काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव मोहम्मद गोलाम सरवारले बुधबार भेट गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा उनीहरूबीच दक्षिण एसियाली क्षेत्रीय सहकार्यलाई थप प्रभावकारी र सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
भेटमा क्षेत्रीय साझेदारी, आपसी सहकार्य तथा सार्कको भूमिकालाई अझ सक्रिय बनाउने विषयमा समेत विचार आदानप्रदान भएको बताइएको छ ।
रामकोट– तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ । बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ ।
समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको यो गाउँ मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको छ । पुरानो ढुङ्गाले छाएका घर तथा आँगन, गाउँका गल्ली तथा चोकका बाटाहरू । स्थानीयवासीले सरसफाइमा देखाएको अग्रसरताले यहाँको सौन्दर्यता अझै चुलिएको छ । जीवन्त ग्रामीण परिवेश, मौलिक रहनसन, कला संस्कृति अनुभव बटुल्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् ।
मनोरम शान्त वातावरण र मौलिकता युक्त गाउँले जीवनको प्रत्यक्ष अनुभव लिन आउन चाहने जो कोहीलाई यो गाउँ पुग्नैपर्ने गन्तव्यका रुपमा विकास भइरहेको छ । मगर समुदायको बाहुल्यता रहेको यस गाउँमा कूल ९५ घरधुरी रहेकोमा ४५ घरधुरीले अहिले सामूहिक रुपमा घरवास (होमस्टे) सञ्चालन गरिरहेका छन् ।
गाउँमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई स्थानीले दिने गरेको आतिथ्यताले यस ठाउँप्रतिको आकर्षण बढ्दो क्रममा रहेको रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले बताए। सुरुमा २०७६ सालमा १४ घरधुरीबाट घरवास कार्यक्रम सुरु गरिएकामा उक्त सङ्ख्या बढेर ४५ घरमा पुगेको उनले बताए।
प्रकृति र संस्कृतिको अनुपम सङ्गमजस्तै रहेको रामकोटमा मगर संस्कृतिका विविधता एक साथ अवलोकन गर्न पाइन्छ । गाउँमा आउने पर्यटकहरूलाई मगर समुदायको मौलिकता झल्काउने झ्याउरे, कौरा, चुड्काजस्ता विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गदै मनोरञ्जन गराउने गरिएको छ ।
मगर संस्कृतिको जगेर्नासँगै स्थानीयको आयआर्जनसमेत बढाउने उद्देश्यले गाउँमा घरवास सुरु गरिएको बताउँदै उनले यसलाई समयसापेक्ष रुपमा थप परिमार्जन र विकास गर्दै लैजाने सोच राखिएको जानकारी दिए ।
गाउँमा आएका पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यतासँगै खानपानलाई रुचाउने गरेको घरवास सञ्चालक मनमाया थापा बताउँछन्।
‘गाउँमा आएका पर्यटकले यहाँको प्रकृति, संस्कृतिसँगै न्यानो आतिथ्यताको प्रशंसा गरेर फर्कने गरेका छन्’, उनले भने, ‘हामीले पर्यटकलाई यामअनुसार गाउँमा नै उत्पादन हुने तरकारी तथा स्थानीय चामल, रैथाने अन्य वस्तुहरूसँगै खसी तथा कुखुराको मासु खुवाउने गरेका छौँ ।’
घरवास सञ्चालनले स्थानीवासीको जीवनशैलीमा समेत परिवर्तन आएको अर्का होमस्टे सञ्चालक बिहीसरा आलेले बताए। घरवासले आयआर्जनसँगै स्वरोजगारी अभिवृद्धि गरिरहेको बताउँदै उनले यसमा स्थानीयवासीको जागरुतासमेत बढिरहेको बताए। आफूहरूको प्रयासमा राज्यका तर्फबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।
