साउन १८ काठमाडौ । काठमाडौँको नक्साल क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका- १ नागपोखरी बस्ने वर्ष ४३ को प्रभात तिवारी, सर्लाही जिल्लाको मंलगवा नगरपालिका- ८ का सुजन रायमाझी, काठमाडौँ महानगरपालिका- १४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ र ललितपुरको बाग्डोल ४ बस्ने वर्ष ५१ को सविन श्रेष्ठ रहेका छन्।
उनीहरूको साथबाट ब्राउन सुगर २८९.३५ ग्राम, टामाडोल २२ पता २२० क्याप्सुल, नाईटो भेट १३० क्याप्सुल, ब्राउन सुगर जोख्ने तराजु र लागुऔषधमा मिसाउने लिकुड केमिकल-२९ बोतल बरामद भएको सशस्त्रले जनाएको छ।
यस्तै, बा ७ च:५१८० नम्बर को होण्डा गाडी, मोबाइल ४ थान, प्रिन्टर १ थान, नगद नेपाली रुपैयाँ एक लाख ९८ हजार ३७५, विदेशी मुद्रा (डलर) ३३, भारतीय पैसा २०, जापानी येन १०००, संचार सेट २ वटा र ३ थान ल्यापटप पनि बरामद भएको छ।
नागपोखरी एरियाबाट लागुऔषध ओसारपसार तथा बेचविखन भइरहेको भन्ने विषेश सूचनाको आधारमा इन्टिलिजेन्स ब्युरोबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुवर्ण थापा र इन्सपेक्टर रवीन्द्र भट्ट नेतृत्वमा खटिएको टोलीले सोमबार अपरान्ह उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमाथि बाघभैरव नं १८ गणबाट अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
रकी कुमार पटेल
स्रोत नखुलेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जगर्नाथपुर (ख) पर्साले चेकिङ गर्ने क्रममा भारतीय नगद देखिने बित्तिकै मकवानपुर जिल्लाको राउसीङ्ग गाउँपालिका वडा नं २ का हाल पर्सा जिल्लाको ठोरीमा बस्ने दिपेश हिमडूङ र अर्का तिलक हिमडूङ पक्राउ परेको हो ।
चेकिङ गर्ने र शंकाको आधारमा सहायक नायब निरीक्षक पण्डितजी को नेतृत्व पक्राऊ गर्न सफल भएको बुझिएको छ। अहिले हुण्डी कारोबारमा बढावा भएको र विशेष गरी ग्रामीण क्षेत्रमा भएको नाका प्रयोग हुने शंकामा चेकिङ थप गतिलो बनाइएको असई पण्डित ले जानकारी दिए।
पक्राऊ गरिएको भारतीय नोट कुल ५०० , २०० र १०० गरी जम्मा रकम २ लाख १० हजार पक्राऊ गरिएको र थप अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको छ।
गौर, रौतहट
रोशन कुमार साह
साउन १७ — रौतहटको दुर्गा भगवती गाउँपालिकामा शनिबार विभिन्न मागहरू राख्दै शान्तिपूर्ण र्याली तथा कोणसभा सम्पन्न गरिएको छ। आयोजकहरूले सप्तरी र सिराहातिर जारी कर्फ्यु हटाउन, शिक्षा तथा धार्मिक संस्थासम्बन्धी नीति पुनरावलोकन गर्न तथा हिन्दु राष्ट्र स्थापनाको माग गर्दै कार्यक्रम आयोजना गरेको बताएका छन्।
र्यालीमा सहभागीहरूले विभिन्न नाराबाजी गर्दै दुर्गा भगवती गाउँपालिकाका विभिन्न स्थानको परिक्रमा गरेका थिए। त्यसपछि आयोजित कोणसभामा वक्ताहरूले देशमा शान्ति, सामाजिक सद्भाव र धार्मिक सहअस्तित्व कायम गर्दै आफ्ना मागहरू सम्बोधन गर्न सरकारसँग आग्रह गरेका थिए।
कार्यक्रमका क्रममा आयोजकहरूले आन्दोलन शान्तिपूर्ण रहेको दाबी गर्दै कसैप्रति घृणा वा हिंसा फैलाउने उद्देश्य नभएको बताएका छन्। सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासन र प्रहरी परिचालन गरिएको थियो।
स्थानीय प्रशासनले भने सबै समुदायलाई संयमता अपनाउन र सामाजिक सद्भाव कायम राख्न आग्रह गरेको छ। कुनै पनि प्रकारको उत्तेजक अभिव्यक्ति वा गतिविधिबाट टाढा रहन प्रशासनले सबै पक्षलाई अनुरोध गरेको ज
