वीरगंज, असार ३१ —
पर्सागढी नगरपालिकाले सार्वजनिक गरेको गम्भीर रोगका बिरामीहरूको तथ्याङ्कले पर्सा जिल्लामा क्यान्सर रोगको बढ्दो जोखिमबारे गम्भीर प्रश्न उठाएको छ। नगरपालिकाले नेपाल सरकारको जीवन निर्वाह सहायता कार्यक्रमअन्तर्गत तयार गरेको सूचीमा रहेका ४४ लाभग्राहीमध्ये ३५ जना क्यान्सरका बिरामी रहेको तथ्य सार्वजनिक भएको हो।
एउटै स्थानीय तहमा करिब ८० प्रतिशत लाभग्राही क्यान्सरका बिरामी देखिनु स्वास्थ्य क्षेत्रका लागि चिन्ताको विषय बनेको छ। यद्यपि यो तथ्याङ्कले सम्पूर्ण जिल्लाको प्रतिनिधित्व नगरे पनि जिल्लाको वास्तविक अवस्था अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याएको छ।
स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार पछिल्ला वर्षहरूमा क्यान्सर परीक्षण सेवाको पहुँच बढेकाले पहिले पहिचान नभएका बिरामी पनि दर्ता हुन थालेका छन्। सुर्तीजन्य पदार्थको सेवन, मदिरा, वायु प्रदूषण, विषादीयुक्त खाद्यान्न र अस्वस्थ जीवनशैली क्यान्सरका प्रमुख जोखिम कारक रहेको उनको भनाइ छ।
स्वास्थ्यकर्मीहरूले पर्साका सबै स्थानीय तहमा क्यान्सरसम्बन्धी तथ्याङ्क व्यवस्थित रूपमा सङ्कलन गर्न, प्रारम्भिक परीक्षण विस्तार गर्न र जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताएका छन्। पीडित परिवारहरूले उपचार अत्यन्त महँगो भएकाले सरकारले उपलब्ध गराउँदै आएको मासिक पाँच हजार रुपैयाँ सहायता पर्याप्त नभएको भन्दै थप सहयोग र प्रभावकारी स्वास्थ्य नीति कार्यान्वयनको माग गरेका छन्।
भारत–नेपाल सीमाक्षेत्रमा लागूऔषध तस्करीविरुद्ध सञ्चालन भइरहेको अभियानअन्तर्गत रक्सौल प्रहरीले ९.६० ग्राम ब्राउन सुगरसहित दुई नेपाली नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामाथि भारतको लागूऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा दर्ता गरी न्यायिक हिरासतमा पठाइएको प्रहरीले जनाएको छ।
रक्सौलका एसडीपीओ मनीष आनन्द तथा रक्सौल थाना प्रमुख रमेश कुमार महतोको नेतृत्वमा गठित विशेष प्रहरी टोलीले गोप्य सूचनाको आधारमा रेलवे स्टेशन रोडस्थित नकाशा होटल नजिक र नागा रोडको जिल्ला परिषद् मार्केट क्षेत्रमा एकैसाथ छापा मारेको थियो।
घेराबन्दीका क्रममा शंकास्पद तीन जनालाई नियन्त्रणमा लिई खानतलासी गर्दा उनीहरूको साथबाट ९.६० ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा नेपालका मकवानपुर जिल्ला, हेटौँडा निवासी २२ वर्षीय दिपेश थिङ, २४ वर्षीय सागर कार्की तथा भारतको बिहार राज्य, पूर्वी चम्पारण जिल्ला, रक्सौल नगरपालिका–२० निवासी २६ वर्षीय टार्जन आलम रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट लागूऔषध ओसारपसारमा प्रयोग गरिएको एउटा मोटरसाइकल र तीन थान मोबाइल फोन पनि बरामद गरेको छ। बरामद गरिएका मोबाइल फोनको कल डिटेल तथा अन्य डिजिटल प्रमाणको विश्लेषण गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जनाविरुद्ध रक्सौल थानामा भारतको एनडीपीएस (लागू औषध तथा मनोद्दीपक पदार्थ) ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ। प्रारम्भिक अनुसन्धानपछि उनीहरूलाई न्यायिक हिरासतमा पठाइएको प्रहरीले जनाएको छ।
