वीरगंज, १५ असार
वीरगन्ज महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाको आयोजनामा २३ औँ राष्ट्रिय धान दिवस असार १५, दही चिउरा खाने तथा धान रोपाइँ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। यस वर्ष “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने मूल नाराका साथ यो दिवस मनाइएको हो।
कार्यक्रम वीरगंज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। खेतमा पुगेर धान रोपाइँ कार्यक्रमको शुभारम्भ गर्दै कार्यवाहक नगर प्रमुख आलमले बढ्दो जलवायु परिवर्तनको समयमा आधुनिक र जलवायुमैत्री प्रविधिको प्रयोग गरेर मात्र धान उत्पादन बढाउन सकिने कुरामा जोड दिनुभयो। उहाँले नगरका किसानहरूलाई प्रविधिको पहुँचमा पुर्याउन र कृषिमा आत्मनिर्भर बनाउन महानगरपालिकाले विशेष प्राथमिकता दिएको बताउनुभयो।
महानगरपालिकाको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखाले स्थानीय तहमा कृषिको आधुनिकीकरणलाई प्रोत्साहन गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको हो। असार १५ को मौलिक परम्परालाई जोगाउँदै व्यावसायिक कृषितर्फ अघि बढ्न यस कार्यक्रमले स्थानीय कृषकहरूलाई थप ऊर्जा दिएको छ।
कार्यक्रममा महानगरका कर्मचारी, कृषि विज्ञ, स्थानीय जनप्रतिनिधि तथा कृषकहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले खेतमा धान रोप्नुका साथै असार १५ को परम्परा अनुसार सामूहिक रूपमा दही चिउरा खाएर एकापसमा शुभकामना साटासाट गर्दै हर्षोल्लासका साथ दिवस मनाएका थिए।
अमेरिका र इरानबीच होर्मुज स्ट्रेटमा शुक्रबार राति थप आक्रमण-प्रत्याक्रमण भएको छ। यसले दुई देशबीच जारी अस्थिर युद्धविरामलाई थप कमजोर बनाएको छ। द्वन्द्व सुरु भएको आज १२० औँ दिन पुगेको छ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले शुक्रबार इरानको मिसाइल तथा ड्रोन भण्डारण स्थल र समुद्रतटीय रडार प्रणालीमाथि आक्रमण गरेको जनाएको छ। यो आक्रमण एक दिनअघि एक मालवाहक जहाजमाथि भएको ड्रोन हमलाको प्रतिकार थियो भनिएको छ। उता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले उक्त क्षेत्रमा रहेका अमेरिकी सैनिक अखडाहरूमा जवाफी आक्रमण गरेको दाबी गरेको छ।
दुई देशबीचको यो तनाव फेब्रुअरी महिनाको अन्त्यतिर सुरु भएको युद्धपछिको परिणाम हो। अमेरिका र इरानले १७ जुनमा १४ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरी युद्धविराम गरेका थिए। उक्त समझदारीअनुसार इरानले ६० दिनसम्म व्यापारिक जहाजहरूलाई कुनै शुल्क नलिई सुरक्षित आवतजावत सुनिश्चित गर्ने प्रतिबद्धता जनाएको थियो।
बिहीबार एक अज्ञात क्षेप्यास्त्र (प्रक्षेपास्त्र) ले सिङ्गापुरको झन्डा फहराएको मालवाहक जहाज ‘एभर लभली’ मा आक्रमण गरेको थियो। यो जहाज एभरग्रिनको स्वामित्वमा रहेको छ। बेलायती सामुद्रिक सुरक्षा निकाय युकेएमटीओका अनुसार यो जहाज ओमानको दाहित बन्दरगाहबाट करिब ७.५ नटिकल माइल दक्षिणपूर्वमा हमलामा परेको थियो।
