारतीय तस्करहरूले भारतबाट मोटरसाइकल र ट्याक्टरका पाट्र्स, चिनी, कपडा, खानेतेल नेपाल भित्र्याउदै सिम्रौनगढ, कचोर्वा, कटहरिया, बङ्कुल, गरुडा, चन्द्रपुर, निजगढ, कोल्हवी, मौलापुर, हर्नैया पु¥याउने गरेका छन्।
यसरी सिम्रौनगढमा तस्करी गतिविधि मौलाउनुमा इन्सपेक्टर साहको मिलेमतो रहेको छ । जसले गर्दा ठूलो मात्रामा अवैध कारोबार सञ्चालन भइरहेको हो।
प्रहरीको मुख्य दायित्व अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नु भएपनि, साहले त्यसको विपरीत सिमानाकादेखि भित्री क्षेत्रमा रहेका अवैध घरेलु मदिरा भट्टी सञ्चालन गर्ने तथा मदिरा बिक्री वितरण गर्ने व्यवसायीहरूसँग नियमित आर्थिक असुली गरिरहेको आरोप पनि छ।
स्रोतका अनुसार, ईप्रका अन्तर्गत पर्ने पथालवाघाट, पिपरपाती, बैरिया, बेलदारी, खज्जानी र कोचोर्वा प्रहरी चौकीका इन्चार्जहरूसँग समन्वय गरी साहका घुमुवा हवल्दार सुजित पटेलले जिल्ला प्रहरी कार्यालयसम्म रकम पुर्याउने गरेको दाबी गरिएको छ।
जबकी हवल्दार पटेल विगतमा विवादित पात्र हुन्।
जसको सरक्षणमा, सिम्रौनगढ नाकाबाट ‘भोला’ र ‘दिपक’ समूहले दैनिक ५–७ वटा मोटरसाइकलमार्फत कपडा तथा चिनियाँ स्याउ तस्करी हुने गरेको आरोप छ। ‘सन्दीप’ समूहले तयारी कुखुरा र लत्ताकपडा १०–१२ मोटरसाइकलमार्फत ओसारपसार गर्ने छुट पाएका छन्।
अमरपुर नाकाबाट दिपकको समूहले कपडा, बैरिया नाकाबाट प्रमोद, राजु, उपेन्द्रलगायतले धानको बीउ र मल तस्करी गरिरहेको स्रोतको दाबी छ। त्यस्तै, कवलपुर घाटबाट राजकुमार र अखलेशको समूहले ट्र्याक्टरमार्फत धान तस्करी गर्दै आएको बताइएको छ।
यसैबीच, विभिन्न नाकाबाट अन्य अवैध गतिविधि पनि बढ्दै गएको बताइएको छ। पथालवा घाटबाट कपडा, बैरियाबाट कुखुराका चल्ला, कोचोर्वाबाट कपडा तथा चल्ला तस्करी भइरहेको जनाइएको छ। साथै, रामनगर, खज्जानी र पथालवा घाट हुँदै ठूलो परिमाणमा गाँजा तस्करी भइरहेको स्थानीयले बताएका छन्।
त्यतिमात्र नभएर हिरोजम बन्ने प्रवृतीमा इन्स्पेक्टर साहले आफ्नो मातहतका प्रहरीलाई दु:ख दिने काम पनि गरेको आरोप छ। गण र तालिमकेन्द्रमा हुनुपर्ने तालिम जिल्लामा कार्यरत प्रहरीलाई दिएर अनावश्यक दु:ख दिने काम गरेका छन्।
आफू महिनामा २ देखि ३ दिनसम्म विदा बस्दा अन्य कर्मचारीलाई विदा पनि नदिने गुनासो छ। अनि प्रहरीलाई अपशब्द बोल्दै गाली गर्ने गरेको समेत पाइएको छ।
देशमा पछिल्लो समय सरकार परिवर्तन भई प्रधानमन्त्री र गृहमन्त्री फेरिए पनि सिम्रौनगढ क्षेत्रमा सुरक्षा व्यवस्थामा कुनै सुधार नभएको स्थानीयको गुनासो छ।
सुरक्षा वृत्तमा साहको नाम पूर्व प्रहरी महानिरीक्षकसँग निकट सम्बन्ध भएका अधिकृतका रूपमा चर्चा हुने गरेको बताइन्छ। उनी विगतमा मधेश क्षेत्रमा विभिन्न जिम्मेवारीमा रहँदा प्रभावशाली सुरक्षा नेतृत्वसँग नजिक रहेको चर्चा हुने गरेको स्रोतहरूको दाबी छ। समाचार स्रोत साभार -scoopkhabar
विराटनगर । साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्ज क्षेत्रमा दुई समुदायबीच भएको विवादका क्रममा घाइते भएका एक युवकको उपचारका क्रममा मंगलबार मृत्यु भएको छ। यससँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार २२ वर्षीय रवीन्द्र मेहेताको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मंगलबार निधन भएको हो। घटनामा घाइते भएका अर्का एक जनाको वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
साउन १० गते दुई समुदायबीच भएको झडपपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो। त्यसक्रममा भएको हिंसात्मक घटनामा सुनसरीका ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो। त्यसैगरी सिरहामा भएको प्रदर्शनका क्रममा गणेश यादवको पनि ज्यान गएको थियो।
रवीन्द्र मेहेताको उपचारकै क्रममा मृत्यु भएपछि उक्त आन्दोलन तथा सामुदायिक विवादसँग सम्बन्धित घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ।
सरकारले घटनाबारे छानबिन अघि बढाएको जनाएको छ भने स्थानीय प्रशासनले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।
वीरगञ्ज ।
नागरिक, सामाजिक संस्था र प्रहरीबीचको मजबुत सहकार्य एवं आपसी विश्वासबाट मात्रै समाजमा शान्ति-सुरक्षा कायम गर्न सकिने जिल्ला प्रहरी कार्यालय पर्साका नवनियुक्त प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताउनुभएको छ। ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगरको आयोजनामा आयोजित परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा व्यक्त गर्नुभएको हो।