एसडीपीओ मनीष आनन्दका अनुसार घटनामा संलग्न सम्पूर्ण लागूऔषध सञ्जालको खोजी तीव्र बनाइएको छ। बरामद गरिएको ब्राउन सुगर कहाँबाट ल्याइएको थियो, कसलाई आपूर्ति गर्ने योजना थियो र यसको मुख्य सञ्चालक को हो भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको उनले बताए।
भारत–नेपालको खुला सीमालाई प्रयोग गरी हुने लागूऔषध तस्करी नियन्त्रण गर्न सुरक्षा निकायले सीमाक्षेत्रमा निगरानी थप कडा बनाएको जनाएको छ। प्रहरीले ‘जिरो टोलरेन्स’ नीतिअन्तर्गत लागूऔषध तस्करीविरुद्ध यस्ता विशेष अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने स्पष्ट पारेको छ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षणका लागि युवा पुस्तालाई आकर्षित गर्ने नयाँ सोच, सिर्जनशीलता र प्रविधिमैत्री दृष्टिकोण आवश्यक रहेको बताएका छन्।
उनले आदिकवि भानुभक्त आचार्यको योगदानलाई केवल स्मरणमा सीमित नराखी आधुनिक पुस्तासँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका हुन्।
काठमाडौंमा आयोजित २१३औँ भानु जयन्ती विशेष समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले विश्वव्यापी प्रतिस्पर्धा, आधुनिक प्रविधि र तीव्र सामाजिक परिवर्तनका कारण भाषा र संस्कृतिमाथि नयाँ चुनौती थपिएको उल्लेख गरे।
यस्तो अवस्थामा नेपाली भाषा र साहित्यलाई समयअनुकूल विकास गर्दै नयाँ पुस्ताको रुचिअनुसार प्रस्तुत गर्न आवश्यक रहेको उनको भनाइ थियो।
उनले भानुभक्तले नेपाली भाषालाई जनजनसम्म पुर्याएको ऐतिहासिक योगदान स्मरण गर्दै सरल, स्पष्ट र जनमुखी साहित्यिक परम्परालाई निरन्तरता दिनुपर्ने बताए।
युवा पुस्तालाई नेपाली साहित्यप्रति आकर्षित गर्न सिर्जनशीलता, नवप्रवर्तन र आधुनिक माध्यमको उपयोगलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।
सभामुख अर्यालले भाषा केवल सञ्चारको माध्यम नभई राष्ट्रको पहिचान, संस्कृति र इतिहासको आधार भएकाले यसको संरक्षण सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे।
भानुभक्तको सम्मानमा गरिने हरेक प्रयास नेपाली राष्ट्रियता, मौलिकता र सांस्कृतिक अस्तित्वको संरक्षणसँग जोडिएको उनको भनाइ थियो।
कार्यक्रममा सभामुख अर्यालले नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका वरिष्ठ साहित्यकार महेश्वर शर्मा तथा संस्कृतिविद् डा. आना एम. सिस्टरलाई सम्मान गरेका थिए।
समारोहमा भानुभक्तको योगदानलाई पुस्तान्तरण गर्दै नेपाली भाषा र साहित्यलाई समयसापेक्ष रूपमा अघि बढाउन राज्य, साहित्यकार, शैक्षिक संस्था र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो।
२९ असार, काठमाडौं । त्रिपुरेश्वरमा गणेश नेपालीले आत्मदाह गरेको घटना अनुसन्धान गर्न उनका परिवारले जाहेरी दर्ता गरेका छन् ।
