वीरगञ्ज, साउन १० । नारायणी अस्पतालमा उपचारका क्रममा एक व्यक्तिको मृत्यु भएपछि उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्दै अस्पताल प्रशासनले पाँच जना स्वास्थ्यकर्मीलाई तत्काल जिम्मेवारीबाट हटाएको छ। साथै घटनाको सत्यतथ्य छानबिन गर्न ७ दिनभित्र प्रतिवेदन पेश गर्ने गरी समिति गठन गरिएको छ।
अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
घटनाको निष्पक्ष छानबिनका लागि डा. निरज कुमार सिंहको संयोजकत्वमा समिति गठन गरिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासनिक अधिकृत विनय कुमार गुप्ता, वडा प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक बिक्रम सुवेदी , वीरगञ्ज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी, मृतक पक्षका प्रतिनिधि विकास पटेल तथा अस्पताल प्रशासनका प्रतिनिधि सुनिल कुमार रौनियार सदस्य रहेका छन्। समितिलाई ७ दिनभित्र घटनाको अध्ययन, विश्लेषण गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
यसैबीच, घटना भएको समयमा आकस्मिक कक्षमा उपचारमा संलग्न रहेका डा. प्रमोद राम, डा. राम किशोर सिंह, प्रहलाद प्रसाद, नरेश कुमार चौधरी र आस्था यादवलाई छानबिन प्रतिवेदन नआउन्जेलसम्मका लागि जिम्मेवारीबाट हटाइएको छ। प्रतिवेदनको सिफारिसका आधारमा थप कारबाही अघि बढाइने अस्पतालले जनाएको छ।
निर्णयअनुसार मृतक पक्षले शव बुझेर पोस्टमार्टम सम्पन्न गरी धार्मिक परम्पराअनुसार अन्त्येष्टि गर्ने सहमति भएको छ।
अस्पताल प्रशासनले भविष्यमा यस्ता घटना दोहोरिन नदिन स्वास्थ्य सेवा थप प्रभावकारी, व्यवस्थित र निरन्तर रूपमा सञ्चालन गर्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।
सर्लाही,९ साउन । सर्लाहीको बलरा नगरपालिका–७ डुमरियास्थित एक कुखुरा फार्मबाट प्रहरीले ३३० किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
शनिबार दिउँसो करिब १:१५ बजे उक्त फार्ममा बा.प्र.०१–०२६ च २८८६ नम्बरको योद्धा पिकअपबाट गाँजा अनलोड भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी मधुवनीगाउँ र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो।
प्रहरीले फार्मभित्र १९ वटा पोकामा लुकाइ राखिएको ३३० किलोग्राम गाँजा बरामद गरेको जनाएको छ। साथै २६ वटा बोरामा रहेको करिब १३ क्विन्टल अदुवा समेत फेला परेको छ। अदुवा गाँजा ओसारपसारलाई छोप्न प्रयोग गरिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।
घटनास्थलबाट बलरा नगरपालिका–७ डुमरियाका २८ वर्षीय अमरजित राउतलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद गाँजा, पिकअप र घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा सम्भावित सञ्जालबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
वीरगञ्ज महानगरपालिका–२५ का ४५ वर्षीय एक युवाको समयमै उपचार नपाउँदा मृत्यु भएको भन्दै पीडित परिवारले नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. चित्ररञ्जन शाहको राजीनामा माग गरेका छन्।
पीडित परिवारले अस्पताल प्रशासनको लापरवाहीका कारण घटना भएको आरोप लगाउँदै जिम्मेवारमाथि निष्पक्ष छानबिन र आवश्यक कारबाहीको माग गरेको जनाएको छ।
यस विषयमा नारायणी अस्पताल प्रशासनको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ।
राजन कुमार बानिया
पर्सा ९ साउन
