रौतहट ८
रौतहटको गौर नगरपालिका वडा नं ४ मा रहेको सुधार केन्द्रमा रहेका एक युवा को चपाकलमा जडान गरिएको मोटरमा हात धुने क्रममा मोटरबाट करेन्ट लागेर मृत्यु भएको छ।
रौतहटको गौर नगरपालिका वडा नं ४ मा रहेको युवा राईज सुधार केन्द्रमा भर्ना भई बिगत ५ महिना देखि बस्दै आएको भारत घर रहेका ३४ वर्षीय विकास रायको मृत्यु भएको छ।
छिमेकी देश भारतको बेतिया जिल्ला घर भएको सुरेश रायको छोरा बर्ष ३४ को बिकाश रायले युवा राईज सुधार केन्द्रको कम्पाउण्डमा मोटरको तार जडान गरी चपाकलमा हात धुने क्रममा मोटरबाट करेन्ट लागी घाईते भएका थिए।
घाइते हुनसाथ उपचारको लागी प्रादेशिक अस्पताल गौर रौतहटमा ल्याई डाक्टरले चेकजाँच रायको मृत्यु बिहानको नौ बजेर पच्पन्न मिनेटमा भएकाे जानकारी दिएका थिए।
उक्त शव अहिले सोही अस्पतालमा रहेको छ। मृतकको आफन्तलाई यस घटनाको जानकारी गराइएको तथा उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट़ प्रहरी निरीक्षक कैलाश कुमार के.सी.को कमाण्डमा खटेका टोलीले अनुसन्धान कार्य अगाडि बढाइएको जानकारि समेत प्राप्त भएको छ।
बारा, ८ भदौ । बारा जिल्लाको विश्रामपुर गाउँपालिका स्थित पर्ने मुसहर्वा सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्ने प्रहरी नै तस्करको संरक्षक बनेको आरोप स्थानिय तथा घरायसी प्रयोजनका सामान ल्याउनेले लगाएका छन।
स्थानीय स्रोतका अनुसार प्रहरी चौकी मुसहर्वाका इन्चार्ज सई मनोज कुमार सोनारमाथि तस्करी सेटिङ र असुली धन्दा गरी तस्करीलाई तिब्र रूपमा सञ्चालन गरेको गम्भीर आरोप उठेको हो।
दिनभरि सुनसान देखिने मुशहर्वा र बलिरामपुर नाका रातिको समयमा बलिरामपुर नाका हुँदै इनर्वा गाउँ भएर भूटनदेवी माता मन्दिरको बाटो प्रयोग गरी दैनिक लाखौं लाख को कपडा, हार्डवेयर लगायत अनेकौँ वस्तु बारा नाका भएर पर्सा जिल्लामा भित्रिने गरेको हो।
दिनमा त्यस क्षेत्रमा रहने स्थानिय हरु आफ्नो दैनिक प्रयोजनको सामान भारतको रक्सौल बाट किनमेल गरी ल्याउँदा ठूलो अपराधी जस्तै समान चेकजाँच गर्ने, नियम सिकाउने, भन्सार गराएर मात्र लिएर जान मिल्छ भन्ने प्रहरीले रातिको समयमा ठूलो परिणाममा भारत बाट आउने तस्कारीको वस्तु बिना कुनै चेकजाँच को नेपाल भित्रयाउन छुट दिने गरेको त्यहाँका साना किराना पसले हरु तथा स्थानिय जानकारी गराउँछन्।
भर्खरै केही दिन पहिला मुशहर्वा चौकीमा आएका प्रहरी नायब निरीक्षक मनोज कुमार सोनारले प्रहरी प्रधान कार्यालयको निर्देशनलाई बेवास्ता गर्दै घुमुवाको रूपमा परिचालन गरेको स्रोतले दाबी गरेको छ। मुशहर्वा का सहायक हवल्दार सन्तोष पटेलमार्फत व्यापारीसँग मासिक असुली हुने गरेको आरोप छ।
घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न स्थानीयले प्रहरी प्रधान कार्यालय, गृह मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराएका छन्।
काठमाडौं । बाराको सिमरामा ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा जितपुर सिमरा उपमहानगरपालिका–१ घर भएका प्रदीप खड्का रहेका छन्। उनी विद्यार्थी रहेको प्रहरीले जनाएको छ।गरिमा भदौ २ गते जितपुर सिमरा उपमहानगरपालिका–१ मा मृत अवस्थामा फेला परेकी थिइन्। घरबाट हराएको तीन दिनपछि उनको शव भेटिएको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट गरिमाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालिएको छ। घटनाको अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म ९ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सिमरा: जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाका मुख्य आरोपित १६ वर्षीय बालकको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ । कलैया प्रादेशिक अस्पतालस्थित लैंगिक हिंसासम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसीएमसी) मा चिकित्सकले बालकसँग परामर्श गरिरहेको गोप्य भिडियो बाहिरिएपछि अनुसन्धान र गोपनीयताको विषयलाई लिएर प्रहरी तथा अस्पताल प्रशासनमाथि प्रश्न उठेको छ ।