सम्बोधनका क्रममा एसपी भट्टराईले अपराध नियन्त्रणमा प्रहरी एक्लैको प्रयास पर्याप्त नहुने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाह गर्न आफू पूर्ण प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। “प्रहरी र समुदायबीचको समन्वय नै प्रभावकारी सुरक्षा व्यवस्थाको मुख्य आधार हो,” उहाँले भन्नुभयो, “पर्सामा कानुनको शासन कायम गर्दै सुरक्षा व्यवस्था सुदृढ बनाइनेछ, जसका लागि नागरिक र सामाजिक क्षेत्रबाट प्राप्त हुने सूचना तथा सुझावलाई उच्च प्राथमिकता दिइनेछ।” उहाँले सामाजिक संघसंस्थाले सञ्चालन गर्ने जनचेतनामूलक अभियानले अपराध न्यूनीकरण र सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण भूमिका खेल्ने विश्वाससमेत व्यक्त गर्नुभयो।
ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पर्सा जिल्लाको शान्ति-सुरक्षा, लागूऔषध नियन्त्रण, ट्राफिक व्यवस्थापन, चोरी तथा अपराध नियन्त्रण र समुदाय–प्रहरी साझेदारीका विविध विषयमा गहन छलफल भएको थियो। कार्यक्रममा केन्द्रका सल्लाहकार सुरेश रुङटा, पर्साका डिएसपी राजु कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुवेदी, नेपाल इनोभेटिभ सोसाइटीका अध्यक्ष कमल चौगाई लगायत सञ्चारकर्मी र विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको अन्त्यमा अध्यक्ष जयप्रकाश खेतानले नवनियुक्त एसपी भट्टराईलाई स्वागत तथा बधाई ज्ञापन गर्नुभयो। उहाँले आगामी दिनमा पनि प्रहरी र समुदायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वीरगञ्ज । बारा जिल्लाको भारतसँग जोडिएको सीमा क्षेत्रमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपालकै एक बिओपीमा कार्यरत प्रहरी कर्मचारीले संगठनको निर्देशनविपरीत ‘घुमुवा’ परिचालन गरी तस्करीलाई संरक्षण दिएको आरोप सार्वजनिक भएको छ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी बरैनियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईको नेतृत्वमा केही प्रहरी कर्मचारीलाई घुमुवाका रूपमा परिचालन गरिएको छ। तीमध्ये सशस्त्र प्रहरी सहायक हवल्दार सुमन पौडेलले विभिन्न तस्कर समूहसँग समन्वय गर्दै तस्करीका लागि सहज वातावरण बनाउने र त्यसबापत रकम असुल्ने गरेका छन्।
स्रोतका अनुसार बलिरामपुर, मुशहार्वा र छातवा नाकाबाट कपडा, औषधि, काजु, प्याज, किराना सामग्री, हार्डवेयर, मोबाइल तथा मोबाइल पार्ट्स, कम्प्युटर पार्ट्सलगायतका सामान अवैध रूपमा नेपाल भित्र्याइने गरेको दाबी गरिएको छ। यस्तै, ट्याक्टरमार्फत चिनी, कुखुराका चल्लालगायतका कृषि तथा पशुपन्छीजन्य सामग्रीसमेत अवैध रूपमा ओसारपसार हुने गरेको स्थानीयको भनाइ छ।
घुमुवाका रूपमा परिचालित कर्मचारीले विभिन्न तस्कर समूहबाट रकम संकलन गरी तस्करीका लागि ‘लाइन’ खुला गराउने गरेका छन्। केही तस्करहरूसँग माथिल्लो तहका अधिकारीहरूको नामसमेत प्रयोग गरेर रकम उठाइएको दाबी पनि स्रोतले गरेको छ।
स्रोतका अनुसार सहायक हवल्दार पौडेल यसअघि पनि मधेसका विभिन्न सीमा क्षेत्रमा घुमुवाको जिम्मेवारीमा बसेका थिए। सीमावर्ती क्षेत्रका व्यापारी तथा तस्कर समूहसँग पुरानो समन्वय भएकै कारण उनलाई पुनः सोही भूमिकामा परिचालन गरिएको दाबी गरिएको छ।
यसबीच सशस्त्र प्रहरी बलका महानिरीक्षकले घुमुवा परिचालन नगर्न निर्देशन दिइसकेको अवस्थामा बरैनियामा भने त्यसको विपरीत गतिविधि भइरहेको आरोपले संगठनभित्रसमेत चर्चा सुरु भएको स्रोतको भनाइ छ।
यस विषयमा प्रतिक्रिया लिन सशस्त्र प्रहरी बल नम्बर १२ गणका गणपति तथा सम्बन्धित अधिकारीसँग सम्पर्क गर्ने प्रयास गरिएको भए पनि समाचार तयार पार्दासम्म सम्पर्क हुन सकेन। समाचार स्रोत साभार -scoopkhabar
- काठमाडौमा ठुलो परिमाणमा लागुऔषध सहित चारजना पक्राउ
- जानकीटोला चौकीको चेकिङ क्रममा स्रोत नखुलेको भारतीय नोट सहित २ जना पक्राऊ
- रौतहटमा हिन्दु राष्ट्रको माग गर्दै शान्तिपूर्ण र्याली तथा कोणसभा
- पर्सा प्रहरीको फरार प्रतिवादी पक्राउ अभियान तीब्र , जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पोखरिया प्रहरीको नियन्त्रणमा ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