महिला स्वास्थ्य, सम्मान र सशक्तीकरणको अभियानलाई निरन्तरता दिँदै Human Love Charity Fund को आयोजनामा श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, जगरनाथपुर, धोबिनी–०५, पर्सामा किशोरी तथा महिलाहरूका लागि महिनावारी स्वास्थ्य तथा स्वच्छता सम्बन्धी जनचेतनामूलक कार्यक्रम एवं निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
"स्वस्थ महिला, सशक्त समाज" भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा २०० भन्दा बढी किशोरी तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रमको उद्देश्य महिनावारीसँग सम्बन्धित सामाजिक भ्रम र गलत धारणालाई हटाउँदै किशोरी तथा महिलाहरूलाई सही जानकारी, व्यक्तिगत सरसफाइ र सुरक्षित महिनावारी व्यवस्थापनबारे सचेत गराउनु रहेको थियो।
कार्यक्रममा स्वास्थ्यकर्मी गौरी परियार ले महिनावारी स्वास्थ्य, व्यक्तिगत स्वच्छता, स्यानिटरी प्याडको सही प्रयोग, समयमै परिवर्तन गर्ने तरिका, प्रयोगपछि सुरक्षित व्यवस्थापन तथा महिनावारीसँग सम्बन्धित आवश्यक स्वास्थ्य जानकारीहरू सरल र प्रभावकारी रूपमा प्रस्तुत गर्नुभयो। उहाँको प्रशिक्षणबाट सहभागी दिदीबहिनीहरूले महिनावारीलाई सुरक्षित, स्वस्थ र सम्मानजनक रूपमा व्यवस्थापन गर्ने महत्वपूर्ण ज्ञान प्राप्त गरेका थिए।
सचेतनामूलक कार्यक्रमपछि सहभागी २०० भन्दा बढी किशोरी तथा महिलाहरूलाई निःशुल्क स्यानिटरी प्याड वितरण गरिएको थियो। सही जानकारी र आवश्यक सामग्रीमा पहुँचले महिलाहरूको स्वास्थ्य तथा आत्मविश्वासमा सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास संस्थाले व्यक्त गरेको छ।
कार्यक्रममा Human Love Charity Fund का सचिव Md. Rijwan Ansari, प्रमुख सल्लाहकार Mukesh Patel, Finance Advisor Md. Khalid Zeya तथा सदस्य Ajay Patel को गरिमामय उपस्थिति तथा सक्रिय सहयोग रहेको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्नुहुने विद्यालय परिवार, स्वास्थ्यकर्मी, सहभागी सम्पूर्ण दिदीबहिनी तथा सहयोगी महानुभावहरू प्रति Human Love Charity Fund ले हार्दिक धन्यवाद एवं आभार व्यक्त गरेको छ।
Human Love Charity Fund ले आगामी दिनहरूमा पनि स्वास्थ्य, शिक्षा, महिला सशक्तीकरण तथा मानवीय सेवासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ।
स्वास्थ्य, स्वच्छता र सम्मानका लागि हाम्रो अभियान निरन्तर जारी रहनेछ।
रौतहट, साउन ८ — जबरजस्ती करणीपछि बालिकाको हत्या गरेको अभियोगमा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय कायम भएका फरार कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार, मिति २०६८ फागुन २५ गते साँझ करिब ७ बजे तत्कालीन बगही–६ (हाल कटहरिया नगरपालिका–७) स्थित वीरेन्द्र चौधरीको पोखरीको डिलमा ५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरी हत्या गरिएको घटनामा दोषी ठहरिएका कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझी पक्राउ परेका हुन्।
उक्त घटनामा सम्मानित सर्वोच्च अदालतले समेत २० वर्ष कैद सजायको फैसला सदर गरेपछि माझी कारागार कार्यालय गौर, रौतहटमा कैद भुक्तान गरिरहेका थिए। तर, २०८२ भदौ २४ गते GEN-Z आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए।
फरार भएपछि लुकीछिपी बस्दै आएका माझीलाई गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा २०८३ साउन ८ गते राति करिब ११:३० बजे कटहरिया नगरपालिका–७ बगहीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका माझीलाई बाँकी कैद सजाय भुक्तानका लागि कारागार कार्यालय गौर, रौतहट पठाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
