वीरगञ्ज । जिल्लाको सुरक्षा व्यवस्थाको केन्द्र मानिने जिल्ला प्रहरी कार्यालय पर्साकै मुख्य गेट अगाडिबाट दिनदहाडै केटिएम डुक मोटरसाइकल चोरी भएपछि वीरगञ्जको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।
शुक्रबार दिउँसो करिब २ः१२ बजे जिल्ला प्रहरी कार्यालय अगाडि पार्किङ गरेर राखिएको मधेश प्रदेश ०३–०३९ प ७१७८ नम्बरको केटिएम डुक मोटरसाइकल अज्ञात व्यक्तिले चोरी गरेको हो । उक्त मोटरसाइकल धोबिनी गाउँपालिका–१ निवासी प्रमेश्वर साह रौनियारको नाममा दर्ता रहेको बताइएको छ ।
घटना जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा तथा जिल्ला हुलाक कार्यालय नजिकैको व्यस्त क्षेत्रमा भएको हो । स्थानीयका अनुसार उक्त क्षेत्रमा दिनभर प्रहरी तथा ट्राफिक प्रहरीको बाक्लो उपस्थिती रहने गर्दछ ।
प्रहरी स्रोतका अनुसार सिसिटिभी फुटेजमा देखिएको व्यक्ति यसअघि भएका अन्य मोटरसाइकल चोरी घटनामा पनि संलग्न रहेको आशंका गरिएको छ । तर पटक–पटक फुटेजमा देखिए पनि आरोपी पक्राउ नपरेपछि प्रहरीको अनुसन्धान र सक्रियतामाथि प्रश्न उठ्न थालेको छ ।
पीडित पक्षले घटनास्थलको सिसिटिभी फुटेज माग्दा प्रहरी प्रशासनले उपलब्ध नगराएको आरोप समेत लगाएको छ । मोटरसाइकल चोरीको घटनाबारे सवारीधनीले जिल्ला प्रहरी कार्यालय पर्सामा जानकारी गराइसकेको बताइएको छ ।
प्रहरी कार्यालयकै गेट अगाडिबाट चोरीको घटना भएपछि सर्वसाधारणले वीरगञ्जको सुरक्षा प्रणाली कमजोर बन्दै गएको टिप्पणी गर्न थालेका छन् ।
काठमाडौं । रुपन्देही प्रहरीले नक्कली नेपाली रुपैयाँ छाप्ने प्रिन्टरसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाबाट कम्प्युटर, प्रिन्टर तथा नक्कली नोटसमेत बरामद भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाको क्षेत्रमा नक्कली नोटको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देही लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय अनिल पासी ‘विक्की’ रहेका छन्।
प्रहरीले प्रारम्भिक अनुसन्धान तथा खोजतलासका क्रममा नोट छाप्न प्रयोग गरिने उपकरण, कैँची तथा प्रिन्ट भइसकेका र प्रिन्ट गर्न बाँकी अवस्थाका नक्कली नोटसहितका सामग्री बरामद गरेको जनाएको छ।प्रहरीले बिहीबार राती उनीहरूलाई पक्राउ गरे पनि शुक्रबार साँझ मात्रै घटना सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ परेकाहरूको साथबाट एउटै नम्बर ९ङ २५ ०२४९१२० रहेका ५०० दरका ३० थान तयारी नक्कली नोट, १००, ५०० र १००० दरका प्रिन्ट भई कटिङ गर्न बाँकी ७ थान नोट, १ थान सिपियु, १ थान प्रिन्टर र १ थान मोनिटर बरामद गरिएको छ। यसैगरी ४ रिम प्रिन्ट पेपर, २ थान मोबाइल र १ थान कैँची पनि बरामद भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका व्यक्ति र बरामद सामग्रीमाथि थप अनुसन्धान भइरहेको छ।
प्रहरी चौकी गण्डकका इन्चार्ज मनिष सिंहले घुमुवा प्रहरी परिचालन गरी विभिन्न अवैध कारोबारी तथा यातायात व्यवसायीहरूबाट नियमित रूपमा रकम असुली गरिरहेको आरोप लागेको हो। यस कार्यमा प्रहरी हवलदार प्रेम यादवको मुख्य भूमिका रहेको स्थानीय स्रोतहरूले बताएका छन्।
