प्रहरी चौकी सिर्सियाका तस्करीको सेटिङ् मिलाउने जिम्मा घुमुवा मनिष मगरले निर्वाह गर्दै आएका छन्। जसले गर्दा अहिले अलौ नाका तस्करीको मुख्य तस्कर पाल्ने नाकामा परिणत भएको छ।
चौकीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक निरीक्षक मिन बहादुर जिम्बाले कार्यालय सहयोगीको रूपमा सूचना सङ्कलन र घटना दुर्घट्ना भएको ठाउमा तत्काल पुग्न , उजुरी परेका मानिस खोजबिन कोे लागि राखेका मगरले आफूमाथि इन्चार्ज कोे विश्वासलाई धजी उडाउँदै नियमविपरीत ‘घुमुवा’को रूपमा ईन्चार्ज लाई जानकारी नै नगराई तस्कर समुहसँग समन्वय गरी आर्थिक असुली गरी राखेको आरोप लाग्न थालेको छ ।
स्रोतका अनुसार सिमा सुरक्षा गुल्म अलौ (सुगौलि) मातहतमा पर्ने अलौ नाकाको सुरक्षा तथा निगरानीको जिम्मेवारी सो गुल्मकोे रहेको छ । तर सशस्त्र प्रहरीका नायब उपरीक्षक सुरज कार्कीले पटक पटक तस्करी नियन्त्रण गर्न ठाडो निर्देशन दिने गरेकाे भेटिए पनि एक जना सशस्त्र प्रहरीका सीमा सुरक्षा गुल्म अलौ क्षेत्रमा कार्यरत सशस्त्र प्रहरी हवल्दार हर्कबहादुर थापामाथि समेत अलौ क्षेत्रबाट हुने अवैध ओसारपसारमा सेटिंग मिलाउने गरेको आरोप लागेको छ।
शुक्रबार बिहान बिशेष सूचनाको आधारमा ठूलो मात्रामा रजनिगन्धा राजनीवाश बरामद गरिएकोे थियो। तर कुरा यहा उठ्छ बिशेष सूचनाको आधारमा पक्राउ पर्यो तर सूचना न हुन्जेल सम्म ती रजनिगन्धा राजनीवाश कोे तस्करी गर्ने समुह दैनिकी रूपमा सक्रिय रहेका थिए।
केहीदिन पहिला छड्के अनुगमनमा आएका हाम्रा वर्तमान गृहमन्त्री सुदन गुरुङ ले तस्करी कुन तरिका र कुन कुन नाका बाट हुने गरेको र त्यस ठाउमा पुगेर छड्के अनुगमन र स्थानीयसँग जानकारी तथा अवस्था बुझेपछि धेरै यसो नाका अहीले पूर्ण रूपमा बन्द भएको छ। तर ती बन्द भएको नाका बाट तस्करी गर्ने धेरैं यसो तस्कर अहिले अलौ नाका रोजेका छन्।
दुइटै इन्चार्ज सशस्त्र र नेपाल प्रहरी लाई तस्करी विषयमा केही जानकारी नै न गराई आफैं सेटिङ् मिलाउँदै यी सशस्त्र र नेपाल प्रहरीका घुमुवा हरु मोटो रकम संकलन गर्ने गरी तस्करी जस्तो अपराधीक गतिविधि लाई नियमित रूपमा राखेका छन्। केहीदिन पछाडि घुमुवा मगर कोे समाचार प्रकाशित भएको थियो। तर केही दलाल हरु जुन पटक पटक घुमुवा संग समन्वय गर्ने गरेका छन् उनीहरु कै भरमा आफ्नो असुली आतंक तीब्र राखेका छन्।
जब सेटिङ् छैन भने कसरी कट्छ सिमा बाट तस्करीको वस्तु कसरी छोड्छन् नेपाल प्रहरी कोे डिउटी र सशस्त्र प्रहरीकोे डिउटीमा बसेका सिपाही हवलदार यो एउटा आफैंमा चुनौतीपूर्ण विषय हो। यसले प्रष्ट हुन्छ रकमको ठूलो चलखेल अलौ नाकामा तस्करी गर्ने समुह हरूले बुझाउने गरेका छन्।
यो मात्र गरेर नपुगेको खण्डमा आईसिपि ढोका अगाडि यौनव्यवसाय ( देह व्यापार) निरन्तर राख्न समेत घुमुवा मगर पछि हटेका छैनन्। यी व्यवसाय बाट पनि महिनाको पचास हजार देखि एक लाख सम्म असुली गर्ने गरेका छन्। यदि असुली छैन भने किन खुलेयाम हुने यौनव्यवसाय देहव्यापार कोे होटल हरु किन बन्द हुँदैन।
त्यस्तै सब भन्दा बढी लोकल रक्सी पसल अहिले आईसीपी बाटोमा राखेको छ। यी रक्सी पसलहरूमा लोकल रक्सी पुर्याउने हरूले पनि महिनाको मोटो रकम भेटी चढाउने गरेको परम्परा सक्रिय रहेको छ। पटक पटक समाचार प्रकाशन हुँदा पनि घुमुवा चौकीका मगर र सशस्त्र गुल्मका थापा आफ्नो माथिल्लो विभाग सम्म पहुँच भएको बताउँदै अहिले सम्म छानबिनमा परेका छैनन्।
