KATHMANDU WEATHER
Horizontal Scroll Menu

अञ्जनी कुमार पोखरेल सशस्त्रको एआईजी बढुवामा सिफारिस

६ जेठ, काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अञ्जनी कुमार पोखरे अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

 

यही जेठ ५ गते मंगलबार बसेको बढुवा समितिको बैठकले पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।

 

 

एआईजी बढुवा सिफारिसविरुद्ध चित्त नबुझे उजुरी गर्न सकिनेछ । त्यसका लागि सिफारिस भएको मितिले ७ दिनभित्र उजुरी-निवेदन दर्ता गरिसक्नुपर्ने

छ ।

 

सर्वोच्चको आदेशपछि पूर्वमन्त्री राजकुमार गुप्ता थुनामुक्त

५ जेठ, काठमाडौँ । पोखरा लिचीबारी भ्रष्टाचार (घुस) प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका नेकपा एमालेका नेता, पूर्वमन्त्री एवं पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित पूर्व सांसद राजकुमार गुप्ता सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका छन्। विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन दिएको यसअघिको आदेशलाई बदर गर्दै सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको हो।

 

मङ्गलवार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले विशेष अदालतको आदेश उल्ट्याउँदै गुप्तालाई धरौटीमा छाड्न आदेश जारी गरेको हो। सर्वोच्च अदालत प्रशासनले विशेषको आदेश बदर भएको र धरौटी माग गर्ने निर्णय भएको जानकारी आफ्नो वेबसाइटमार्फत गराएको छ। यद्यपि, अदालतको विस्तृत लिखित आदेश आउन भने बाँकी छ।

 

यसअघि गत पुस १६ गते विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीशद्वय डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले मुद्दाका अन्य प्रमाणहरूलाई विश्वसनीय मान्दै गुप्तालाई तत्कालका लागि थुनामा पठाउने आदेश गरेको थाहा भएको थियो। सोही आदेशविरुद्ध पूर्वमन्त्री गुप्ताले सर्वोच्च अदालतमा पुनरावेदन (निवेदन) दिएका थिए।

 

के थियो लिचीबारी भ्रष्टाचार प्रकरण ?

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीहरू राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठमाथि कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीको सरुवा रोकी कास्कीमै थमौती गरिदिने बहानामा ५३ लाख रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दायर गरेको थियो।

 

यसका साथै, भूमि आयोग कास्कीको अध्यक्ष पदमा खमबहादुर पुनको नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेनमा संलग्न भएको समेत आरोप उनीहरूमाथि थियो। अख्तियारले सोही प्रकरणमा एकमुष्ट ७८ लाख रुपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। सोही मुद्दामा घुस दिएको आरोप लागेका सुजन लामामाथि पनि अख्तियारले समान बिगो मागदाबी गरेको थियो।

 

विशेष अदालतको आदेशले कारागार चलान भएका एमालेका प्रभावशाली नेता एवं पर्साका पूर्व सांसद गुप्ता सर्वोच्चको यो आदेशसँगै धरौटी बुझाएर थुनामुक्त भई मुद्दाको बाँकी कानुनी लडाइँ बाहिरैबाट लड्ने भएका छन्।

नेपाल पत्रकार महासंघको सुदृढीकरण र नयाँ सदस्यताका लागि संघर्ष समिति गठन

वीरगञ्ज, ४ जेठ

नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरण तथा सुदृढीकरणको मागलाई प्रभावकारी बनाउन संघर्ष समिति गठन गरिएको छ।

पत्रकार महासंघ पर्सा शाखाले विधान तथा मापदण्ड विपरीत सदस्यता वितरण गरेको भन्दै विगत २०७२ सालदेखि पेशागत पत्रकारिता गर्दै आएका पर्साका पत्रकारहरूलाई सदस्यता शुद्धीकरणको दायराभित्र ल्याउन दबाब दिने उद्देश्यले समिति गठन गरिएको सँघर्ष समिति पर्साका अध्यक्ष अनुप तिवारीले जनाइएका छन ।

