काठमाडौं । सिरहाको गोलबजारमा जारी प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिरहाको मिर्चैया नगरपालिका–स्थित तुलसीपुरका करिब १८–१९ वर्षीय गणेश यादव रहेका छन्। सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चेतराज बरालका अनुसार कर्फ्यू जारी रहेका बेला प्रदर्शनका क्रममा उनलाई गोली लागेको थियो।
घटनापछि प्रदर्शनकारीहरूले प्रहरीको गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै शव सडकमै राखेर विरोध प्रदर्शन गरिरहेका छन्।
उनीहरूले सुरक्षाकर्मीलाई शव उठाउन समेत दिएका छैनन्। यता प्रहरीले भने आफूहरूले गोली नचलाएको दाबी गरेको छ।
सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार प्रहरीले भीड नियन्त्रणका लागि हवाई फायर र अश्रुग्यास (टियर ग्यास) मात्र प्रयोग गरेको जनाएको छ।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा थप एक जना घाइते भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
१३ साउन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरपालिकाका ३२ वटै वडा कार्यालयको कामकारबाही अनिश्चितकालका लागि बन्द गरिएको छ।
वडाध्यक्षहरूले सामूहिक रूपमा विरोध जनाउँदै साउन १३ गतेदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेका हुन्। यस निर्णयसँगै महानगरका वडाबाट प्रदान हुँदै आएका सिफारिस, दर्तालगायतका दैनिक प्रशासनिक काम प्रभावित भएका छन्।
गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज–२५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि घटना विवादमा आएको थियो। चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाउँदै मृतकका परिवार तथा आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका थिए।
उक्त घटनाको समाधानका लागि पीडित परिवार र प्रशासनबीच सहजीकरण गर्ने क्रममा वडाध्यक्ष चतुर्वेदीले राखेको भनिएको धारणा आधार बनाएर स्थानीय प्रहरीले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै पक्राउ गरेको वडाध्यक्षहरूको भनाइ छ।
नगरवासीको हकहितका विषयमा आवाज उठाउने जनप्रतिनिधिमाथि नै प्रहरीले धरपकड गरेको भन्दै महानगरका सम्पूर्ण वडाध्यक्षहरूले आपत्ति जनाएका छन्। यसअघि साउन १२ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले वडाध्यक्ष चतुर्वेदीलाई तत्काल रिहा गर्न स्थानीय प्रशासनसमक्ष माग गरेका थिए।
तर जनप्रतिनिधिहरूको ध्यानाकर्षणपछि पनि प्रशासनले वडाध्यक्षलाई रिहा नगरेपछि बाध्य भएर सेवा बन्द गर्ने निर्णय लिनुपरेको वडाध्यक्षहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरूले पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीलाई तत्काल सम्मानपूर्वक रिहा नगरिए थप कडा विरोधका कार्यक्रम घोषणा गर्ने चेतावनीसमेत दिएका छन्। आन्दोलनबाट उत्पन्न हुने कुनै पनि असहज परिस्थितिको जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने उनीहरूको भनाइ छ।
यसैबीच, वडा कार्यालय बन्द हुँदा सेवाग्राही प्रभावित भएका छन्। यद्यपि अत्यावश्यक सेवाहरू भने सञ्चालनमा रहने जनाइएको छ।
बारा,१३ साउनः बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी भएको घटना बाहिरिएको छ।
गढीमाई मन्दिरका मूल पुजारी शिव चौधरीका अनुसार, गत आइतबार अर्थात साउन १० गते मध्यरातमा मन्दिरको ढोकाको ताल्चा फोडेर गढीमाईको मूर्तीमा रहेको चाँदीको मुकुट १ थान, सुनको जलप लगाइएको चाँदीको हार १ थान, सुनको तिलहरी १ थान र सुनको सिक्रि १ थान चोरी भएको हो।
बिहान ३ बजेतिर पूजापाठका लागि मन्दिरमा पुग्दा गढीमाईको मूर्तीमा रहेका ती गहनाहरु चोरी भएको थाहा भएको पूजारी चौधरीले बताए । चौधरीले भने, आइतबार राति म खाना खान घर गए, अलिबेर आरामा गरेपछि ३ बजेतिर मन्दिरमा आएर हेर्दा मन्दिरको ढोकाको ताल्चा तोडेर गहना चोरी भएको थाहा पाए ।त्यसलगत्तै आँफुले गढीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र साहलाई जानकारी गराएको उनले बताए ।