स्रोतका अनुसार वीरगंज तथा कलैयाबाट सञ्चालन हुने रात्री बस, माइक्रोबस तथा ट्रान्सपोर्टका सवारी साधनहरूबाट मासिक रूपमा ठूलो रकम संकलन गर्ने गरिएको छ। विशेषगरी विभिन्न ट्रान्सपोर्ट कम्पनीमार्फत अन्य जिल्लातर्फ पठाइने गाडीहरूमा अवैध सामग्री ओसारपसार हुने गरेको र ती गाडीहरूलाई कारवाही गर्नुको सट्टा प्रहरीसँग “सेटिङ” मिलाएर सहज रूपमा आवतजावत गर्न दिइने गरेको आरोप छ। प्रहरी हवलदार प्रेम यादवले ती सवारी साधनका चालक तथा व्यवसायीहरूसँग मासिक रकम बुझ्ने सहमति गरेर काम गरिरहेको दाबी गरिएको छ।
स्थानीय स्रोतहरूले जनाएअनुसार वीरगंज क्षेत्रबाट दैनिक दर्जनौं गाडीहरू अवैध सामग्री बोकेर गण्डक नाका हुँदै अन्य जिल्लातर्फ जाने गर्दछन्। ती गाडीहरूमा शंकास्पद सामग्री रहेको सूचना प्रहरीलाई भए पनि नियमित चेकजाँच र कानुनी कारवाही भने नगर्ने गरिएको आरोप छ। बरु, सम्बन्धित पक्षसँग आर्थिक लेनदेन गरी सहज रूपमा छुट दिने गरिएको बताइन्छ।
त्यसैगरी, वीरगंजबाट चल्ने रात्री बस तथा माइक्रोबसमार्फत पोके तस्करी पनि व्यापक रूपमा हुने गरेको दाबी गरिएको छ। स्रोतका अनुसार केही महिला तस्करहरूलाई प्रति “पोका” निश्चित रकमका आधारमा छुट दिने गरिएको छ। एक पोके तस्करले नाम नछाप्ने शर्तमा बताएअनुसार, यदि ड्युटीमा रहेका प्रहरीले सोधपुछ गरेमा “यो सामान प्रेम सरसँग मिलाइएको हो” भन्नेबित्तिकै कुनै अवरोध बिना जान दिइने गरेको छ। यसले प्रहरी चौकीभित्रैबाट अवैध गतिविधिलाई संरक्षण भइरहेको आशंका बढाएको स्थानीयहरूको भनाइ छ।
प्रहरी हवलदार प्रेम यादवको दरबन्दी मकवानपुर जिल्लामा रहे पनि उनी लामो समयदेखि वीरगंज क्षेत्रमा घुमुवाको रूपमा कार्यरत रहेको बताइएको छ। यसअघि पनि उनी परवानीपुर प्रहरी चौकीमा घुमुवा प्रहरीको रूपमा बसेको र सीमावर्ती क्षेत्रमा हुने तस्करी तथा अवैध कारोबारबारे राम्रो जानकारी राख्ने व्यक्तिका रूपमा चिनिने गरिएको स्रोतको दाबी छ। यही कारणले उनलाई गण्डक चौकीका इन्चार्ज मनिष सिंहले आफूसँगै राखी रकम असुलीको जिम्मेवारी दिएको आरोप लगाइएको छ।
नेपाल सरकारको नीतिनियम अनुसार भर्खरै सफलता पूर्ण चुनाव भएको थियो। चुनावपछि हरेक दल का पदाधिकारी फेरिए नियम कानुन फेरियो नेपाल र नेपाली जनताको लागि सुनौलो भविष्य कोे नयाँ बाटो उत्पन्न भएको देखिन्छ।
एकतिर नेपाल सरकार र अर्काे तिर हाम्रो नेपाल प्रहरी र सशस्त्र प्रहरीले पनि आफ्नो कार्य शैली नीतिनियम परिवर्तन गरेतापनि सीमा नाकामा कुनै प्रकारको आदेशको पालना न भएको जस्तो बुझिएको छ।
पटकपटक समाचार प्रकाशन हुनु साथ कारवाहीमा जहिले पनि सानो दर्जाकोे जुन सुकै प्रहरी विभाग बाट भएपनि सानो दर्जा भएकै सिपाही , हवलदार कारवाहीमा पर्ने गरेका छन् तर माथिल्लो तहको अधिकारीहरु माथि किन हुँदैन छानबिन।
अहिले बारा जिल्लाकोे मुशहरवा नाका मा रहेको सशस्त्र प्रहरी सिमा बलका सशस्त्र प्रहरी निरीक्षक बिदामा हुनु भएको समाचार प्राप्त भएको छ। त्यस सीमा बलका इन्चार्ज अहिले सशस्त्र प्रहरी नायब निरीक्षक तुलसी गिरि रहेका छन्।
