वीरगञ्ज । त्रिभुवन राजपथअन्तर्गत नेपाल–भारत मैत्री पुलदेखि गण्डक नहर चोकसम्म सडक मापदण्डअनुसार सीमा संरक्षणको काम भइरहेकाले वीरगञ्जका विभिन्न क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ।
नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले जारी गरेको सूचनाअनुसार साउन ९ र १० गते बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म विद्युत् सेवा बन्द रहनेछ।
वीरगञ्ज सबस्टेसनबाट प्रशारण हुने घण्टाघर, सीडीओ कार्यालय, माइस्थान, घडिअर्वा, लोहर्पट्टी, रानीसती, एसबीआई बैंक तथा राष्ट्रिय वाणिज्य बैंक आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने वितरण केन्द्रले जनाएको छ।
सडक मापदण्डभित्र परेका विद्युत् लाइन तथा केबुलको मर्मत, सुधार र व्यवस्थापन गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध गर्न लागिएको प्राधिकरणको भनाइ छ। मर्मत कार्य निर्धारित समयभन्दा अगाडि सम्पन्न भए विद्युत् आपूर्ति तत्काल पुनः सञ्चालन गरिने तथा प्राविधिक कारणले काममा ढिलाइ भए आवश्यकताअनुसार समय थप हुन सक्ने पनि सूचनामा उल्लेख गरिएको छ।
विद्युत् अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति क्षमायाचना गर्दै नेपाल विद्युत् प्राधिकरण, वीरगञ्ज वितरण केन्द्रले आवश्यक तयारी गर्न तथा सहयोग गरिदिन सबै ग्राहकवर्गसँग अनुरोध गरेको छ।
बारा शुक्रबार ८
बाराको कलैया बजारस्थित हनुमान मन्दिरमा रहेको दानपेटिकाको ताला तोडेर नगद चढावा चोरी भएको छ।
अज्ञात व्यक्तिले मन्दिर परिसरमा रहेको दानपेटिकाको ताला फुटाई भक्तजनले चढाएको नगद रकम चोरी गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटनाबारे जानकारी पाएपछि प्रहरीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ। चोरीमा संलग्न व्यक्तिको खोजीका साथै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पोखरा / सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसदहरूलाई आफ्ना परिवारका सदस्य र आफन्तलाई स्वकीय सचिव नराख्न निर्देशन दिएको छ।
रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले शुक्रबार आफ्ना सांसदहरूका लागि आन्तरिक निर्देशन जारी गर्दै स्वकीय सचिवमा नातावाद र परिवारवाद पूर्ण निषेध गरिएको बताएका हुन्।
स्वकीय सचिव नियुक्तिसम्बन्धी आधारभूत मापदण्डमा भनिएको छ, ‘स्वकीय सचिव नियुक्ति गर्दा पार्टीको विधान र सुशासनको मूल नीतिअनुरूप एकाघरका सदस्य वा नजिकका नातेदारहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ। यो नियुक्ति पारिवारिक र नातागोताको परिधिभन्दा बाहिरबाट मात्र हुनुपर्नेछ।’
साथै स्वकीय सचिवका लागि संसद् सचिवालयले तोकेको न्यूनतम शैक्षिक योग्यता (स्नातक तह वा सोसरह उत्तीर्ण) अनिवार्य रूपमा हासिल गरेको हुनुपर्ने रास्वपाले जनाएको छ।
जारी निर्देशनमा स्वकीय सचिव नियुक्ति गर्दा सम्बन्धित क्षेत्रमा विज्ञता, प्रविधिमैत्री क्षमता, अनुसन्धान कौशल र पार्टीको मूल्यमान्यताप्रति निष्ठावान् व्यक्तिलाई प्राथमिकता दिन पनि भनिएको छ।
यस्तै समावेशितालाई प्रोत्साहन गर्दै योग्यता र क्षमता पुगेका उम्मेदवारमध्ये महिला, सीमान्तकृत समुदाय र पछाडि पारिएका वर्गलाई स्वकीय सचिवमा प्राथमिकता दिइने उल्लेख छ।