सरसफाइकर्मीको आन्दोलनबारे कार्यवाहक नगर प्रमुख इम्तिज आलमद्वारा तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
तलब वृद्धि लगायतका माग राख्दै बिरगञ्जका सरसफाइ कर्मीहरूले आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनका क्रममा घण्टाघर चोक र महानगरको मूल गेट अगाडि फोहोर थुपारेर विरोध जनाइएका छन् । घटनालाई गम्भीर रूपमा लिँदै कार्यवाहक नगर प्रमुख इम्तियाज आलमले ठेकेदार शिव गुप्तालाई सरसफाइकर्मीका जायज मागबारे तत्काल छलफल गरी छिटो समाधान गर्न निर्देशन दिएका छन्। साथै, नगरवासीलाई सास्ती नहोस् र नियमित सरसफाइ प्रभावित नहोस् भनी महानगरले आवश्यक पहल गरिरहेको जनाएको छ । सरसफाइकर्मीको आन्दोलनबारे कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको चासो, तत्काल समाधान गर्न निर्देशन दिएका छन् ।
वीरगञ्ज,महानगरपालिकमा कार्यरत सरसफाइकर्मीहरूले तलब वृद्धि, श्रमअनुसारको पारिश्रमिक तथा कामका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन माग गर्दै, आज, आइतबारदेखि आन्दोलन सुरु गरेका छन् । आफ्ना मागप्रति सम्बन्धित निकायले लामो समयसम्म बेवास्ता गरेको भन्दै उनीहरूले आन्दोलन गरेको बताएका छन् ।
आन्दोलनका क्रममा सरसफाइकर्मीहरूले वीरगञ्जको घण्टाघर चोक तथा महानगरपालिकाको मूल प्रवेशद्वार अगाडि फोहोर थुपारेर सांकेतिक विरोध प्रदर्शन गरेका थिए। आन्दोलनका कारण केही समय महानगर क्षेत्रको सरसफाइ सेवा प्रभावित भएको थियो, भने सर्वसाधारणले समेत असहजता महसुस गरेका थिए । आन्दोलनरत सरसफाइकर्मीहरूले हाल आफूहरूलाई मासिक ९ हजार रुपैयाँ मात्र तलब प्रदान गरिएको गुनासो पोखेका छन् । बढ्दो महँगीका बीच उक्त पारिश्रमिकले परिवारको जीविकोपार्जन गर्न अत्यन्त कठिन भएको उनीहरूको भनाइ रहेको छ । उनीहरूले श्रमको उचित मूल्याङ्कन गर्दै तलब वृद्धि गर्न माग गरेका जनाएको छन्।
त्यसैगरी, दैनिक रूपमा फोहोर व्यवस्थापनजस्तो जोखिमयुक्त कार्यमा संलग्न हुँदा पनि आवश्यक पञ्जा, सुरक्षा जुत्ता, मास्क, झाडु, कोदालो लगायतका सुरक्षा सामग्री समयमै उपलब्ध नगराइएको सरसफाइकर्मीहरूको आरोप रहेको छ । पर्याप्त सुरक्षा सामग्रीको अभावमा काम गर्नुपर्दा स्वास्थ्यमा प्रतिकूल असर पर्ने जोखिम बढेको उनीहरूको भनाईं रहेको छ । यसैबीच, आन्दोलनलाई गम्भीर रूपमा लिँदै वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलम ले सरसफाइ सेवाको जिम्मेवारी लिएका ठेकेदार शिव गुप्ता लाई सरसफाइकर्मीहरुका जायज मागबारे तत्काल छलफल गरी यथाशीघ्र समाधान गर्न निर्देशन दिएको हो, कार्यवाहक नगर प्रमुख आलमले श्रमिकका समस्या समाधान गर्नु सबै पक्षको साझा दायित्व भएको उल्लेख गर्दै आन्दोलनका कारण नगरवासीले दुःख नपाउँन् र नियमित सरसफाइ सेवा अवरुद्ध नहोस् भन्ने विषयमा महानगरपालिका गम्भीर रहेको बताएको हो ।
