वीरगंज १० साउन। भ्रष्टाचार र राजस्व छलीका आरोप लागेर श्रम तथा यातायात मन्त्रालय मधेश प्रदेशमा कारवाही स्वरुप काजमा तानिएका अधिकृत रामसुन्दर महतो कुशवाहाले वीरगंज यातायातमा रहेर गरेका सनाखत नामसारीका कालाकर्तुतहरु बाहिर छताछुल्ल भएको छ ।
सहायक शाखा अधिकृत छैठौ तहका कुशवाहाले वीरगंज यातायात कार्यालयमा रहंदा हजारौं सनाखत नामसारी गरेको भए पनि प्रमाणको रुपमा यस अनलाईन सँग दर्जनौं सुरक्षित रहेको छ ।
यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०७४ को ११.१.८ मा सवारी नामसारी गर्दा अवलम्बन गर्नुपर्ने विषयहरु प्रष्ट रुपमा लेखिएको छ । सवारी धनीले आफ्नो सवारी विक्री वा नामसारी गर्नुपरेमा प्रचलित कानुन बमोजिम लाग्ने दस्तुर तिरी सवारी विक्री गर्ने तथा खरिद गर्ने दुबै पक्षको रोहबरमा निम्न अनुसारको प्रक्रिया पुरा गरेको हुनुपर्नेछ ।नियमावलीको अनुसुचि –१२ को ढांचामा निवेदन फारम भरी रु. १० को टिकट टांसी कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था रहेको छ ।
सवारी साधन कार्यालयमा अनिवार्य रुपमा ल्याई सवारीको नामसारी गर्दा खरिदकर्ता तथा विक्रीकर्ता दुबै जना कार्यालयमा उपस्थित हुनुपर्ने व्यवस्था रहेको छ । सवारी विक्री गर्ने सवारी धनीले नामसारीका बखत उपस्थित हुन नसक्ने भई सो नामसारी हुने मिति भन्दा अगाडि सवारी धनी कार्यालयमा उपस्थित भई सम्बन्धित श्रेस्ता एवं नामसारी फारममा ल्याप्चे सही छाप सहित सनाखत गर्न कार्यालयमा निवेदन दिएमा सो निवेदन मोनासिव लागेको खण्डमा सम्बन्धित फाँंटका अधिकृतले निजको सक्कल नागरिकता सहितको कागजात हेरी सो व्यवहोरा प्रमाणित गरि दिएको अवस्थामा मात्र सोही सनाखतको आधारमा सनाखतको मितिले ३५ दिन भित्र नामसारी गर्न सकिने व्यवस्था रहेको छ ।
तर भ्रष्टाचारको मामिलामा ताण्डव मच्चाउनमा माहिर मानिएका अधिकृत कुशवाहाले सवारी धनी, खरिदकर्ता र सवारीको अनुपस्थितमा प्रति ब्लुबुक कम्तिमा दुई हजार र बढीमा ५ हजार सम्म रिकन्डिसनका बिचौलियाहरु सँग रकम लिई ब्लुबुकमा मात्र सही गरी सनाखत नामसारी गरेको पाईएको छ ।
घुसको रकमको बलमा जस्तोसुकै कानुन बिपरितका कार्यहरु गर्नबाट पछि नहटने अधिकृत कुशवाहाले ना ५४ प ५४१४ को मोटरसाईकल सवारी २०८१/१२/१३ गतेको मितिमा गैडाकोट स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गैडाकोट नवलपरासीको नामबाट रत्ननगर–७ चितवन निवासी लक्ष्मण आचार्यको नाममा सनाखत नामसारी गरेका छन् । सो गाडीको ऋणीमा शारदा कडेल भए पनि यातायातको नियमावली अनुसार गैडाकोट सहकारी संस्थाको नामबाट ऋणी शारदा कडेलको नाममा नामसारी हुनु पर्नेमा अधिकृत कुशवाहाले नियम कानुनलाई धोती लगाउदै सहकारी संस्थाको नामबाट सिधै लक्ष्मण आचार्यको नाममा सनाखत नामसारी गरेको भेटिएको छ ।
त्यसैगरी अर्को मोटरसाईकल नम्बर ना ४४ प ३८७० को सवारीलाई मिति २०८१/११/२७ गतेमा मेघौली–८ चितवन निवासी धनमाया चौधरीको नामबाट कालिका–१ चितवन निवासी सिर्जना श्रेष्ठको नाममा सनाखत नामसारी अधिकृत कुशवाहाले गरेको पाईएको छ ।
भ्रष्टाचारबाट अकुत सम्पत्ति कमाउन सफल भएका अधिकृत कुशवाहा माथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सनाखत नामसारी, राजस्व छली लगायत सम्पत्ति शुद्धिकरणमा छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाएको भए पनि भरपर्दो तरिकाले तिब्रगतीले कारवाही प्रक्रिया अगाडि नबढदा अधिकृत कुशवाहाको भ्रष्टाचारजन्य कार्यहरु अझ नरुकेपछि सचेत नागरिकहरु दाँतले औला टोक्न बाध्य भएका छन् । समाचार स्रोत साभार - dainikbirgunj.com
जीतपुर । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ स्थित रातोपुल नजिक रहेको लामो समयदेखि सञ्चालनविहीन श्रीराम खाद्य उद्योगमा भएको चोरी प्रकरणमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। घटनामा करिब रु. ४ लाख १५ हजार मूल्य बराबरका औद्योगिक उपकरण तथा फलामजन्य सामग्री चोरी भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।