गाउँपालिकाले यस वर्ष सुरुमा घरवास सञ्चालन भएका केही घरको आँगनमा ढुङ्गा बिच्छ्याउनका लागि रु आठ लाख विनियोजन भई काम अघि बढ्न लागेको उनले बताए। उनका अनुसार पछिल्लो समयमा बन्दीपुरमा आएका पर्यटकहरू रामकोट आउने क्रम बढिरहेको छ । बन्दीपुरमा सञ्चालित भिलेज सफारीका कारण पनि यहाँ आउने पर्यटककको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।
जङ्गल सफारीमा प्रयोग गरिनेजस्तै सवारीसाधन प्रयोग गरेर बन्दीपुर र आसपासका गाउँमा पर्यटकहरूलाई पुर्याउने गरिएको भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जानकारी दिए । पर्यटककको इच्छाअनुसार उनीहरूलाई ग्रामीण परिवेशको अवलोकन गराउन गाउँगाउँमा पुर्याउने गरिएको उनको भनाइ छ ।
विगतमा परम्परागत कृषिमा मात्रै रुमल्लिएको स्थानीयवासीको जीवन घरवास सञ्चालनसँगै परिवर्तन भएको घरवास सञ्चालहकहरू बताउँछन् । यहाँबाट बन्दीपुरसँगै केशवटार, छाब्दी बराहीजस्ता गन्तव्यहरूमा जान सकिन्छ ।
गाउँ पर्यटनको प्रवद्र्धन र विकासको लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजना एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा हालै बन्दीपुरमा गाउँ पर्यटन मार्ट २०८३ सम्पन्न गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिए।
मार्टका अवसरमा बन्दीपुर आसपासमा रहेका रामकोट, रुम्सीजस्ता गाउँमा सञ्चारकर्मी तथा पर्यटन व्यवसायीलाई सहभागी गराएर परिचयात्मक भ्रमणसमेत गराइएको उनले बताए। मार्टमार्फत गाउँहरूको परिचयात्मक भ्रमणसँगै घरवासहरूहरूबीच व्यावसायिक साझेदारी बढ्ने विश्वास लिइएको उनले बताए।
मार्टका अवसरमा ‘समृद्ध गाउँ, सशक्त पर्यटन’को लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित जारी गरिएको १० बुँदे घोषणापत्रमा गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । उक्त मार्टमा रामकोट होमस्टेसहित गण्डकी प्रदेशका ३० वटा होमस्टेहरू सहभागी भएका थिए ।
घोषणपत्रमा होमस्टेहरूमा स्वच्छता, आतिथ्य र सेवा गुणस्तर सुधार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै स्थानीय उत्पादन, कृषि र हस्तकलालाई पर्यटनसँग जोड्दै आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्ने रणनीति अपनाइने भनिएको छ ।
गाउँ पर्यटनमा युवाहरूको सहभागिता बढाउन रोजगारी तथा उद्यमशीलताका अवसरहरू सिर्जना गरिने प्रतिबद्धता व्यक्त गर्दै गाउँ पर्यटन गन्तव्यहरूबीच आन्तरिक पर्यटन प्रवद्र्धन र सहकार्य विस्तार गर्दै संयुक्त ‘प्याकेज’ तथा कार्यक्रमहरू विकास गरिने जनाइएको छ ।
सम्भावना युक्त गाउँलाई गाउँ पर्यटनका माध्यमबाट जोड्दै अघि बढ्नु आवश्यक भएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटा बताउँछन्।
काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घको नवनिर्वाचित कार्यसमितिले कार्यभार सम्हालेको छ । महासङ्घको वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानअनुसार अञ्जन श्रेष्ठ उक्त संस्थाको नेतृत्वमा पुगेका हुन्।
अध्यक्ष श्रेष्ठसँगै निर्वाचित पदाधिकारीले कार्यभार सम्हालेका हुन् । निजी क्षेत्रको मनोबल बढाउने वातावरण निर्माण गर्न सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने पदबहालीपछि अध्यक्ष श्रेष्ठले बताएका छन् ।
