वीरगञ्ज । रोजगारीको खोजीमा रहेका तथा अतिरिक्त आम्दानीको अवसर खोजिरहेका वीरगञ्जका युवाका लागि Yango Easy Ride Nepal ले चालक (राइडर) दर्ता खुला गरेको छ।
आफ्नै मोटरसाइकल प्रयोग गर्दै आफ्नै समयअनुसार काम गरेर सम्मानजनक तथा आकर्षक आम्दानी गर्न सकिने व्यवस्था भएकाले यो अवसर युवामाझ लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ।
Yango Easy Ride मा आबद्ध हुने चालकहरूले आफूलाई अनुकूल हुने समय छनोट गरी सेवा दिन सक्नेछन्। पूर्णकालीन वा अंशकालीन दुवै रूपमा काम गर्न सकिने भएकाले विद्यार्थी, बेरोजगार युवा, व्यवसायी तथा अतिरिक्त आम्दानी गर्न चाहने सबैका लागि यो प्रभावकारी विकल्प बन्न सक्ने विश्वास गरिएको छ।
वीरगञ्ज तथा आसपासका क्षेत्रमा यात्रु सेवाको माग बढ्दै गएको अवस्थामा Yango Easy Ride ले आधुनिक प्रविधिमार्फत चालक र यात्रुलाई सहज रूपमा जोड्ने काम गरिरहेको छ। यसले स्वरोजगारको अवसर सिर्जना गर्नुका साथै युवालाई आत्मनिर्भर बन्ने नयाँ बाटो पनि खोलिदिएको छ।
कम्पनीले चालकहरूका लागि आफ्नो समयअनुसार काम गर्ने स्वतन्त्रता, धेरैभन्दा धेरै राइड प्राप्त गर्ने अवसर, आकर्षक आम्दानी, सुरक्षित बीमा सुविधा, प्रयोग गर्न सजिलो मोबाइल एप, नियमित भुक्तानी तथा २४सै घण्टा सहयोग सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। यी सुविधाले चालकहरू लाई सुरक्षित, सहज र भरपर्दो वातावरणमा सेवा प्रदान गर्दै स्थायी आम्दानी गर्ने आधार तयार गर्ने विश्वास कम्पनीको छ।
यस्तो अवस्थामा Yango Easy Ride सँग आबद्ध भई आफ्नै सवारीसाधन मार्फत सम्मानजनक आम्दानी गर्ने अवसरलाई धेरैले रोजाइमा पार्न थालेका छन्।
युवालाई रोजगारी खोज्ने होइन, रोजगारी सिर्जना गर्दै आत्मनिर्भर बन्ने लक्ष्यका साथ Yango Easy Ride मा आबद्ध हुन कम्पनीले इच्छुक चालकहरू लाई आग्रह गरेको छ।
काठमाडौं । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा मृत फेला परेका ७० वर्षीय सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ नरदेवीका श्रेष्ठ मंगलबार बिहान आफ्नै कार लिएर कीर्तिपुर–१ ट्याङ्लाफाँटस्थित चाँदनी चोक पुगेका थिए।
खाली जग्गामा कार पार्क गरेलगत्तै कारभित्रैबाट आगो लागेको देखिएको सिसिटिभी फुटेज र घटनास्थलको अनुसन्धानबाट उनी आफैंले आगो लगाएको देखिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्मको अनुसन्धानमा घटनामा अन्य व्यक्तिको संलग्नता देखिएको छैन। आगो नियन्त्रणमा लिएपछि प्रहरीले श्रेष्ठलाई चालक सिटमै मृत अवस्थामा फेला पारेको थियो।
प्रहरीका अनुसार औषधि व्यवसायी रहेका श्रेष्ठ पछिल्लो समय आर्थिक समस्याका कारण तनावमा रहेका थिए। शवको पोस्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिँदै छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
जनकपुरधाम । इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहाका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विशाल मल्ल २०८३ साल असार महिनाका लागि मधेश प्रदेशको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month)’ घोषित भएका छन्।
मधेश प्रदेश प्रहरी कार्यालयले लागू गरेको ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि–२०८३’ बमोजिम इन्स्पेक्टर मल्ललाई उत्कृष्ट प्रहरी छनोट गरिएको हो।
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओमप्रसाद अधिकारीले एक कार्यक्रमका बीच मल्ललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन्।
प्रहरी निरीक्षक मल्लले इलाका प्रहरी कार्यालय महेशपुर पतार, सिरहामा रहँदा अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, अनुसन्धान तथा नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा देखाएको उत्कृष्ट कार्यसम्पादनको मूल्यांकन गर्दै उनलाई असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरीको यो सम्मानले उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई थप जिम्मेवार, प्रेरित र सेवामुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाउँदै घटनाविरुद्ध कानुनी प्रक्रियामा जाने घोषणा गरेका छन्।
