ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा बिहीबार दिउँसो भएको आगलागीबाट चौध करोड ५६ लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। दोभान बजारमा आगलागी भएको यो दोस्रो घटना हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विन्देश्वर यादवका अनुसार आगलागीबाट किराना पसल, भाँडावर्तन, लत्ता कपडाका पसलका सामान, अलैँची र घरहरू जलेर ध्वस्त हुँदा कुल १४ करोड ५६ रुपैयाँ मूल्य बराबरको क्षति भयो।
प्रहरी निरीक्षक यादवका अनुसार आगलागीबाट पसलका सामानहरू र घर सहितका संरचना जलेर नष्ट हुनुका साथै केही नगदसमेत जलेको छ। उनका अनुसार पीडित परिवारले दिएको जानकारी साथै आगलागीबाट ध्वस्त भएको वस्तु तथा अवस्थाको मूल्यांकनबाट उक्त मूल्य बराबरको क्षति भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको हो।
प्रहरीका अनुसार लाक्पाचुङ शेर्पा (डण्डु) को घरबाट आगलागी सुरु भएको थियो। उक्त आगलागीबाट आठ घर पूर्ण रूपमा जलेर नष्ट भएको थियो भने दुई घरमा आंशिक क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। घरधनी आठ परिवार र कोठा भाडामा बस्ने सात गरी १५ परिवार विस्थापित भएका छन्।
दोभान बजारमा यसअघि २०७७ साल फागुन १८ गते पनि भीषण आगलागी भएको थियो। त्यसबेला भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएको थियो भने करिब ४० करोड रुपैयाँ बढी क्षति हुन पुगेको थियो। साभार - ukerra.com
रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाकी १५ वर्षीया सोनम कुमारी घरबाट कसैलाई जानकारी नदिई हराएपछि खोजीका क्रममा भारततर्फ जाँदै गरेको अवस्थामा फेला पारेर उद्धार गरिएको छ।
सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म गौरका डीएसपी दुर्गा प्रसाद भट्टको कमाण्डमा खटिएको टोलीले भारतीय SSB 20 BTN F कम्पनीसँग समन्वय गरी भन्सार गेट तथा बैरगनिया क्षेत्रमा खोजी गरेको थियो।
बालिका गौर–२ भन्सार गेट हुँदै भारततर्फ जाने क्रममा फेला परेकी हुन्। मानव बेचबिखनको जोखिममा पर्न सक्ने सम्भावना देखिएपछि उनलाई उद्धार गरी सशस्त्र प्रहरी, नेपाल प्रहरी र साना हात नेपालको संयुक्त रोहबरमा बुवा रामगोपाल सहनीको जिम्मा लगाई घर पठाइएको जनाइएको छ।
रौतहटमा १९ वर्ष पुरानो गोली हानी हत्या घटनाका मुख्य अभियुक्त पहिचान, अनुसन्धान जारी
रौतहटमा करिब १९ वर्षअघि भएको दोहोरो हत्याकाण्डको अनुसन्धानका क्रममा प्रहरीले घटनामा मुख्य संलग्नता रहेको भनिएका एक अभियुक्तलाई पहिचान गरेको छ।
मिति २०६४ वैशाख ३१ गते राति करिब १ बजे रौतहटको साविक धर्मपुर गाविस–१, हाल गढीमाई नगरपालिका–६ मा अज्ञात व्यक्ति/समूहले गोली प्रहार गर्दा साविक पिपरिया (दो.) गाविस–३, हाल गरुडा नगरपालिका–७ निवासी ३२ वर्षीय नागेन्द्र बैठा र साविक गेड्हीगुड्डठ्ठी गाविस–९, हाल गरुडा नगरपालिका–२ निवासी २८ वर्षीय प्रमानन्द सहनीको मृत्यु भएको थियो।
घटनाको निरन्तर अनुसन्धानका क्रममा हाल जिल्ला कारागार रौतहटमा अपहरण तथा शरीर बन्धक, संगठित अपराधलगायत मुद्दामा सजाय भुक्तान गरिरहेका तत्कालीन अवस्थामा तराई जनतान्त्रिक मुक्ति मोर्चालगायत भूमिगत संगठनमा आबद्ध तथा सक्रिय रहेको भनिएका **गरुडा नगरपालिका–६ निवासी सुरेन्द्र प्रसाद यादव ‘बारुद सिंह’**को घटनामा मुख्य संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार वारदात भएको करिब १९ वर्षपछि अभियुक्त पहिचान भएको हो। घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
पर्सा, ९ असोज