बिरगंज महानगरपालिका वडा नम्वर ११ को एक होटेलको सभा हलमा हालै बसेको भेलाले अनुप तिवारीको संयोजकत्वमा संघर्ष समिति गठन गर्ने निर्णय गरेको हो।

समितिको सह–संयोजकमा शेखर छत्कुली रहेका छन् भने सदस्यहरूमा लालकिशोर सिंह, विरेन्द्र साह ९हिटलर०,आशिक अंसारी आरसी यादव, धर्मेन्द्र चौरसिया ग्यासु मियाँ देवान, नरेश यादव , पन्नालाल साह, कृष्ण कुशवाहा, राजेन्द्र सिंह, सन्तोष पटेल, ज्योतिलाल पडित तथा चिरञ्जीवी यादव रहेका छन् ।

सो बसेको भेलाले नेपाल पत्रकार महासंघको सदस्यता शुद्धीकरणका लागि दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने तथा सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउने निर्णय समेत गरेको जनाएको सँघर्ष समितिका अध्यक्ष तिवारीले जनाएकाछन ।

 

साथै सो सँघर्ष समितिले नयाँ सदस्यता वितरण लागि दबाब मुलक कार्यक्रम रहेको सुदृढीकरण समितिका संयोजक अनुप तिवारीले जानकारी दिनुभयो ।

सो कार्यक्रममा पत्रकार महासंघ पर्सा शाखाका चार दर्जन भन्दा बढी साधारण सदस्यहरुको उपस्थिति रहेको थियो।

विवादित घुमवा हमाल पूर्ण पथलैयामा रकम असुलीमा सक्रिय

बाराको प्रहरी चौकी पथलैयाका ईन्चार्ज एवम प्रहरी बरिस्ठ नायब निरीक्षक युवराज दाहाल को घुमवाले असुली धन्दाकोे कारण ब्यापारीहरुले आतंक मच्चाएको गुनोसा सङ्गै स्थानीय स्तरबाट आरोप उठन थालेको छ।

 

प्रहरी चौकी पथलैयाका ईन्चार्जा बरिस्ठ सई दाहाल ले गाडीमा लोड रहेको तस्करी सामान देखि भारतीय गाडी सम्मको पैसा असुली गर्न आफ्नो विश्वासकोे पात्र रहेको विवादित घुमवा रमेश हमाल लाई आर्थिक रकम असुलीमा प्रयोग गरिराखेका छन्।

 

सई दाहाल ले आफु र सङ्गै घुमुवा राखी भारतका विभिन्न नाकाबाट हुने तस्करीका सामानहरूलाई पथलैयामा रोकी नियन्त्रणमा लिई कारोबारीलाई कार्यालयमा नै बोलाई बार्गेनिङ गरि छोड्ने गरेको नाम नछाप्रने सर्तमा एक व्यापारीले बताएका छन्।

 

बरिस्ठ सई दाहाल ले मधेस प्रदेसका पर्साको वीरगञ्ज, बाराको कलैया, रौतहटको गौर, सर्लाहीको मलागंवा, मोहोतरीको बर्दिबास,धनुषाको जनकपुर, सिरहाको गोलबजार सप्तरीको राजविराजको व्यापारीहरु संग तस्करीको सामानको रकम बुझि रात्रिकालीन बस, ईभि र सुमो मा आउने तस्करीका सामानहरू पथलैयामा कुनै पनि किसिमको चेकजाँचविना नै डियुटी खर्च दिई पास हुने गरेको प्रत्यक्ष नै देख्न सकिन्छ।

 

 

बरिस्ठ सई भारतको रक्सौल र नेपालको मुख्य आर्थिक नगरी वीरगञ्जमा बसेर तस्करीका सामान ढुवानी गर्ने ट्रान्सपोर्ट सेवाका मालिकहरूसँग मोटो रकम लिई आफ्नो पथलैया सीमा पार गराउने गरेको खुलेको छ। ट्रान्सपोर्ट व्यवसायीहरूको भनाइ अनुसार प्रत्येक सवारी साधन र कम्पनीबाट मासिक १० हजारदेखि २० हजार रुपैयाँसम्म रकम उठाइने गरिएको छ। 