अनुसन्धानका लागि गणेशका दाजु मदनले प्रहरी वृत्त कालीमाटीमा जाहेरी दिएका हुन् । पीडित परिवारले दिएको दिएको जाहेरी दर्ता गरिएको जनाईएको छ ।
आइतबार पीडित परिवार र सरकारको बिचमा शव बुझ्ने र शव परीक्षण (पोस्टमार्टम) लगायतका कानुनी प्रक्रियामा सहयोग र सहजीकरण गर्ने सहमति भएको थियो । पीडित परिवारसँग सरकारको ९ बुँदे सहमति भएको थियो । जाहेरी अनुसार अनुसन्धान र अन्य कानुननी प्रक्रिया सुरु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताउनुभयो ।
जाहेरी दर्ता गरेसँगै प्रहरीले शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताललाई पत्राचार गरेको छ । गणेशको शव शिक्षण अस्पतालमा राखिएको छ । असार २५ मा त्रिपुरेश्वरमा आफ्नै शरीरमा आगो लगाएका मुगुको सोरु गाउँपालिका वडा नम्बर–१ घर भएका गणेशका असार २६ मा वीर अस्पतालमा मृत्यु भएको थियो । महानगर प्रहरीसँग मोटरसाइकलमा ह्विल लक गरेको विषयमा विवाद हुँदा उनले आत्मदाह गरेका हुन् ।
असार २६, वीरगञ्ज
वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाईको चौथो विशाल रथयात्रा तथा महाप्रसाद भण्डाराको तयारी उत्साहका साथ अगाडि बढिरहेको छ। यस अवसरमा अनलाइन न्यूज दैनिकका सम्पादक तथा प्रकाशक अजय कुमार साहले उल्लेखनीय धार्मिक सहयोग प्रदान गर्नुभएको छ।
साहले आफ्नो बुवा बनारसी साह तुरहाको नाममा ३५ किलो शुद्ध घ्यू तथा दाई बिपिन साह तुराहाको नाममा ५६ भोग प्रसादका लागि आवश्यक सामग्री हस्तान्तरण गर्नुभएको छ। धार्मिक आस्था र सामाजिक उत्तरदायित्वलाई मध्यनजर गर्दै गरिएको यो सहयोगले स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।
गहवामाईको चौथो रथयात्रा असार ३२ गते बिहीबार भव्य रूपमा आयोजना गरिनेछ भने महाप्रसाद भण्डारा साउन १ गते सम्पन्न हुने कार्यक्रम रहेको छ। प्रत्येक वर्षझैं यसपटक पनि हजारौं श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
अजय कुमार साहले यसअघि पनि गहवामाईको धार्मिक कार्यक्रमहरूमा निरन्तर सहयोग गर्दै आउनु भएको छ। तेस्रो रथयात्रामा उहाँले हलुवा प्रसादका लागि ५५० किलो सुजी उपलब्ध गराउनु भएको थियो भने दोस्रो रथयात्रामा ५० वटा टिसर्ट र १५०० भन्दा बढी फ्रुटी वितरण गर्नुभएको थियो।
उहाँले यस्ता धार्मिक तथा सामाजिक कार्यमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने सन्देश दिनुभएको छ। साहको यो निरन्तर सहयोगले धार्मिक सद्भाव र सामाजिक एकतालाई थप मजबुत बनाउने विश्वास लिइएको छ।
- घुमुवा मगर र थापाले बनाए अलौनाका तस्कर पाल्ने घर, तस्करी देखी देहव्यापार र रक्सीको रकम असुलीमा ब्यस्त
- ठोरी छोटी भन्सार पुनः सुचारु, भारतीय चारपांग्रे सवारीलाई निःशुल्क प्रवेश पास
- व्यापारीलाई मुद्दाको डर देखाएर रकम असुल्ने आरोपमा रौतहटका प्रहरी विवादमा
- अपूर्ण भिडियो वा एकपक्षीय सूचनाका आधारमा भ्रम फैलाई कार्यालयलाई बदनाम नगर्न यातायात कार्यालय बाराको अनुरोध
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