अस्पतालबाट डिस्चार्ज भएपछि अन्सारीले आज समाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीको कुटपिटबाट आफू गम्भीर घाइते भएको र उपचारका क्रममा समेत दबाब दिइएको दाबी गर्दै उक्त घटनाविरुद्ध कानुनी लडाइँ लड्ने बताएका हुन्।
घटनाका क्रममा आफू गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल भर्ना हुनुपरेको उल्लेख गर्दै उपचारका क्रममा पनि आफू प्रहरीको निगरानीमा रहेको, मानसिक दबाब सिर्जना गरिएको तथा उपचार प्रक्रियामै हस्तक्षेप भएको आरोप लगाएका छन्।
स्वास्थ्य अवस्थासम्बन्धी विवरणसमेत स्वतन्त्र रूपमा अभिलेखीकरण हुन नदिने प्रयास भएको उनको दाबी छ।हाल चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका अन्सारीले स्वास्थ्य अवस्था सामान्य भएपछि घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही र आफूले भोगेको व्यवहारविरुद्ध कानुनी उपचारको प्रक्रिया अघि बढाउने बताएका छन्।
‘म हाल अस्पतालबाट डिस्चार्ज भई डाक्टरको सल्लाह बमोजिम अझै २-३ दिन पूर्ण रुपमा बेड रेस्टमा हुनेछु । यस अवधिमा मेरो स्थितिबारे चिन्ता र चासो व्यक्त गर्दै मेसेज र फोन गर्नुहुनेलाई जवाफ दिन सकेको छैन । बेड रेस्टकोे कारणले अझै केही दिन तपाईहरुको जिज्ञासाको जवाफ दिन असमर्थ छु । म स्वास्थ्य अवस्था सामान्य भएपछि सावर्जनिक रुपमा प्रस्तुत हुने नै छु र म समेतको विरुद्धमा भएको प्रहरीको नियोजित घेराबन्दी सहितको चरम यातनाको विरुद्धमा कानूनी लडाई लड्ने नै छु,’ उनले भनेका छन् ।
साथै उनले मानव अधिकार र कानुनी राज्यको सम्मान हुने गरी सम्बन्धित निकायले निष्पक्ष रूपमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग पनि गरेका छन्।
केहीदिन अघि बागमती नदीमा आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासीको विचल्ली भएको थियो ।उनीहरूको अवस्था बुझ्न कीर्तिपुर पुगेको अन्सारीसहित तीनजना जेनजी युवालाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीको कुटपिटबाट अन्सारी घाइते भएका थिए ।
सोबारे अन्सारीले गत सोमबार सामाजिक सञ्जालमार्फत आफू असार २७ गते शनिबार साँझ करिब ५ बजे १०–१२ जना प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको र त्यसबाट गम्भीर घाइते भएपछि त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेको जानकारी दिएका थिए ।
स्वास्थ्यमा सुधार आएपछि त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज अन्सारी बुधबार डिस्चार्ज भएका थिए ।
३२ असार, काठमाडौं ।सप्तरीमा मोटरसाइकलमा किशोरको शव राखेर भाग्दै गरेका एक भारतीय नागरिकलाई प्रहरीले स्थानीयको सहयोगमा पक्राउ गरेको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा बुधबार एउटा दुर्घटनामा परी मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय एक्ला छोरा मोहम्मद सादिकको मृत्यु भएको थियो ।
सोही मृत्युपछि बीआर–३२ बी–९७६४ नम्बरको अपाचे मोटरसाइकलमा शव राखेर भाग्दै गरेका दुई जनालाई प्रहरी चौकी बिसनपुरका प्रहरी सहायक निरीक्षक हरेन्द्र यादवको नेतृत्वमा रहेको टोलीले शंका लागेर पछ्याएको थियो ।
दुर्घटनास्थलबाट करिब ११ किलोमिटर टाढा बोदेबरसाईन नगरपालिका–२ हुँदै खडक नगरपालिका–१ स्थित दिनाभद्री थान क्षेत्र नजिक शव फालेर भाग्न खोज्दा भारतको मधुवनी खतौनी पिपराहीका २८ वर्षीय मोहम्मद सादर नट पक्राउ परेका हुन् भने उनका अर्का साथी फरार हुन सफल भएका छन् ।
पक्राउ परेका व्यक्ति बोदेबरसाईन नगरपालिका–५ स्थित सोनु मिट हाउसका कामदार भएको प्रहरी स्रोतले जनाएको छ ।
यो घटना दुर्घटना हो वा हत्या हो भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले थप अनुसन्धान भइरहेको र फरार व्यक्तिको खोजी कार्य तीव्र पारिएको जानकारी दिनुभएको छ ।
यसैबीच, घटनाको विरोधमा आक्रोशित आफन्त र स्थानीय बासिन्दाले बिहीबार बिहान पूर्वपश्चिम राजमार्गको कठौना खण्डमा करिब ३० मिनेट सडक अवरुद्ध गरी प्रदर्शन समेत गरेका छन् ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