उनले सम्बन्धित पक्षसँग निरन्तर समन्वय भइरहेको र वार्तामार्फत समस्याको छिट्टै समाधान निकालिने विश्वास व्यक्त गरेका छन्।वीरगञ्ज महानगरपालिकाले सरसफाइकर्मीका मागको यथार्थ मूल्याङ्कन गरी उचित निकास निकाल्न पहल भइरहेको जनाएको छ । यता आन्दोलनरत सरसफाइकर्मीहरूले भने आफ्ना मागको स्पष्ट सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी
पनि दिएका छन्।
भेनेजुएलाको भूकम्पमा देखिएको हृदयविदारक घट्नाः छोरीलाई बचाउन भग्नावशेषमुनि च्यापिएकी आमाको मृत्यु
काठमाडौँ– भूकम्पले भवनहरू भत्काउँछ, सडकहरू चिरा पार्छ र सहरहरूलाई भग्नावशेषमा बदलिदिन्छ। तर कहिलेकाहीँ यस्ता प्राकृतिक विपत्तिहरूले मानव सम्बन्ध, त्याग र मातृत्वका यस्ता कथाहरू पनि जन्माउँछन्, जसले हजारौं मृत्युका समाचारबीच एउटा अनुहारलाई विश्वसामु अमर बनाइदिन्छ।
भेनेजुएलाको राजधानी कराकस आसपासको क्षेत्रमा आएको शक्तिशाली भूकम्पपछि हजारौं मानिस जीवन र मृत्युको संघर्षमा थिए। उद्धारकर्मीहरू भग्नावशेष पल्टाइरहेका थिए, अस्पतालहरू घाइतेहरूले भरिएका थिए र सयौं परिवार आफ्ना आफन्तको खोजीमा भौतारिइरहेका थिए। त्यही विनाशको बीचबाट एउटा यस्तो कथा बाहिर आयो, जसले सम्पूर्ण देशलाई भावुक बनाएको छ— दुई वर्षीया छोरीलाई जोगाउने क्रममा एक आमाले आफ्नो ज्यान गुमाएकी छिन्।
ती महिला थिइन् एन्ड्रिया। उनका पति हेक्तोर बेलो फुटबलसँग सम्बन्धित परिचित व्यक्तित्व हुन्। भूकम्पको शक्तिशाली झट्काले भवन भत्किन थालेपछि एन्ड्रियाले आफ्नो दुई वर्षीया छोरीलाई जोगाउन अन्तिम क्षणसम्म संघर्ष गरिन्। उद्धारपछि छोरी जीवित भेटिइन्, तर आमाले भने जीवन गुमाइसकेकी थिइन्।
शोकाकुल बेलोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेको भावुक सन्देशले लाखौं मानिसको मन छोएको छ। उनले आफ्नी पत्नीलाई ‘मेरो प्रिय प्रेम’ भनेर सम्बोधन गर्दै लेखेका छन्, ‘एक दिन म हाम्रो छोरीलाई तिमीले उसलाई कसरी बचायौ भन्ने कथा सुनाउनेछु। अन्तिम साससम्म पनि तिमीले उसलाई छोडेनौ।’
उनको अर्को सन्देश झन् मर्मस्पर्शी छ। ‘म कसरी मेरी छोरीलाई भन्नू कि तिमीले उसको जीवन बचायौ र म केही गर्न त्यहाँ हुन सकिनँ ? मलाई शक्ति देऊ।’ भूकम्पपछि बेलो कराकस पुगेका छन्। उनले आफ्नी छोरी र छोरीकी काकी सुरक्षित रहेको जानकारी दिएका छन्। दुवै अस्पतालमा उपचाररत छन्। ‘मेरी छोरी र उनकी काकी ठीक छन्। आज उनीहरू डिस्चार्ज हुँदैनन्, अस्पतालमै बस्नेछन्। यो अपार पीडाको समयमा साथ दिनु भएकोमा धन्यवाद,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।
स्थानीय फुटबल संस्था ‘कुमाना डे क्याम्पियोनेस’ ले पनि एन्ड्रियाको मृत्यु पुष्टि गरेको छ। संस्थाका अनुसार फुटबलर हेक्तोर बेलोकी जीवनसाथी भग्नावशेषमुनि मृत अवस्थामा फेला परेकी थिइन्। तर उनले बचाउन खोजेकी दुई वर्षीया छोरी भने जीवित भेटिइन्।
एन्ड्रियाको कथा अहिले भूकम्पको विनाशभन्दा पनि ठूलो मानवीय संवेदनाको प्रतीक बनेको छ। हजारौं सामाजिक सञ्जाल प्रयोगकर्ताले उनलाई ‘नायिका आमा’को संज्ञा दिएका छन्। तर यो कथा केवल एउटी आमाको बलिदानमा सीमित छैन। भेनेजुएलामा आएको शक्तिशाली भूकम्पले ठूलो मानवीय क्षति पु¥याएको छ।