मन्दिरमा भएको चोरीको घटनाका बारेमा प्रहरी कार्यालयमा जानकारी गराइसकेको उनले बताए । यसबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं — सुनसरीको देवानगञ्ज घटनापछि कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले विभिन्न स्थानमा पसलमा लुटपाट, तोडफोड र आगजनी गरेका छन् भने पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन्।
स्थानीय स्रोतका अनुसार देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार भएको गोलीकाण्डको विरोधमा उत्रिएको समूहले कोशी कटान क्षेत्रमा प्रदर्शन चर्काएको हो। प्रदर्शनका क्रममा केही पसलमा तोडफोड, लुटपाट र आगजनी भएको छ। घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
प्रदर्शनकारीहरूले सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्, जसका कारण सवारी आवागमन प्रभावित भएको छ।
गत आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए। त्यसयता क्षेत्रको अवस्था निरन्तर तनावपूर्ण रहँदै आएको छ।
स्थिति नियन्त्रणमा लिन स्थानीय प्रशासनले देवानगञ्ज र आसपासका दक्षिणी क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्युका बाबजुद सोमबार दिनभर प्रदर्शन जारी रहेपछि मंगलबार पनि कर्फ्युलाई निरन्तरता दिइएको छ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। साथै हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र देवानगञ्ज बजार क्षेत्रमा कर्फ्यु यथावत् राखिएको छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यु तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ भने सुरक्षा अवस्थालाई मध्यनजर गर्दै प्रभावित क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति थप बढाइएको जनाएको छ।
विराटनगर । कर्फ्यूका बीच सुनसरीको दक्षिणी क्षेत्रमा प्रदर्शन सुरू भएको छ । देवानगञ्ज गाउँपालिका-३ कप्तानगन्जको अवस्था सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगेको छ । सुरक्षाकर्मी बाक्लोरूपमा परिचालन गरिएको भए पनि परिस्थिति असामान्य र जटिल बन्दै गएको बताइन्छ ।
आइतबार रातिको हिंसात्मक झडपपछि लगाइएको कर्फ्यू सोमबार बिहानैदेखि प्रभावहीन बन्दै गएको थियो ।
कर्फ्यूको उल्लंघन गर्दै प्रदर्शनमा उत्रिएकाको भिडले स्थानीयका पसलमा तोडफोड र आगजनी सुरू गरेका छन् । भिडलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन ।
बिहान करिब १० बजेदेखि ४-५ सयजनाको समूह सडकमा निस्किएका छन् । प्रदर्शनकारीले कप्तानगञ्ज चोकमा टायर बालेर नाराबाजी गर्नुका साथै स्थानीयका पाँचवटा पसलमा तोडफोड गरेका छन् । एउटा फार्मेसी, एउटा मोटरसाइकल ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड भएको प्रहरीले जनाएको छ ।
स्थानीय प्रशासनले बिहान ७ बजेदेखि अनिश्चितकालीन लगाएको छ । घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्या परिचालन गरिएको छ । सुरक्षाकर्मीले प्रदर्शनकारीलाई सम्झाइबुझाइ गरेर स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् । यद्यपि, प्रदर्शनकारी पछि हटेका छैनन् ।
- सनाखत नामसारीबाट करोडौं कमाएका अधिकृत कुशवाहाका कालाकर्तुतहरु बाहिर छताछुल्ल
- बन्द उद्योगबाट चार लाख बराबरका सामग्री चोरी, औद्योगिक सामग्रीसहित तीन जना पक्राउ
- गाउँकाे नाम विवादमा परे पछि स्थानिय सर्वोच्चमा, ‘यदुवंशीनगर’ राखिएकाेमा बिराेध
- कपिलवस्तुमा भेटिए अरबी र फारसी लिपिका २३ सयभन्दा बढी तामाका सिक्का
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