पर्साको धोबीनी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार सुदिल पटेलले लगातार भइरहेको वर्षाका कारण बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढ्न सक्ने भन्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
पटेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै अत्यावश्यक कामबाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेका हुन्। उनले काठमाडौंँदेखि सडकमार्ग हुँदै वीरगञ्ज र त्यसपछि धोबीनी गाउँपालिकासम्म आउँदा यात्राका क्रममा विभिन्न जोखिमपूर्ण अवस्था सामना गर्नुपरेको समेत उल्लेख गरेका छन्।
लगातारको वर्षाका कारण सडक तथा आसपासका क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले अनावश्यक यात्रा नगर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्। विशेषगरी वर्षा जारी रहेका बेला नदी–खोला, भिरालो क्षेत्र तथा जोखिमयुक्त सडकखण्डमा थप सावधानी अपनाउनुपर्ने उनको भनाइ छ।
पटेलले देशका विभिन्न क्षेत्रमा विपद्जन्य घटना हुनसक्ने अवस्था रहेकाले स्थानीय तहदेखि सर्वसाधारणसम्म सबैले पूर्वतयारी र सावधानी अपनाउनुपर्नेमा जोड दिएका छन्।
उनले विपद्को जोखिमलाई मध्यनजर गर्दै आवश्यक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न र जोखिमपूर्ण अवस्थामा अनावश्यक रूपमा घरबाहिर ननिस्कन समेत आग्रह गरेका छन।
आज बिहानदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलि असोज ९ गतेदेखि ११ गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति वर्षा र हावाहुरी आउन सक्ने पूर्वानुमानमा गरेको छ । पूर्व सावधानी अपनाउनु र सतर्कताका साथ कार्य गर्नु नै विपद् व्यवस्थापनको मुख्य आधार हो । यसै सन्दर्भमा नेपाल सरकारका सबै मन्त्रालय तथा मातहतका निकायहरुले पछिल्लो २४ घण्टामा विभिन्न निर्देशन, सार्वजनिक सूचना, नागरिक अपिल तथा प्रेस विज्ञप्तिहरु जारी गरी पूर्वतयारीलाई तीव्र बनाइएको छ :
- ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उच्च सतर्कता अपनाउन परिपत्र गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठक बसी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा राखिएको छ । तीनवटै सुरक्षा निकायले नदी तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउँदै विपद् प्रतिकार्यका लागि पूर्ण तयारी गरिएको छ ।
- रातिमा सकेसम्म राजमार्गमा यात्रा नगर्न, अनावश्यक लामो दुरीको यात्रा नगर्न तथा सुरक्षित स्थानमा रहन सबैमा आग्रह गर्दछु ।
- राजमार्गका प्रत्येक सुरक्षा जाँच चौकी (चेकप्वाइन्ट) ले अघिल्लो चेकप्वाइन्टसँग सम्पर्क गरी सडकखण्ड सुरक्षित रहेको पूर्ण सुनिश्चितता भएपछि मात्र सवारी साधन अघि बढाउने “रोक, पर्ख र हेर” (Stop, Hold and Go) नीति लागु गरिएको छ । जोखिमयुक्त सडकखण्डमा राति सवारी सञ्चालन नगर्न पनि निर्देशन दिइएको छ ।
- सम्भावित बाढी, पहिरो तथा नदी कटानलाई ध्यानमा राखी एक्स्काभेटर, लोडर, डोजरलगायत भारी उपकरण(Heavy Equipment) को पूर्वव्यवस्था गरी जोखिमयुक्त सडकखण्ड नजिक परिचालन गर्ने गरि तयारी राखिएको छ । सबै सडक डिभिजन कार्यालयलाई २४ सै घण्टा सक्रिय रहन तथा सडकको अवस्था (खुला/अवरुद्ध) सम्बन्धी अद्यावधिक सूचना नियमित सार्वजनिक गर्न निर्देशन दिइएको छ।