प्रारम्भिक विवरणअनुसार कराकस नजिक केन्द्रबिन्दु भएर आएका दुई ठूला भूकम्पका कारण कम्तीमा ९२० जनाको मृत्यु भएको छ भने ३ हजारभन्दा बढी घाइते भएका छन्। उद्धार कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।
भूकम्पपछि सयौं भवनहरू भत्किएका छन्। धेरै मानिस अझै बेपत्ता छन्। उद्धारकर्मीहरूले भग्नावशेष हटाउने र जीवित मानिस खोज्ने काम निरन्तर जारी राखेका छन्। यो विपत्तिले खेलकुद क्षेत्रलाई पनि गहिरो चोट पु¥याएको छ। भेनेजुएला फुटबल महासंघ र सम्बन्धित क्लबहरूले कम्तीमा दुई युवा फुटबल खेलाडीको मृत्यु पुष्टि गरेका छन्।
कराकस फुटबल क्लबका अनुसार अन्डर–१८ टोलीका खेलाडी रजान सिज्जा आफ्नो परिवारसँग ला ग्वाइरास्थित घरमा ज्यान गुमाएका छन्। त्यस्तै क्लब स्पोर्ट सान अगस्टिनले आफ्नो एकेडेमीका खेलाडी भिक्टर पलासियोसको मृत्यु भएको जनाएको छ।
भूकम्पको पीडाबाट प्रभावित हुनेहरूमा पूर्व मिस भेनेजुएला गिसेल रेजेस पनि परेकी छिन्। उनले आफ्नी आमाको मृत्यु भएको जानकारी सार्वजनिक गरेकी छिन्। रेजेसका अनुसार भूकम्पका कारण भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। उनकी आमा भूकम्पको त्रास र तनावका कारण हृदयघातको शिकार भएकी थिइन्। घटनास्थलमा रहेकी नर्सले उद्धारपछि यो जानकारी परिवारलाई दिएको बताइएको छ।
प्राकृतिक विपत्तिका समाचारहरू प्रायः संख्या र तथ्यांकमा सीमित हुन्छन— कति मानिस मरे, कति घाइते भए, कति भवन भत्किए। तर भेनेजुएलाको यो भूकम्पले एउटा फरक सन्देश पनि दिएको छ। विनाशको बीचमा पनि केही कथाहरू यस्ता हुन्छन्, जसले मानवताको सबैभन्दा उज्यालो पक्ष देखाउँछन्।
एन्ड्रियाको नाम सायद इतिहासका ठूला राजनीतिक वा सैनिक पात्रहरूको सूचीमा नआउला। तर आफ्नी छोरीको जीवन बचाउन आफ्नै जीवन अर्पण गर्ने उनको निर्णयले उनलाई हजारौं मानिसको स्मृतिमा अमर बनाएको छ।
कराकसका भग्नावशेषहरू एक दिन हट्नेछन्, भत्किएका भवनहरू फेरि बन्नेछन् र भूकम्पको पीडा समयसँगै कम हुँदै जानेछ। तर एक आमाले अन्तिम क्षणसम्म आफ्नो सन्तानलाई काखबाट छुट्न नदिएको कथा भने भेनेजुएलाको यो त्रासदीसँगै धेरै वर्षसम्म सम्झिइरहनेछ।
थारु पत्रकार संघ पर्साका जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
नयाँ कार्यसमितिमा पुनम चौधरी अध्यक्ष एन्जल चौधरी उपाध्यक्ष पुरुष उपाध्यक्ष रामकिशोर चौधरी। सचिवमा अर्जुन चौधरी। सहसचिव अजय पञ्जियार कोषाध्यक्षमा सञ्जय दास थारु चयन भएका छन्।
कार्यक्रम का सभापतित्व शम्भु महत्व थारु प्रमुख अतिथि शान्तकुमार चौधरी विशिष्ट अतिथि सन्तोष दहित अतिथि दुष्यन्त चौधरी परमानन्द चौधरी शेखर चौधरी र ओम प्रकाश चौधरी तथा सम्पूर्ण सदस्यहरु को विशेष उपस्थिति रहेको थियो।
नयाँ कार्यसमितिले अब थारु पत्रकार संघलाई नयाँ उचाइमा ल्याउने अठोट गरेका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