नाएको छ।
वीरगञ्ज, साउन १६। जबरजस्ती करणी मुद्दामा अदालतबाट १८ वर्ष कैद सजाय सुनाइएपछि फरार रहेका एक प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले सञ्चालन गर्दै आएको फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले विशेष सूचनाको आधारमा लामो समयदेखि फरार रहेका प्रतिवादीलाई नियन्त्रणमा लिन सफल भएको हो।
प्रहरीका अनुसार सम्मानित पर्सा जिल्ला अदालतको मिति २०७८ फागुन २९ गते को फैसलाले जबरजस्ती करणी मुद्दामा १८ वर्ष कैद सजाय तोकिएका जिल्ला पर्सा, पोखरिया नगरपालिका–२, लमरिया निवासी काइमुल मियाका २३ वर्षीय छोरा सदाम अन्सारीलाई पक्राउ गरिएको हो।
इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको फैसला कार्यान्वयन टोलीले २०८३ साउन १५ गते अपराह्न करिब ४:३० बजे पोखरिया–लमरिया सडकखण्डबाट उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका अन्सारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि पर्सा जिल्ला अदालतमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार अदालतबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई निरन्तर तीव्र बनाइएको छ। गम्भीर प्रकृतिका अपराधमा सजाय तोकिएर फरार भएका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको प्रहरीले स्पष्ट पारेको छ।
पर्सा प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विशेष सूचना संकलन, निगरानी तथा खोजी अभियानलाई अझ सशक्त बनाउँदै आएको जनाएको छ। साथै, कुनै पनि अदालतबाट सजाय वा कैद तोकिएर फरार रहेका व्यक्तिको बारेमा जानकारी भएमा नजिकको प्रहरी कार्यालयमा सूचना उपलब्ध गराई कानुन कार्यान्वयनमा सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
प्रहरीको भनाइमा, अपराध गर्ने जो–कोही कानुनको पहुँचबाट उम्किन नसक्ने भएकाले फरार प्रतिवादीहरूको खोजी तथा पक्राउ अभियान आगामी दिनमा पनि निरन्तर जारी रहनेछ।
सिरहा,१४साउन: सिरहामा बिहीबार दिनभरि भएको प्रदर्शनका क्रममा एक जना प्रहरीलाई पनि गोली लागेको छ। उनलाई उपचारका लागि विराटनगर पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकका अनुसार इलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी हवल्दार नारद परियार गोली लागेर घाइते भएका छन्।
उनीसहित २२ जना सुरक्षाकर्मी घाइते भएको प्रहरीले जानकारी गराएको छ। जसमा ७ जना सशस्त्र प्रहरी छन्। प्रारम्भिक जानकारीअनुसार परियारको दाहिने तिघ्रामा गोली लागेको छ। घटनापछि उनलाई तत्काल उपचारका लागि विराटनगर अस्पताल लगिएको छ। अरु सामान्य घाइते भएकोले स्थानीय स्तरमै उपचार गराएको पाठकले बताए।
प्रहरीमाथि गोली कसले चलायो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ।सिरहामा प्रदर्शनकारी तर्फ अहिलेसम्म ३ जनालाई गोली लागेको र एक जनाको मृत्यु भएको खुलेको छ।साभार:अन्नपूर्णपाेष्ट
- सिराहा गोलबजार तनावग्रस्त : गोली लागेर युवकको मृत्यु, प्रहरी–प्रदर्शनकारीबीच आरोप–प्रत्यारोप
- वडाध्यक्ष चतुर्वेदी पक्राउको विरोधमा वीरगञ्जका ३२ वटै वडा कार्यालय अनिश्चितकालका लागि बन्द
- विश्वप्रसिद्ध गढीमाई मन्दिरबाट सुन–चाँदीको गहना चोरी
- सुनसरीको कोशी कटान क्षेत्र थप अशान्त, पसलमा लुटपाट र आगजनी; राजमार्ग अवरुद्ध
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