- हिमाली तथा पहाडी क्षेत्रमा पदयात्रा (ट्रेकिङ) र पर्वतारोहणमा रहनुभएका आन्तरिक तथा विदेशी पर्यटकलाई आवश्यक परेमा सुरक्षित स्थानमा सार्न सम्बन्धित व्यवसायीलाई समन्वय गर्न तथा होटल व्यवसायी र स्थानीय बासिन्दालाई सुरक्षित बासस्थान र सहयोग उपलब्ध गराउन अनुरोध गरिएको छ । मौसमको अवस्थाअनुसार आन्तरिक उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्दै उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ ।
- सबै ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक बसी आवश्यक पूर्व तयारी गर्न, जोखिमयुक्त बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न साथै सबै प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयसँग नियमित सम्पर्कमा रहन भनिएको छ । सार्वजनिक बिदाको अवधिमा पनि राष्ट्रसेवक कर्मचारीलाई आफू सुरक्षित रहँदै सम्भावित विपद् प्रतिकार्यमा तत्पर रहन निर्देशन दिइएको छ ।
- सबै विद्यार्थी, बालबालिका, शिक्षक तथा कर्मचारी सुरक्षित रहने गरि स्थानीय तहसँगको समन्वयमा आवश्यकता अनुसार असोज ९ गते विद्यालयको पठन पाठन सञ्चालन नगर्न तथा यस अवधिमा तोकिएका परीक्षा सम्बन्धित विश्वविधालय र परिक्षा सञ्चालन गर्ने निकायले आवश्यकता अनुसार स्थगित गर्न निर्देशन दिइएको छ ।
- अभिभावकहरुलाई आफ्ना बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका स्थानमा जान नदिन विशेष अनुरोध गर्दछु ।
- सबै अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई आवश्यक जनशक्ति र औषधी-सामाग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिइएको छ । स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र (HEOC) लाई क्रियाशिल अवस्थामा राखिएको छ।
- खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सबै गोदाममा आवश्यक मौज्दात कायम गर्न निर्देशन गरिएको छ । राजमार्ग अवरुद्ध भएमा वैकल्पिक मार्गबाट अत्यावश्यक वस्तुको ढुवानी गरिनेछ । मौसमको अवस्था देखाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी वा अनुचित मूल्यवृद्धि गर्ने माथि कडा कारबाही गर्न बजार अनुगमन गर्न निर्देशन गरिएको छ।
- नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा देशभर नागरिकलाई SMS ALERT पठाइएको छ । स्थानीय सञ्चार माध्यममार्फत मौसमसम्बन्धी नियमित अपडेट तथा सावधानीका उपाय निरन्तर प्रसारण गर्न सञ्चार तथा सूचना मन्त्रालयमार्फत निर्देशन दिइएको छ । दूरसञ्चार सेवा अवरुद्ध भएमा तत्काल सुचारु गर्न आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार मानी सचेत रहन आग्रह गर्दछु । कुनै पनि आपत्कालीन अवस्थामा हेलो सरकार ११११ वा ९८५११४५०४५, हेलो गृह १११२, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल १११४, जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र १२३४, स्वास्थ्य हेल्पलाइन १११५, नजिकको जिल्ला प्रशासन कार्यालय वा सुरक्षा निकायमा सम्पर्क गर्नुहोला । मौसम पूर्वानुमानका लागि ११५५ मा डायल गरि प्राप्त गर्न सकिन्छ ।
सावधान रहौं, सुरक्षित रहौं ।
श्रोत - balen पेज
हाम्रो बारेमा

यो वेवसाइट Kathmandu Bulletin को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।
सञ्चालक एवम् प्रबन्ध निर्देशक
सम्पादक : रिषि केश
पत्रकार : आयुष भुजेल
सन्चालक : बिकि यादव
विज्ञापन
Kathmandu Bulletin मा विज्ञापन गर्न फोन:- 9761929175 मा सम्पर्क गर्नुहोला ।
पत्रकार विवरण
रौतहट :
रोशन कुमार साह
+977-9703493232
बारा र पर्सा :
आर. के. भगत
+977-9712074681
सम्पर्क
📍 ठेगना: बिरगंज, पर्सा
☎ फोन: ९७६१९२९१७५
✉ ईमेल: kathmandubulletin.np@gmail.com
✸ सूचना बिभाग दर्ता नं : ५२५८–२०८२/२०८३
