पर्सा , साउन २३ –
पर्साको जिराभवानी गाउँपालिका–४ भवानीपुरस्थित फिल्डमा जग्गा तथा श्मशान घाट जाने बाटोको विषयमा भएको विवादले हिंसात्मक रूप लिँदा चार जना घाइते भएका छन्।
गत असार २१ गते संविधानसभा सदस्य जयप्रकाश थारु र जिराभवानी गाउँपालिकाकी पूर्वउपाध्यक्ष उषा देवी थारुनीको उपस्थितिमा वृक्षरोपण गरिएको स्थान नजिकै रहेको श्मशान घाट जाने बाटोको विषयमा विवाद सुरु भएको स्थानीयले बताएका छन्।
स्थानीयका अनुसार ऐलानी जग्गाको नापी तथा नक्सांकन गरी नयाँ बाटो निकाल्ने क्रममा पुरानो बाटो मिचिएको आरोप लागेपछि दुई पक्षबीच विवाद बढेको हो।
सोही विषयलाई लिएर शुक्रबार बिहान करिब ९ बजे पूर्वसंविधानसभा सदस्य थारुसहितको टोली र जगरनाथपुर गाउँपालिका–३ बडगो टोलका स्थानीयबीच विवाद तथा झडप भएको प्रहरीले जनाएको छ।
झडपमा जगरनाथपुर गाउँपालिका–३ बडगो खेखरिया टोलकी ५० वर्षीया अमिता महरा, ३० वर्षीय कर्ण हजरा, ४५ वर्षीया कान्ती देवी र २५ वर्षीय रितेश राम घाइते भएका छन्। अमिता महराको छाती, कर्ण हजराको काँध, कान्ती देवीको दुवै हात तथा रितेश रामको बायाँ पाखुरा र बायाँ गालामा चोट लागेको प्रहरीले जनाएको छ।
घाइते चारै जनाको अवस्था सामान्य रहेको र थप उपचारका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि स्थिति नियन्त्रणमा लिन अस्थायी प्रहरी पोष्ट सुपौलीबाट प्रहरी सहायक निरीक्षक राजदेव प्रसाद यादवको कमाण्डमा तीन जना तथा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक समुन्नत अधिकारीको कमाण्डमा २० जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरी टोली पुगेपछि झडपमा संलग्न तथा घटनास्थलमा भेला भएका मानिसहरू तितरबितर भएर घर फर्किएका थिए। हाल घटनास्थलमा थप सुरक्षा व्यवस्था कडा पारिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं, साउन २२ — मध्यरातको निस्तब्धतालाई चिर्दै सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा खसेको सुख्खा पहिरोले सशस्त्र प्रहरी बलको सीमा सुरक्षा बेस (बीओपी) मा व्यापक भौतिक क्षति पुर्याएको छ। सीमाको सुरक्षामा अहोरात्र खटिएका सुरक्षाकर्मीको कार्यस्थल नै क्षतिग्रस्त हुँदा घटनाले सबैलाई स्तब्ध बनाएको छ।
सशस्त्र प्रहरीका अनुसार गएराति करिब १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २००–३०० मिटर अग्लो डाँडाबाट अचानक सुख्खा पहिरो झरेको थियो। पहिरोसँगै वेगका साथ झरेका ठूला ढुंगाहरू बीओपी परिसरमा खस्दा ब्यारेक, ड्युटी पोस्ट र अन्य संरचनामा क्षति पुगेको हो।
पहिरोका कारण पहिलो लाइन ब्यारेकको झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्ता चर्किनुका साथै जस्ताको छानामा प्वाल परेको छ। एउटा ड्युटी पोस्ट पूर्ण रूपमा ध्वस्त भएको छ भने अर्को आंशिक रूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डा राखिएको पोलसमेत पहिरोको प्रहारबाट ढलेको छ। बाथरुम, जिन्सी स्टोर भवन र मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा पनि उल्लेखनीय क्षति पुगेको छ।
राहतको कुरा, यति ठूलो प्राकृतिक विपत्तिका बीच कुनै मानवीय क्षति नभएको सशस्त्र प्रहरीले जनाएको छ। सीमाको सुरक्षाका लागि निरन्तर डटिरहेका सुरक्षाकर्मीहरू सुरक्षित रहनु नै यस घटनाको सबैभन्दा ठूलो सुखद पक्ष बनेको छ।
प्राकृतिक विपत्तिसँग जुध्दै राष्ट्रको सीमा सुरक्षा गरिरहेका सुरक्षाकर्मीहरूको साहस र समर्पणले फेरि एकपटक कठिन परिस्थितिमा पनि कर्तव्यप्रतिको अडिग प्रतिबद्धता उजागर गरेको छ।
प्रिन्स मिश्रा,कपिलवस्तु २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिकामा भारतबाट अवैध रूपमा भन्सार छली गरी नेपालतर्फ ल्याइँदै गरिएका ८० वटा खसीबोका सशस्त्र प्रहरीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बीओपी) जवा बैराठबाट सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर बोहराको कमाण्डमा खटिएको टोलीले शुक्रबार विजयनगर गाउँपालिका–१ स्थित नयाँ गाउँको दशगजा क्षेत्रबाट उक्त खसीबोका बरामद गरेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका ८० वटा खसीबोकाको अनुमानित मूल्य रु. ८ लाख ३२ हजार ५०० रहेको छ। प्रहरी टोली घटनास्थलमा पुगेपछि खसीबोका ल्याइरहेका व्यक्तिहरू पशुहरू छाडेर भारततर्फ फरार भएका थिए।