 

यसले व्यवसायको लागत बढाउनुका साथै साना व्यवसायीहरूलाई थप मारमा पारेको उनीहरूको गुनासो छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम सम्बन्धित निकायको यस बिषयमा ध्यान जान यति आवशयक देखिएको छ।

पर्सामा खेतबाट ८७ किलो गाँजा बरामद

४ जेठ,वीरगञ्ज । पर्साको ग्रामीण क्षेत्रमा लागूऔषध नियन्त्रण अभियानलाई तीव्र बनाउँदै आएको सशस्त्र प्रहरी बल नेपालले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।

 

जिल्लाको छिपहरमाई गाउँपालिका–४ तुलसी बर्वास्थित ओरिया खोलाको किनारमा रहेको खेतबाट लुकाइछिपाइ राखिएको अवस्थामा ८७ किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

 

प्रहरीका अनुसार खेतमा गहुँको भुसले छोपी राखिएको अवस्थामा उक्त लागूऔषध फेला परेको हो। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट (बिओपी) भिस्वाबाट सशस्त्र प्रहरी निरीक्षक अर्जुन दाहालको कमान्डमा खटिएको गस्ती टोलीले आइतबार राति करिब १० बजे विशेष सूचनाको आधारमा सर्च अभियान सञ्चालन गरेको थियो।

 

सर्च अभियानका क्रममा खेतभित्र शंकास्पद रूपमा लुकाइ राखिएको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया तथा थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाइएको छ।

 

घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ। लागूऔषध कारोबारमा संलग्न गिरोहको खोजीका लागि सीमावर्ती तथा ग्रामीण क्षेत्रमा निगरानीसमेत बढाइएको छ।

 

पछिल्लो समय पर्साका ग्रामीण बस्ती तथा सीमावर्ती क्षेत्रमा लागूऔषध कारोबारको सञ्जाल फैलिन थालेपछि सशस्त्र प्रहरीले चेकजाँच र निगरानीलाई कडा बनाएको जनाएको छ। विशेषगरी भारतसँग जोडिएका नाका तथा खोलानालाको प्रयोग गरी लागूऔषध ओसारपसार हुने सूचनाका आधारमा सर्च अभियान प्रभावकारी बनाइएको बताइएको छ।

 

सशस्त्र प्रहरी बल पर्साका प्रमुख एसपी मोहनबहादुर क्षेत्रीले लागूऔषध नियन्त्रण अभियानलाई प्राथमिकतामा राख्दै सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म विशेष अपरेशन सञ्चालन भइरहेको बताएका छन्। उनका अनुसार पछिल्लो समय लागूऔषध, तस्करी तथा अन्य अवैध गतिविधिविरुद्ध निरन्तर कारबाही हुँदै आएको छ।

 

सुरक्षा निकायका अनुसार पर्सामा शहरी क्षेत्रसँगै ग्रामीण क्षेत्रमा समेत लागूऔषध कारोबारको जालो फैलाउने प्रयास भइरहेकाले त्यसलाई नियन्त्रण गर्न संयुक्त निगरानी बढाइएको छ। सशस्त्र प्रहरीको सक्रियतापछि पछिल्ला दिनमा ठूलो परिमाणमा लागूऔषध बरामद हुने क्रमसमेत बढेको देखिएको छ।

 

स्थानीयवासीले पनि ग्रामीण क्षेत्रमा सशस्त्र प्रहरीको सक्रियता बढेसँगै अवैध गतिविधिमा कमी आउन थालेको बताएका छन्। प्रहरीले लागूऔषध नियन्त्रणमा समुदायको सहयोग आवश्यक रहेको उल्लेख गर्दै शंकास्पद गतिविधिबारे तत्काल सूचना दिन सर्वसाधारणसँग आग्रह गरेको छ।

हाम्रो बारेमा

final logo

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

सञ्चालक एवम् प्रबन्ध निर्देशक

सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल

विज्ञापन

Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।

सम्पर्क

📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३