सई गिरीले आफ्नो मनपर्दो पारामा तस्करहरुसँग साँठगाँठ राखी दिनरात मुशहर्वा नाका लाई तस्करीको मुख्य नाका र बाटो बनाएका छन्। सई गिरीको यस्तो मनपर्दो पारामा तस्करी गराएको देखेर डिउटीमा खटिएका सिपाही हवलदार पनि उनी सँग रुष्ट बनेका छन्।
डिउटीमा खटिने सिपाही ,हवलदार ले विशेष सूचना दिँदै उनीहरूले भने हाम्रो जागिर धराप मा पर्ने बाटो तिर जाँदै छ। हामी के गरौँ हामी डिउटी गर्ने सिपाही, हवलदार हौ हाम्रो कुरा कोइ सुन्दैन। हामीलाई हाम्रो बिदामा गएका इन्स्पेक्टर कै कार्यशैली ठीक लाग्छ।
दिनरात तस्करीमा ब्यस्त रहेका सई गिरी विदामा बसेका इन्सपेक्टर कोे मौका छोपी बिदा मितिको क्षेत्र भरिमा ऐनिहाउँ मोटो रकम कमाउ कोे अभियान चलाएका छन्। यस्ता इन्चार्जहरूले गर्दा बेकसुर डिउटीमा खटिने सिपाही हवलदार कारवाहीमा पर्ने गरेका छन।
किन हुँदैन एकासी छानबिन र अनुसन्धान को समयमा आउने टोलीहरू डिउटी मात्र किन उठाउँछन् इन्चार्ज लाई उठाउनु पर्ने आवश्यक छ। तर यस्तो हाम्रो नेपालमा हुँदैन। केहीदिन पहिला पर्साको अलौ नाका कोे भिडियो सार्वजनिक भो त्यस विषयमा कारवाही पनि गरियो तर फस्यो डिउटीमा खटेका तीन जना सिपाही हवलदार प्रमुख ज्यु हरु माथि किन हुँदैन छानबिन।
यस बिषयमा निष्पक्ष छानबिन गर्न र सम्बन्धित निकायको समेत ध्यान केन्द्रित हुन अति आवश्यक
रहेको बुझिन्छ।
वीरगञ्ज, ०८ जेठ। बाराका एकजनालाई चितवन प्रहरीले हत्या गरेको कसुरमा पक्राउ गरेको छ। २०७६ साल चैत २३ गते खरैनी नगरपालिका वडा नं ९ मा रहेको नेपाल ग्याँस उद्योग गण्डकीको कम्पाउन्ड भित्र मजदुर बस्ने कोठा भित्र एकजनाको शव फेला परेको थियो।
फेला परेको शव बाराको साविक गाबिस फेटा वडा नं ४ हाल फेटा गाउँपालिका वडा नं ३ बस्ने ४६ वर्षिय सखिचन महराको रहेको थियो। लाश फेला परेपछि सुक्ष्म अनुसन्धान गर्दा उक्त घटना बाराको बतरा गाबिस वडा नं ६ हाल फेटा गाउँपालिका वडा नं ४ बस्ने त्यो बेलाका ३० वर्षिय पुनदेव भन्ने पञ्चदेव महराले कर्तव्य गरी ज्यान मारेको खुल्न आएको थियो।
पुनदेवले हत्या गरेको खुलेपछि चितवन जिल्ला अदालतबाट २०७६ चैत २५ गते पक्राउ अनुमति लिई प्रहरीले खोजतलास निरन्तर खोजतलास गरिरहेको थियो। घटनाको ७ वर्षपछि हत्या आरोपित पञ्चदेव महरालाई फेटा गाउँपालिका वडा नं १ त्रिवेणी र त्रिवेणी स्थितिको गाउँघरमा लुकीछिपी बसीरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी र इलाका प्रहरी कार्यालय खरैनीबाट खटिएको संयुक्त टोलीले पुन्देव भन्ने पञ्चदेव महरालाई जेठ ५ गते पक्राउ गरेको हो।
लुकीछिपी बसीरहेको अवस्थामा पक्राउ परेका महरालाई इलाका प्रहरी कार्यालय खरैनीको न्यायिक हिरासतमा राखि चितवन जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।
- तालिमकै क्रममा ७ सशस्त्र प्रहरी जवान बेहोस, ६ जनालाई स्काई ट्रकमार्फत काठमाडौं ल्याइँदै
- प्रहरी चौकी जानकीटोलाका ईन्चार्जा अर्जुन पंडितको संरक्षणमा तस्करी;दिन्हुँ लाखौंको राज्शव चुहावट;राजस्व कंगाल सई मालामाल
- घरमा लुकाएर राखिएको तस्करीको साढे ३६ लाख बढीको भेपसहित ८ जना पक्राउ
- पेट्रोलको आयात दुई गुणाले वृद्धि
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