सार्वजनिक भिडियोमा हतकडी लगाइएका बालकले घटनामा आफ्नो मात्र नभई प्रदीप खड्का भनिने अर्का व्यक्तिको समेत संलग्नता रहेको बयान दिइरहेको सुनिन्छ। यसअघि उनले घटना एक्लै गरेको दाबी गर्दै आएका थिए । ओसीएमसी कक्षमा प्रहरी र स्वास्थ्यकर्मी बाहेक अन्य व्यक्तिको प्रवेश निषेध हुने भए पनि त्यहाँ उपस्थित कर्मचारी वा प्रहरीबाटै भिडियो खिचिएर बाहिरिएको आशंका गरिएको छ।
संवेदनशील ओसीएमसी कक्षभित्र खिचिएको भिडियो आइतबार साँझदेखि सामाजिक संजालमा छरपस्ट भएको हो । जसले अनुसन्धान प्रक्रियामा बाधा पुर्याउने जोखिम बढाएको छ । कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राहुल मण्डलले भिडियो बाहिरिएको विषयमा छानबिन गर्न आकस्मिक बैठक बोलाइएको र प्रहरीसँग समन्वय भइरहेको जानकारी दिएका छन् ।
बाराका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले भिडियो कलैया अस्पतालकै देखिएको र यसलाई कसले सार्वजनिक गर्यो भन्ने विषयमा गम्भीर अनुसन्धान भइरहेको बताएका छन् ।`स्वास्थ्य जाँच गर्न लगिएको बेलाको भिडियो हो, हामी अनुसन्धान गर्दैछौं’ कुँवरले भने ।
गरिमा चौधरी हत्या प्रकरणमा पक्राउ परेका १६ वर्षीय बालकसहित २४ वर्षीय प्रोग्रेस चौधरी र उनका परिवारका सदस्यहरू हाल प्रहरी हिरासतमा रहेका छन्। घटनाको गम्भीरता र नाबालक आरोपितको कानुनी गोपनीयताको ख्याल नगरी भिडियो सार्वजनिक भएपछि प्रहरी प्रशासन र अस्पताल दुवै पक्ष दबाबमा परेका छन् ।
काठमाडौँ,६भदाैं: गृहमन्त्री सुधन गुरुङले बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका-१ कि तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधप्रति गम्भीर दुःख व्यक्त गर्दै दोषीलाई कानुनी कठघरामा उभ्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै गृहमन्त्री गुरुङले यस घटनाले सम्पूर्ण समाजलाई स्तब्ध बनाएको र नागरिकको आक्रोशलाई आफूले पूर्ण रूपमा महसुस गरेको उल्लेख गरेका छन् ।
गृहमन्त्री गुरुङका अनुसार घटनाको अनुसन्धानका क्रममा आरोपितहरूलाई तत्कालै पक्राउ गरिएको थियो भने पछिल्लो समय अभिभावकले जाहेरी दिएपछि सोही आधारमा थप चार जनालाई नियन्त्रणमा लिइएको छ। “अहिले हाम्रो पहिलो प्राथमिकता गरिमालाई न्याय दिलाउनु हो, त्यसका लागि प्रमाण सुरक्षित हुनुपर्छ र अनुसन्धान निष्पक्ष हुनुपर्छ,” उनले भनेका छन् ।
घटनाको प्रारम्भिक चरणमा प्रहरीबाट लापरबाही भएको भन्ने गम्भीर प्रश्न उठेपछि गृहमन्त्री गुरुङले सम्बन्धित प्रहरी अधिकारीहरूमाथि समेत छानबिन र कारबाहीको प्रक्रिया अघि बढाइएको जानकारी दिएका छन्। विगतका अनुभव र कमजोरीबाट पाठ सिक्दै कुनै पनि बाधा वा त्रुटि नहोस् भन्नेमा गृह प्रशासन सचेत रहेको उनको दाबी छ।
आम नागरिकबाट दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठिरहेको सन्दर्भमा गृहमन्त्री गुरुङले कानुनी जटिलताबारे स्पष्ट पारे। नेपालको संविधानको धारा १६ को उपधारा २ ले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गरेकाले तत्काल मृत्युदण्ड दिन सक्ने अवस्था नरहेको उनले प्रस्ट पारे ।
गृहमन्त्री गुरुङले यो संवेदनशील घटनालाई राजनीतिकरण नगर्न र अपुष्ट सूचनाका आधारमा ‘मिडिया ट्रायल’ नगर्न सबै पक्षलाई आग्रह गरेका छन् । “आक्रोशले रन्थनिएर सानी नानीको लासमाथि राजनीति हुँदै पो छ कि भन्ने पनि सोच्नुहोला,” उनले भने, “तपाईंको आक्रोशले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित गरेमा अन्ततः न्याय नै कमजोर हुन सक्छ।”साभार:राताेपाटी
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