काठमाडौं, २४ असार। पर्साको ठोरी छोटी भन्सार पुनः सञ्चालनमा आएसँगै भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको नेपाल प्रवेश सहज भएको छ। अब भारतीय सवारीसाधनले ठोरी छोटी भन्सारबाट निःशुल्क प्रवेश पास लिएर ठोरी बजार तथा आसपासका पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सक्ने भएका छन्।
असार १९ गतेदेखि भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश रोकिएपछि स्थानीय व्यवसायी, पर्यटन क्षेत्र र सर्वसाधारणले विरोध जनाएका थिए। प्रतिनिधिसभामा पर्सा–४ का सांसद टेकबहादुर शाक्यले पनि उक्त निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएका थिए भने ठोरीका पर्यटन व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए।
सरोकारवाला पक्षबीचको पहल र समन्वयपछि भारतीय सवारीसाधनको प्रवेशलाई पुनः सहजीकरण गर्ने सहमति बनेको हो। भन्सार कार्यालयका अनुसार निःशुल्क सुविधा पास लिएपछि भारतीय पर्यटकले ठोरी बजार र आसपासका गन्तव्यको भ्रमण गर्न सक्नेछन्।
मंगलबार बीआर–२२–पीए–०३९२ नम्बरको भारतीय चारपांग्रे सवारीसाधनले पहिलो पटक ठोरी छोटी भन्सारबाट निःशुल्क प्रवेश पास लिएर नेपाल प्रवेश गरेको छ। यससँगै भारतीय सवारीसाधनको प्रवेश व्यवस्था औपचारिक रूपमा पुनः सञ्चालनमा आएको छ।
स्थानीय व्यवसायीहरूले यस निर्णयले भारतीय पर्यटकको आगमन बढ्ने, पर्यटन व्यवसाय चलायमान हुने तथा सीमावर्ती क्षेत्रको व्यापारिक गतिविधिमा पुनः उत्साह थपिने विश्वास व्यक्त गरेका छन्।
रौतहट । रौतहट जिल्लाका विभिन्न प्रहरी युनिटमा सादा पोशाकमा खटिने भनिएका ‘घुमुवा प्रहरी’को नाममा व्यापारीमाथि धम्की दिने, अवैध रकम असुल्ने तथा अधिकारको दुरुपयोग गर्ने गतिविधि बढेको भन्दै स्थानीयले गम्भीर गुनासो गरेका छन्।
स्थानीय स्रोतका अनुसार मुनिलाल गुप्ता, जो इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर मा कार्यरत वरिष्ठ हवल्दार हुन्, उनले व्यापारीहरूलाई प्रहरी कार्यालयमा बोलाएर मुद्दा हाल्ने, थुनामा राख्ने तथा विभिन्न कानुनी कारबाहीको डर देखाउँदै आर्थिक दबाब दिने गरेको आरोप लागेको छ।
स्थानीय व्यापारीहरूले यस्ता गतिविधिका कारण व्यवसाय सञ्चालन गर्नै कठिन भएको र आफूहरू त्रासको वातावरणमा बस्न बाध्य भएको बताएका छन्।
यस्तै, प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालय ले सादा पोशाकमा प्रहरी परिचालन गर्ने कार्यमा रोक लगाइसकेको अवस्थामा समेत मधेस प्रदेशका केही क्षेत्रमा यस्तो अभ्यास नरोकिएको भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
त्यसैगरी जिल्लाको मध्य क्षेत्र मानिने गरुडा क्षेत्रमा रहेको इलाका प्रहरी कार्यालय शिवनगर मा कार्यरत सहायक हवल्दार रतन यादव माथि पनि गम्भीर आरोप लागेको छ। उनी अपराध अनुसन्धानमा केन्द्रित हुनुपर्ने जिम्मेवारीमा रहे पनि व्यापारिक प्रयोजनमा संलग्न भई व्यापारीलाई अनावश्यक दुःख दिने र आफ्ना हाकिमलाई खुसी पार्ने गतिविधिमा लागेको आरोप स्थानीयको छ।
स्थानीयका अनुसार रौतहटका अधिकांश प्रहरी युनिटमा ‘घुमुवा प्रहरी’को नाममा कर्मचारी परिचालन गरी अवैध असुलीको कार्य भइरहेको छ। नियमविपरीतका गतिविधिमा संलग्न भए पनि सम्बन्धित निकायले प्रभावकारी अनुगमन तथा कारबाही नगरेको उनीहरूको गुनासो छ।
यस विषयमा प्रतिक्रिया दिँदै सिताराम रिजाल ले जिल्लामा सादा पोशाकमा प्रहरी परिचालन नगरिएको स्पष्ट पारे। उनले कुनै प्रहरी कर्मचारी नियमविपरीत सादा पोशाकमा परिचालित भएको वा अधिकारको दुरुपयोग गरेको प्रमाणित भए कानुनबमोजिम आवश्यक कारबाही गरिने बताए। समाचार स्रोत साभार -pradeshdairy.com
वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आचार्य सँग सम्बन्धित एउटा पुरानो भिडियो सार्वजनिक भए पछि यातायात व्यवस्था कार्यालय कलैया बाराले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
घटना २०८२ साल फागुन महिनामा कार्यालय समय भित्र भएको जनाईएको छ । सम्बन्धित व्यक्तिले आफू पत्रकार भएको परिचय दिँदै कार्यालयमा प्रवेश गरी कर्मचारीहरू माथि अनावश्यक दवाव सिर्जना गर्ने, अपशब्द प्रयोग गर्ने तथा कार्यालयको नियमित कार्यसम्पादनमा अवरोध पु¥याउने कार्य गरेपछि सामान्य विवाद उत्पन्न भएको सो विज्ञप्तीमा उल्लेख रहेको छ ।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको भिडियो घटनाको सम्पूर्ण दृश्य नभई सानो अंश मात्र सम्पादन गरी राखिएको हुँदा त्यसका आधारमा घटनाको वास्तविकता बुझ्न कठिन हुन्छ । घटना पछि दुवै पक्ष बीच आपसी छलफल भई मिलापत्र समेत भइसकेको विषय सम्बन्धित पक्षलाई अवगत नै रहेको विज्ञप्ती मार्फत जनाईएको छ ।
कार्यालय प्रमुख वा कर्मचारीहरूको कुनै पनि उद्देश्य सेवाग्राही माथि दुव्र्यवहार गर्ने नभई कार्यालयको शान्ति, सुरक्षा तथा नियमित सेवा प्रवाहलाई कायम राख्ने रहेको स्पष्ट पार्दै घटनाबारे सम्बन्धित निकायले आवश्यक अनुसन्धान वा छानबिन गरेमा कार्यालय पूर्ण रूपमा सहयोग गर्न प्रतिवद्ध रहेको जानकारी गराइएको छ ।
यस घटना सम्बन्धी अपूर्ण भिडियो वा एकपक्षीय सूचनाका आधारमा भ्रम फैलाउने, तथ्यविपरीत प्रचार प्रसार गर्ने तथा कार्यालय र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुग्ने गतिविधि नगर्न सबै सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालाहरु समक्ष विज्ञप्ती मार्फत अनुरोध गरिएको छ । यातायात व्यवस्था कार्यालय, बारा सदैव कानुनको परिधिभित्र रही सेवाग्राहीलाई सरल, पारदर्शी र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध रहेको व्यवहोरा विज्ञप्ती मार्फत स्पष्ट पारिएको छ ।
सुदूरपश्चिमका कञ्चनपुर र कैलाली जिल्लाबाट एकैदिन ५ जना युवा लागुऔषध खैरो हेरोइनसहित पक्राउ परेका छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाका अनुसार कञ्चनपुरबाट चार र कैलालीबाट एक जना पक्राउ परेका हुन् ।
उनीहरूलाई प्रहरीले बिहीबार बेलुकी छुट्टाछुट्टै स्थानबाट खैरो हेरोइनसहित पक्राउ गरेको मिडिया समन्वय शाखाले जनाएको छ ।
प्रहरीका अनुसार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ नयाँबस्तीबाट ३० ग्राम ९३० मिलिग्राम हेरोइनसहित चार जनालाई बिहीबार साँझ पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा स्थानीय ४० वर्षीय लालबहादुर सुनार, ३१ वर्षीय हेमराज जोशी, वेदकोट नगरपालिका–७ दैजीका ३१ वर्षीय बिमल पाण्डे र कैलालीको धनगढी उपमहानगरपालिका–५ तारानगरका २५ वर्षीय अशोक पाण्डे रहेका छन् ।
यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१ थकालिपुरबाट १५० मिलिग्राम हेरोइनसहित स्थानीय २३ वर्षीय ललित रानाक्षेत्रीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको मिडिया समन्वय शाखाले जनाएको छ।
- वीरगञ्जमा मोटरसाइकल नामसारी नामसारी गर्न पुगेका सेवाग्राही पक्राउ, वीरगञ्ज यातायात कार्यालय फेरि विवादमा
- चट्याङ लाग्दा बारामा १२ वर्षीया बालिकाको मृत्यु, एक महिला घाइते
- पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती, ग्यास र हवाई इन्धनको मूल्य पनि घट्यो
- गृहमन्त्रीको निर्देशनलाई चुनौती: भन्सारमा अधिकारीको संरक्षणमा घुमुवा पशुपतिको असुली
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