बरामद खसीबोकालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
बारा। जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) नारायण लुइटेलमाथि तस्करी, अवैध असुली, जुवा तथा हुन्डी कारोबारलाई संरक्षण दिएको आरोप छ।
प्राप्त विवरणअनुसार सई लुइटेलको दरबन्दी जिल्ला प्रहरी कार्यालय पर्सामा रहे पनि उनी पछिल्लो करिब एक वर्षदेखि जिल्ला प्रहरी कार्यालय बारामा काजमा कार्यरत छन्। बारामा काजमा आएलगत्तै उनी पर्सासँग जोडिएको नाका प्रहरी चौकी मुसहर्वाको इन्चार्ज गएका थिए।
तत्कालीन मानवस्रोत विभागका एआईजी राजन अधिकारीको प्रभावमा उनी उक्त जिम्मेवारीमा पुगेको तथा त्यसक्रममा सादा पोसाकमा प्रहरी परिचालन गरी सीमावर्ती क्षेत्रमा तस्करीसँग सम्बन्धित गतिविधिमा लागेका थिए। प्रहरी जवान फुलसरिफ आलमलाई सादा पोसाकमा खटाई तस्करहरूसँग समन्वय गरी अवैध असुली गरेको दाबी छ।
यस्तै, एआईजी अधिकारी कोशी प्रदेश प्रहरी प्रमुख रहँदासमेत सई लुइटेल उनीसँगै सादा पोसाकमा कार्यरत रहेको र त्यसैको प्रभावका आधारमा बारामा समेत आर्थिक चलखेललाई निरन्तरता दिएको आरोप लगाइएको छ।
सई लुईंटेल हाल सादा पोसाकका इन्चार्ज हुन्। बाराका प्रमुख नरेन्द्र कुँवरले सई लुईंटेललाई केही दिनअघि मात्र पूर्ण रुपमा क्राइमको इन्चार्जको जिम्मेवारी दिएका हुन्। त्यसअघि पनि सादा पोसाकमै खटिएर काम गरेका लुईंटेल क्राइम इन्चार्जको जिम्मेवारी आएपछि तस्करी, जुवा र हुन्डी मौलाएको हो।
सार्वजनिक आरोपमा बारा जिल्लामा केही व्यक्तिहरूको संलग्नतामा हुन्डी कारोबार सञ्चालन भइरहेको, त्यसबाट मासिक रकम असुली हुने तथा त्यसमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही सदस्यको समेत मिलेमतो रहेको बताइन्छ।
यस्तै, जिल्लामा जुवा अखडा सञ्चालन भइरहेको र त्यसबाट विभिन्न तहका प्रहरी अधिकारीसम्म रकम पुग्ने आरोप पनि लगाइएको छ।
सई लुईंटेलकै संरक्षणमा बारामा आनन्द र सुबोध भन्नीको हुन्डी कारोबारी चलिरहेको बताइन्छ। जसबाट महिनाको लाखौं रुपैयाँसम्म लिने गरेको आरोप छ। यसमा सशस्त्र प्रहरीको समेत मिलेमतो रहेको छ।
त्यस्तै बारामा शंकर भन्नीको जुवा पनि संचालन भइरहेको छ। जसमा एसपीलाई छुट्टै भाग राखेर आफूले पनि छुट्टै भाग लिने गरेको आरोप छ।
आरोपमा सई लुइटेलको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख नरेन्द्र कुँवर तथा उच्च प्रहरी अधिकारीहरूसँग निकट सम्बन्ध रहेको दाबी गर्दै त्यसकै आडमा उनी प्रभावशाली रूपमा प्रस्तुत हुने गरेको उल्लेख छ। सईं लुईंटेलले आफ्नो एसपीसँग मात्र नभएर डिआईजीसम्म सम्बन्ध राम्रो भएको बताउँदै हिँड्ने गरेको खुलेको छ।
केही दिनअघि गृहमन्त्री सुधन गुरुगं बाराको विभिन्न सीमा नाका पुगेर तस्करी पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपनि बारामा झनै तस्करी, हुन्डी र जुवा संचालन मौलाएको हो।
यसैबीच, इलाका प्रहरी कार्यालय सिम्रौनगढका इन्स्पेक्टर किसुनदेव शाह अर्थात केडी शाहमाथि पनि आफ्नो कार्यक्षेत्रमा तस्करी, जुवा तथा हुन्डी कारोबारलाई संरक्षण दिएको आरोप छ। अझ लागूऔषध ओसारपोसार झनै मौलाएको पाइएको छ। समाचार स्रोत साभार -scoopkhabar
वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर २५ निवासी मुकेश पटेललाई सोही वडा निवासी आनन्द चतुर्वेदीले बुधवार साझ निर्धात कुटपिट गरेका छन् । गाउमै बुधबार कुटिएका पटेल उपचारका लागि वीरगन्ज स्थित नारायणी अस्पतालको आकस्मिक कक्ष पुगेका थिए ।
अस्पतालका चिकित्कसका अनुसार पटेलको छाती, पिठ्यु, हात र खट्टामा चोट लागेको छ । पटेललाई कुटने आनन्द २५ नम्बर वडाका अध्यक्ष आशुतोष चतुर्वेदीका भाई हुन् ।
पुरानो रिसिबीका कारण चतुर्वेदीले मुक्का र हेल्मेटले निर्धात कुटपिट गरेको पटेलले बताएका छन् । हेल्मेटको प्रहारले पटेलको शरिरको विभिन्न भागमा चोट लागेको छ । हात र खुट्टाबाट रगताम्मे भएका छन् ।
वडाध्यक्षको भाई भएका कारणले उनीहरुको प्रहरी प्रशासनमा राम्रो पकड छ, पटेलले भने, मलाई न्याय चाहिएको छ । उनीहरुको अगाडि म कमजोर छु । स्थानीयले हस्तक्षेप गरेर चतुर्वेदीलाई नरोकेको भए मलाई अझ कुट्थे ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