क सङ्क्षिप्त कार्यक्रममा पद हस्तान्तरण गरेका हुन् ।
काठमाडौं– दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार मेला २०६२’ सुरु भएको छ ।
प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा सुरु भएको सो मेलामा नेपाल, भारत, बङ्गलादेश, भुटान, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानस्तानका व्यावसायिक समूहको सहभागिता रहेको छ । यही वैशाख २८ गतेसम्म चल्ने सो मेलाको यहाँस्थित विभिन्न देशका राजदूत र उद्योगी व्यवसायीहरूले संयुक्तरुपमा उद्घाटन गरे।
इन्ट्रोडक्शन ट्रेड शोज नेपालको व्यवस्थापनमा सुरु उक्त मेला बंगलादेशको उद्योग मन्त्रालय तथा एक्सपोर्ट प्रोमोसन ब्यूरोको सहकार्यमा सञ्चालन भएको हो । मेलालाई भुटानको उद्योग, वाणिज्य तथा रोजगारी मन्त्रालयले समर्थन गरेको छ ।
विभिन्न देशको ‘पेभिलियन’राखिएको सो मेलामा सार्क क्षेत्रका पाँच हजारभन्दा बढी उद्यमी व्यवसायी तथा एक लाख बढी स्थानीय अवलोकनकर्ता सहभागी हुने अनुमान गरिएको छ । प्रदर्शनीले निकासीयोग्य वस्तुको प्रवर्द्धन र व्यापारिक समुदायलाई प्रोत्साहन गर्ने विश्वास राखिएको छ ।
प्रदर्शनीमा घरेलु तथा हस्तकलाका सामग्री, रैथाने खाद्यवस्तु, तयारी पोशाक र सौन्दर्य सामग्री, फर्निचर, कृषि उत्पादन, सूचना प्रविधि, घरेलु उपकरण, विद्युतीय सवारी साधनलगायतका सामग्री राखिएको मेला संयोजक सुमन महर्जनले जानकारी दिए ।
प्रदर्शनीले उत्पादन तथा सेवाको प्रवर्द्धन, बजार सम्भाव्यता अध्ययन, तथा क्रेता–बिक्रेता बीच सहकार्य विस्तार तथा विभिन्न देशबीच व्यापारिक सम्बन्धलाई मजबुत बनाउने सघाउने अपेक्षा गरिएको उनको भनाइ छ ।
काठमाडौं– सरकारले खोला किनारका सुकुम्वासी बस्ती हटाएपछि सयौँ परिवार अहिले उपत्यकाको विभिन्न होल्डिङ सेन्टरमा बस्न बाध्य भएका छन् । यसरी होल्डिङ सेन्टरमा बस्दै आएकाहरूले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
होल्डिङ सेन्टरमा खाना बस्न राम्रो भए पनि उनीहरूको मन त्यहाँ अडिन सकेको छैन । बस्दै आएको घरमा डोजर चले पछि होल्डिङ सेन्टरमै बस्दै आएका उनीहरूलाई सरकारले छिटो उचित बसोबास व्यवस्था गर्नु पर्ने माग राख्दै आएका छन् ।
सरकारले घर टहरा भत्काउनुअघि पर्याप्त सूचना वा समय नदिएको उनीहरूको गुनासो समेत छ । ‘कम्तीमा केही दिन समय दिएको भए सामान निकाल्न सक्थ्यौँ,’ भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र होल्डिङ सेन्टरमा बस्दै आएकी ७१ वर्षीय कान्छी थापाले बताइन् ।
पुरानो ठेगाना धादिङ भए पनि २०-२२ वर्ष देखि गैरीगाउँको सुकुम्वासी बस्ती नै उनको स्थायी ठेगाना थियो, त्यहाँ डोजर चलेसँगै उनी अहिले घरबार र ठेगानाविहीन भएकी छन् । उनीसँग अहिले ज्यानको एक सरो लुगा बाहेक केही छैन ।
सानोतिनो व्यापार गरेर दुःख सुख गरी बनाएको टहरामा डोजर चल्दा होल्डिङ सेन्टरको कोठा अहिले उनको ठेगाना भएको छ । उनी भन्छिन्, ‘सरकारले तत्काल उचित बसोबास र रोजगारीको व्यवस्था मिलाइदिन पर्यो । यसरी घरबार विहीन बनाउनु हामी अन्य देशको नागरिक हो र, नेपालीको नागरिक भएर जाने कहाँ ?’
