बारा, ०५ असोज । बाराको जितपुर सिमरा उपमहानगरपालिका–८ स्थित आरएमसी कम्पनी नजिकै असोज २ गते भएको सवारी दुर्घटनामा घाइते भएका एक युवकको काठमाडौँमा उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार रमौलीबाट जितपुरतर्फ आउँदै गरेको मोटरसाइकल गुडिरहेको अवस्थामा अचानक बाटोमा सर्प देखिएको थियो। मोटरसाइकलको पछाडि सवार जितपुर सिमरा–८ का २४ वर्षीय राजु सहनी अत्तालिएर मोटरसाइकलबाट हाम फाल्दा गम्भीर घाइते भएका थिए।
दुर्घटनालगत्तै उपचारका लागि उनलाई न्यूरो अस्पताल, काठमाडौँ पठाइएको थियो। अस्पतालमा सघन उपचार जारी रहेकै अवस्थामा उपचारका क्रममा असोज ४ गते आइतबार १२:५४ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विरेन्द्र भट्टराई ।
वीरगंज ४ असोज । पर्सा जिल्लाको पोखरिया नगरपालिका–१ का सुमन पासवानले आफूलाई “क्राइम ब्रान्च”को प्रहरी भएको बताउंदै पर्साका विभिन्न नाकाबाट व्यापारीहरु स“ग रकम असुली गरेको आरोप लागेको छ ।
स्थानियका अनुसार शनिबार बिहान कालिकामाई गाउ“पालिका–३ नजिकै दुई जना व्यापारी साईकलमा कुखुरा लिएर आउंदै गर्दा पासवानले बाटोमा रोकी आफू वीरगंजबाट खटिएको “क्राइम ब्रान्च”को प्रहरी भएको बताउदै उनी ती व्यापारीहरु स“ग कागजात मागेका थिए ।
व्यापारीहरुले नेपाल कुखुरा फर्मको बिल देखाए पछि पनि उनले बिल च्यातिदिएको र रकम माग गरेको आरोप छ । ती व्यापारीले रकम दिन अस्वीकार गरेपछि पासवानले कालिकामाई स्थित इलाका प्रहरी कार्यालयका बिरञ्चीबर्वाका प्रहरीलाई बोलाएर कुखुरा नियन्त्रणमा लिन लगाएको बताइएको छ ।
कुखुरा नष्ट भए पछि पोखरिया बजारका कुखुरा व्यवसायीहरूले घटनाबारे जानकारी पाएर सोधपुछ गरेका थिए । व्यवसायीहरूले सो व्यक्ति सुमन पासवान भएको पहिचान गरेपछि उनलाई पक्राउ गरी रामधुलाई गर्न थाले पछि इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरीहरु घटनास्थलमा आई पासवानलाई कार्यालयमा लगेका थिए ।
स्थानिय व्यापारीहरूका अनुसार पासवानले यसअघि पनि आफू प्रहरीको “क्राइम ब्रान्च”बाट खटिएको बताउदै विभिन्न नाकामा व्यापारी तथा व्यवसायीहरु स“ग रकम माग्ने गरेको आरोप लाग्दै आएको छ । सो घटनामा ईलाका प्रहरी कार्यालय पोखरियामा लगिएका सुमन पासवानलाई कारवाही नगरी यतिकै छाडिएकोले स्थानिय स्तरमा व्यापक चर्चा हुन थालेको छ ।
नक्कली प्रहरी बनेर ठगी तथा रकम असुली गरेको आरोप लागेका पासवानलाई अनुसन्धान नै नगरी यतिकै मुक्ति दिनुले प्रहरी माथि प्रश्न उठन थालेको छ । यस सन्दर्भमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक भानुभक्त अर्यालले हामीले सोधपुछ गर्दा पासवानले म रकम उठाएको छैन भने पछि छाडिएको भनि प्रतिक्रिया दिए । साभार -pardafas daily.com
राजविराज,४ असोजःसप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुर टोलबाट २१ क्विन्टलभन्दा बढी लागुऔषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गोप्य सूचनाका आधारमा शनिबार मध्यराति जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक प्रमोदकुमार साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थानीयको घरमा खानतलासी गर्दा उक्त गाँजा बरामद भएको हो ।
गाँजा भण्डारण गरेको आरोपमा स्थानीय ७४ वर्षीय भोला सदा र ५६ वर्षीय मंगल मुखियालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमराज घिमिरेले जानकारी दिए ।
उनका अनुसार सदाको घरबाट ५६ वटा पोकामा १ हजार ८ सय ३८.८७० किलोग्राम र मुखियाको घरबाट ८ वटा पोकामा २ सय ६१.५०० किलोग्राम गरी जम्मा २१ क्विन्टल ३७ किलोग्राम गाँजा बरामद गरिएको हो ।
तर, गाँजा कहाँबाट ल्याएर त्यहाँसम्म पु¥याएको तथा ओसारपसारमा अन्य को–को संलग्न रहेको भन्ने विषय खुल्न सकेको छैन ।
स्थानीयका अनुसार पक्राउ परेका व्यक्तिहरूले आर्थिक लोभमा परेर घरमा गाँजा भण्डारण गर्दै आएका थिए। प्रहरीले त्यस विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।
वीरगंज , असोज ४
पछिल्लो समय सर्पदंशका घटना बढ्दै गएको छ। वीरगंजस्थित नारायणी अस्पतालमा सर्पदंशका कारण दुई जना महिला भेन्टिलेटरमा उपचाररत रहेका छन्।
उपचाररतमध्ये रौतहटको लौकाहा पोखरियाकी १७ वर्षीया किरण कुमारी र बाराको विश्रामपुर गाउँपालिकाकी ३५ वर्षीया रिना देवी रहेका छन्। दुवै जनाको नारायणी अस्पतालका मेडिकल अफिसर डा. दीपक चौरसियाको समूहले उपचार गरिरहेको छ।
सर्पदंशबाट बच्न राति तथा खेतबारीमा हिँड्दा टर्च वा बत्तीको प्रयोग गर्ने, जुत्ता लगाउने र घर वरपर झाडी तथा फोहोर नराख्ने चिकित्सकले सुझाव दिएका छन्। सर्पले टोकेमा घाउ चिर्ने, विष चुस्ने, कडा गरी बाँध्ने वा घरेलु उपचार गर्नेभन्दा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्याउनुपर्ने चिकित्सकको सुझाव छ।
सर्पदंशपछि समयमै उपचार पाएमा ज्यान जोगाउन सकिने भएकाले सर्पले टोकेको शंका लागेमा ढिला नगरी अस्पताल लैजान आवश्यक रहेको चिकित्सकले बताएका छन्।
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–रामानन्द चौकस्थित एक घरमा आइतबार अचानक आगलागी हुँदा ७० वर्षीय पूर्व शिक्षकको जलेर मृत्यु भएको छ।मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी ७० वर्षीय किशोरी सहनी रहेका छन्। स्थानीयका अनुसार आगलागी भएपछि घरबाट बाहिर निस्कन नसक्दा सहनीको जलेर मृत्यु भएको हो।घटनाका बेला घरमा रहेकी उनकी नातिनी भने समयमै घरबाट बाहिर निस्किएर ज्यान जोगाउन सफल भएकी छन्।स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा घटनास्थल मुचुल्काको प्रक्रिया अघि बढाएको जनाएको छ।
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