इलाका प्रहरी कार्यालय जीतपुरका अनुसार उद्योगका सञ्चालक रामबाबु प्रसाद साह कलवारले उद्योग परिसरबाट विभिन्न मेसिन र धातुजन्य सामग्री हराएको भन्दै शुक्रबार लिखित उजुरी दिएका थिए। उद्योग विगत करिब तीन वर्षदेखि बन्द अवस्थामा रहेको र परिसरमा सुरक्षा घेराबारसमेत नभएकाले चोरी हुन सहज भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
उजुरी प्राप्त भएपछि प्रहरी नायब निरीक्षक उमेश निरौलाको नेतृत्वमा परिचालित टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा ग्यासका भाँडा राख्न प्रयोग हुने १ हजार ५ सय थान चुलो बरामद गरिएको र चोरीमा संलग्न भएको आशंकामा तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा पर्नेमा जीतपुरसिमरा–५ का २२ वर्षीय बादल मियाँ, जीतपुरसिमरा–७ का ३० वर्षीय वृक्ष महतो र २८ वर्षीय राजु जैसवाल रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय जीतपुरमा राखेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रहरीका अनुसार उद्योगबाट १५ वटा विद्युतीय मोटर, एक थान प्यानल बोर्ड, चार वटा फलामका डिस्क, करिब दुई टन कवाडी फलाम, दुई थान बोरिङ, एक थान क्लच प्लेट तथा १२ भोल्ट क्षमताका दुई वटा पुराना ब्याट्री चोरी भएका छन्। चोरी भएका सामग्रीको अनुमानित मूल्य रु. ४ लाख १५ हजार रहेको प्रहरीको भनाइ छ।
प्रहरीले घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै थप अनुसन्धान जारी रहेको जनाएको छ। साथै चोरी भएका बाँकी सामग्रीको खोजी र बरामदलाई समेत प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।
रौतहट, ९ साउन।
रौतहटको फतुवा विजयपुर नगरपालिका–६ स्थित ऐतिहासिक पेटभर्वा गाउँको नाम, वडा कार्यालयको छाप र लेटरप्याड प्रयोगसम्बन्धी विवाद सर्वोच्च अदालत पुगेको छ।
प्रशासनिक तहबाट समाधान हुन नसकेको विवादमा सर्वोच्च अदालतले विपक्षीहरूलाई ‘कारण देखाऊ’ आदेश जारी गर्दै लिखित जवाफ पेश गर्न निर्देशन दिएको छ।
दर्ता नम्बर ०८३–डब्लुओ–०००८ रहेको उत्प्रेषणसम्बन्धी रिटमा रोशन आउजीसहितका स्थानीय निवेदक छन् भने जिल्ला प्रशासन कार्यालय रौतहटसहित सम्बन्धित निकाय विपक्षी छन्।
यसअघि जिल्ला प्रशासन कार्यालय रौतहटले प्रचलित कानुनअनुसार स्वीकृत नाम, छाप र लेटरप्याड मात्र प्रयोग गर्न वडा कार्यालयलाई दुई पटक निर्देशन दिँदै तीन दिनभित्र स्पष्टीकरण मागेको थियो। तर स्थानीयका अनुसार अझै पनि ‘यदुवंशीनगर’ उल्लेख भएका छाप तथा लेटरप्याडको प्रयोग रोकिएको छैन।
स्थानीयहरूको दाबीअनुसार पेटभर्वा नाम दशकौँदेखि सरकारी अभिलेख र नक्सामा कायम रहेको भए पनि २०७४ सालपछि वडा कार्यालयमा ‘यदुवंशीनगर’ नाम प्रयोग हुन थालेपछि विवाद सुरु भएको हो। विरोधपछि केही समय पेटभर्वा नाम प्रयोग गरिए पनि २०७९ को स्थानीय निर्वाचनपछि पुनः पुरानै नाम प्रयोग हुन थालेको आरोप छ।
प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सरकारी अभिलेखमा रहेको गाउँको नाम परिवर्तन गर्न मन्त्रिपरिषद्को निर्णय र कानुनी प्रक्रिया अनिवार्य हुने स्पष्ट पार्दै आएका छन्। यही कानुनी आधारमा सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।
बर्तमान वडा अध्यक्ष राम एकवाल यादव र पूर्व वडा अध्यक्ष हिरालाल यादवले गाउँको नाम परिवर्तन गर्न यस अघिनै नगर कार्यपालिका बैठकले गरेको भन्दै पेटभर्वा को स्थानमा लेटर प्याड र छापमा यदुबंशी नगर प्रयोग गर्दै आएका बताएका छ्न् ! तर जिल्ला प्रशासन बाट २ चोटि लिखित जवाब पठाउन पत्र काटे पनि जिल्ला प्रशासन रौतहटमा पत्रको जवाब लेखेर पठाएको छैन !। नामको विवादले गाउँमा दुई समुदाय बिच पटक पटक बिवाद हुँदै आएको छ।
स्थानीयहरूका अनुसार विवादले कानुनी र प्रशासनिक विषयसँगै गाउँमा सामाजिक ध्रुवीकरणसमेत बढाएको छ। अब सर्वोच्च अदालतको निर्णयले यस विवादको टुंगो लगाउने अपेक्षा गरिएको छ !