शंखमुलबाट विस्थापित भएका वीर बहादुर तामाङका बुबा २०३० सालमा शंखमुल बस्तीमा बस्न पुगेका थिए । वीर बहादुरले आफ्ना बुबा आमा त्यही बितेका थिए, बुबाआमाको काजक्रिया त्यही गरेका वीर बहादुरले अहिले घर विहीन भएका छन् ।
सानै भए पनि दुःख गरी बनाएको घरमा डोजर चल्दा उनीहरूको परिवार नै छुट्टिएर बस्नु परेको छ । छोराछोरी, नातिनातिना र पनेसनातिना गरी १३ जनाको परिवार । रहेको वीर बहादुरको छोरा बुहारी र नातिनातिना ललितपुरको लुभु तिर कोठा खोजी बस्ने गएको उनले बताए ।
सुकुम्वासीलाई कोठा पाउन पनि गाह्रो काठमाडौंमा त्यसैलाई उनीहरू लुभु गएको जानकारी दिए। परिवारसँग हाँसी खुसी बस्दै आएका वीर बहादुरले र सानु मायालाई होल्डिङ सेन्टरको कोठामा त्यति निन्द्रा पर्दैन, नातिनातिनाको याद र भविष्यको चिन्तालाई उनीहरूलाई सुत्न दिँदैन ।
वर्षौँदेखि खोलाकिनारमा बस्दै आएका यी परिवारहरू आफूहरू बाध्यतावश त्यहाँ बस्नुपरेको बताउँछन् । ‘हामी रहरले बसेका होइनौँ, विकल्प नभएर बसेका थियौँ,’ बल्खुबाट विस्थापित भएकी मञ्जु तामाङले भनिन् ।
श्रीमानले अर्को विवाह गरे पछि तीन सन्तान हुर्काउन कै लागि २ वर्ष इराक र ५ वर्ष साउदी बसेकी मञ्जुले कमाएको जति सबै घर बनाउनको लागि खर्च गरेकी थिइन्, अहिले उनीसँग केही छैन ।
बुबा आमा बितेपछि एक्ली भएकी गीता तामाङ होल्डिङ सेन्टरमा प्राय निराश देखिन्छिन् । उमेरले ५६ वर्ष टेकी सक्दा पनि उनको नागरिकता अझै सम्म बनेको छैन । बल्खु बस्तीबाट विस्थापित उनले उनी जस्ता गरिब, बेसाहारा नागरिकलाई उचित व्यवस्था गरी दिन सरकारसँग माग गर्छिन् ।
टेकु बंशिघाटबाट विस्थापित ८१ वर्षीय जगत सुनार र उनको श्रीमती ७६ वर्षीय लक्ष्मी सुनारको माग सरकारले छिटो र उचित व्यवस्थापनको छ । २०५९ सालदेखि त्यहाँ बस्दै उनीहरू अहिले घर विहीन भएका छन् ।
बल्खु सुकुम्वासी बस्तीबाट विस्थापित रोजिना खातुन अहिले २५ वर्षकी भइन् । सानै उमेरमा बुबा गुमाएकी उनको अहिले सम्म नागरिकता बन्न सकेको छैन । दुःख सुख गरी आमाले ११ कक्षासम्म पढाएको उनले बताइन् । पढाई बीचमै छाडी काम गरी आमाको सहरा बन्ने सोच रहे पनि राम्रो काम पाउन नसकेको उनले बताइन् ।
नागरिकता पनि छैन, त्यसैले पनि काम पाउन मुस्किल भएको उनले भनिन् । कवाडीको काम गर्दै आएको उनको परिवार अहिले होल्डिङ सेन्टरमा घर र रोजगार विहीन भएका छन् ।
यसरी सुकुम्वासी बस्तीबाट विस्थापित भएका धेरैजसो परिवारमा साना बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी सदस्य रहेका छन् । केहीले दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएका थिए भने कतिपय साना पसल वा ठेला व्यवसायमा निर्भर थिए । बस्ती हटाइएपछि उनीहरूको आयआर्जनसमेत पूर्ण रूपमा रोकिएको छ
उनीहरूको मुख्य मागमा तत्काल अस्थायी आवास (टहरा वा शिविर), खाद्यान्न तथा आधारभूत सेवा, दीर्घकालीन रूपमा सानो जग्गा उपलब्ध गराई पुनर्स्थापना, र जीविकोपार्जनका लागि रोजगारी वा साना व्यवसायमा सहुलियतपूर्ण ऋण समावेश छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
- चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष चयन प्रक्रिया औपचारिक रूपमा सुरु
- चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमै ६ वटा पाटेबाघ मृत फेला
- भन्सारमा रोकिएका मालवाहक सवारी छुट्न थाले, सरकार र व्यवसायीबीच सहमति
- .. मधेस सरकारबाट जनमत पार्टीको... जनकपुर,२४ वैशाख । मधेस प्रदेश सरकारको सत्ता समीकरणमा नयाँ मोड आएको छ। जनमत पार्टीले... अझै दुई हप्ता वर्षा... काठमाडौं,२४ वैशाख । काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा जारी वर्षा र बदलीको क्रम अझै... संघीयता खारेज
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३