नियुक्त हुने स्वकीय सचिवले अन्यत्र कुनै पनि सरकारी वा गैरसरकारी संस्थामा पूर्णकालीन रोजगारी गरेको वा दोहोरो आर्थिक सुविधा लिने गरी काम गरेको हुन नहुने सर्त पनि रास्वपाले राखेको छ।
स्वकीय सचिव नियुक्ति गर्दा सार्वजनिक आह्वान वा खुला प्रतिस्पर्धात्मक विधिबाट गर्न रास्वपाले आफ्ना सांसदलाई निर्देशन दिएको छ।
सांसदले स्वकीय सचिवका लागि योग्य उम्मेदवार छनोट गरेपश्चात् नियुक्तिका लागि रास्वपा संसदीय दलबाट अनिवार्य रूपमा अन्तिम स्वीकृति लिनुपर्ने रास्वपामा निर्देशनमा उल्लेख छ।
संसद् सदस्यहरूको पदीय जिम्मेवारी (कानुन निर्माण, नीतिगत बहस तथा जनगुनासो सम्बोधन) लाई प्रभावकारी बनाउन भनी संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची-२ मा हालै मन्त्रीपरिषद्ले गरेको हेरफेरपछि सांसदहरूले राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत सरह) को एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरिएको हो।
रौतहट, साउन ८
रोशन कुमार साह
रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर टोलमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब १०:३० बजे स्थानीय चन्देश्वर साह कलवारको श्रीमती, करिब ४०–४५ वर्षीया रेनु देवी जयसवालमाथि धारिलो हतियार (खुकुरी) प्रहार भएको थियो। घाँटीमा गम्भीर चोट लागेपछि उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धान अनुसार बारा जिल्लाको करैयामाई गाउँपालिका–८ ईटहर बेलाही घर भई हाल गुजरा नगरपालिका–५ हरिहरपुरमा बस्दै आएका करिब ३५ वर्षीय उपेन्द्र साह कलवारले खुकुरी प्रहार गरेको आरोप छ।
घटनापछि आक्रोशित स्थानीयवासीले आरोपित उपेन्द्र साह कलवारमाथि कुटपिट गरेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि चन्द्रपुर अस्पताल, चन्द्रनिगाहपुर पठाइएको छ, जहाँ उनको अवस्था गम्भीर रहेको बताइएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय लक्ष्मिनिया–विजयपुर, रौतहटबाट प्रहरी निरीक्षक रादेश कुमार खत्रीको नेतृत्वमा गएको टोलीले घटनास्थलको मुचुल्का तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री बब्लु गुप्तालाई ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा ट्राफिक प्रहरीले पाँच सय रुपैयाँ जरिवाना गरेको छ।
गुडिरहेको मोटरसाइकलको पछाडि उभिएर यात्रा गरेको उनको भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएपछि प्रहरीले कारबाही गरेको हो। सिरहा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद गुप्ताको उक्त भिडियो सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको व्यापक आलोचना भएको थियो।
आलोचना चुलिएपछि सांसद गुप्ताले सामाजिक सञ्जालमार्फत आफ्नो व्यवहारप्रति दुःख व्यक्त गर्दै सार्वजनिक रूपमा क्षमायाचना गरेका छन्। उनले बाल्यकाल बिताएको ठाउँमा पुग्दा पुराना सम्झनाले भावुक बनाएको र त्यही उत्साहका बीच मजाककै क्रममा मोटरसाइकलको पछाडि उभिएर भिडियो बनाएको बताएका छन्।
उनले ट्राफिक नियम उल्लङ्घन भएको कुरा आफूले महसुस गरेको उल्लेख गर्दै आगामी दिनमा यस्तो गल्ती नदोहोर्याउने प्रतिबद्धता जनाएका छन्। साथै, आफ्नो जोस र ऊर्जा देश तथा जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्दै जानी वा नजानी आफूबाट भएको गल्तीका लागि सबैसँग क्षमा मागेका छन्।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