कपिलवस्तु नगरपालिका–५ बभनीस्थित आली खन्दा प्राचीन तामाका मुद्रा (सिक्का)सहितको करुवा फेला परेको छ । करुवाभित्र २ हजार ३ सय १४ थान तामाका सिक्का भेटिएका छन् । सबै मुद्राको तौल ७ किलो ३४ ग्राम रहेको छ ।
स्थानीय रामराज यादवको खेतमा आली खन्ने क्रममा प्राचीन तामाका मुद्रासहितको करुवा फेला परेको हो । डेढ साताअघि करुवासहित तामाका मुद्रा पाएपछि यादवले छिमेकी रोहित कोरीलाई दिएका थिए । उनले एक सातासम्म करुवासहितको मुद्रा राखेपछि गाउँमा हल्ला फैलियो ।
पुरातात्विक बस्तु घरमा राख्न हुँदैन्, सरकारलाई नदिए कारवाही हुन्छ भन्ने हल्ला फैलिएपछि कोरीले गाउँकै पोखरी डिलमा लगेर राखेका थिए । पोखरी किनारमा करुवा रहेको सूचना पाएपछि उक्त वडाका अध्यक्ष दिरेपकुमार चौधरीले प्रहरीलाई खबर गरेका थिए ।
साउन ४ मा प्रहरी पुगेर मुद्रासहितको करुवा जिल्ला प्रहरी कार्यालय लगिएको थियो । करुवाभित्र सिक्का टाँसिएर रहेकाले निकाल्न निकै समस्या भएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक दीपक कुँवरले सुनाए । कपिलवस्तु संग्रहालयका कर्मचारीलाई बोलाएर करुवाभित्रका सिक्का निकालिएको उनले बताए । वर्षौंसम्म माटोभित्र रहेकाले खिया लागेको र रंग फेरिँदा सिक्काको स्वरुप
सप्तरी । सिरहाको लहानस्थित हस्पिटल चोकमा बिहीबार दिउँसो गोली चलाएर लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले ५ नेपाली र १ भारतीयलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका व्यक्तिमध्ये सप्तरीका दुई जनाविरुद्ध गम्भीर आपराधिक मुद्दा रहेको खुलेको छ । पक्राउ परेकामध्ये एकजना कारागारबाट फरार कैदी रहेका छन् भने अर्काविरुद्ध ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेकामध्ये सप्तरीको रुपनी गाउँपालिका-१ निवासी ४२ वर्षीय महम्द नाजिर मियाँ ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई २०८० साउन ३२ गते सप्तरी जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय सुनाइएका व्यक्ति रहेको खुलेको छ । उनी झुम्का कारागारमा कैद सजाय भोगिरहेका बेला २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
त्यसैगरी बोदे बर्साइन नगरपालिका-२ नेङ्गडा टोल निवासी शम्भु प्रसाद यादवविरुद्ध इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीमा ज्यान मार्ने उद्योगका दुई मुद्दा दर्ता रहेको जिल्ला प्रहरी कार्यालय सिरहा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए। उनीविरुद्ध २०७७ साउन १३ गते र २०८२ फागुन ५ गते उक्त कसुरमा मुद्दा दर्ता भए पनि हालसम्म फरार रहेका थिए।
प्रहरीले उनीहरूसँगै बोदे बर्साइन-२ का २४ वर्षीय बैजनाथ प्रसाद यादव, डाक्नेश्वरी नगरपालिका–२ का २८ वर्षीय जमाहिर आलम, ३२ वर्षीय मो. इमामुद्दिन तथा भारत, बिहारका २२ वर्षीय विद्यानन्द यादवलाई पनि पक्राउ गरेको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट २४३ ग्राम ब्राउन सुगर बरामद भएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
- नारायणी अस्पताल घटना: पाँच स्वास्थ्यकर्मी जिम्मेवारीबाट हटाइए, ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति गठन
- कुखुरा फार्मको कारोबारको आडमा लागु औषधको कारोबार ,सर्लाहीमा कुखुरा फार्मबाट ३३० केजी गाँजासहित एक पक्राउ।
- नारायणी अस्पतालमा उपचार नपाउँदा ४५ वर्षीय युवाको मृत्यु भएको आरोप, मेसुको राजीनामा माग
- Human Love Charity Fund को पहलमा जगरनाथपुरमा महिनावारी स्वास्थ्य सचेतना तथा स्यानिटरी प्याड वितरण कार्यक्रम सम्पन्न
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
